शब्दभण्डार
१. तल दिइएका शब्दबाट शिष्टाचार र सम्बोधन जनाउने शब्द पहिचान गरी भन्नुहोस् :
उत्तर : शिष्टाचार जनाउने शब्द : नमस्कार, शुभाशिष, दण्डवत्, सादर प्रणाम, धेरै धेरै माया, असीम स्नेह, आशीर्वाद ।
सम्बोधन जनाउने शब्द : सभाध्यक्ष महोदय, पूजनीय, पूज्य, प्रधानाध्यापकज्यू, निर्णायक मण्डल, प्यारी, गुरुवर्ग, प्यारी बहिनी
२. मिल्दो शब्दसँग जोडा मिलाउनुहोस् :
(क) ममतामयी आमा
(ख) श्रद्धेय गुरुवर्ग
(ग) आत्मीय मित्र
(घ) सम्माननीय प्रधानन्यायाधीश
(ङ) श्रीमान् प्रधानाध्यापक
३. कोष्ठकबाट उपयुक्त शब्द छानी खाली ठाउँ भर्नुहोस् :
(क) कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीको आगमन भयो । (श्रीमान्, माननीय, सम्माननीय )
(ख) आज माननीय सांसदले विद्यालयको भ्रमण गर्नुभयो । (आत्मीय, माननीय, महोदय )
(ग) प्यारो भाइ शुभआशीर्वाद (आदरणीय, प्यारो, श्रद्धेय )
(घ) दसैंमा ठुलाले सानालाई आशीर्वाद दिन्छन् । (गाली, आदर, आशीर्वाद)
४. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
मोबाइल : म ओमकार टेलिभिजनको ‘पञ्चामृत‘ कार्यक्रमलाई मोबाइलबाट हेर्छु ।
कम्प्युटर : कम्प्युटर विभिन्न क्षेत्रमा प्रयोग भएको छ ।
सूचना : अहिले प्रविधिमार्फत सूचना आदानप्रदान हुन्छ ।
प्रतिस्पर्धा : विकसित देशसँग हाम्रो देशले प्रतिस्पर्धा गर्न गाह्रो छ ।
ल्यापटप : ल्यापटकको सही उपयोग गर्नुपर्छ ।
क्षितिज : सूर्य क्षितिजबाट डुब्न लागिसक्यो ।
बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :
आशीर्वाद, प्रतिस्पर्धा, विश्वास, प्रविधि, श्रीखण्ड, आत्मसात्, महत्वपूर्ण
२. भाइलाई चिठी पाठ मौनवाचन गर्नुहोस् र तल दिइएका विषयमा सामूहिक छलफल गर्नुहोस्:
(क) चिठीको संरचना
आदि भाग (मिति, ठेगाना, सम्बोधन, शिष्टाचार)
मध्य भाग / मुख्य भाग ( कुशलकामना / विषय प्रवेश, मुख्य कुरा, टुङ्ग्याउनी)
अन्त्य भाग (सम्बोधितसँगको सम्बन्ध, हस्ताक्षर वा लेखकको नाम)
खामको नमुना (प्रेषक र प्रापकको नाम तथा ठेगानाको क्रम)
(ख) चिठीको विषयवस्तु तथा सन्देश
३. तल दिइएका प्रश्नको एक वाक्यमा उत्तर लेख्नुहोस् :
(क) बुबाले दिदीलाई आफ्नो चिठीमा के लेख्नुभएको थियो ?
उत्तर : बुबाले दिदीलाई आफ्नो चिठीमा तिमीले पठाएको मोबाइल पाएदेखि भाइ पढाइमा भन्दा बढी मोबाइलमा अल्झिएर बसेको कुरा लेख्नुभएको थियो ।
(ख) राजन पढाइमा किन कमजोर हुँदै गयो ?
उत्तर : राजन आवश्यकताभन्दा बढी मोबाइलको प्रयोग गर्नाले पढाइमा कमजोर हुँदै गयो ।
(ग) बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड भन्नुको तात्पर्य के हो ?
उत्तर : बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भन्नुको तात्पर्य कुनै वस्तुको महत्व बुझेमा त्यो वस्तु श्रीखण्डजस्तै उपयोगी हुने र वस्तुको महत्व नबुझेमा त्यही बस्तु खुर्पाको बिँडजस्तै काम नलाग्ने हुनु हो ।
(घ) मोबाइलको प्रयोग धेरै गर्दा हाम्रो शरीरमा कस्तो असर पर्छ ?
