शब्दभण्डार
१. दिइएका पारिभाषिक शब्द र अर्थविच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
अक्षांश – भूमध्यरेखासँग समानान्तर भएका रेखा
उपसंहार – लेखको निष्कर्ष
दर्शन – जीवन र जगत्लाई हेर्ने दृष्टिकोण
प्रत्यारोहण – अङ्ग सार्ने काम
समालोचना – कुनै रचनाका विभिन्न पक्ष केलाएर हेर्ने काम
भाषिका – ठाउँअनुसार हुने भाषाको फरक रूप
आपूर्ति – अन्तबाट सामान ल्याएर अभाव पूरा गर्ने
अवमूल्यन – रुपियाँको मूल्य घट्ने अवस्था
२. दिइएका अर्थ दिने शब्द ‘जुन्को तावेई‘ जीवनीबाट पहिचान गरी लेख्नुहोस् :
(क) विश्वविद्यालयले प्रदान गर्ने स्नातक उपाधिको स्तर : स्नातक तह
(ख) दुःख वा कष्ट दिने : दुःखद
(ग) कुनै सङ्घसंस्थामा नियमअनुसार रहेको व्यक्ति : सदस्य
(घ) दिनको बिचको समय : मध्याह्न
(ङ) तुलना गर्न वा भिडाउन सुहाउने अर्को व्यक्ति नभएको : अद्वितीय
३. दिइएको अनुच्छेदबाट कुनै १० ओटा पारिभाषिक प्राविधिक शब्द टिपोट गरी कक्षामा छलफल गर्नुहोस् :
रक्तचाप, अर्बुद, प्रसूति, एक्स रे, कम्प्युटर, आपूर्ति, बोलपत्र, शिलान्यास, शिलापत्र, ताम्रपत्र
४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
आरोहण : मेरो सगरमाथा आरोहण गर्ने सानै देखिको रहर हो ।
महादेश : नेपाल एसिया महादेशमा पर्छ ।
निधन : नायक श्रीकृष्ण श्रेष्ठको निधनले दुखी बनायो ।
सम्राट : नेपाली नाटकका क्षेत्रमा नाट्य सम्राट भनेर बालकृष्ण समलाई चिनिन्छ ।
बोध र अभिव्यक्ति
३.’जुन्को ताबेई‘ जीवनी पढी दिइएका प्रश्नको मौखिक उत्तर भन्नुहोस् :
(क) जुन्को ताबेईको जन्म कहाँ भएको थियो ?
उत्तर – जुन्को ताबेईको जन्म फुकुसिया प्रान्तको मिहरूमा भन्ने सहरमा भएको थियो ।
(ख) जुन्को ताबेईले कुन विषयमा उच्च शिक्षा हासिल गरिन् ?
उत्तर – जुन्को ताबेईले अङ्ग्रेजी साहित्यको विषयमा उच्च शिक्षा हासिल गरिन् ।
(ग) जुन्को ताबेईले नेपाल सरकारसँग कहिले सगरमाथा आरोहणको अनुमति मागिन् ?
उत्तर : जुन्को ताबेईले नेपाल सरकारसँग सन् १९७० मा सगरमाथा आरोहणको अनुमति मागिन् ।
(घ)जुन्को ताबेईले कतिओटा देशका अग्ला हिमाल आरोहण गरिन् ?
उत्तर : जुन्को ताबेईले ७६ देशका अग्ला हिमाल आरोहण गरिन् ।
(ङ) पाठको सातौँ अनुच्छेदबाट सबैभन्दा लामो वाक्य पहिचान गरी भन्नुहोस् ।
उत्तर : नेपाल सरकारका तर्फबाट लामो समयसम्म कुनै प्रतिक्रिया नपाएपछि पुनः सन् १९७२ मा ताकेता गरिन् र अर्को निवेदन हालिन् ।
४. · जुन्को ताबेईको समयमा जापानभित्र ….. सधैँ सतर्कताका अपनाइरहे।‘ अनुच्छेद मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) जुन्को ताबेई के चाहन्थिन् ?
