शब्दभण्डार
२. तल दिइएका शब्दबिच जोडा मिलाउनुहोस् :
फूल – सयपत्री; फल – सुन्तला
नदी – गण्डकी; हिमाल – सगरमाथा
तरकारी – काउली; पन्छी – डाँफे
सहर – नेपालगन्ज
३. कोष्ठकमा दिइएका मध्येबाट उपयुक्त शब्द भरी वाक्य पूरा गर्नुहोस् :
(क) फूलको समावेश्य शब्द बेली हो । (भानु, जुनार, बेली)
(ख) बोडीको समावेशक शब्द तरकारी हो । (तरकारी, फलफूल, साग)
(ग) अन्नको समावेश्य शब्द केरा होइन । (कोदो, केरा, फापर)
(घ) रुखको समावेश्य शब्द कटुस हो । (कटुस, अम्रिसो, दुबो)
(ङ) जुनारको समावेशक शब्द फल हो । (अन्न, तरकारी, फल)
(च) नदीको समावेशक शब्द सगरमाथा होइन । (बाग्मती, सगरमाथा, नारायणी)
४. तल दिइएका शब्द पढ्नुहोस् र तिनलाई समावेशक र समावेश्य गरी दुई भागमा वर्गीकरण गर्नुहोस् :
समावेशक समावेश्य
तरकारी = बोडी, काउली, साग,
फल = सुन्तला, केरा, लिची, भुइँकटर, अम्बा,
फूल = चमेली, सयपत्री, मखमली, गोदावरी, गुलाफ, पारिजात,
नदी = कोसी, गण्डकी, कर्णाली,
हिमाल = धौलागिरी, अन्नपूर्ण, सगरमाथा,
चरा = सुगा, मैना, ढुकुर,
पशु = गाई, गोरु, भैंसी, बाखा
सहर = जनकपुर, वीरगन्ज, विराटनगर, काठमाडौँ,
५. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
जीवनोपयोगी : हामीले योगलाई जीवनोपयोगी बनाउनुपर्छ ।
प्राणायाम : दैनिक प्राणायाम गर्नाले रगतको बाक्लोपना छट्छ ।
ध्यान : हामीले दैनिक ध्यान गर्नुपर्छ ।
योग : हामीलाई योगले निरोगी बनाउँछ ।
राष्ट्रनिर्माण : सबै नेपालीहरु राष्ट्रनिर्माणमा जुट्नुपर्छ ।
निष्कासन : शरीरभित्रको दूषित हावा प्राणायमबाट बाहिर निष्कासन हुन्छ ।
अब्बल : योगबाट हामी अब्बल बन्छौँ ।
मानसिक : योगले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउँछ ।
बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :
इन्द्रिय, आत्मानुशासन, ऊर्जा, मांसपेसी, ब्रह्मचर्य, कर्तव्यनिष्ठ, चिरस्थायी, समृद्ध, दीर्घजीवी
२.स्वस्थ जीवनका लागि योग पाठ कक्षामा पालैपालो सस्वरवाचन गरी सुनाउनुहोस् ।
३. पाठका आधारमा ठिक बेठिक छुट्याउनुहोस् :
(क) नियमित योग गर्नु पनि राम्रा बानीमध्ये एक हो । (ठिक)
(ख) हामीले योग आफ्नै तरिकाले गर्दा राम्रो हुन्छ । (बेठिक)
(ग) महर्षि पतञ्जलि योगदर्शनका प्रतिपादक हुन् । (ठिक)
(घ) योगका अङ्ग नौओटा छन् । (बेठिक)
(ङ) नियमित योग गर्नाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ । (ठिक)
(च) योग भनेको शारीरिक व्यायाम मात्र हो । (बेठिक)
(छ) योगसम्बन्धी अभिरुचि जगाउन विद्यालय तहको पाठ्यक्रममा योगलाई समावेश गरिएको छ । (ठिक)
४) तल दिइएका प्रश्नको एक वाक्यमा उत्तर भन्नुहोस् :
(क) योगका आठ अङ्गमध्ये दोस्रो अङ्गको प्रसङ्ग कुन अनुच्छेदमा छ ?
उत्तर : योगका आठ अङ्गमध्ये दोस्रो अङ्गको प्रसङ्ग तेस्रो अनुच्छेदमा उल्लेख छ ।
(ख) हामीले निरोगी रहन के के गर्नुपर्छ ?
उत्तर : हामीले निरोगी रहन नियमित योगासन, ध्यान र प्राणायाम गर्नुका साथै हाम्रो दैनिक भोजन आदिमा सुधार गर्नुपर्छ ।
(ग) योग दर्शनको प्रतिपादन कसले गरेका हुन् ?
