You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 7 Nepali Note
Login
Text lesson

पाठ १ मेरो देश

शब्दभण्डार

 

१. तल दिइएका पदावलीलाई बुझाउने शब्द पाठबाट पहिचान गरी लेख्नुहोस् :

 

(क) तत्कालीन मिथिला राज्यका नरेश : जनक

 

(ख) आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएको ग्रन्थ : वेद

 

(ग) पहाडमुनिको फराकिलो समतल भूभाग : बेँसी

 

(घ) बौद्ध धर्मका प्रवर्तक तथा शान्तिका अग्रदूत : बुद्ध

 

(ङ) हिमालका चुचुराको समूह : हिउँचुली

 

 

२. उस्तै अर्थ बुझाउने शब्दबिच जोडा मिलाउनुहोस् :

 

पहिलो – प्रथम

कर्म – काम

बास – घर

धर्ती – पृथ्वी 

प्रीति – माया

देश – मुलुक

 

३. तल दिइएका शब्दसँग मिल्ने अर्थ भएका दुई दुईओटा शब्द तालिकाबाट लेख्नुहोस् :

 

प्रीति : प्रेम, माया

कर्म : काम, कार्य

 आमा : जननी, माता

आँखा : चक्षु, नयन  

आकाश : सगर, गगन

 रात : रात्रि, निशा

 जून : चन्द्रमा, इन्दु

हावा : समीर, पवन

नयाँ : नवीन, नूतन

 पुष्प : फूल, कुसुम  

दिन : दिवा, दिवस  

बाग : वाटिका, बगैंचा

 

 

४. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

 

कर्मवीर : नेपालीहरू कर्मवीर हुन्छन् । 

ज्योति : वेदले चेतनाको ज्योति छरेको छ ।

हिउँचुली : हिउँचुलीको सुन्दरता हेर्न धेरै पर्यटक आउँछन् ।

प्रीति : हिमाल, पहाड र तराईले नेपालीहरुमा प्रीति  गाँसेको छ । 

घामछाया : नेपाल इन्द्रधनुको घामछायाले सुन्दर देखिएको छ । 

 

 

बोध र अभिव्यक्ति

 

 

३. तल दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

 

(क) कवितामा एक हरफमा कति अक्षर छन् ?

उत्तर : कवितामा एक हरफमा चौध अक्षर छन् ।

(ख) नेपाललाई कसले ज्ञानभूमि बनाए ?

उत्तर : नेपाललाई जनकले ज्ञानभूमि बनाए ।

(ग) सृष्टिको पहिलो बास चुन्ने को हुन् ?

उत्तर : सृष्टिको पहिलो बास चुन्ने शङ्कर हुन् ।

(घ) कवितामा केले प्रीति रच्छन् भनिएको छ ?

उत्तर : कवितामा पहाड र तराईले प्रीति रच्छन् भनिएको छ ।

(ङ) नेपाललाई किन घामछायाको देश भनिएको हो ?

उत्तर : नेपालका धेरै ठाउँहरु इन्द्रधनुजस्तै राम्रो भएकाले नेपाललाई घामछायाको देश भनिएको हो ।

 

४. तल दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

 

(क) कवितांशमा के के बोल्छन् भनिएको छ ?

उत्तर : कवितांशमा ढुङ्गा, माटो, पशुपन्छीका साथै नदीनालासमेत बोल्छन् भनिएको छ । 

(ख) कवितांशमा देशलाई कुन रूपमा बयान गरिएको छ ?

उत्तर : कवितांशमा ढुङ्गा, माटो, पशुपन्छी, नदीनालाबाट सङ्गीतमय ध्वनि निस्कन्छ ।  नेपाल इन्द्रधनु्जस्तै सुन्दर घामछायाको देशका रूपमा रहेको छ। नेपाललाई असङ्ख्य हिउँचुलीले सुन्दर देश बनाएको छ । प्राकृतिक सुन्दरताले भरिएको सुन्दर र मनमोहक देशका रूपमा कवितांशमा  बयान गरिएको छ । 

 

५. मेरो देश’ पाठबाट तीनओटा प्रश्न निर्माण गर्नुहोस् र तपाईंले निर्माण गरेका प्रश्नको उत्तर साथीलाई भन्न लगाउनुहोस् ।

 

उत्तर : ’मेरो देश’ पाठबाट तीनओटा प्रश्न :

(क) ‘मेरो देश’ कविता कसले रचना गरेका हुन्

(ख) मेरो देश’ पाठ कुन विधा को हो ?

