शब्दभण्डार
१. तल दिइएका शब्द र अर्थको जोडा मिलाउनुहोस् :
विज्ञापन : प्रचार
बुबा : पिता
स्नेह : माया
अचानक : एक्कासि
आमा : आमा
२. तल दिइएका शब्दको दुई दुईओटा अर्थ तालिकाबाट पहिचान गरी लेख्नुहोस् :
माया : स्नेह, ममता
समय : बेला, काल
पैसा : रकम, धन
विद्यालय : पाठशाला, शिक्षालय
लुगा : पोसाक, कपडा ।
३. ‘अबोध’ पाठबाट पाँचओटा अनुकरणात्मक शब्द खोजी तिनलाई वाक्यमा
प्रयोग गर्नुहोस् :
छक्क : बिहानै उमाले बार सोध्दा आमा छक्क पर्नुभयो ।
ट्वाल्ल : उमाले बाटामा कसैले आइसक्रिम खाएको ट्वाल्ल पर्दै हेरिन् ।
वाक्क : तिम्रो व्यवहार देखेर म वाक्क भइसकेँ ।
खिन्न : बुबा अफिस जानुभएको खबर सुनेर उमा खिन्न भइन् ।
बुद्रुकबुद्रुक : आमाले लुगा लगाउन बोलाएपछि उमा खुसीले बुद्रुकबुद्रुक उफ्रँदै आइन् ।
बोध र अभिव्यक्ति
१. तल दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
आइसक्रीम, ट्वालट्वालती, च्वाप्प, सल्लाह, कुव्रmक्क, विज्ञापन
२. ‘अबोध’ पाठ पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. तल दिइएका प्रश्नको एक वाक्यमा उत्तर भन्नुहोस् :
(क) पाठमा कति जना पात्र छन् ?
उत्तर : पाठमा तीन जना पात्र छन् ।
(ख) टेलिभिजनमा केको विज्ञापन आएको थियो ?
उत्तर : टेलिभिजनमा आइसक्रिम खाएको विज्ञापन आएको थियो ।
(ग) उदयलाई किन फुर्सद थिएन ?
उत्तर : उदय आफ्नो जिम्मेवारीप्रति अति सजग र लगनशील भई कार्यालयको काम गर्ने भएकाले उदयलाई फुर्सद थिएन ।
(घ) विद्यालयमा उमाले साथीहरूलाई के कुरा भनी ?
उत्तर : विद्यालयमा उमाले शनिबार बुबाले आइसक्रिम खुवाउन लैजाने कुरा साथीहरुलाई भनी ।
४. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) उदय किन समयमै घर आउन सकेनन् ?
उत्तर : उदयको कार्यालयमा विशेष किसिमको बैठक भएकाले सात बजे मात्रै बैठक सकिन्छ । बैठक सकिएपछि पनि डिनरको कार्यक्रमको आयोजना गरिएको हुन्छ । विशेष बैठक भएकाले बिचमै छोडेर हिँड्नु पनि भएन त्यसैले उदय समयमै घर आउन सकेनन् ।
(ख) उमाको आइसक्रीम खाने रहर किन पूरा भएन ?
उत्तर : उमाका बुबा कार्यालयको काममा अति व्यस्त छन् । कार्यालयको व्यवस्ताका कारणले उदयलाई शनिबार पनि फुर्सद हुँदैन । शनिबार छोरी उमालाई आइसक्रिम खुवाउने सर्त राखे पनि खुवाउन लैजान भ्याउँदैनन् । शनिबार दिनभरि कार्यालयको बैठक भएकाले उनी रातको नौ बजे मात्र घर फर्किन्छन् । बुबा घर फर्किँदा उमा सुतिसकेकी हुन्छिन् । यसकारण उमाको आइसक्रिम खाने सहर पूरा हुन सकेन ।
(ग) तपार्ईँलाई उदय कस्तो व्यक्ति लाग्यो ?