उत्तर : योग दर्शनको प्रतिपादन महर्षि पतञ्जलिले गरेका हुन् ।
(घ) विश्व योग दिवस कहिले मनाइन्छ ?
उत्तर : विश्व योग दिवस जुन २१ मा मनाइन्छ ।
(ङ) प्राणायामका कुनै तीनओटा प्रकार भन्नुहोस् :
उत्तर : प्राणायामका कुनै तीनओटा प्रकार अनुलोम विलोम, कपालभाति, भस्त्रिका हुन् ।
५. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) महर्षि पतञ्जलिका अनुसार योगका अङ्ग कुन कुन हुन् ?
उत्तर : शरीर र मनका विकार हटाई तिनीहरुको मिलन गराउनु योग हो । योगको सुरुवात गर्ने व्यक्ति महर्षि पतञ्जलि हुन् । उनले आफ्नो ‘योगदर्शन’ नामक शास्त्रमा योगका आठओटा अङ्गहरुको चर्चा गरेका छन् । उनले चर्चा गरेका आठओटा योगका अङ्गहरु यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् । यी आठओटा योगहरु दैनिक रुपमा गर्न सकेको खण्डमा हामी शारीरिक र मानसिक रुपमा स्वस्थ हुन्छौँ ।
(ख) योगबाट हुने फाइदा के के हुन् ?
उत्तर : दैनिक रुपमा योग गर्नाले आत्मविश्वास बढ्छ । मानसिक डर, चिन्ता वा तनाव बिस्तारै घट्दै जान्छ । प्रतिकूल परिस्थितिमा पनि धैर्य गर्ने क्षमताको विकास हुन्छ । कुनै समस्या आएमा ती समस्याबाट भाग्ने होइन जुध्ने क्षमताको विकास गराउँछ । योगले कुलत र कुसङ्गतमा लाग्न दिँदैन । सत्वगुण प्रधान जीवनशैलीप्रति उत्प्रेरित गराउँछ । यसले धैर्य, सहनशीलता र कार्यकुशलतामा अभिवृद्धि गर्छ । मानिसक शान्ति र चिरस्थायी सुखतिर मन प्रवृत्त गराउँछ । बाहिरका कमजोरी होइन, आफैँभित्रका कमजोरी खोजी गरी त्यसमा सुधार गर्ने बानीको विकास हुन्छ । दया, माया, करुणा, सेवा र परोपकार जस्ता मानवीय भावनामा अभिवृद्धि गराउँछ । योगले शारीरिक, मानसिक र आध्यात्मिक तीनओटै तहमा सुख प्रदान गरी जीवनलाई सार्थक बनाउन मद्दत पुग्छ । यसकारण योगबाट प्राप्त फाइदाहरु धेरै नै रहेका छन्।
(ग) हामीले नियमित योगासन र प्राणायामको अभ्यास गर्नु किन आवश्यक छ ?
उत्तर : नियमित योगासन र प्राणायाम गर्नाले हाम्रो रगतमा रहेको बाक्लोपना घटाई रक्त सञ्चारको गतिलाई सामान्य गराउँछ । यसबाट मुटुको धड्कन सामान्य हुनाका साथै मांसपेशी तन्दुरुस्त हुन्छन् । यसबाट हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढ्छ । शरीरमा ऊर्जाको सञ्चार हुन्छ । यसबाट शरीरको तौलमा सन्तुलन आउँछ । यसले हार्मोनको कार्यक्षमता बढाउने काम गर्नुका साथै मस्तिष्कको क्षमतामा अभिवृद्धि ल्याउँछ । यसैगरी नियमित योगबाट हाम्रो आत्मविश्वास बढछ् । मानसिक डर, चिन्ता वा तनाव कमशः घट्दै जान्छन् । नियमित रुपमा योगासन र प्राणायाम गरेमा हाम्रो व्यक्तित्व विकास हुन्छ । पढाइका साथै अतिरिक्ति क्रियाकलाप र सहक्रियाकलापमा पनि हामी अब्बल बन्छौँ । स्वस्थ र सिर्जनशील नागरिक बन्नु हाम्रो कर्तव्य हो । स्वस्थ नागरिकबाटै समृद्ध राष्ट्र निर्माण हुने भएकाले यस दायित्वलाई पूरा गर्न हामीले नियमित योगासन र प्राणायाम गर्नु आवश्यक छ ।
(घ) हामीले कस्ता खानेकुरामा ध्यान दिनुपर्छ ?