उत्तर : मोबाइलको प्रयोग धेरै गर्दा हाम्रो शरीरमा आँखा कमजोर हुँदै जाने, मस्तिष्कमा नकारात्मक असर पर्न सक्ने जस्ता असर देखापर्छ ।
४. तल दिइएको अनुच्छेद मनमनै पढी चारओटा प्रश्न बनाउनुहोस् र ती प्रश्नको उत्तर साथीबाट खोज्नुहोस् :
दिइएको अनुच्छेदबाट चारओटा प्रश्न :
(क) आमाबुबा र आफ्नो सन्चोबिसन्चो अनि पढाइ कस्तो छ ?
(ख) चिठीमा भाइको बारेमा के कुरा लेखिएको थियो ?
(ग) दिदीले मोबाइल कसरी किनेर पठाउनुभएको थियो ?
(घ) भाइको कसरी दिनप्रतिदिन पढाइ कमजोर हुँदै गएको थियो ?
५. दिदीले भाइ राजनलाई मोबाइल वा अन्य विद्युतीय सामग्रीको प्रयोग कसरी गर्नुपर्छ भनेर सल्लाह दिनुभएको छ, पाठका आधारमा लेख्नुहोस् ।
उत्तर : हामीले मोबाइल वा अन्य विद्युतीय सामग्री र सामाजिक सञ्जालको समुचित प्रयोग गरेर धेरै फाइदा लिन सक्छौँ । हामीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न नयाँ कुरा सिक्न सक्छौं । संसारका विविध विषयका बारेमा ज्ञान आर्जन गर्न सक्छौं । इमेलको प्रयोग गरेर महत्वपूर्ण सामग्री छिट्टै र सजिलै आदानप्रदान गर्न सक्छौं । आफ्ना सिर्जनात्मक रचना पत्रपत्रिकामा छाप्नका लागि पठाउन सक्छौं । इपुस्तकालयको समुचित उपयोग गरेर आफ्नो ज्ञानको क्षितिज फराकिलो पार्न सक्छौं । मोबाइल वा अन्य विद्युतीय सामग्रीबाट ज्ञानवर्धक र रचनात्मक विषय मात्र सिक्ने गर्नुपर्छ । मोबाइलको प्रयोग व्यक्तिसँग सम्पर्क गर्न, सूचना आदानप्रदान गर्न, ज्ञान बढाउन र मनोरञ्जन लिने उद्देश्यका लागि मात्र प्रयोग गर्नुपर्दछ । यो बहुउपयोगी विद्युतीय सामग्रीका रूपमा मानव समाजमा देखापरेको छ भनी दिदीले भाइ राजनलाई मोबाइल वा अन्य विद्युतीय सामग्रीको प्रयोग गर्नुपर्ने सल्लाह दिनुभएको छ ।
६. ‘भाइलाई चिठी’ पाठ पढेर तपाईंले के सन्देश पाउनुभयो, भन्नुहोस् ।
उत्तर : ‘भाइको चिठी’ पाठ पढेर मैले मोबाइल वा अन्य विद्युतीय सामग्रीको प्रयोग गर्ने तरिकाबारे ज्ञान हासिल गरेँ । यस्ता विद्युतीय सामग्रीलाई हामीले ज्ञान आर्जन गर्ने काममा मात्र प्रयोग गर्नुपर्छ । फाइदा नहुने अनावश्यक गेम खेल्ने तथा नचाहिँदा भिडियो हेर्नेलगायतका कार्य गरेर मोबाइल लगायतका विद्युतीय सामग्रीमा समय खेर फाल्दा जीवन अन्धकार हुन सक्छ । धेरै समय मोबाइल तथा विद्युतीय सामग्रीको प्रयोगले विभिन्न रोगहरु लाग्न सक्छन् । धेरै प्रकारका समस्या देखापर्दछन् । आँखा कमजोर हुन्छ । हामीले प्रविधिमार्फत ज्ञानको क्षेत्र विस्तार गर्नका लाग उपयोग गर्नुपर्छ भन्ने सन्देश यस चिठी पाठबाट पाउन सकिन्छ ।
७. ‘भाइलाई चिठी’ पाठका आधारमा चिठीको प्रत्युत्तर लेख्नुहोस् ।
मिति : २०७९-0४-0५
बुद्धशान्ति १, झापा
आदरणीय दिदी,
दण्डवत् !