उत्तर – जुन्को ताबेई पर्वतारोहणसम्बन्धी ससाना समूहमा मात्र नभई ठुलै समूहमा संलग्न हुन चाहन्थिन् ।
(ख) जुन्को ताबेई धेरै ठाउँमा पुग्दा पनि किन अवसर पाइनन् ?
उत्तर – जुन्को ताबेई धेरै ठाउँमा पुग्दा पनि उनको उत्साहालाई नबुझेर हाँसोमा उडाएका कारण अवसर पाइनन् ।
(ग) जुन्को ताबेईले कुन क्लबमा सदस्य बन्ने अवसर पाएकी थिइन् ?
उत्तर – जुन्को ताबेईले ‘अल्पाइन क्लब‘मा सदस्य बन्ने अवसर पाएकी थिइन् ।
(घ) जुन्को ताबेईको विवाह कहिले भयो ?
उत्तर – जुन्को ताबेईको विवाह सन् १९६५ मा भयो ।
६. ‘जुन्को ताबेई‘ जीवनीका आधारमा दिइएका घटनासँग सम्बन्धित समय सन् मा उल्लेख गर्नुहोस् :
(क) जुनको ताबेईको जन्म सन् १९३९.
(ख) लेडिज क्लाइम्बिङ क्लब जापानको स्थापना सन् १९६९
(ग) नेपाल सरकारका तर्फबाट हिमाल आरोहसम्बन्धी निवेदन स्वीकृत…..सन् १९७५
(घ) सगरमाथा शिखरको सफल आरोहण…सन् १९७५
(ङ) ताबेईलाई पेरिटोनियल क्यान्सर लागेको जानकारी ……सन् २०१२
(च) जुन्को ताबेईको निधन … सन् २०१६.
७. ‘जुन्को ताबेई’ जीवनी पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) जुन्को ताबेईको शैक्षिक यात्रा कस्तो थियो ?
उत्तर : सानै उमेरदेखि विद्यालय भर्ना गरियता पनि निमोनियाका कारण विद्यालयमा उपस्थित भएर पढ्न पाइनन् । अस्वस्थता र कमजोरीका कारण उनको बाल्यकालिन अध्ययन सोचे जस्तो हुन सकेन । माध्यमिक शिक्षा जसोतसो पास गरेकी ताबेईले विद्याधन नै सबैभन्दा ठूलो धन हो भन्ने बुझेका कारण उच्चशिक्षाका लागि टोको | विश्वविद्यालयमा भर्ना हुन पुगिन् । त्यहाँ असहज भएपछि उनी सोवा महिला विश्वविद्यालयमा भर्ना भई अङ्ग्रेजी साहित्यमा उच्च शिक्षा हासिल गरिन् । यसैगरी स्नातक तह पूरा गरिन् ।
(ख) जुन्को ताबेई पर्वतारोहणका लागि कसरी आकर्षित भइन् ?
उत्तर -: मानिसमा विभिन्न किसिमका चाहना हुन्छन् । यी मध्ये ताबेईमा पर्वतारोहणप्रति तीव्र चाहना थियो । उनी १० वर्षकी हुँदा शैक्षिक भ्रमणका क्रममा पहिलो पटक जापानको माउन्ट नासुको आरोहण गरेकी थिइन् । त्यतिबेला उनी चार कक्षामा पढ्थिन र केही अस्वस्थ पनि थिइन् । त्यस्तो अवस्थामा पहिलो पटक गरिएको पर्वतारोहणबाट उनी निकै उत्साही बनिन् । त्यसपछि सधैँ पर्वतारोहणप्रति लगावका कारण आकर्षित भइन् ।
(ग) जुन्को ताबेईलाई विश्वभरबाट किन बधाई तथा सम्मानभाव प्रकट गरियो ?
