You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 7 Nepali Note
Login
Text lesson

पाठ 13 जेष्ठ नागरिकप्रति हाम्रो दायित्व

शब्दभण्डार

 

१. तल दिइएका अर्थ र तीसँग मिल्ने शब्दको जोडा मिलाउनुहोस् : 

 

(क) बेकाममा यताउति हिँडिरहने – अल्लारे

(ख) औंला केही कुप्याई दुई उत्ताना हत्केला जोड्दा बन्ने मुद्रा – अँजुली

(ग) आधा नयाँ र आधा पुरानो – अर्धानो

(घ) मुर्दालाई ढाक्ने र बेर्ने सेतो कपडा – कात्रो

(ङ) चारैतिर आकाश र पृथ्वी जोडिए जस्तो देखिने ठाउँ – क्षितिज

(च) घरको सबैभन्दा माथिल्लो तला – बुइँगल

(छ) निजी, व्यक्तिगत – पेवा

 

 

२. तल दिइएका अर्थसँग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस् : 

 

(क) ६० वर्ष उमेर पार गरेका वृद्धवृद्धा : जेष्ठ नागरिक

(ख) कर्तव्य अकर्तव्यबारे लेखिएको शास्त्र : नीतिशास्त्र

(ग) अरूको भलो हुने काम : परोपकार

(घ) विशेष काम नभएको समय, फुर्सद : अवकाश

 

 

३. तल दिइएका शब्दको अर्थ भन्नुहोस् :

नाबालक : उमेर नपुगेको केटो वा केटी, बालक

लैनो : भर्खर बियाएको गाईबस्तु

बकेर्नो : दुध थाक्ने बेला भएको दुहुनो गाईभैंसी

मझेरी : घरभित्र चुलो, ओछ्यान र कोठाका अतिरिक्त खाली छोडिएको बिचको ठाउँ, छिँडीको भुईं

मैतालु : माइत धेरै बस्ने स्त्री

लमी : विवाहमा वरवधू दुवै पक्षमा कुराकानी मिलाउने व्यक्ति

बिस्कुन : घाममा सुकाउनका निम्ति फिँजारिएको अन्न

पोगटो : भित्र चामल नभएको सेप्रो धान, फोस्रो धान

नुवागी : हरेक वर्ष नयाँ धानबाली पाकेपछि काँचो चामल र दही, केरा आदि एकै ठाउँ मिलाई मुछेर देवता वा पितृहरूलाई चढाएपछि आफूले खाइने दही चामल, न्वागी

 

 

४. तल दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

 

समाज : म समाजमा बस्छु ।

प्रतियोगिता : वादविवाद प्रतियोगितामा मैले भाग लिएँ ।

नागरिक : म एक राष्ट्रको असल नागरिक हुँ ।

अन्तर्राष्ट्रिय : हामी अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक जितेर नेपालको सान बढाउँछौँ ।

सभाध्यक्ष : वक्तृत्वकला प्रतियोगिताका सभाध्यक्षले कार्यक्रमको समापन गर्नुभयो ।

जन्मदिन : जन्मदिनको उपलक्ष्यमा म सधैँ गरिबको सेवाको गर्छु ।

 

 

बोध र अभिव्यक्ति

 

 

१. तल दिइएका शब्दको उच्चारण गर्नुहोस् :

 

मनोरञ्जन, दायित्व, सङ्ख्या, ज्येष्ठ, व्यतीत, समृद्धि, पहुँच

 

 

२. ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्वपाठ हाउभाउसहित पालैपालो सस्वरवाचन गर्नुहोस् ।

 

 

३. ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्वपाठका सुरुका दुई अनुच्छेद मनमनै पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर भन्नुहोस् ।

 

(क) अधिकारको रक्षाका लागि व्यक्ति, समाज र राष्ट्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।भन्ने प्रसङ्ग कुन अनुच्छेदमा छ ?