म यहाँ कुशल छु र हजुरको पनि कुशलताको कामना गर्दछु । हजुरले पठाउनुभएको चिठी पाएँ । चिठी पढ्दा ज्यादै खुसी लाग्यो । हजुरले चिठीमा मलाई प्रविधिको दुरुपयोग र सदुपयोगका बारेमा बताउनुभएको रहेछ । चिठीमा प्रविधिको दुरुपयोग गर्दा आइपर्ने समस्याका बारेमा लेख्नुभएको रहेछ । चिठी पढेपछि मेरा आँखा खुलेका छन् । म नराम्रो बाटोमा लागेको रहेछु भन्ने थाहा पाएँ । अब भने हजुरले पठाइदिनुभएको मोबाइल म ज्ञानको क्षेत्रलाई फराकिलो पार्ने क्षेत्रमा मात्र प्रयोग गर्ने छु । मोबाइललगायतका विद्युतीय सामग्रीको आवश्यकता दिनानुदिन बढ्दै गइरहेको छ । आजभोलि यसको प्रयोग सदुपयोगतर्फभन्दा पनि दुरुपयोगतर्फ भएरहेको छ । मजस्ता कैयौं विद्यार्थी तथा युवाहरू यसको कुलतमा फसेर बिग्रिएका छन् । हजुरले मलाई बेलैमा सचेत गराएर मेरो भविष्य निर्माण गर्न ठुलो सहयोग गनुभयो । हजुरले जुन उद्देश्यका लागि मलाई मोबाइल पठाइदिनुभएको हो आजदेखि म त्यही उद्देश्यका लागि मात्र प्रयोग गर्छु । हजुरसँग अनलाइनमा कुरा गर्न, पढाइका माध्यमबाट ज्ञानको क्षितिज फराकिलो पार्नका लागि मात्र यसको प्रयोग गर्ने छु । हजुरको भाइ हुन पाएकामा मलाई गौरवको अनुभूति भएको छ । हवस् त बेलाबेला अनलाइनमा कुरा गरौंला । आजलाई यतिकैमा कलम बन्द गर्ने अनुमति माग्दछु ।
उही हजुरको प्यारो भाइ
विनोद थपलिया
खामको नमुना
पठाउने पाउने
विनोद थपलिया सीमा थपलिया
बुद्धशान्ति–१ झापा अस्टे«लिया
प्रदेश नं. १ नेपाल
८. सामाजिक सञ्जालको सदुपयोग कसरी गर्नुपर्छ, आफ्ना विचार लेखेर सुनाउनुहोस् :
उत्तर :
वर्तमान समयमा सूचनाको आदानप्रदानको भरभर्दाे क्षेत्र सामाजिक सञ्जाल बनेको छ । वर्तमानमा सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग बढी मात्रामा भइरहेको छ । यसको दुरुपयोग गर्दा आइपर्ने विभिन्न समस्याहरुको चेतना दिएर सामाजिक सञ्जालको सदुपयोगतर्फ सबैलाई आकर्षित गर्नु आजको आवश्यकता बनेको छ । यसको सदुपयोगका लागि सर्वप्रथम मोबाइल वा ल्यापटप उचित कामका लागि मात्र चलाउने बानीको विकास गर्नुपर्छ । सामाजिक सञ्जालको जथाभावी प्रयोग गर्नुहुँदैन । अतिआवश्यक काममा मात्र प्रयोग गर्नुपर्छ । आफन्तसँग कुराकानी गर्न, साथीभाइ, शिक्षकसँग नजानेका कुरा सिक्न र जानेका कुरा अरुलाई सिकाउन मात्र यसको प्रयोग गर्नुपर्छ । आफन्त तथा साथीभाइसँग छोटोमिठो कुराकानी गर्ने, पढाइका क्षेत्रमा ज्ञानमूलक कार्यक्रमहरु हेर्ने आदि कार्यमा मात्रै विद्युत सामग्री उपयोग गर्नुपर्छ । यसरी आवश्यक कामका लागि कम समय मात्र सामाजिक सञ्जाल प्रयोग गरेर यसको सदुपयोग गर्न सकिन्छ भने बढीभन्दा बढी मात्रामा यसबाट फाइदा लिन सकिन्छ।
भाषिक संरचना र वर्णविन्यास
१. तलको तालिका पढ्नुहोस् र तपाईं पनि यीबाहेक तीनओटै कालका अपूर्ण पक्षका पाँच पाँचओटा क्रियापदको सूची बनाउनुहोस् :
उत्तर : वर्तमान काल : अपूर्ण पक्ष :– जाँदै हुनुहुन्छ । आउँदै छिन् । खाँदै छु । हिँड्दै छिन्, लेख्दै छिन् ।
