शब्दभण्डार
१. दिइएका अर्थ आउने शब्द ‘सहिदहरूको सम्झनामा‘ कविताबाट खोजेर लेख्नुहोस् :
(क) रातोपन, लालिमा :- लाली
(ख) रोप्न वा छर्न राखिएको अन्न आदिका गेडा :- बिउ
(ग) एक पटकमा मुखमा हाली खाइने खानेकुरा :- गाँस
(घ) पृथ्वी, जमिन :- घर्ती
(ड) प्रगति, अभिवृद्धि :- उन्नति
२. दिइएका लय मिल्ने शब्द पढी लेख्नुहोस् :
लहरा : छहरा
सुरिलो : कुरिलो
जङ्गल : मङ्गल
लुसुक्क : मुसुक्क
सगर : बगर
लायक : गायक
३. दिइएका शब्दका लय मिल्ने दुई दुईओटा शब्द लेख्नुहोस् :
वीर : शिर, बिर
पहरा : छहरा, लहरा
रसिलो : पोसिलो, मलिलो
असार : कसार, भसार
पाखा : काखा
दासता : हाँस्ता
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
सपुत : हामी देशको सपुत बन्नुपर्छ ।
मुलुक : मुलुक बाहिर जाने नेपाली धेरै छन् ।
बिउ : बाली उमार्न बिउ छर्नु पर्छ ।
कर्तव्य : हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ने छ ।
आकाश : खुला आकाशमा पंछीहरू रमाउँछन् ।
धड्कन : हाम्रो प्रत्येक धड्कनमा पूर्खाहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।
उन्नति : देशको उन्नति भए जनतालाई शुख हुन्छ ।
बोध र अभिव्यक्ति
३. ‘सहिदहरूको सम्झनामा‘ कविता पढी सोधिएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
(क) कवितामा के झरेपछि बिहान हुन्छ भनिएको छ ?
उत्तर : कवितामा मिर्मिरमा तारा झरेपछि बिहान हुन्छ भनिएको छ ।
(ख) कसले रगतको भेटी चढाउँछ ?
उत्तर : वीरले रगतको भेटी चढाउँछ ।
(ग) हामीले कसरी खुसी पाएका छौं ?
उत्तर : सहिदहरूले योगदान दिई खुसी छोडेर गएकाले हामीले खुसी पाएका छौं ।
४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ सहिदको‘ भन्नुको आशय के हो ?
उत्तर : निरङ्कुशताको अन्त्य गरी स्वतन्त्रता ल्याउन देशका सपुतहरू ज्यान दिन तयार भए र सहिद बने । आज हामीले जति पनि गतिविधिहरू निर्धक्कसँग गरिरहेका छौं त्यसमा सहिदको योगदान रहेको छ । सास फेर्नसमेत त्रसित हुनुपर्ने निरङ्कुशताबाट मुक्ति दिई निर्धक्कसँग सास फेर्न र उन्नति गर्न पाउने अवस्था सहिदले ल्याएकाले हाम्रो मुटुको प्रत्येक चालमा सहिदको धड्कन छ, हुनुपर्छ भन्नु नै यसको आशय हो ।
(ख) हाम्रा कुन कुन कुरामा सहिदको योगदान रहेको छ ?
उत्तर : हाम्रा प्रत्येक कुरा तथा गतिविधिहरूमा सहिदको योगदान रहेको छ । सहिदले रगत बगाएकाले हामीले स्वतन्त्रतापूर्वक खान पाएका छौं । आनन्दपूर्वक सास फेर्न पाएका छौं । हाम्रो खुसीको प्रत्येक क्षणमा र मुटुको प्रत्येक चालमा सहिदको जीवन र धड्कन रहेको छ ।
५. शिक्षकबाट कवितांश सुन्नुहोस् र छुटेका शब्द भरी पुनर्लेखन गर्नुहोस् :
ओठमा हाँसो गालामा लाली तब आउँछ जगत्को
देशको पिरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता ।
६. ‘सहिदहरूको सम्झनामा‘ कविता पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) कवितामा मुलुक कसरी बन्छ भनिएको छ ?