उत्तर : शरीर स्वस्थ बन्नका लागि हामीले ताजा र स्वस्थकर खाना खानुपर्छ । हामीले मौसमअनुसारका खानेकुरा खानुपर्छ । हरिया सागसब्जी, ताजा फलफूलको नियमित सेवन गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । दुध, दही, मही, फलफूलको रस, मह, आदि खानाले हाम्रो शरीर स्वस्थ हुन्छ । आवश्यक मात्रामा कार्बाेहाइड्रेट, प्रोटिन, मिनरल्स आदि पनि खानुपर्छ । टुसा उम्रिएका गेडागुडी खानु स्वाथ्यका दृष्टिले निकै हितकर हुन्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । शाकाहारी भोजनलाई महत्व दिनुपर्छ । सात्विक आहारमा जोड दिनुपर्छ किनभने आहारअनुसारको विचार उत्पन्न हुन्छ । स्वस्थ खाना खाइएन भने योग गर्न पनि कठिन हुन्छ । भोजन र स्वास्थ्यको सम्बन्ध घनिष्ठ भएकाले हामीले खानेकुरामा अत्यन्त सावधानी अपनाउनुपर्छ । स्वस्थ बन्नका लागि ताजा खानेकुरा खानुपर्छ ।
(ङ) यस पाठबाट हामीले के सन्देश पाउँछौं ?
उत्तर : अहिलेको समयमा वातावरणदेखि लिएर हामीले खाने खानेकुराहरु पनि विष मिसिएका छन् । यस्तो अवस्थामा स्वस्थ रुपमा जीवन जिउन निकै कठिन बनिरहेको छ । हामीले स्वस्थ बन्नका लागि योग अनिवार्य गर्नुपर्छ । योगबाट मानसिक र शारीरिक रुपमा हामी स्वस्थ हुन्छौँ । स्वस्थ्य बन्नका लागि योगसँगै ताजा र स्वस्थकर खानेकुरा पनि खानुपर्छ । स्वस्थ खानेकुरा खायौँ भने हाम्रा विचारहरु पनि असल हुन्छ । शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सुख प्राप्त गर्न योग गर्नु आजको आवश्यकता र दैनिकी बन्दै गएको छ । हामीले नियमित योग गरी स्वस्थ नागरिक बन्नुपर्छ र राष्ट्र विकासमा योगदान दिनुपर्छ । स्वस्थ र सिर्जनशील नागरिक बनेर आफ्नो दायित्व पूरा गर्दै देश विकासमा लाग्नुपर्छ । योग नै नै आजको चुनौतीपूर्ण अवस्थामा मानिसलाई सुख दिलाउने एउटा मात्र मार्ग हो भन्ने सन्देश यस पाठबाट प्राप्त गर्न सकिन्छ ।
६. भाव विस्तार गर्नुहोस् :
योगले हामीलाई शारीरिक, मानसिक र आध्यात्मिक तीनओटै तहमा सुख प्रदान गरी जीवनलाई सार्थक बनाउन मदत गर्छ ।
माथिको निबन्धांश नेपाली पाठ्यपुस्तक कक्षा ७ को ‘स्वस्थ्य जीवनका लागि योग’ शीर्षकको निबन्धबाट साभार गरिएको हो । यस पाठमा योगको महत्व, योगबाट मानव जीवन स्वस्थ हुने कुरा बताइएको छ । उक्त निबन्धांश योगको महत्व दर्साउने क्रममा आएको हो ।
योग स्वस्थ जीवनको महत्वपूर्ण आधार हो । नियमित योग गर्नाले रगत शुद्ध हुन्छ । योगबाट मुटुको धड्कन सामान्य हुनाका साथै मांसपेशी तन्दुरुस्त बनाउँछ । नियमित योग गरेमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ । शरीरमा बेग्लै प्रकारको ऊर्जा प्राप्त हुन्छ । योगले मनलाई स्थिर र शान्त गराउँछ । मन एकत्रित भएमा जुनसुकै काममा सफलता प्राप्त हुन्छ । नियमित योगबाट डर, चिन्ता र तनाव घट्दै जान्छ । मनमा अनियन्त्रित विचार आउँदैन् । योगबाट समस्याबाट भागेर हैन, जुध्ने वा समाधान गर्ने क्षमताको विकास हुन्छ । यसले हामीलाई कुसङ्गतमा लाग्न दिँदैन । साŒिवक जीवनशैलीप्रति उत्पे्रेरित गर्छ । यसले धैर्य, सहनशीलता र कार्यकुशलतामा अभिवृद्धि गर्छ । मानिसक शान्ति र चिरस्थायी सुखतिर मन प्रवृत्त गराउँछ । बाहिरका कमजोरी होइन, आफैँभित्रका कमजोरी खोजी गरी त्यसमा सुधार गर्ने बानीको विकास हुन्छ । दया, माया, करुणा, सेवा र परोपकार जस्ता मानवीय भावनामा अभिवृद्धि गराउँछ ।