उत्तर -: सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा झण्डा फहराएपछि हिमाल आरोहणको क्रम सुरु भएको थियो । त्यसको ठिक २२ वर्षपछि जुन्को ताबेईले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्वकै पहिलो कीर्तिमानी महिलाका रूपमा आफूलाई स्थापित गरिन् । जसका कारण उनलाई जापानी सम्राट क्राउन प्रिन्स, राजकुमारी र नेपाल लगायत विश्वबाट सम्मान, बधाई तथा प्रशंसाभाव प्रकट गरियो ।
(घ) जुन्को ताबेईको जीवनीबाट के सन्देश पाइन्छ ?
उत्तर – अभाव, चुनौती र प्रतिकुलतासँग सिँगौरी खेल्दै सफलताको शिखर चुम्नु महान् व्यक्तिको लक्षण हो । दृढ सङ्कल्प, साहस र लगनशीलताका कारण मानिसले सफलताको शिखर चुम्न सक्छ । आफ्नो लक्ष्यको यात्रामा आर्थिक, सामाजिक, शारीरिक, मानसिक समस्याको सामना गर्दै सङ्घर्ष गर्नुपर्छ । जीवनमा निराशा र कायरतालाई त्याग्दै धीरता र निरन्तर क्रियाशीलताकासाथ अगाडि बढ्नुपर्छ । जस्तोसुकै अभाव र अप्ठ्यारोपनलाई हिम्मतकासाथ पूरा गर्नपर्छ भन्ने नै जुन्को ताबेई जीवनीको सन्देश हो ।
८. व्याख्या गर्नुहोस् :
सगरमाथा आरोहण र जीवनयात्रा उस्तै हो ।
उत्तर -: प्रस्तुत वाक्यांश कक्षा ८ पाठ १२ ‘जुन्को ताबेई जीवनीबाट साभार गरिएको हो । जीवन सङ्घर्षशील छ । सङ्घर्षशील जीवन भोगाइका क्रममा उतारचढाव आइरहन्छ भन्ने प्रसङ्ग उक्त वाक्यांश मार्फत देखाउन खोजिएको छ । मानिसको जीवन भोगाइमा कहिले आनन्द हुन्छ त कहिले जोखिमै जोखिम हुन्छ । जीवनमा कहिले खुसी हुन्छ त कहिले तनाव हुन्छ । सानैदेखि पर्वतारोहणको रूचि राख्ने जुन्को ताबेई १० वर्षकी छँदा शैक्षिक भ्रमण मार्फत जापानको माउन्ट नासुको आरोहण गरेकी थिइन् । यसबाट उनमा पर्वतारोहणप्रतिको लगाव झन् बढेको थियो । उनले देशभित्र हुने पर्वतारोहणसम्बन्धी विभिन्न समूहमा हुने अभ्यासमा सरिक हुने चाहना राख्दा ठूला अभ्यासहरूमा सरिक हुन मिल्दैन्थ्यो तर पनि उनी पर्वतारोहण अभियानबाट कहिल्यै पछि हटिनन् । सन् १९७५ मा १५ सदस्यहरूको नेतृत्व गर्दै सगरमाथा आरोहण गर्न नेपाल आइन् । सगरमाथा आरोहणको यात्रा अगाडि बढाइन् । ८००० मिटरमाथिको सगरमाथा क्षेत्र जुनसुकै समयका लागि जोखिमपूर्ण मानिन्छ । यसभन्दा माथि आरोहण गर्नुपर्दा बल र बुद्धि मात्र नभई शारीरिक क्षमता र साहसको पनि आवश्यकता पर्छ । जुन्को ताबेई पनि विभिन्न आर्थिक, सामाजिक, शारीरिक, मानसिक समस्याको सामना गर्दै, अभाव, चुनौती र प्रतिकुलतासँग सिँगौरी खेल्दै अगाडि बढिन् र सफलता प्राप्त गरिन् । यसरी नै जीवन भोगाइमा पनि उतार चढाब आइरहन्छन् ।