उत्तर : अधिकारको रक्षाका लागि व्यक्ति, समाज र राष्ट्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।भन्ने प्रसङ्ग १३ औं अनुच्छेद (अखिलेश पासवानको भनाइ) मा छ ।

 

(ख) वक्तृत्वकला प्रतियोगिता कहिले हुँदै छ ?

उत्तर: वक्तृत्वकला प्रतियोगिता अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिन हुँदै छ ।

 

(ग) वक्तृता कार्यक्रमको विषय के हो ?

उत्तर: वक्तृता कार्यक्रमको विषय ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्वहो ।

 

(घ) कार्यक्रम कुन कुन सदनबिच हुँदै छ ?

उत्तर : कार्यक्रम लालीगुराँस र जानकी सदनबिच हुँदै छ।

 

(ङ) वक्ताले पालना गर्नुपर्ने नियम के के हुन् ?

उत्तर : वक्ताले पालना गर्नुपर्ने नियम निम्न छन् :

 

(१) वक्ताले पाँच मिनेटसम्म मात्र बोल्न पाउने छन् । बोल्न सुरु गरेको चार मिनेटमा जनाउ घन्टी लाग्ने छ । त्यसको एक मिनेटमा अन्तिम घन्टी बजेपछि वक्ताले आफ्नो भनाइ रोक्नुपर्ने छ ।

 

(२) वक्ताले बोल्दा कुनै पनि धर्म, जातजाति, वर्ण, लिङ्ग, संस्कृतिप्रति आक्षेप लगाउन पाइने छैन । 

 

(३) वक्ताले कुनै पनि प्रकारको लिखित सामग्री हेरेर बोल्न पाइने छैन ।

 

(४) प्रतियोगीको मूल्याङ्कनमा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुने छ ।

 

 

४. पाठका आधारमा तल दिइएका भनाइका वक्ता पहिचान गर्नुहोस् :

 

(क) ज्येष्ठ नागरिक परिवार, समाज र राष्ट्रका गहना हुन् । (अंशु उप्रेती)

 

(ख) विश्वमा प्रतिसेकेन्ड दुई जना ज्येष्ठ नागरिकले आफ्नो साठिऔं जन्मदिन मनाउँछन् । 

 

(ग) त्यो सभा सभा नै होइन जुन सभामा वृद्धवृद्धाको कुनै उपस्थिति नै छैन । (अंशु उप्रती)

 

(घ) वृद्धवृद्धाका चरित्रमा शङ्कै नगरे हुन्छ । (अखिलेश पासवान)

 

 

५. तल दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व कस्तो हुनुपर्छ ?

 

उत्तर : ज्येष्ठ नागरिकलाई हामीले सदैव श्रद्धाका साथ मायालु व्यवहार गर्नुपर्छ । परिवारका हरेक सदस्यले आफ्ना ज्येष्ठ नागरिकको शारीरिक र मानसिक अवस्थामा ध्यान दिनु आवश्यक हुन्छ । ज्येष्ठ नागरिकप्रति आदर, सत्कार र उचित रेखदेख गर्नु हामी सबैको कर्तव्य हो । बुढेसकालमा अपहेलना होइन माया, स्याहार र रेखदेख गरेर हामीले आफ्नो दायित्व पूरा गर्न सक्छौं ।

 

(ख) तपाईंले आफ्नो समाजमा ज्येष्ठ नागरिकले भोगेका कस्ता कस्ता समस्या देख्नुभएको छ ?

 

उत्तर : मैले आफ्नो समाजमा ज्येष्ठ नागरिकले भोगेका विभिन्न समस्या देखेको छु । आमाबुबासँग सम्पत्ति लिने तर बुढेसकालमा स्याहारसुसार नगर्ने प्रचलन बढ्दै गएको छ । त्यस्तै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परिपाटी छैन । उनीहरूलाई हेला गर्ने, गिज्याउने जस्ता क्रियाकलाप हुने गर्दछ । त्यस्तै उनीहरूलाई समय बिताउने र एक्लै नभएको महसुस दिलाउने स्थानको अभाव रहेको छ । अझ छोराछोरी नभएका ज्येष्ठ नागरिकका लागि वृद्धाश्रमको व्यवस्था नभएकाले उनीहरूले धेरै समस्या बेहोर्नु परेको छ ।

