शब्दभण्डार
१. तल दिइएका शब्दका बिच जोडा मिलाउनुहोस् :
जीवन मरण
पुरस्कार दण्ड
प्रशंसा निन्दा
सरल जटिल
आफन्त पराइ
स्वार्थ निःस्वार्थ
२. तल दिइएका शब्दका विपरीतार्थी शब्द पाठबाट खोजेर लेख्नुहोस् :
सीमित : असीमित, विस्तार,
सशक्त : अशक्त,
धनी : गरिब,
सहयोग : असहयोग,
दण्ड : पुरस्कार,
स्वार्थ : निःस्वार्थ
३. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
सफल : मिहिनेत नगरी सफल बन्न सकिँदैन ।
सेवा : दुःखीहरूको सेवा गर्नुपर्दछ ।
सम्मानित : असल कार्य गर्ने व्यक्ति सम्मानित हुन्छ ।
समर्पित : हरेक नेपाली मानव सेवामा समर्पित हुनुपर्छ ।
स्याहारसुसार : दुःखी तथा वृद्धहरूको स्याहारसुसार गर्नु मानवको कर्तव्य हो ।
संस्था : नेपालमा धेरै परोपकारी संस्थाहरू खुलेका छन् ।
सक्रिय : हरेक नेपाली देश विकासमा सक्रिय हुनु जरुरी छ ।
४. ‘मदर टेरेसा’ पाठको दोस्रो अनुच्छेद शिक्षकले तोकेको समयभित्र पठन गरी ठिक बेठिक छुट्याउनुहोस् :
(क) मदर टेरेसाको जन्म युगोस्लाभियामा पर्ने मेसेडोनियाको स्कोप्जमा भएको हो । = ठिक
(ख) सन् १९२९ मा टेरेसा भारतको कलकत्तामा पुगेकी थिइन् ।
= ठिक
(ग) टेरेसाका बुबा जागिरे थिए भने आमा वकिल थिइन् ।
= बेठिक
(घ) बुबाको समाजसेवी भावनाबाट प्रेरित भई टेरेसा समाजसेवामा लागेकी थिइन् ।
= बेठिक
५. उपयुक्त मितिसँग जोडा मिलाउनुहोस् :
(क) मदर टेरेसाको जन्म : सन् १९१० अगस्त २६
(ख) शान्ति पुरस्कार : सन् १९७०
(ग) मदर टेरेसाको निधन : सन् १९९७ सेप्टेम्बर ५
(घ) पद्मश्री पुरस्कार : सन् १९६२
(ङ) नोबेल शान्ति पुरस्कार प्राप्त : सन् १९७९
(च) नेहरू पुरस्कार प्राप्त :सन् १९७२
६. तल दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) मदर टेरेसाको बाल्यकाल कसरी बितेको थियो ?
उत्तर : एग्नेस गोन्छा बाजाछिउ वास्तविक नाम भएकी मदर टेरेसका बुबा एक व्यापारी थिए भए भने आमा सामाजिक अभियन्ता थिइन् । नौ वर्षकै उमेरमा पितृवियोगको पीडा सहन विवश टेरेसाको लालनपालन आमाको रेखदेखमा भएको थियो । सानैदेखि आमाको समाजसेवी भावनाबाट प्रेरित भएर दीनदुःखी र असहायको सेवामा लाग्न थालिन् । यस्तै सेवा गर्दै उनको बाल्यकाल बितेको थियो ।
(ख) टेरेसाको स्वभाव कस्तो थियो ?
उत्तर : टेरेसाकी आमा सामाजिक एवम् धार्मिक अभियन्ता थिइन् । आमाको समाजसेवी गुणको प्रभाव टेरेसामा पनि देखिन थाल्यो । सानैदेखि आमाको समाजसेवी भावनाबाट टेरेसा प्रेरित भएकी टेरेसामा पनि समाजसेवामा समर्पित हुन थालिन् । दीनदुःखी र असहायको सेवामा सानैदेखि लाग्न थालिन् । कुनै पनि प्राणीको दुःख देख्न नसक्ने स्वभाव यिनमा थियो । यिनी प्राणीको सेवामा मन, वचन र कर्मले लाग्ने परोपकारी र दयालु स्वभावकी थिइन् ।
(ग) टेरेसा कसरी संसार प्रसिद्ध भइन् ?