(ग) मेरो देश कविता कति श्लोकमा रचना गरिएको छ

 

(उत्तर : (क) दैवज्ञराज न्यौपाने (ख) कविता विधा (ग) पाँच श्लोक

 

६. शिक्षकबाट सुनेर तलको कवितांशमा छुटेका शब्द भरी पुनर्लेखन गर्नुहोस् :

 

उत्तर : शङ्करले बास चुने पहिलो सृष्टि खोली

      चेतनाको पहिलो ज्योति छर्थे वेद बोली 

       ज्ञानभूमि जनकको बुद्ध बोल्ने देश

हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश ।

 

७. तल दिइएको कवितांशलाई गद्यमा लेख्नुहोस् :

 

उत्तर : जहाँ गए पनि मेरो जात नेपाली हो । जसले भने पनि मेरो नाम पनि नेपाली हो ।

 

८. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

 

(क) कविले नेपालीलाई किन कर्मवीर भनेका हुन् ?

उत्तर : नेपालीहरू कर्ममा विश्वास गर्छन् । आफ्नो काममा रातदिन खट्छन् । कर्तव्यमा अटल रहन्छन् । पुर्खाका पालादेखि नै नेपालीहरु मिहिनेती र परिश्रमी रहेका थिए । हाम्रा पुर्खाहरु आफूले गरेको कामबाट नै संसार प्रसिद्ध बनेका छन् । यी विविध कारणले कविले नेपालीलाई कर्मवीर भनेका हुन् ।

 

(ख) पाठमा नेपालको भौगोलिक बनोटको कस्तो चित्रण गरिएको छ ?

उत्तर : पाठमा नेपालको विभिन्न प्रकारको भौगोलिक बनोटको चित्रण गरिएको छ । नेपाल हिउँचुलीहरुले युक्त देश हो । यहाँ उँभो हेर्दा लेक र उँधो हेर्दा बेंसी रहेको छ । हिमाल, पहाड र तराईबिच आपसमा प्रीति गाँसेर हाम्रो देश नेपाल बाँचिरहेको छ । नेपाल यही भूबनोटका कारण विश्वमा चिनिएको छ । भौगोलिक विविधता नै नेपालको आफ्नो विशेषता हो । 

 

(ग) ‘नेपाल बुद्ध बोल्ने देश हो’ भन्नुको तात्पर्य के हो ?

उत्तर :  नेपाललाई चिनाउने आधार मुख्य रुपमा दुईओटा छन् । एउटा सगरमाथा हो भने अर्काे बुद्ध जन्मेको देश । बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्मथलो नेपाल हो । बुद्धले संसारभरि शान्ति र अहिंसाको सन्देश फैल्याउने काम गरेका थिए । नेपाल बुद्धले संसारभरि फैल्याएको शान्ति र अहिंसाको सन्देश बोल्ने देश हो भन्नु नै नेपाल बुद्ध बोल्ने देश हो भन्ने वाक्यांशको तात्पर्य हो ।

 

९. व्याख्या गर्नुहोस् :

 

(क) पहाड र तराईको प्रीति रच्ने देश

हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश ।

 

उत्तर : प्रस्तुत कवितांश नेपाली पाठ्यपुस्तक कक्षा ७ को ‘मेरो देश’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि दैवज्ञराज न्यौपाने हुन् । कविले प्रस्तुत कवितांशमा नेपालको भौगोलिक बनावट हिमाल, पहाड र तराईको वर्णन गर्नुका साथै नेपाल र नेपालीहरुको विशेषता उल्लेख गरेका छन् । 

नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको छ । यहाँको भौगोलिक विविधता नै हाम्रो मुख्य विशेषता हो । भौगोलिक विशेषताले गर्दा यहाँ विभिन्न रुखबिरुवा, हावापानी, जडीबुटीका साथै अनेक सम्भावनाहरु रहेका छन् । हिमालमा अथाह सौन्दर्य, पहाडमा स्वच्छ वातावरण र जडीबुटी तथा तराईमा अन्न उत्पादन हुनु नै भोगोलिक विशेषताका कारणले हो । भौगोलिक विविधता भए पनि सबै जातजाति, भाषाभाषी एकआपसमा एकता कायम गरेर बसेका छन् । नेपालीहरु आपसमा सद्भाव र प्रेम साटासाट गरेर बाँचेका छन्  । विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा भए पनि आपसमा मिलेर बस्नु र नेपाललाई अखण्ड रुपमा जोगाउनु नेपालीहरुको विशेषता हो । हिउँचुलीकबाट निस्केको सौन्दर्य र मनमोहक दृश्यले विश्वमा नै सुनौलो राष्ट्रका रूपमा नेपाल चिनिएको कुरा कविले कवितांशमा उल्लेख गरेका छन् ।