उत्तर : मुलुकमा व्याप्त अन्याय, अत्याचार, शोषण र निरङ्कुशता कारण बन्दी सरह जीवन बिताइरहेका जनताका लागि स्वतन्त्रता दिलाउन सच्चा सपुतले आफ्नो ज्यानको बाजी राखी लड्नुपर्छ । उनीहरू मुलुकका लागि ज्यानै अर्पण गर्न पनि तयार हुन्छन् । कवितामा बिहान हुनका लागि मिर्मिरेमा तारा झरेर जानुपर्छ अनि मात्र बिहान हुन्छ भनिएको छ । त्यसै गरी मुलुक बन्नका लागि दुईचार सपुतले ज्यान बलिदान दिनुपर्छ भनिएको छ ।
(ख) वीरले किन रगतको भेटी चढाउँछन् ?
उत्तर : देशको पिरले गर्दा वीरहरू देशको लागि रगतको भेटी चढाउँछन् । देशलाई निरङ्कुशताको दलदलबाट मुक्त गरी स्वतन्त्रता र लोकतन्त्र स्थापना गर्न वीरहरू हाँसी हाँसी फाँसीमा चढ्न तयार हुन्छन् । यसबाट सिङ्गो देशको ओठमा हाँसो र गालामा लाली आउँछ । तसर्थ मुलुकको पिर अन्त्य गर्न वीरले रगतको भेटी चढाउँछन् ।
(ग) हाम्रो खुसीको प्रत्येक पलमा कसको योगदान रहेको छ ?
उत्तर : आज हामीले जुन स्वतन्त्रता र खुसी उपयोग गर्न पाइरहेका छौं यसमा सहिदको योगदान रहेको छ। सहिदको बलिदानले गर्दा आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको खुसी उपयोग गरिरहेका छौं । तसर्थ हाम्रो खुसीको प्रत्येक पलमा सहिदको योगदान रहेको छ ।
(घ) सहिदप्रति हाम्रो कर्तव्य के हो ?
उत्तर : हामीले पाएको खुसी सहिदको योगदान हो । हामी सबैले सहिदले देखाएको बाटोमा हिडेर उनीहरूले देखेका र देखाएका सपना पूरा गर्न एकताबद्ध भएर लाग्नुपर्छ । राष्ट्रनिर्माणको बाटोमा सबै अघि सर्नुपर्छ । लोकतन्त्रलाई संस्थागत र समृद्ध बनाउन लाग्नुपर्छ । व्यक्ति, समाज र सिङ्गो राष्ट्रलाई उन्नतिको पथमा हिँडाउनुपर्छ । यो नै हाम्रो कर्तव्य हो, सहिदप्रतिको कर्तव्य हो ।
७. ‘सहिदहरूको सम्झनामा‘ कविताको दोस्रो श्लोकबाट तीनओटा प्रश्न निर्माण गर्नुहोस् ।
उत्तर : दोस्रो श्लोक पढी तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) वीरले किन रगतको भेटी चढाउँछन् ?
(ख) वीरहरू कसरी हाँस्छन् ?
(ग) दासता कसरी भाग्दछ ?