उत्तर : टेरेसा निःस्वार्थ रूपमा समाजसेवा गर्ने स्वभावकी महिला थिइन् । विभिन्न परोपकारी संस्थामा आबद्ध भएर त्यही संस्थाका माध्यमबाट टेरेसाले निरन्तर समाजसेवाको कार्य गरिन् । यिनी असहाय, गरिब र रोगीको सेवामा अहोरात्र खटेर काम गर्न थालिन् । समयको गतिसँगसँगै टेरेसाद्वारा सञ्चालित परोपकारी संस्था भारतबाहेक अरु मुलुकमा पनि विस्तार हुँदै गए । निःस्वार्थ परोपकारी भावनाका कारण यिनी चाँडै संसार प्रसिद्ध भइन् ।
(घ) मदर टेरेसा कस्तो कार्यमा समर्पित थिइन् ?
उत्तर : मदर टेरेसाले कलकत्तामा परोपकारी संस्था स्थापना गरिन् । त्यही परोपकारी संस्थामार्फत उनी असहाय र रोगीको सेवा र उपचारमा अहोरात्र खट्न थालिन् । उनले खोलेको त्यही संस्थाबाट असहाय तथा गरिब बालबालिकाले संरक्षण र सेवा पाउन थाले । उनी अनाथ बालबालिकाका लागि छुट्टै भवनको स्थापना गरेर उनीहरूको स्याहारसुसार र शिक्षादीक्षामा लाग्न थालिन् । उनले सन् १९५६ मा भारतको गोवामा कुष्ठरोगीका लागि उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइन् । यसरी मदर टेरेसा विभिन्न संस्थाहरू खोली तिनै संस्थामार्फत असहाय, रोगी र अनाथ बालबालकाको सेवा कार्यमा समर्पित थिइन् ।
(ङ) टेरेसाको जीवनीबाट हामी के प्रेरणा पाउँछौं ?
उत्तर : जीवन अजर र अमर छैन । यस्तो क्षणिक जीवनमा पनि निश्चित उद्देश्य लिई अमरत्व प्राप्त गर्ने र अरूको प्रेरणाको स्रोत बन्ने थोरै मात्र व्यक्ति हुन्छन् । त्यस्ता व्यक्तिमध्ये मदर टेरेसा एक थिइन् । उनी सबै प्राणीलाई दया र माया बाँड्दै हिँड्ने निस्वार्थ परोपकारी तथा दयालु स्वभाव भएकी समाजसेवी थिइन् । यस्ती महान् समाजसेवीको जीवनीबाट हामीले पनि निःस्वार्थ रूपमा समाजसेवामा लाग्नुपर्छ । दुःखी, अनाथहरूको परोपकार गर्नुपर्छ । मानव सेवा संसारमा सबैभन्दा ठुलो सेवा हो । अरूको दुःखलाई आफ्नै दुःख सम्झेर मानव सेवा गर्नुपर्दछ । असल कार्य गर्ने व्यक्तिहरू संसारबाट बिदा भए पनि उनीहरूका कार्यले त्यस्ता व्यक्तिहरू अजर र अमर हुन्छन् । त्यस्ता व्यक्तिहरू युगयुगसम्म बाँचिरहन्छन् । यस्ता व्यक्तिहरूका असल व्यवहारहरूबाट प्रेरणा लिएर हामी पनि समाजसेवामा समर्पित हुनुपर्छ भन्ने प्रेरणा टेरेसाको जीवनीबाट पाउन सक्दछौँ ।
७. तल दिइएका प्रश्नको लामो उत्तर लेख्नुहोस् :
(क) मदर टेरेसाले समाजसेवाको क्षेत्रमा कस्तो योगदान पु¥याएकी थिइन् ?