अतः योगले शारीरिक, मानसिक र आध्यात्मिक तीनओटै तहमा सुख प्रदान गरी जीवनलाई सार्थक बनाउन मद्दत पुग्छ । जीवनमा योग गर्नुपर्दछ र योगबाट प्राप्त सुखी जीवन जिउनुपर्दछ ।
पाठको तेस्रो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।
भाषिक संरचना र वर्णविन्यास
१) कोष्ठकमा दिइएको निर्देशनअनुसार वाक्य परिवर्तन गर्नुहोस् :
(क) उनी कक्षामा सधैँ उपस्थित भइन् । (भूत काल)
(ख) हामी फुटबल खेल्छौँ । (वर्तमान काल)
(ग) म राम्ररी परीक्षा दिने छु । (भविष्यत् काल)
(घ) भाइ योग गर्न गयो । (भूत काल)
(ङ) हामी ताजा खानेकुरा खाने छौँ । (भविष्यत् काल)
(च) केटाकेटीले योग सिक्छन् । (वर्तमान काल)
२. पाठबाट वर्तमान काल बुझाउने क्रियापद प्रयोग भएका कुनै पाँचओटा वाक्य टिपी शिक्षकलाई देखाउनुहोस् :
उत्तर : पाठमा वर्तमान काल बुझाउने क्रियापद प्रयोग भएका पाँचओटा वाक्य :
हामी स्वस्थ हुन चाहन्छौँ, निरोगी हुन चाहन्छौँ । निरोगी रहनका लागि हामी धेरै प्रयत्न गर्छा । । यी सबै हाम्रा राम्रा बानी हुन् । हामी दीर्घजीवी हुन सक्छौँ ।
३. जा, खा, पढ्, लेख, भन् धातुका भविष्यत् काल बुझाउने क्रियापद बनाई तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तर : जा : जाने छन् : उनीहरु योग सिक्न जानेछन् । । खा : खाने छौँ : हामी निरोगी बन्न स्वस्थ खानेकुरा खाने छौँ । पढ् : पढ्दै हुनेछिन् : बहिनी कक्षा ७ मा पढ्दै हुनेछिन् । । लेख् : लेख्ने छन् : छोराले राम्रा अक्षर लेख्ने छन् । भन् : भन्ने छिन् : आज सबै विद्यार्थीहरुले एकै स्वरमा कविता भन्ने छन् ।
४. उठ्छु, जान्छु, पढाउनु हुन्छ, खेल्छु, आउँछु क्रियापदको प्रयोग गरी पाँच वाक्यमा आफ्नो दैनिकी लेख्नुहोस् :
उत्तर : म बिहान सबैरै उठ्छु । एकछिन पढेर खाना खाएपछि विद्यालय जान्छु । विद्यालयमा गुरु र गुरुआमाहरूले राम्ररी पढाउनुहुन्छ । छुट्टी भएपछि एकछिन विद्यालयमा साथीभाइसँग खेल्छु । त्यसपछि सरासर घर आउँछु ।
५. भूतकालका क्रियापद प्रयोग गरी पाँच वाक्यमा आफूले गरेका कामको वर्णन गर्नुहोस् ।
उत्तर : म बिहानै उठेर पढ्न बसेँ । मैले गृहकार्य पनि सिध्याएँ । मैले विद्यालय पोसाक लगाएँ । मैले खाना खाएँ । खाना खाएपछि विद्यालय गएँ ।
६. पाठको दोस्रो अनुच्छेदबाट ‘ब’ र ‘व’ वर्ण प्रयोग भएका शब्द टिप्नुहोस् ।
उत्तरः ‘ब’ प्रयोग भएका शब्द : ब्रह्मचर्य, बढ्नु, बढी, सबै
‘व’ प्रयोग भएका शब्द : विकार, वचन, वस्तु, वश, आवश्यकता
७. तलका मध्ये कुन शुद्ध रूप हो पहिचान गरी लेख्नुहोस् :
(क) (इ) विश्वव्यापी (ख) (अ) बन्दोबस्त (ग) वास्तविक (घ) (ई) बेवारिस