८. दिइएको कवितांशलाई गद्यमा लेख्नुहोस् :
(क) उम्रन्न बोट कसैले बिउ छरेर नगए
उत्तर : कसैले बिउ छरेर नगए बोट उम्रन्न ।
(ख) हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ सहिदको उत्तर : हाम्रो मुटुको प्रत्येक चालमा सहिदको धड्कन छ ।
(ग) पाउने थिएनौ खुसी तिनले छाडेर नगए
उत्तर : तिनले छाडेर नगए खुसी पाउने थिएनौं ।
(घ) सहिद रोलान् हामीले उन्नति गरेर नगए
उत्तर : हामीले उन्नति गरेर नगए सहिद रोलान् ।
९. व्याख्या गर्नुहोस् :
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला ।
उत्तर :
प्रस्तुत कवितांश ‘सहिदहरूको सम्झनामा‘ शीर्षकको कविताबाट साभार गरिएको हो । यस कवितामा रचनाकार कवि भूपी शेरचन हुन् । माथिको कवितांशमा प्रत्येक नेपालीलाई आफ्नो कर्तव्य नबिर्सन आग्रह गरिएको छ ।
प्रत्येक वर्ष माघ १६ का दिन सहिद दिवस मनाइन्छ । उक्त दिन सहिदहरूको फोटो तथा शालिकमा माल्यार्पणसमेत गरिन्छ । यति कार्यले मात्र सहिदहरू प्रति सच्चा श्रद्धाञ्जली अर्पण हुँदैन । हामीले सहिदले देखाएको बाटोमा हिँड्न सक्नुपर्छ । उनीहरूले देखेका र देखाएका सपना पूरा गर्न लाग्नुपर्छ । सबैको अधिकारको प्रत्याभूति दिलाउँदै लोकतन्त्रलाई संस्थागत गर्नुपर्छ । सबैले उन्नति गरी राष्ट्रनिर्माणमा लाग्नुपर्छ । हरेकले आआफ्नो कर्तव्य पूरा गर्नुपर्छ । हामीले आफ्नो कर्तव्य बिस्यौं भने हामीलाई इतिहासले धिक्कार्ने छ । गोली निलेका सहिदको लासले पनि धिक्कार्ने छ । यसप्रकार सरल, प्रभाकारी र लोकलयमा आधारित माथिको कवितांशमा कविले प्रत्येक राष्ट्रप्रेमी नेपालीले आफ्नो कर्तव्य बिर्सन नहुने कुरा स्पष्ट पारेका छन् ।
कर्तव्य बिर्सेमा सहिदहरूको लासले धिक्कार्छ, धर्ती लजाई मुख छोप्छ । हरेक सच्चा देशभक्त नागरिकले राष्ट्रनिर्माणको कर्तव्य इमान्दारिताका साथ निर्वाह गर्नुपर्छ । देशलाई उन्नतिप्रगतिको बाटोमा हिँडाउनुपर्छ । तब मात्र सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ, सहिदहरूको वास्तविक सम्झना हुन्छ ।
यसप्रकार कवि शेरचनले यस कवितामा सहिदहरूका त्याग र बलिदानलाई राष्ट्रिय सन्दर्भमा मूल्याङ्कन गरेका छन् । सहिदहरूप्रति हाम्रो कर्तव्य के हो, के गरेमा उनीहरू प्रसन्न हुन्छन् जस्ता कुरामा कविले प्रकाश पारेका छन् । यसका साथै उनले राष्ट्रिय चेतना जगाउने भाव पनि यस रचनामा व्यक्त गरेको पाइन्छ ।
११. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्रश्नहरू
(क) लोकभाका कहाँ कहाँ गाइन्छन् ?
उत्तर : लोकभाका चाडपर्व, मेलापात, घाँसदाउरा, ढिकीजाँतो आदिमा गाइन्छन् ।
(ख) लोकलयका कुनै तीन उदाहरण लेख्नुहोस् ।
उत्तर : लोकलयका कुनै तीन उदाहरण सवाई, असारे र तिज हुन् ।
(ग) लोकलयको आधार केलाई मानिन्छ ?
उत्तर : लोकलयको आधार संस्कृति, परम्परा, भाषा, भूगोल, जातजाति, जीवनशैलीलाई मानिन्छ ।
(घ) नेपाली जनजीवन कसरी जीवन्त बनेको छ ?
उत्तर : नेपाली जनजीवन लोकलयका कारण जीवन्त बनेको छ ।