लोकलयमा रचिएको प्रस्तुत कवितामा कविले नेपाल र नेपालीको विशेषताको गुणगान गाएका छन् । विश्वमा नै हिउँचुलीको देश भनेर चिनिएको नेपाल प्राकृतिक रुपमा सम्पन्न छ । एकआपसमा मायाप्रीति गाँसेर नेपालीहरु सुखी जीवन बाँचिरहेको कुरा कविले यस कवितांशमा उल्लेख गरेका छन् ।

 

(ख) कर्मवीर नेपालीको कर्म चिन्ने देश

हिउँचुलीको पहिलो झुल्का पहिलो मेरो देश ।

 

उत्तर : माथिको कवितांश नेपाली पाठ्यपुस्तक कक्षा ७ ‘मेरो देश’ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि दैवज्ञराज न्यौपाने हुन् । प्रस्तुत कवितामा कविले नेपालीहरु विश्वमा आफूले गरेको कामबाट चिनिएका छन् । नेपालीहरु मिहिनेत र परिश्रममा विश्वास राख्ने व्यक्ति हुन् भन्ने कुरा उल्लेख गरेका छन् । 

प्रस्तुत कवितामा कविले विश्वमा नेपालीहरु बहादुर भनेर चिनिएका छन् । नेपालीहरुको वीरताको गाथा विश्वमा फैलिएको छ । यहाँका हरेक नेपालीहरु आफ्नो कर्तव्य समयमा नै पूरा गर्दछन् । रातदिन काममा साह्रै खट्ने र कर्तव्यमा अटल रहने नेपालीहरुको विशेषता नै हो । परिश्रम र मिहिनेतका कारण नै नेपालीहरु विश्वमा कर्मवीर हुन् भनेर चिनिएको इतिहास हामीसामु छ । कर्मवीर नेपालीको कर्म चिन्ने देश नेपाल हो । नेपालीहरु भाग्मा भन्दा कर्ममा नै विश्वास गर्दछन् भन्ने कुरा कविले यस कवितांशमार्फत स्पष्ट पारेका छन् । सुन्दर हिउँजुलीहरुको शृङ्खलाले विश्वलाई आकर्षित गरेको छ । हिउँचुलीको सुन्दरता हेर्न विश्वका पर्यटकहरु यहाँ आउने गर्दछन् । बिहान उठ्नेबित्तिकै हिमालको झुल्को देखिने हाम्रो देश विश्वमै उच्च विशेषता बोकेको देश हो । विश्वको शिर बनेर ठडिएको सगरमाथाको देश नेपाल नै मेरो देश हो भन्ने भाव कविले यस कवितांशमा उल्लेख गरेका छन् । 

लोकलयमा रचना गरिएको यस कवितामा कविले राष्ट्रप्रेमलाई दर्साएका छन् । हिमाल र वीरता नेपालीका विशेषता हुन् । हिमाली सौन्दर्य र कर्मवीरजस्ता विशेषताले नै विश्वमा नेपाल चिनिएको छ । यी विशेषता बोकेर हरेक नेपाली  उँचो शिर पारेर बाँचेका छौँ भन्ने भावलाई कविले यस कवितांशमा प्रस्तुत गरेका छन् ।

 

१०. ‘मेरो देश’ पाठको मूलभाव लेख्नुहोस् ।

 

उत्तर : प्रस्तुत ‘मेरो देश’ कविता कवि दैवज्ञराज न्यौपानेद्वारा रचित उत्कृष्ट कविता हो । प्रस्तुत कवितामा कविले राष्ट्रप्रेमप्रतिको भावना दर्साएका छन् । नेपालको भौगोलिक र प्राकृतिक विशेषताले गर्दा नै नेपाललाई सुन्दर राष्ट्रका रूपमा विश्वमा चिनिएको छ । बुद्ध जन्मेको देश नेपालमा विभिन्न सन्तऋषिहरुले ज्ञान छरेको ज्ञानभूमि र कर्म गरेर बाँच्ने नेपालीहरुको विशेषता रहेकाले यो देश कर्मवीरहरूको कर्मभूमिसमेत रहेको कुरा कविले कवितामा उल्लेख गरेका छन् । 

