शब्दभण्डार
१. दिइएका शब्दको अर्थ लेख्नुहोस्
क्षति = घाटा, नाश
भुइँचालो = पृथ्वी कम्प
धनजन = धन र जन
सङ्कट = कठिनाइ, जोखिम
अतिक्रमण = निर्धारित सीमा नाघ्ने काम
अभाव = नपाइने स्थिति, अप्राप्ति
जनचेतना= जनतामा हुने चेतना
विपत्ति = मुस्किल, यातना, पीडा
२. तल दिइएको अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गरी टिपोट गर्नुहोस् :
सुम्निमाले अचानक चसक्क पेट घोच्यो भनिन् । उनी एकैछिनमा फत्र्याकफत्र्याक गर्न थालिन् । उनको निधारबाट चिटचिट पसिना आयो । उनका हातखुट्टा कक्रक्क परे । उनी बर्रर आँसु झार्दै क्वाँक्वाँ रून थालिन् । त्यसै वेला दाइ टुप्लुक्क आइपुग्नुभयो । दाइले दनदनी आगो बालेर भुलुक्क पानी उमाल्नुभयो । उहाँले पानी सेलाएपछि कागती तरर निचोर्नुभयो र सुम्निमालाई दिनुभयो । सुम्निमले घटघटी कागतीपानी पिइन् । आमाले हस्याङफस्याङ ट्याक्सी लिएर आउनुभयो । ट्याक्सी घरअगि घ्याच्च रोकियो । सुम्निमालाई सरासर अस्पताल पुऱ्याइयो । त्यसपछि डाक्टरले फटाफट उपचार सुरु गरे ।
उत्तर = चिटचिट कक्रक्क ,चसक्क ,फत्र्याकफत्र्याक , बर्रर , क्वाँक्वाँ , टुप्लुक्क , दनदनी , भुलुक्क , तरर , घटघटी , हस्याङफस्याङ , घ्याच्च , सरासर फटाफट
३.दिइएका अनुकरणात्मक शब्दका पदावलीबिच जोडा मिलाउनुहोस् :
सिरिङ्ग = हुनु
भुसुक्क = निदाउनु
मुसुक्क= हाँस्नु
क्वारक्वार्ती = हेर्नु
सलल्ल = बग्नु
गमक्क = पर्नु
छस्याकछुक = आवाज आउनु
४. दिइएका अनुकरणात्मक शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : |
घुटुक्क = साथीले चक्लेट खाएको देखेर भाइले घुटुक्क थुक निल्यो ।
च्वास्स = खाली खुट्टा दौडेका कारण खुट्टामा काँडाले च्वास्स घोच्यो ।
टुप्लुक्क =भाइकै कुरा गरेर बसेको भाइ त टुप्लुक्क आइपुग्यो ।
निथ्रुक्क =छाता नलगेका कारण पानीमा निथ्रुक्क भिजेर घर फर्किए ।
खुरुक्क = तिमी बाटोमा नभुली खुरुक्क घर जाऊ ।
टप्प = बाटोमा खसेको पैसा टप्प टिपेर भाइ दौडियो ।
लहलह = खेतमा लहलह धान झुलेको देख्दा मन नै आनन्द भयो ।
टुकुटुकु = मेरो मामाको सानी छोरी पनि टुकुटुकु हिँडन् थालिछ ।
बोध र अभिव्यक्ति
३. ‘सम्पादकलाई चिठी‘ पाठ मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
क.गोरखापत्र राष्ट्रिय दैनिकको कार्यालय कहाँ छ ?
उत्तर = गोरखापत्र राष्ट्रिय दैनिकको कार्यालय धर्मपथ, काठमाडौँमा छ ।
ख. सम्पादकलाई चिठी लेख्नुको मुख्य प्रयोजन के हो ?
उत्तर – सम्पादकलाई चिठी लेख्नुको मुख्य प्रयोजन प्राकृतिक विपत्तिप्रति जनचेतना फैलाउने कार्य गरियोस् र पूर्वसतर्कता अपनाइयोस् भन्ने हो ।
ग .भुइँचालाले के गर्छ ?