उत्तर : युगोस्लाभियामा पर्ने मेसेडोनियाको स्कोप्ज भन्ने ठाउँमा सन् १९१० अगस्त २६ मा टेरेसाको जन्म भएको थियो । सानैदेखि आमाको समाजसेवी भावनाबाट प्रेरित भएर उनी पनि दीनदुःखी र असहायको सेवामा लाग्न थालिन् । कुनै पनि प्राणीको दुःख देख्न नसक्ने टेरेसा मिन, वचन र कर्मले प्राणीहरूको सेवामा तल्लीन हुन थालिन् ।
मदर टेरेसाले समाजसेवाको क्षेत्रमा निकै महत्वपूर्ण योगदान पुर्याएकी थिइन् । उनले भारतका सडक किनारमा अनाथ र भोकानाङ्गा बालबालिका, दीनदुःखी तथा अशक्तलाई देखेर तिनीहरूको सेवा र भलाइमा कसरी लाग्न सकिन्छ भन्ने योजना बनाई कलकत्तामा परोपकारी संस्था स्थापना गरिन् । त्यही संस्थामार्फत असहाय र रोगीको सेवा र उपचारमा अहोरात्र खट्न थालिन् । उनले खोलेको त्यही संस्थाबाट असहाय तथा गरिब बालबालिकाले संरक्षण र सेवा पाउन थाले । समयको गतिसँगसँगै टेरेसाद्वारा सञ्चालित परोपकारी संस्था भारतबाहेक अन्य मुलुकमा पनि विस्तार हुँदै गए । उनले सन् १९५६ मा भारतको गोवामा कुष्ठरोगीका लागि उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइन् उनको परोपकारी संस्थाले संसारका धेरै देशमा मान्यता पायो ।
यसरी मदर टेरेसाले निःस्वार्थ रूपमा भारतलगायत विश्वका विभिन्न मुलुकमा परोपकारी संस्थाका माध्यमबाट दुःखी तथा असहाय बालबालिकाका एवम् कुष्ठरोगीको सेवा गरेर योगदान दिइन् ।
(ख) ‘सेवा नै धर्म हो’ भन्ने भनाइलाई यस पाठका आधारमा व्याख्या गर्नुहोस् ।
उत्तर : मदर टेरेसाले आफूलाई निस्वार्थ समाजसेवी भनेर चिनाइन् । उनले ‘सेवा नै धर्म हो’ भन्ने कुरालाई व्यावहारिक रूपमा उतारेकी थिइन् । परोपकारी संस्थाका माध्यमबाट टेरेसाले गरेको योगदान निकै महत्वपूर्ण र प्रेरणादायी कार्य मनिन्छ ।
‘जब म कुष्ठरोगीहरूको घाउ सफा गर्छु तब मलाई भगवान्लाई मलमपट्टी गरेको महसुस हुन्छ’ भन्ने विचार बोकेकी टेरेसा अनाथ, दीनदुःखीका लागि भगवान्सरह नै थिइन् । उनी सबै प्राणीलाई दया र माया बाँड्दै हिँड्ने निस्वार्थ समाजसेवी थिइन् । टेरेसा सन् १९२९ मा समाजसेवा गर्ने अठोटका साथ भारतको कलकत्ता आएकी थिइन् । मदर टेरेसाले मानव सेवाका क्षेत्रमा गरेको योगदान संसारभरिका मानिसले मुक्तकण्ठले प्रशंसा गरे । उनलाई विभिन्न देशबाट सम्मान र पुरस्कारसमेत प्रदान गरिएको थियो । समाजसेवाको क्षेत्रमा योगदान गरेवापत मदर टेरेसाले जति सम्मान पाइन् त्यति अरु कसैले पनि आजसम्म पाउन सकेका छैनन् ।