हाम्रो जीवनयात्रा पनि सगरमाथा आरोहण जस्तै हो । जसरी जोखिमलाई सामना गर्दै अगाडि बढेर सगरमाथाको शिखर चम्न सकिन्छ त्यसरी नै जिन्दगीमा आउने उतारचढाबलाई सामना गरेर अगाडि बढ्न सके अवश्य सफल हुन सकिन्छ ।
९. जुन्को ताबेईले पर्वतारोहणको क्रममा बेहोर्नुपरेका समस्याको वर्णन गर्नुहोस् ।
उत्तर
सानैदेखि पर्वतारोहणसम्बन्धी रुचि राख्ने ताबेई शैक्षिक भ्रमण मार्फत जापानको ‘माउन्ट नासु‘को आरोहण गरेकी थिइन् । त्यसबाट उनमा पर्वतारोहणप्रतिको लगाव झन् बढेको थियो । उनले पर्वतारोहणको क्रममा धेरै समस्या बेहर्नुपरेको थियो । उनको समयमा जापानभित्र पर्वतारोहणसम्बन्धी अनेकौँ अभ्यास हुन्थे । उनी बृहतस्तरबाट ठुलै समूहमा संलग्न हुन चाहन्थिन् तर कहीँकतै अवसर पाइनन् । उल्टै कतिपय व्यक्तिले उनको उत्साहलाई हाँसोमा उडाउने काम गरे । उनलाई अन्य समूहले आफ्नो क्लबमा प्रवेश नदिए पनि आफैँ महिलाका लागि एउटा क्लब खोलिन् । उनले सगरमाथा आरोहणका लागि सन् १९७० मा नेपाल सरकारसँग अनुमति मागिन् । नेपाल सरकारबाट लामोसमयसम्म कुनै प्रतिक्रिया नआएपछि पुनः सन् १९७२ मा ताकेता गरिन्। सन् १९७५ मा आरोहणका लागि अनुमति पाइन् । कैयौँ व्यक्तिले उनको सगरमाथा आरोहणको अभियानलाई हाँसोमा उडाए। ताबेईसँग पर्याप्त धनराशि नभएकाले सहयोगी निकायसँग सम्पर्क बढाइन् । अन्तिममा सम्पूर्ण हिमाल आरोही सदस्यलाई नै आआफ्नो जायजेथाबाट थप रकम जुटाउनुपर्ने कुरामा सहमत बनाइन् । आरोहण खर्च कम गर्न कतिपय वस्तु आफैँ उत्पादन गरे त कतिपय अरूले प्रयोग गरेका प्रयोग गरे । आरोहणका क्रममा ६३०० मिटरमा पुगी बिश्राम गरिरहेको बेला अचानक हिमस्खलन हुन पुग्यो । ताबेईसहित अन्य सदस्य हिउँभित्रै दबिए। नेपाली सहयोगी शेर्पाहरूको बहादुरी, चलाखीपन र अथक प्रयासका कारण उद्धार सफल भयो । यसपछि सगरमाथाको डेथ जोन पार गर्दै अगाडि बढ्ने क्रममा अचानक अक्सिजन र खानेकुरा सकिनै लागेको जानकारी भयो । जगेडा अक्सिजनले एकजनालाई मात्र पुग्ने आँकलन गरी जुन्को ताबेई मात्र अगाडि सगरमाथाको शिखर चुम्न सफल भइन् ।
१०. व्यक्तिमा दृढ इच्छाशक्ति भए जतिसुकै चुनौतीपूर्ण काम पनि पूरा गरेरै छाड्छ भन्ने कुरालाई‘ जुन्को ताबेई‘ जीवनीका आधारमा पुष्टि गर्नुहोस् ।
उत्तर -:
‘जुन्को ताबेई’ भित्र सानैदेखि पर्वतारोहणप्रतिको तीव्र चाहना थियो । जापानभित्र पर्वतारोहणसम्बन्धी सानाठूला अनेकौँ अभ्यास हुन्थे । उक्त अभ्यासमा सहभागी हुने चाहना हुँदाहुँदै पनि ससाना अभ्यासमा मात्र सहभागी हुन पाइन् । कतिपय व्यक्तिले उनको उत्साहलाई हाँसोमा उडाइदिन्थे तर पनि उनी हरेस नखाई अगाडि बढिरहिन् । सगरमाथा आरोहण गर्ने आफ्नो लक्ष्यको यात्रामा आर्थिक, सामाजिक, मानसिक, शारीरिक समस्याको सामना गर्नुपर्यो । त्यसबाट पनि कति विचलित नभई अगाडि बढिरहिन् । अन्त्यमा सरमाथाको शिखर चुमेर विश्वमा छुट्टै कीर्तिमानी महिलाका रूपमा आफूलाई स्थापित गरिन् । यसबाट यो भन्न सकिन्छ कि व्यक्तिमा दृढ इच्छाशक्ति भए जतिसुकै चुनौतीपूर्ण काम पनि पूरा गरेरै छाड्छ ।
११. ‘जुन्को ताबेइ’ जीवनीको चौथो अनुच्छेद पढी चारओटा बुँदा टिप्नुहोस् र सारांश समेत लेख्नुहोस् ।
मुख्य बुँदाहरू
उत्तर
– हरेक व्यक्तिमा कुनै नयाँ काम गरेर कीर्तिमान कायम राख्ने चाहना हुनु,
– ताबेईभित्र पर्वतारोहणको तीव्र चाहना भएका कारण १० वर्षमै माउन्ट नासुको आरोहण गर्नु,
– अस्वस्थ अवस्थामा पनि सफल आरोहण गरेका कारण थप उत्साही हुनु,
– पढाइ र पर्वतारोहणलाई निरन्तरता दिइरहनु ।
सारांश
ताबेईको पहिलो पर्वतारोहण
हरेक व्यक्तिमा फरक चाहना हुन्छ । ताबेईभित्र पर्वतारोहणको तीव्र चाहना भएकाले १० वर्षमै माउन्ट नासुको सफल आरोहण गरिन् । अस्वस्थ अवस्थामा पनि सफल आरोहण गरेका कारण थप उत्साही हुँदै पढाइ र पर्वतारोहणलाई निरन्तरता दिइरहिन् ।
अनुच्छेदमा भएका शब्द – ८७
सारांशमा लेख्नुपर्ने शब्द – २९
सारांशमा लेखिएका शब्द- ३२
भाषिक संरचना र वर्णविन्यास
२. दिइएका वाक्यलाई कोष्ठकका निर्देशनअनुसार परिवर्तन गर्नुहोस् :
(क) तिमीले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेछौ। (तृतीय पुरुष)
उत्तर : उसले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेछ ।
(ख) म जेष्ठ नागरिकलाई सम्मान गर्छु। (द्वितीय पुरुष)
उत्तर : तिमी जेष्ठ नागरिकलाई सम्मान गर्छौं ।
(ग) उसले परीक्षामा राम्रो नतिजा ल्याउने छ ( प्रथम पुरुष)
उत्तरः मैले परीक्षामा राम्रो अङ्क ल्याउने छु ।
(घ) हामीलाई खेल्न मन लागेको छ। (द्वितीय पुरुष)
उत्तर : तिमीहरूलाई खेल्न मन लागेको छ ।
(ङ) तैले कलम बोकेकी छस्। (तृतीय पुरुष)
उत्तर: उसले कलम बोकेकी छे।