भूत काल : अपूर्ण पक्ष :– हेर्दै थियो, जाँदै थिएँ, खाँदै हुनुहुन्थ्यो, आउँदै थिए, सुत्दै थिइन् ।
भविष्यत् काल : अपूर्ण पक्ष :– पढ्दै हुनेछु, खाँदै हुनेछौँ, हेर्दै हुनुहुनेछ, हाँस्दै हुनेछिन्, रमाउँदै हुनुहुनेछ ।
२. कोष्ठकमा दिइएको निर्देशनअनुसार वाक्य परिवर्तन गर्नुहोस् :
(क) म दिदीलाई चिठी लेख्दै छु । ( वर्तमान : अपूर्ण पक्ष)
(ख) उनीहरू पढ्न जाँदै थिए । (भूत : अपूर्ण पक्ष )
(ग) बहिनी गृहकार्य गर्दै हुने छिन् । (भविष्यत् : अपूर्ण पक्ष)
(घ) बुबा कार्यालयबाट आउँदै हुनुहुन्थ्यो । (भूत : अपूर्ण पक्ष)
(ङ) तिमी राम्ररी पढ्दै हुने छौ । (भविष्यत् : अपूर्ण पक्ष)
(च) हामी वनभोजमा रमाउँदै हुन्छौं । (वर्तमान : अपूर्ण (पक्ष)
३. तलका क्रियापद मनमनै पढ्नुहोस् र तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
पढ्दै छन् : विवेक नेपाली पढ्दै छन् ।
खेल्दै थिए : उनीहरू फुटबल खेल्दै थिए ।
आउँदै हुने छन् : भोलि साथीहरु मेरो घरमा आउँदै हुने छन् ।
भन्दै थियो : आगमन कथा भन्दै थियो ।
गाउँदै छौ : तिमी गीत गाउँदै छौ ।
नाच्दै छे : सरिता प्रतियोगितामा नाच्दै छे ।
हाँस्दै हुनुहुने छ : तपाईं भोलि हाँस्य कार्यक्रम हेरेर हाँस्दै हुनुहुने छ ।
४. कोष्ठकमा दिइएको सङ्केतका आधारमा खाली ठाउँ भरी वाक्य पूरा गर्नुहोस् :
(क) ऊ गाउँ जाँदै छ । (जा : वर्तमान : अपूर्ण पक्ष )
(ख) काका खाना बनाउँदै हुनुहुन्थ्यो । (हु : भूत : अपूर्ण पक्ष)
(ग) मेरा साथी पोखरा घुमेका हुने छन् । (घुम् : भविष्यत् : पूर्ण पक्ष)
(घ) केटाकेटी चउरमा खेल्दै छन् । (खेल् : वर्तमान : अपूर्ण पक्ष)
(ङ) गुरुले व्याकरण पढाउँदै हुनुहुन्थ्यो । (पढ् : भूत : अपूर्ण पक्ष )
५. तालिकामा दिइएका द्वित्व शब्द पढ्नुहोस् र तपाईं पनि यीबाहेक अन्य पाँच पाँचओटा द्वित्व शब्द लेख्नुहोस् :
उत्तर : समूह क : भाइ भाइ, सेतो सेतो, हिलो हिलो, कता कता, उता उता
समूह ख : गर्गहना, झझल्को, सर्सापट, ठुल्ठुलो, सर्सल्लाह
्र समूह ग : पानीसानी, किताबसिताब, भुटभाट, पाठसाठ, पिठोसिठो
६. उदाहरण हेरी तलका द्वित्व शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
ऐँचोपैंचो : पैंचो+पैंचो,
चियासिया : चिया+चिया,
खरखाँचो : खाँचो+खाँचो,
बाटैबाटो : बाटो+बाटो,
गरगहना : गहना + गहना,
भैझगडा : झगडा+झगडा,
छिटो छिटो : छिटो+छिटो,
सरसहयोग : सहयोग + सहयोग,
आआफ्नो : आफ्नो+आफ्नो,
सरसल्लाह : सल्लाह+सल्लाह
७. तल दिइएका शब्द पढ्नुहोस् र ‘य’ र ‘व’ र्ण प्रयोग भएका पाँच पाँचओटा शब्द पाठबाट खोजेर लेख्नुहोस् :
‘य’ प्रयोग भएका शब्द : यहाँ, थियो, प्रयोग, युग, प्यारो ।
‘य’ प्रयोग भएका शब्द : एकोहोरिने, एक्लो, पठाएको, पाएँ, एउटा ।
८. तल दिइएका वाक्य शुद्ध गरी लेख्नुहोस् :
(क) यसले मानव जीवनलाई सहज बनाएको छ ।
(ख) तिमीले पठाएको मोबाइल पाएदेखि पढाइमा भन्दा मोबाइलमा अल्झिएर बस्छ ।