मदर टेरेसाले आज यस संसारमा नभए पनि उनले गरेको निस्वार्थ समाजसेवाका कारण उनी सदा अमर छिन् । उनको जीवनीबाट ‘सेवा नै धर्म हो’ भन्ने प्रेरणा हामी सबैले पाएका छौँ । मानव जीवन सार्थक बनाउन सेवामा समर्पित हुनुपर्दछ भन्ने आदर्श दृष्टान्त पनि उनको जीवनीबाट पुष्टि भएको छ ।
८. भाव विस्तार गर्नुहोस् :
जब म कुष्ठरोगीहरूको घाउ सफा गर्छु तब मलाई भगवान्लाई मलमपट्टी गरेको महसुस हुन्छ ।
प्रस्तुत गद्यांश कक्षा ७ को ‘मदर टेरेसा’ को जीवन पाठबाट साभार गरिएको हो । उक्त विचार टेरेसाले व्यक्त गरेकी हुन् । सानैदेखि असहाय, अनाथ र बेसहारा बालबालिकाहरूको सेवामा समर्पित टेरेसा सबै प्राणीलाई दया र माया बाँड्दै हिँड्ने निस्वार्थ समाजसेवी थिइन् ।
समाजसेवाको क्षेत्रमा योगदान गरेवापत मदर टेरेसालाई विश्वका धेरै संस्थाहरूले सम्मान पनि गरेका थिए । सबै धर्मको सार भनेको नै सेवा हो । गरिब, दुःखी, असहाय, रोगी आदिको सेवा गर्नु नै मानवको धर्म हो । धर्म गर्नका लागि मठमन्दिर, चर्च, गुम्बा आदि गएर प्रार्थना गर्नुपर्दैन । असहाय, गरिब, दुःखीहरूको निःस्वार्थ र परोपकारी भावना लिएर समाजसेवामा मन, वचन र कर्मले तल्लीन हुन सकेमा त्यो नै धर्म हो । मदर टेरेसाले पनि निःस्वार्थ रूपमा परोपकारी भावना लिएर काम गरिन् । उनले सन् १९५६ मा भारतको गोवामा कुष्ठरोगीका लागि उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइन् । उनले ’कुष्ठरोगीलाई दयापूर्वक स्पर्श गरौं’ भन्ने नारासहित ‘लेप्रोसी कलेक्सन डे’ कार्यक्रमसमेत आयोजना गरिन् । उनको परोपकारी संस्थाले संसारका धेरै देशमा मान्यता पायो । कुष्ठरोगीको घाउ सफा गर्दा उनलाई भगवान्लाई मलमपट्टी गरेको अनुभव हुन्थ्यो ।
यस्ता महान् विचार र कार्यले नै टेरेसा यस संसारबाट बिदा भए पनि सधैँ अजर र अमर भएर बाँचिरहेकी छिन् ।
९. पाठको तेस्रो अनुच्छेदको सार लेखेर कक्षामा प्रस्तुत गर्नुहोस् :
उत्तर : पाठको तेस्रो अनुच्छेदको सारः
समाजसेवा गर्ने अठोटका साथ भारतको कलकत्ता आएकी टेरेसा त्यहाँको सडक किनारमा अनाथ र भोकानाङ्गा बालबालिका, दीनदुःखी तथा अशक्तलाई देखेर दुःखी भइन् । उनीहरूको भलाइको योजना बनाउँदै परोपकारी संस्था खोली दिनरात सेवा र उपचारमा खटिइन् । परोपकारी संस्था भारतमा विस्तार गरी उनले कलकत्तामा अनाथ बालबालिकाका लागि छुट्टै भवनको स्थापना गरेर उनीहरूको स्याहारसुसार र शिक्षादीक्षामा लाग्न थालिन् । उनको कार्यमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरे ।
१०. पाठको दोस्रो अनुच्छेद मनमनै पढी चारओटा प्रश्न बनाउनुहोस् ।
पाठको दोस्रो अनुच्छेदबाट चारओटा प्रश्न :
(क) मदर टेरेसाको जन्म कहाँ र कहिले भएको थियो ?