३. हिमाल आरोहण गर्दा कस्तो अनुभव हुन्छ होला, फरक फरक पुरुष सङ्गति प्रयोग गरी एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर -तेन्जिङ नोर्गे शेर्पा, एडमन्ड हिलारी, पासाङ ल्यामू शेर्पा, जुन्को ताबेई आदिको नाम सुन्दा मनमा बेग्लै अनुभूति हुन्छ। ती व्यक्ति जसले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेर विश्वकीर्तिमानी राख्न सफल भए। आज उनीहरूको भौतिक शरीर नरहे पनि उनीहरूको अद्वितीय साहसका कारण अमर छन् । यी सबै कुरा सुनिरहँदा म मा पनि हिमाल आरोहण गर्ने इच्छा जागेर आउँछ । म हिमाल आरोहण गर्न जाँदा मेरो साहसी भाइ पनि सँगै जानेछ । हामी १२/१३ जनाको समूह होला । हाम्रो साथमा पथ प्रदर्शक पनि हुनुहुनेछ । उहाँकै सल्लाह र निर्देशन ‘अनुसार अगाडि बढौँला । हामी पूर्ण तयारी र हिम्मतका साथ हिमाल आरोहणको यात्रा अगाडि बढाउने छौँ। बिचमा जस्तासुकै अप्ठ्यारो स्थिति आएपनि सामना गर्दै अगाडि बढौँला। साथीहरूले तिमी त साह्रै साहसी भनेर मेरो प्रशंसा गर्लान । जब हामी हिमालको सफल आरोहण गरेर फर्कोला तब हामीलाई बधाई तथा सम्मानको ओइरो लाग्ला । हाम्रा बुबाआमाहरू पनि कति खुसी हुनुहोला ? उहाँहरूलाई सबैले यस्ता साहसी छोराछोरी जन्माउने बुबाआमा भनेर सम्मान गर्लान ।
४. दिइएका वाक्यलाई कोष्ठकका निर्देशनअनुसार परिवर्तन गर्नुहोस् :
(क) रोशन पत्रिका पढ्छ । (मध्यम आदर)
उत्तर : रोशन पत्रिका पढ्छन् ।
(ख) उहाँले सरसफाइ गर्नुभयो । ( सामान्य आदर)
उत्तर : उनले सरसफाइ गरे ।
(ग) उनी कृषक हुन् । ( उच्च आदर)
उत्तर: उहाँ कृषक हुनुहुन्छ ।
(घ) तपाई समाजसेवा गर्नुहुन्छ । (मध्यम आदर)
उत्तर: तिमी समाजसेवा गर्छौं ।
(ङ) तिमी किन गम्भीर भएर सोचिरहेकी छ्यौ । (सामान्य आदर)
उत्तर: तँ किन गम्भीर भएर सोचिरहेकी छेस् ।
(च) पूजा वादविवाद प्रतियोगितामा प्रथम भइन् । (सामान्य आदर)
उत्तरः पूजा वादविवाद प्रतियोगितामा प्रथम भई ।
५. दिइएको अनुच्छेद पढी उद्देश्य र विधेय वा कर्ता र क्रियाको पहिचान गर्नुहोस् ।
उद्देश्य (कर्ता) भाइ, ऊ, सम्झना, उनी, उनीहरू, बुबा, आमा,
| विधेय (क्रिया) धुन्छ, भइसकेको छ, भइसकिन्, हुन्, पाएका छन्, हुनुहुन्छ, |
६. दिइएको अनुच्छेदबाट उपसर्ग लागेका शब्द पहिचान गरी लेख्नुहोस् :
अजय अनजान अभद्र अमर्यादित अनपढ अनुचित अनुशासित अनुसन्धान अनुवाद अनुलेखन अभिरुचि अभिमान
| अभिनय अभिनेता उपकार उपदेश उपयोग बेकार उत्प्रेरणा अनुसरण बेकाम विरोध बिछोड |
७. जुन्को ताबेई जीवनीको पहिलो र दोस्रो अनुच्छेदबाट उपसर्ग लागेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :
अभाव = अ + भाव
प्रतिकूलता =प्रति + कूलता
निराशा =निर् + आशा
अस्वस्थता =अ + स्वस्थता
विज्ञापन = वि + ज्ञापन
अनुकरणीय = अनु + करणीय
प्रभाव = प्र + भाव
अमर = अ + मर