उत्तर : उदय कार्यालयमा काम गर्ने अलिक व्यस्त व्यक्ति हुन्छन् । लगनशील र आफ्नो जिम्मेवारीप्रति अति सजग खालका उदय शनिबार पनि साथीभाइसँग रमाइलो गर्ने स्वभावका व्यक्ति हुन्छन् । बैठक र विशेष कामले अति व्यस्त भएकाले उनी घरपरिवारलाई समय दिन नसक्ने व्यक्तिका रुपमा कथामा देखिएका छन् । छोरीको सानो रहर पनि पूरा गर्न समय निकाल्न नसक्ने उदय घरपरिवारप्रति अनुत्तरदायित्व पात्रका रुपमा कथामा चित्रित छन् । केटाकेटीहरुका इच्छा पूरा गर्ने बाचा गरे पनि त्यो टार्नका लागि मात्र बाचा गर्ने खालका देखिन्छन् । केटाकेटीले बिर्सिहाल्छन् भन्ने विचार भएका उदय झुटो आश्वासन दिने स्वभाव भएका व्यक्ति देखिन्छन् ।
५. बालबालिकाको चाहना पूरा गर्न अभिभावकको भूमिका कस्तो हुनु आवश्यक छ, आफ्ना विचार लेखेर कक्षामा सुनाउनुहोस् ।
उत्तर : बालबालिकाहरु स्वभावैले जज्ञासु र रमाइलो पराका हुन्छन् । उनीहरु अरुले जे गरेको देख्छन्, आफूले पनि त्यस्तै गर्न मन पराउने, अरुले जे खाएको देख्छन्, आफूले पनि खान पाए हुन्थ्यो भन्ने चाहना राख्ने खालका हुन्छन् । बालबालिकाहरु आफूलाई मन परेका कुराहरु पूरा गर्न अभिभावकहरुसँग आग्रह गर्छन् ।
बालबालिकाहरुका उचित र ससाना चाहनाहरु पूरा गरिदिनु अभिभावकको दायित्व हुन्छ । उनीहरुलाई झुटो आश्वासन दिएर भुलाउनु हुँदैन । यस्ता अविश्वसनीय कार्यले बालिबालिकाहरुमा अभिभावकप्रति अविश्वास बढाउँछ । उनीहरुमा अभिभावकका कार्यप्रति नराम्रो छाप पर्न सक्छ । अभिभावकहरुले पनि आफ्ना छोराछोरीहरुका लागि अलिकति समय निकालेर बेलाबेलामा मनोरञ्जन गराउने, उनीहरुलाई इच्छा लागेका कुराहरु खुवाउने र राम्रा राम्रा ठाउँहरुको अवलोकन गराउने काम गर्नुपर्दछ । छोराछोरीहरुका लागि अलिकति समय निकालेर बेलाबेलामा मनोरञ्जन गराउने, उनीहरुलाई इच्छा लागेका कुराहरु खुवाउने र राम्रा राम्रा ठाउँहरुको अवलोकन गराउनाले उनीहरु तनावमुक्त हुन्छन् । यस्ता भूमिका हरेक अभिभावकहरुमा हुनु आवश्यक छ ।
कार्यालयको काम जति लगनशील र सजग भएर गरिन्छ त्यति नै छोराछोरीका लागि पनि सजग हुनु अभिभावकको दायित्व हो । बालबालिकाहरुको मनोविज्ञान बुझेर उनीहरुका इच्छा र चाहना पूरा गरी उनीहरुलाई खुसी तुल्याउनु हरेक अभिभावकको भूमिका हुनुपर्दछ ।
६. ‘अबोध’ पाठको पहिलोदेखि चौथो अनुच्छेदबाट चारओटा प्रश्न बनाई तिनको उत्तर साथीलाई भन्न लगाउनुहोस् ।
उत्तर : चारओटा प्रश्न र तिनको उत्तर :
(क) टेलिभिजनमा केको विज्ञापन आइरहेको थियो ?
उत्तर : टेलिभिजनमा आइसक्रिमको विज्ञापन आइरहेको थियो ।
(ख) उमाले आइसक्रिम कहिले खाने ? भनेर कसलाई प्रश्न सोधी ?
उत्तर : उमाले आइसक्रिम कहिले खाने भनेर बुबालाई प्रश्न सोधी ।
(ग) उमा कसका काखमा बसी ?