(ख) टेरेसाका माता र पिताको नाम के के थियो ?
(ग) मदर टेरेसाको वास्तविक नाम के हो ?
(घ) टेरेसाको लालनपालन कसले गरेको थियो ?
भाषिक संरचना र वर्णविन्यास
३. तल दिइएको अनुच्छेद पढ्नुहोस् र उत्तर लेख्नुहोस् :
प्रश्नहरू
(क) माथिको अनुच्छेदबाट प्रथम, द्वितीय र तृतीय पुरुषका वाक्य पहिचान गरी लेख्नुहोस् ।
प्रथम पुरुष :– म र हरि पोखरा गयौं । म त धेरै खुसी छु ।
द्वितीय पुरुष :– हरि तँ घुम्न पाउँदा कति खुसी छस् । तिमीहरूलाई मैले धेरै रमाइला ठाउँ घुमाइदिएँ।
तृतीय पुरुष :– उहाँले हामीलाई पोखराका रमाइला ठाउँमा घुमाउनुभयो ।
(ख) माथिको अनुच्छेदबाट निम्न, मध्यम र उच्च आदरका एक एकओटा वाक्य पहिचान गरी लेख्नुहोस्।
निम्न आदर :– हरि तँ घुम्न पाउँदा कति खुसी छस्
मध्यम आदर :– अब भोक लाग्यो होला, के खान्छौ ?
उच्च आदर :– उहाँले हामीलाई पोखराका रमाइला ठाउँमा घुमाउनुभयो ।
४. कोष्ठकको निर्देशनअनुसार तल दिइएका वाक्य परिवर्तन गर्नुहोस् :
(क) म विद्यालय जान्छु । (तृतीय पुरुष )
: त्यो विद्यालय जान्छ ।
(ख) तँ पत्रिका पढ्छेस् ( उच्च आदर)
: तपाईं पत्रिका पढ्नुहुन्छ ।
(ग) तिमी राम्ररी पढ (प्रथम पुरुष )
: म राम्ररी पढूँ ।
(घ) उहाँ पुस्तक पढ्नुहुन्छ । (निम्न आदर)
: ऊ पुस्तक पढ्छ ।
(ङ) ऊ पढ्छ । (मध्यम आदर)
: उनी पढ्छन् ।
(च) तँ लेख्छस् । (मध्यम आदर)
: तिमी लेख्छौ ।
(छ) उनीहरू खेल्छन् । (द्वितीय पुरुष )
: तिमीहरू खेल्छौं ।
५. तल दिइएका शब्दको बनोट प्रक्रिया हेर्नुहोस् :
वि + मान = विमान,
आ + शङ्का = आशङ्का,
बे + काम = काम
प्र+कृति = प्रकृति,
अधि + कार = अधिकार,
अ + चल = अचल
६. तल दिइएका उपसर्गबाट दुई दुईओटा शब्द निर्माण गर्नुहोस् :
प्र : प्रहार, प्रकार
अप : अपमान, अपवाद
अनु : अनुकल्प, अनुहार
नि : नियोग, निमुखो
विः विकास, विचार
आ : आकार, आचार,
सुः सुविचार समाचार
बे : बेकाम, बेहिसाब,
बद : बदमास, बदनाम,
अ : अकार, अयोग्य ।
७. शुद्ध शब्द छानेर लेख्नुहोस् :
शुद्ध शब्दहरू : अँध्यारो, जाँदै, गाउँ ।
८. ठिक ठाउँमा चन्द्रविन्दु प्रयोग गरी तल दिइएका शब्द शुद्ध पार्नुहोस् :
उत्तर : आँप, घाँस, हिँड्दै छ, खाँदै छ, आँट, आँखा, अँगार ।
९. मटर टेरेसा पाठबाट चन्द्रबिन्दु प्रयोग भएका शब्द पहिचान गरी लेख्नुहोस् ।
बाँच्ने, त्यहाँ, ठाउँ, हुँदै, बाँड्दै, गराँ ।
सुनाइ र बोलाइ
१. सुनाइ पाठ १२ सुन्नुहोस् र खाली ठाउ“मा ठिक शब्द भर्नुहोस् :
उत्तर :
(क) नारायण गोपालको जन्म वि. सं. १९९६६असोज १८ गते भएको थियो ।
(ख) उनको वास्तविक नाम नारायण गोपाल गुरुवाचार्य हो ।
(ग) नारायणगोपाल विशिष्ट गायक हुन् ।
(घ) उनले गाएका गीत उत्तिकै कर्णप्रिय र सबैको मन छुने खालका छन् ।
(ङ) उनको मृत्यु २०४७ साल मङ्सिर १९ मा भयो ।
२. सुनाइ पाठ १२ सुन्नुहोस् र मौखिक उत्तर भन्नुहोस् :
(क) नारायणगोपालको जन्म कहाँ भएको हो ?