नेपाललाई शङ्कर भगवान्ले रक्षा गरेका छन् । शङ्करले पहिलो सृष्टि खोलेको नेपालमा वेदका ऋचाहरुले चेतनाको ज्योति छरेका छन् । विश्वमा अहिंसा र शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्मभूमि, राजर्षि जनकले पालना गरेको हाम्रो देश ज्ञानभूमि र कर्मभूमिका रुपमा चिनिँदै आएको छ  । नेपालीहरूको जात र नाम एउटै नेपाली  भएको कुरा उल्लेख गर्दै कवि नेपाललाई हिउँचुलीको पहिलो झुल्का छर्ने राष्ट्रका रूपमा वर्णन गरेका छन् । लेकबेँसी, पहाड तराई आदि विविध भौगोलिक विशेषता बोकेको देश भए पनि यहाँका सबै नेपालीहरु एकआपसमा प्रीति गाँसेर बसेका छन् । प्रेम र सद्भाव साटासाट गरेर सुखी जीवन बाँचेका छन् भन्ने कुरा कविले कवितामा उल्लेख गरेका छन् । यहाँ ढुङ्गा, माटो, नदीनाला सबै सङ्गीतमय ध्वनिका रुपमा गुञ्जिरहेका छन् । इन्द्रधनु जस्तै राम्रो घामछायाको सुन्दर देश नेपाल नै मेरो देश हो भन्ने कुरा नै कविले यस कवितामा वर्णन गर्छन् ।

 

 

भाषिक संरचना र वर्णविन्यास

 

 

१. (क) व्यक्तिका नामः धर्मेन्द्र, पुरुषोत्तम, पवित्रा / स्थानका नाम : काठमाडौँ, मुगलिन, पोखरा/ नदीका नाम : त्रिशूली, मस्र्याङ्दी, सेती 

(ख) पशुपन्छी : न्याउली, कालिज, सुगा / द्रव्य : चाँदी, तामा, पित्तल / समूह : जुलुस, हुल, ताँती / भाव : दया, माया, बोलाइ

 

२. (क) पुरुषवाचक सर्वनाम : , तिमी, , तिनी, उनी

(ख) निजवाचक : आफू / प्रश्नवाचक : के के को को,

(ग) दर्शकवाचक : त्यो / सम्बन्धवाचक : जे

 

३. ’मेरो देश’ पाठबाट व्यक्ति, जाति, द्रव्य र भाव जनाउने दुई दुईओटा नाम पद पहिचान गरी लेख्नुहोस् । 

 

उत्तर : व्यक्ति : बुद्ध, जनक/ जाति : नदी, मास / द्रव्य : माटो, ढुङ्गा / भाव : प्रीति, चेतना

 

४. (क) बुद्ध शान्तिका दूत हुन् । उनी अहिंसाका पुजारी थिए ।

(ख) बुबा सहर जानुहुन्छ । उहाँले फलफूल बेच्नुहुन्छ

(ग) नेपाली परिश्रमी छन् । उनीहरू काम गरेर कहिल्यै थाक्दैनन् ।

(घ) भाइ र बहिनी पढ्छन् । उनीहरू धेरै असल छन् ।

(ङ) रामलखन सहर गयो । उसले किताबकापी किन्यो । 

 

५. (क) उनीहरू विद्यालय जान्छन् ।

 (ख) उसले आज सबै काम ग¥यो ।

(ग) गोपाल र म क्रिकेट खेल्छौँ ।

(घ) दिदीले भाइलाई उपहार दिनुभयो । 

(ङ) बहिनी साथीलाई चिठी लेख्छिन् । 

 

६. सुरुमा ह्रस्व इकार ( ृ ) लागेका शब्द : पिराहा, रत्तो, पिँडालु, विचार 

बिचमा ह्रस्व इकार लागेका शब्द : वार्षिक, खरिदार, हार्दिक, अधिकार, तकिया 

अन्तिममा ह्रस्व इकार लागेका शब्द : सारथि, तथापि, शनि, उन्नति, हेराइ ।

 

७. जोडा शब्दमध्ये सही शब्द

 

विमान / विधान / बाहिर / महिमा / पछाडि / लौकिक / महिना / चिया / सारथि / रित्तो / रुचि / विहीन

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).