उत्तर : उमा उदयको काखमा बसी ।
७. ‘अबोध’ पाठ मनैमन पढी सार लेखेर शिक्षकलाई देखाउनुहोस् ।
‘अबोध’ कथाको सार
टेलिभिजनमा आइसक्रिमको विज्ञापन देखेर उदयकी सानी छोरीलाई पनि आइसक्रिम खान मन लाग्छ । उसले बुबालाई आइसक्रिम खुवाउन लैजानु भनेपछि उदयले शनिबार लैजाने कुरा गर्छन् । यो सुनेर उमा खुसी हुँदै आमालाई बुबाले भनेको कुरा सुनाउँछे । उमाका कुरा आमाले पत्याउनुहुन्न । आमाले उमालाई फकाउन भनेको होला भन्ने ठान्छिन् ।
कर्मचारी उदय आफ्नो जिम्मेवारीप्रति सजग भई लगनशीलताका साथ काम गर्ने व्यक्ति हुन्छन् । उदय अफिसका कामभन्दा बाहिरका बैठक र विशेष कामले व्यस्त हुन्छन् । उता उमा बुबाको कुरा पत्याएर फुरुङ्ग हुन्छे । ऊ कहिले शनिबार आउँछ भनेर कुरिरहन्छे । शनिबार बुबाले आइसक्रिम खुवाउन लेजाने कुरा उसले विद्यालयका साथीहरुलाई पनि सुनाउँछे ।
विहिबार, शुक्रबार हुँदै शनिबार पनि आउँछ । उमा बिहानै उठ्छे । बुबा लुगा लाएर अफिस जान ठिक्क परेको देखेर उमाले आज के बार बुबा ? भनेर सोध्छे । बुबाले आज शनिबार हो भनेर उत्तर दिएपछि आज त आइसक्रिम खुवाउन लैजान्छु भन्नुभएको होइन भनेर उमाले सम्झाउँछे । छोरीको कुराले झस्किएका उदयले त्यो कुरा बिर्सिसकेका हुन्छन् । छोरीलाई सम्झाउँदै अहिले बिहानै आइसक्रिम खानुहुन्न । पेट दुख्छ त्यसैले कार्यालयबाट फर्केर आएपछि जाऔँला बरु तिमी लुगा लगाएर ठिक्क परेर बस भन्छन् । बिचमा खाना खान आएका बुबालाई देखेर साथीको घरमा खेल्दै गरेकी उमा दङ्ग पर्दै घर आउँछे तर घरमा पुग्दा बुबालाई नदेखेर खिन्न हुन्छे । आमाले दई बजे आएर लैजानुहुन्छ अरे भनेपछि फेरि उमा खुसी हुन्छे । कतिखेर दुई बज्ला भनेर पर्खेकी उमालाई दुई बजे आमाले नयाँ जामा लगाइदिनुहुन्छ ।
जामा लगाएर बुबालाई कुरेर बसेकी उमा बुबा आउने बाटो हेरेर ढोकामा बसिरहन्छे । रातिको नौ बज्दा उदय बल्ल घर आइपुग्छन् । उमा नयाँ लुगा र जुत्ता लगाई लगाई सुतेको देखेर उदय छक्क पर्छन् । पत्नीले दुई बजेदेखि लुगा लगाएर कुरेर बसेकी उमा भर्खर निदाएकी भनेर सुनाउँछिन् । भोलिपल्ट बिहान उमा बिउँझेपछि ट्वालट्वाल्ती छोरीको अनुहार हेर्दै उदयले आइसक्रिम खान जाऊँ उठ भन्छन् । उमाले बिहान आइसक्रिम खायो भने पेट दुख्छ भन्नुभएको होइन ? भनेपछि कथा समाप्त हुन्छ ।
८. दिइएको कथांश शिक्षकबाट सुनेर लेख्नुहोस् :
छोरीको कुरा सुनेर उदय झस्किए, आइसक्रीम ! उनले त्यो कुरा बिर्सिसकेका थिए । उसले आज बनाएको कार्यव्रmममा यो काम परेको थिएन । आज त बिहान बैठकमा जाने, फर्केर खाना खान आउने अनि आइसक्रीम खान जाने उदयको योजना थियो । उदयले भने, “धत् नानी ! बिहान पनि कसैले आइसक्रीम खान्छ ? बिहान आइसक्रीम खायो भने त पेट दुख्छ, खाना खान सकिँदैन ।”
९. ‘अबोध’ पाठका आधारमा घटनाव्रmम मिलाएर सार्नुहोस् :
(क) टेलिभिजनमा आइसक्रीमको विज्ञापन आइरहनु
(ग) उमाले आइसक्रीम खाने रहर गर्नु
(ख) उमाकी आमाले कुरा नपत्याउनु
(घ) उमाले बजार जान नयाँ लुगा लगाउनु
(ङ) उमा ढोकामा बसेर बुबा आउने बाटो हेर्नु