८. तल दिइएका वाक्यलाई शुद्ध गरी लेख्नुहोस् :
(क) वन्यजन्तुको संरक्षणमा सबैले ध्यान दिनु आवश्यक छ ।
ख) वातावरणको विनाश भयो भने हामीलाई धेरै बेफाइदा हुन्छ ।
(ग) जब तिमी राम्ररी पढ्छौ तब तिमी विद्यालयमा लिइने सबै परीक्षामा सफल हुन्छौ ।
सुनाइ र बोलाइ
१. सुनाइ पाठ ५ सुन्नुहोस् र खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस् :
(क) कपालभाति भन्नाले मस्तिष्कको तेज बुझिन्छ । (तेज, शक्ति, तौल)
(ख) कपालभाति प्राणायाम गर्दा सासको गतिमा ध्यान दिनुपर्छ । (पेट, सास, आज्ञाचव्रm)
(ग) यो प्राणायाम गर्दा ढाड, कम्मर र गर्धन सिधा राख्नुपर्छ । (हात, खुट्टा, गर्धन)
(घ) कपालभाति प्राणायाम गर्दा मनको एकाग्रता बढ्छ । (शक्ति, एकाग्रता, अशान्ति)
सिर्जना वा परियोजना कार्य
१. ‘स्वास्थ्यको महत्व’ विषयमा १५० शब्दसम्मको एउटा निबन्ध लेखेर शिक्षकलाई देखाउनुहोस् :
निबन्ध : स्वास्थ्यको महत्व
स्वास्थ्य भन्ने कुरा मानिस जन्मेदेखि नमरेसम्म जीवनको हरेक पक्षसँग सम्बन्धित छ । स्वास्थ्यका खराब र असल दुवै पक्ष हुन्छन् । असल पक्ष भन्नाले व्यक्ति शारीरिक रूपले तन्दुरुस्त, मानसिक रूपले सचेत, कुनै प्रकारको रोग नलागेको, स्वस्थ रहनका लागि वैज्ञानिक स्वास्थ्य आचरण अपनाउनुलाई जनाउँदछ । मानिसको जीवनमा प्राप्त हुने सम्पूर्ण उपलब्धिहरूको प्रमुख स्रोत नै असल स्वास्थ्य हो । असल स्वास्थ्यले नै व्यक्तिको सुन्दर भविष्यको निर्माण गर्न सक्दछ ।
मानिसको सबैभन्दा बहुमूल््य सम्पत्ति नै स्वास्थ्य हो । स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको, समुदाय र राष्ट्रका लागि केही गर्न सक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ । हरेक मानिसको जीवनमा स्वास्थ्यले ठुलो महत्व राख्दछ । स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्दछ । त्यसकारण स्वास्थ्य नै धन हो भन्ने कुरामा कसैको पनि दुईमत हुँदैन । मानिस शारीरिक दुरावस्था, रोग र कष्टबाट मुक्त र शरीर, मन र आत्मा पनि स्वच्छ र स्वस्थ भएको हुनुपर्छ । मानिस स्वास्थ्य हुनका लागि शारीरिक, मानसिक र सामाजिक तीनवटै पक्ष स्वस्थ हुनुपर्छ । यी तीनमध्ये एउटा पक्ष मात्रै अस्वस्थ भयो भने यसले अर्कोलाई असर पार्छ र स्वस्थ्य हुँदैन ।
मानिस स्वस्थ हुन खानपानमा अति नै ध्यान दिनुपर्दछ । हरिया र ताजा सागसब्जी, मासु, दुध, अन्डा आदिको सेवन गर्नुपर्दछ । शरीरलाई चाहिने पौष्टिक तŒव पूरा गर्न फलफूलको सेवन गर्नुपर्दछ । बजारमा पाइने तयारी खानेकुराबाट टाढै रहनुपर्दछ । शारीरिक व्यायाम, योग आदि नियमित गर्नुपर्दछ । स्वस्थ भोजनबाट विचार पनि शुद्ध हुने भएकाले शाकाहारी र साŒिवक भोजनमा जोड दिनुपर्छ ।
आजको व्यस्त समयमा शरीरलाई स्वस्थ्य राख्न मानिसले अरु सबै कुरा छोडेर ख्याल गर्नुपर्दछ । शरीर स्वस्थ भएको खण्डमा हामीले जस्तासुकै काम समयमा सम्पन्न गर्न सक्छौँ । अतः जीवनको पहिलो धन नै स्वास्थ्य हो भन्ने कुरालाई सधैँ स्मरण गर्दै स्वस्थ बनौँ । निरोगी रहौँ ।