उत्तर – भुइँचालाले ठुलो धनजनको क्षति गर्छ ।
घ प्राकृतिक विपत्तिबाट के के क्षति हुन्छ ?
उत्तर – प्राकृतिक विपत्तिबाट ठुलो धनजनको क्षति हुन्छ अनि मानव जीवन नै सङ्कटमा पर्छ ।
५. ‘सम्पादकलाई चिठी‘ पाठ पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस्
क ‘प्राकृतिक विपत्ति पूर्व सूचना दिएर आउँदैन ।‘ भन्नुको तात्पर्य के हो ?
उत्तर : प्राकृतिक विपत्ति यो समयमा, यस्तो तरिकाको आउँछ भन्ने कसैलाई पनि थाहा हुँदैन । प्राकृति विपत्ति जुनसुकै बेला जस्तोसुकै अवस्थामा आउन सक्छ । यसका बारेमा कोही कसैलाई थाहा हुँदैन भन्नु हो ।
ख प्राकृतिक विपत्ति किन बढेका छन् ?
उत्तर : विकट भौगोलिक अवस्था, अव्यवस्थित बसोबास, वनजङ्गलको विनाश, नदीदोहन, नदीनाला क्षेत्रको अतिक्रमण, योजनाबद्ध विकासको अभावका कारण प्राकृतिक विपत्ति बढेका छन् ।
ग .कस्ता कस्ता प्राकृतिक विपत्तिले मानव जीवनलाई सङ्कटमा पार्छन् ?
उत्तर – जुनसुकै प्रकारका प्राकृतिक विपत्तिले पनि मानव जीवनलाई सङ्कटमा पार्छन् । भुइँचालो, बाढीपहिरो, आँधीबेहेरी, अतिवृष्टि, अल्पवृष्टि, अनावृष्टि, खण्डवृष्टि जस्ता प्राकृतिक विपत्तिले मानव जीवनलाई सङ्कटमा पार्छन् ।
घ .प्राकृतिक विपत्तिबाट बच्न के गर्नुपर्छ ?
उत्तर -प्राकृतिक विपत्तिबाट बच्न व्यवस्थित बस्ती विकास गर्ने, नदीनाला र वनजङ्गल अतिक्रमण नगर्ने तथा वातावरणको रक्षा गर्ने कार्य गर्नुपर्छ । वृक्षारोपण गर्ने । प्राकृतिक विपत्तिप्रति जनचेतना फैलाउने गर्नुपर्छ ।
६. ‘सम्पादकलाई चिठी‘ पाठबाट चारओटा प्रश्न निर्माण गर्नुहोस् ।
उत्तर : ‘सम्पादकलाई चिठी‘ पाठबाट चारओटा प्रश्न :-
(क) आवश्यकताभन्दा बढी पानी पर्यो भने कस्तो विपत्ति आउँछ ?
(ख) ‘सम्पादकलाई चिठी’ पाठका अनुसार नेपालमा ठुलो भुइँचालो कति सालमा आएको थियो ?
(ग) हिम पहिरो नेपालको कुन जिल्लाको कुन स्थानमा आएको थियो ?
(घ) के कस्ता पूर्व सतर्कता अपनाएमा प्राकृतिक विपत्तिबाट बच्न सकिन्छु ?