(छ) उदय राती अबेर घर फर्किनु
(ज) बुबाले उमालाई भोलिपल्ट बिहान आइसक्रीम खाना जाऔँ भन्नु
(च) बिहान खानुहुँदैन पेट दुख्छ भन्नुभएको होइन भन्नु
१०. तल दिइएको सन्दर्भ पढ्नुहोस् र निर्देशनअनुसार गर्नुहोस् :
बेलुकाको खाना खाइसकेपछि म र भाइ बैठक कक्षमा बसेर समाचार हेर्न थाल्यौँ । आज दोस्रो त्रैमासिक परीक्षा सकिएको दिन थियो । बुबाले परीक्षा सकिएपछि घुमाउन लाने भन्नुभएको थियो । त्यसैले हामी घुम्न जाने ठाउँ थाहा पाउन धेरै उत्सुक थियौँ । घुम्न जाने ठाउँ थाहा पाउने उत्सुकताले हामीलाई निकै चञ्चल बनाइरहेको थियो । केही बेरमै बुबा र आमा पनि बैठकमा आउनुभयो । एकछिनको कुराकानीपछि बुबा आफैँले यसपालिको जाडो बिदामा पोखरा घुम्न जाने बताउनुभयो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा सहर घुम्न जान पाउने भइयो भनेर हामी खुसीले गद्गद भयौँ ।
माथिको अनुच्छेदमा ‘म’ पात्रको मनमा घुम्न जाने ठाउँ कुन होला भन्ने उत्सुकता उत्पन्न भएको छ । कुनै रमाइलो ठाउँ घुम्न जाने थाहा पाएपछि तपाईँको मनमा कस्तो उत्सुकता पैदा भयो, कक्षामा सुनाउनुहोस् ।
उत्तर : कनै नयाँ ठाउँ घुम्न जाने भनेको सुन्दा मलाई निकै उत्सुकता लायो । त्यो ठाउँ कस्तो होला ? त्यहाँ पुग्न कति घण्टा लाग्ला ? आदि अनेक प्रश्नहरु मनमा आउन थाले । यसका साथै भोलि त घुम्न जाँदा निकै रमाइलो होला । बुबाआमालाई भनेर आइसक्रिम पनि खान पाइन्छ । राम्रा राम्रा फोटो खिचेर फेसबुकमा हाल्न पाइन्छ । पर्सि साथीभाइलाई घुमेका कुरा सुनाउँदा निकै रमाइलो हुनेछ । आहा ! भोलि कति रमाइलो होला भन्दै मनमा एक प्रकारको खुसी र जिज्ञासा पैदा भएका थए ।
भाषिक संरचना र वर्णविन्यास
३. कोष्ठकमा दिइएको निर्देशनअनुसार वाक्य परिवर्तन गर्नुहोस् :
(क) मेरो छोरो डाक्टर भयो । (स्त्रीलिङ्ग)
उत्तर : मेरी छोरी डाक्टर भई ।
(ख) ऊ घुम्न गई । (पुलिङ्ग)
उत्तर : ऊ घुम्न गयो ।
(ग) त्यो हिमाल अग्लो छ । (बहुवचन)
उत्तर : ती हिमालहरु अग्ला छन् ।
(घ) आमा गीत गाउनुहुन्छ । (पुलिङ्ग)
उत्तर : बुबा गीत गाउनुहुन्छ ।
(ङ) भाइहरू कथा पढ्छन् । (एकवचन)
उत्तर : भाइ कथा पढ्छ ।
(च) उनीहरूले काम गरेका छन् । (एकवचन)
उत्तर : उसले काम गरेको छ ।
४. तल दिइएका शब्द पढ्नुहोस् र भिन्नता बुझ्नुहोस् :
हलन्त (खुट्टा काटिएको उच्चारण हुने र लेख्दा पनि खुट्टा काटेर लेख्ने)
बृहत्, संसद्, अकस्मात्, संवत्, अहम्, शुभम्, श्रीमान्, धनवान् ।
अजन्त (खुट्टा काटिएको उच्चारण भए पनि लेख्दा खुट्टा नकाटी लेख्ने)
भात, उठ, पढ्न, जून, असल, राम, इमानदार, सरर, सम्म, आमा
५. तल दिइएका शब्द हलन्त र अजन्त के हुन्, छुट्याएर तालिकामा लेख्नुहोस् :
हलन्त अजन्त
संरचना, छलफल, पठन, बस, पद, वाक्य, पढाइ, इमानदार, अर्थ, पहिचान, सङ्कट जान्छन्, मूल्यवान्, धनवान्, श्रीमान्, स्वयम्
सुनाइ र बोलाइ
१. सुनाइ पाठ ११ सुन्नुहोस् र तल दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) पासाङ र रामलखन कस्ता साथी थिए ?