उत्तर : नारायण गोपालको जन्म काठमाडौँमा भएको थियो ।
(ख) उनका मातापिताको नाम के हो ?
उत्तर : उनका पिताको नाम आशागोपाल गुरुवाचार्य हो भने माताको नाम रामदेवी गुरुवाचार्य हो ।
(ग) नारायणगोपाललाई कुन उपाधि दिइएको छ ?
उत्तर : नारायणगोपाललाई स्वरसम्राट् उपाधि दिइएको छ ।
(घ) उनले कुन क्षेत्रमा योगदान पुर्याए ?
उत्तर : उनले गीत र सङ्गीत क्षेत्रमा योगदान पु¥याए ।
सिर्जना र परियोजना कार्य
१. दिइएका बुँदाका आधारमा कवि भैरव अर्यालको जीवनी तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् :
विश्वमा समय समयमा जन्मिएका मानिसहरूले आफूभित्र भएको क्षमता प्रस्फुटन गरी विभिन्न क्षेत्रमा योगदान दिएका छन् । यस्तै नेपाली साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिए ख्याति कमाएका व्यक्ति भैरव अर्याल हुन् । भैरव अर्यालको जन्म वि. सं. १९९३ असोज ५ गते कुपन्डोल, ललितपुरमा भएको थियो । पिता होमनाथ र माता खेमकुमारीका पुत्रका रूपमा जन्मिएका अर्यालले एम्. ए. सम्मको अध्ययन गरेका थिए ।
हास्यव्यङ्ग्य निबन्धकारका रूपमा परिचित अर्यालले निबन्ध र काव्य विधाका कृतिहरू प्रकाशित गरेका छन् । उनका प्रमुख प्रकाशित कृतिहरूमा काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी (२०२६), प्रवेशिका निबन्ध (२०२७) इतिश्री (२०२८), दश औतार (२०३३) जस्ता उत्कृष्ट निबन्ध सङ्ग्रह, विरही राम (काव्य २०२०), लगायत कृतिहरू प्रकाशित भएका छन् । नेपाली साहित्यमा हास्यव्यङ्ग्य निबन्धका प्रमुख स्रष्टा, नेपाली साहित्यका कथा, कविता, समालोचना, व्यङ्ग्य आदि विधामा सशक्त रूपमा कलम चलाउने साहित्यकार, सामाजिक विसङ्गति, अन्याय, अत्याचार र शोषण, दमनप्रति तीव्र आव्रmोश, अनुप्रासयुक्त भाषा र कलात्मक शैलीमा च्वास्स मुटुमा बिझ्ने गरी शिष्ट व्यङ्ग्य प्रहारजस्ता लेखनगत विशेषता रहेका छन् ।
शिक्षण र पत्रकारिताजस्ता पेसामा संलग्न भएका अर्यालको मृत्यु वि.सं. २०३३, असोज, काठमाडौँको गोकर्णमा भएको थियो ।