 

 

६. पाठमा पहिलो वक्ताले भनेको अन्तिम अनुच्छेदको सार लेख्नुहोस् ।

 

उत्तर : हरेकले आफ्नै घरपरिवारबाट ज्येष्ठ नागरिकप्रति सम्मान र आदर गर्दै टोल समाजले ज्येष्ठ नागरिकका हक अधिकारबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । हरेक तहका राज्यले ज्येष्ठ नागरिकको आनन्दपूर्ण जीवनका लागि विभिन्न किसिमका योजना बनाउनुपर्छ ।

 

 

७. अपाङ्गताप्रति हाम्रो दायित्वशीर्षकमा वक्तृत्वकला प्रतियोगितामा भाग लिनका लागि आवश्यक मुख्य मुख्य बुँदा तयार पार्नुहोस् ।

 

उत्तर : अपाङ्गप्रति हाम्रो दायित्वशीर्षकमा वक्तृत्वकला प्रतियोगितामा भाग लिनका लागि आवश्यक मुख्य मुख्य बुँदाहरू निम्न छन् :

 

(क) मानिस आफ्नो इच्छाले अपाङ्ग नबन्ने, अपाङ्गता पापको परिणाम नभएको

(ख) दुर्घटना, अज्ञानता, भवितव्य, कडा रोग जस्ता कारणले अपाङ्गता हुने

(ग) कच्चा वैद्यको मात्रा यमपुरीको यात्राभनेझैँ स्वास्थ्यकर्मीको अधुरो ज्ञानका कारण पनि मानिस अपाङ्ग बन्ने

(घ) अपाङ्गहरूको हितका लागि राष्ट्रिय अपाङ्ग महासङ्घ‘, ‘खगेन्द्र नवजीवन केन्द्रजस्ता संस्थाको प्रयास प्रशंसनीय

(ङ) अपाङ्गता भएका व्यक्तिलाई दया होइन अवसर प्रदान गर्नुपर्ने

(च) नेपालमा संवैधानिक तथा कानुनी रूपमा अपाङ्गहरूका लागि विशेष व्यवस्था गरिएको

(छ) अपाङ्गहरू पनि यसै देशका नागरिक भएकाले हाम्रो सोच बदल्नुपर्ने आवश्यकता

(छ) कानुनहरूको व्यावहारिक कार्यान्वयनको खाँचो रहेको

(ज) आत्मबल अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने, शिक्षामा पहुँच अभिवृद्धि गर्नुपर्ने

(झ) आवश्यक उपचार, शिक्षा र पुनःस्थापना कार्यक्रमबाट उनीहरूको जीवन सम्मानित र मर्यादित बनाउन सकिने ।

 

 

८. वृद्धावस्थामा पुगेका आफ्ना आमाबुबाप्रति छोराछोरीले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा आफ्ना विचार लेखी कक्षामा सुनाउनुहोस् ।

 

उत्तर : वृद्धावस्थामा पुगेका आफ्ना आमाबुबाप्रति छोराछोरीले सकारात्मक, सहयोगी र भावनात्मक भूमिका निर्वाह गर्नुपर्छ । छोराछोरीले वृद्धावस्थामा पुगेका आफ्ना आमाबुबालाई हेला गर्ने प्रवृति बढ्दै गएकाले यसको अन्त्य गरी सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्छ । वृद्धावस्था रहर नभएर एक स्वाभाविक प्राकृतिक प्रक्रिया हो भन्ने भावना हरेक छोराछोरीले लिनुपर्छ । हरेक छोराछोरी आफ्ना वृद्ध आमाबुबाको साथी बनिदिए पुग्छ ।

 

 

९. पाठमा भएको अंशु उप्रेतीको भनाइलाई जस्ताको त्यस्तै लेख्नुहोस् ।

 

 

उत्तर : (आफ्नो पाठ्यपुस्तकबाट हेरेर लेख्नुहोला ।)

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).