उत्तर : पासाङ र रामलखन असाध्यै मिल्ने साथी थिए ।
(ख) पासाङ र रामलखन कस्ता विद्यार्थी थिए ?
उत्तर : पासाङ र रामलखन अनुशासित विद्यार्थी थिए ।
(ग) पासाङका बुबा र रामलखनका बुबाबिचको सम्बन्ध कस्तो थियो ?
उत्तर : पासाङका बुबा र रामलखनका बुबाबिच राम्रो सम्बन्ध थियो ।
(घ) पासाङ र रामलखनका बुबाको पेसा के के थियो ?
उत्तर : पासाङका बुबा गलैँजा बुन्ने र रामलखनका बुबा व्यापार गर्थे ।
२. पासाङ र रामलखनको बानी तपाईँलाई कस्तो लाग्यो, कारणसहित भन्नुहोस् ।
उत्तर : पासाङ र रामलखनको बानी मलाई असाध्यै राम्रो लाग्यो किनभने उनीहरु सहयोगी स्वभावका थिए । मिलेर खेल्ने, घुम्ने अनि कक्षामा पनि अनुशासित भएर पढ्ने गर्थे । आफ्नो सरसफाइ आफैँ गर्ने, ठुलालाई आदर र सानालाई माया गर्ने बानी भएकाले उनीहरु मलाई राम्रो लाग्नुका कारणहरु हुन् ।
१. ‘मेरो साथी’ शीर्षकमा एउटा कथा लेख्नुहोस् ।
‘शीर्षक : मेरो साथी’
एउटा ठूलो घना जङ्गल थियो । त्यस जङ्गलमा हात्ती र बाँदर साथी साथी भएर मिलेर बस्ने गर्थे उनीहरू दुवै सँगसँगै मिलेर खाने कुरा खोजेर खाने गर्थे । अग्ला अग्ला रुखका खानेकुरा बाँदरले झाथ्र्याे भने भने भुइँका खाने कुरा हात्तीले ल्याउँथ्यो । दुवै खुब मजाले खान्थे र रमाइलो गर्दै दिन बिताउँथे ।
एकदिनको कुरा हो । बाँदरले म अग्ला अग्ला रुखबाट खानेकुरा टिपेर ल्याउँछु त्यसैले म तिमीभन्दा ठुलो हुँ भन्छ । हात्तीले पनि तिमीले टिप्न नसकेका कुरा म टिपेर ल्याउँछु त्यसैले म तिमीभन्दा ठुलो हुँ भन्छ । दुवैमा ‘को ठुलो’ भन्ने विषयमा झगडा पर्छ । उनीहरु झगडाको निधो गर्ने अर्काे कोही खोजिरहेका हुन्छन् । यत्तिकैमा उनीहरुले लाटोकोसेरोलाई भेट्छन् र झगडाको सबै कुरा बताएर झगडा छिनोफानो गरिदिन अनुरोध गर्छन् ।
लाटोकोसेरोले दुवैलाई खोलापारिबाट नरिवल टिपेर ल्याउन लगाउँछ । खोलो ठुलो भएकाले तर्दा बाँदर हात्तीको पिठिउँमा बसेर खोलो तर्छ । नरिवलको रुख ज्यादै अग्लो भएकाले बाँदरले चढेर नरिवल झार्छ । बाँदरले नरिवल बोक्न सक्दैन त्यसैले हात्तीले सुँढले च्यापेर नरिवल बोकेर ल्याउँछ । लाटोकोसेरोले नरिवल कसरी ल्यायौ? भनेर सोधपछि दुवैले सबै कुरा बताउँछन् । लाटोकोसेरोले नरिवल ल्याउँदा दुवैले समान कार्य गरेकाले दुवै आआफ्ना ठाउँमा ठुला छौँ भनेर बताउँछ ।
यसरी आआफ्ना गुण थाहा पाएपछि हात्ती र बाँदर पहिलेजस्तै असल साथी बनेर मिलेर बस्न थाल्छन् । कसैले बाटामा भेटेर ऊ को हो ? भनेर सोध्यो भने मेरो साथी भनेर दुवैले उत्तर दिन्थे ।