८. ‘जुन्को ताबेई’ जीवनीबाट चन्द्रबिन्दु प्रयोग भएका १० ओटा शब्द टिपोट गर्नुहोस् ।
सिँगौरी दिँदैन चाहिँ
पाँचौँ कैयौँ हैँसे
सधैँ अनेकौँ हाँसो आफैँ
९. उपयुक्त ठाउँमा चन्द्रबिन्दु राखी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
गाउ गाउमा बाटो विस्तार हुदै थियो । म चाहि टाढैबाट हेरिरहेको थिए । बाटानजिकै रहेको आपको रुख उखेलिन्छ कि जस्तो लाग्यो । मैले चिच्याउदै आप नउखेलौ है भने । म दौडिदै त्यहा पुगे । आपका रुखमा चरा चिरबिराउदै रहेछन् । तिनका गुडबाट बच्चाका आवाजसमेत सुनियो । म अझै नजिक पुगे । त्यहाँ आपको फूलमा भवरासमेत बसेका रहेछन् । मैले सडक विस्तारकर्तालाई भने, “तपाईले यता फुटपाथमा पर्ने आप जोगाइदिनू ल ।” उहाले मुस्कुराउदै भन्नुभयो, “यहा तपाईले भनेको जस्तै हुन्छ । यो आप म पनि उखेल्दिन ।”
उत्तर – गाउँ गाउँमा बाटो विस्तार हुँदै थियो । म चाहिँ टाढैबाट हेरिरहेको थिएँ । बाटानजिकै रहेको आँपको रुख उखेलिन्छ कि जस्तो लाग्यो । मैले चिच्याउँदै आँप नउखेलौँ है भनेँ। म दौडिदै त्यहाँ पुगेँ। आँपका रुखमा चरा चिरबिराउँदै रहेछन् । तिनका गुँडबाट बच्चाका आवाजसमेत सुनियो। म अझैँ नजिक पुगेँ। त्यहाँ आँपको फूलमा भँवरासमेत बसेका रहेछन् । मैले सडक विस्तारकर्तालाई भने, “तपाईले यता फुटपाथमा पर्ने आँप जोगाइदिनू ल ।” उहाँले मुस्कुराउँदै भन्नुभयो, “यहाँ तपाईले भनेको जस्तै हुन्छ । यो आँप म पनि उखेल्दिन ।”
सुनाइ र बोलाइ
१.सुनाइ पाठ १२ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् :
(क) अरनिकोको वास्तविक नाम बलबाहु हो ।
= ठिक
(ख) अरनिको चित्रकारका टोलीनेता बनेर भारत पुगे ।
= बेठिक
(ग) चिनियाँ सम्राटले कला प्रतियोगिता आयोजना गरे ।
= ठिक
(घ) अरनिकोको कलाकारिता चीनमा मात्र लोकप्लिय भयो ।
= बेठिक
सुनाइ पाठ १२ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क)अरनिको कसरी कुशल मूर्तिकार बन्न पुगे ?
उत्तर : अरनिको एक जना दक्ष मूर्तिकारको सङ्गतबाट कुशल मूर्तिकार बन्न पुगे ।
(ख) अरनिकोले तिब्बतमा कुन शैलीको चैत्य निर्माण गरे ?
उत्तर: अरनिकोले तिब्बतमा नेपाली शैलीको चैत्य निर्माण गरे ।
(ग) चिनियाँ सम्राटले किन कला प्रतियोगिता आयोजना गरे ?
उत्तर : चिनियाँ सम्राटले कलाको विकास गर्ने उद्देश्यले कला प्रतियोगिता आयोजना गरे ।
(घ) अरनिकोलाई राष्ट्रले कसरी सम्मान गरेको छ ?
उत्तर : अरनिकोलाई राष्ट्रले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरेको छ ।