७. आफू बसेको ठाउँ वा टोलमा भुस्याहा कुकुरको बिगबिगी भएकाले समयमै नियन्त्रण गरियोस् भन्ने कुरा उल्लेख गर्दै ‘ सम्पादकलाई चिठी’ पाठको लेखन ढाँचा र शैली अनुकरण गरेर चिठी लेख्नुहोस् ।
मिति २०८०/०५/२८
श्री सम्पादकज्यू,
आदर्शसमाज राष्ट्रिय दैनिक,
पोखरा, कास्की ।
महोदय,
विषय – भुस्याहा कुकुर नियन्त्रण गर्ने सम्बन्धमा ।
पोखरा महानगरपालिका – १ बगरमा दिनानुदिन भुस्याहा कुकुरहरूको बिगबिगी भएको छ । जसका कारण स साना बच्चाहरू बाहिर खेल्न पनि डराउनु पर्ने अवस्था छ । पाकै मान्छेहरू पनि यताउता आवतजावत गर्दा कतै भुस्याहा कुकुरहरूले टोक्ने हो कि भन्ने डर छ । यी कुकुरहरूबाट आक्रमण भएमा रेविज जस्तो डर लाग्दो रोग लाग्ने सम्भावना पनि उत्तिकै छ । सवारी साधन गुडिरहेका बेला यी कुकुरहरू एक आपसमा लडेर सवारी साधनको दुर्घटना पनि उत्तिकै बढ्दो छ । त्यसैले समयमै भुस्याहा कुकुरको नियन्त्रण गर्ने योजना बनाइयोस् र मानवीय क्षति हुनबाट जोगाइयोस् भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु।
रामप्रसाद श्रेष्ठ
बगर, कास्की
भाषिक संरचना र वर्णविन्यास
२. कोष्ठकमा दिइएका निर्देशनअनुसार वाक्य पूरा गर्नुहोस् :
क. दीपा सरासर घर …जान्छिन् । (जा : सामान्यार्थ)
ख .मोहन हलेसीको दर्शन………..गरोस्…. । ( गर्: इच्छार्थ)
ग.तिमी अहिले नै बहिनीलाई चिठी…..लेख …. । (लेख: आज्ञार्थ )
घ.पर्यटकको आगमनले आम्दानी……बढ्ला …..I (बढ् : सम्भावना)
ङ .उनी यस पटकको परीक्षामा सफल…होऊन । (हु : इच्छार्थ)
च. सलिना मिहिनेत…..गर्छिन उनी सफल हुन्छिन् । ( गर्: सङ्केतार्थ)
छ. हरि घर…….जान्छ… । (जा: सामान्यार्थ )
ज. पानी… …….. बाली सप्रन्छ । (पर् : सङ्केतार्थ)
ज.तिमी राम्ररी ….पढ । (पढ् : आज्ञार्थ )
३. दिइएको अनुच्छेदमा प्रयोग भएका क्रियापदलाई सम्भावनार्थमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् ।
तिमीसँग १,००० रुपियाँ छ । तिमी त्यो पैसा लिएर पसल जान्छौ । तिमीसँग बहिनी पनि जान्छिन् । दुवै जना मिलेर किनमेल गर्छौ । तिमी तेल, मसला र नुन बोक्छौ । बहिनी आलु र दाल बोक्छिन् । तिमीहरू सरासर घरमा आएर परियोजना कार्य गर्छौं । तिमीहरूका काम देखेर आमाबुबा खुसी हुनुहुन्छ ।
उत्तर – तिमीसँग १,००० रुपियाँ होला । तिमी त्यो पैसा लिएर पसल जाऊला । तिमीसँग बहिनी पनि जालिन् । दुवै जना मिलेर किनमेल गरौला । तिमी तेल, मसला र नुन बोकौला । बहिनी आलु र दाल बोक्लिन् । म सरासर घरमा आएर परियोजना कार्य गरौला । तिमीहरूका काम देखेर आमाबुबा खुसी हुनुहोला ।
४. सामान्यार्थ, इच्छार्थ, आज्ञार्थ, सम्भावनार्थ र सङ्केतार्थ क्रियापद प्रयोग गरी एक अनुच्छेदमा आफ्नो साथीको वर्णन गर्नुहोस् ।
मेरो अति नै मिल्ने साथी रक्षा हुन् । उनी निकै मिहेनती छिन् । उनलाई कसैले पनि यसो गर, उसो गर भन्न पर्दैन् । उनी एक आज्ञाकारी छोरी मात्र नभएर आज्ञाकारी विद्यार्थी पनि हुन् । उनले अझैँ राम्रो गरे देशको नाम रहन्छ । मलाई लाग्छ उनले राम्रो काम गरेर देशको नाम राख्लिन् । उच्च पदमा पुग्लिन् । उनी असल बनूँन । उच्च पदमा पुगुँन् । देशको नाम राखेँन् । हाम्रो कामना पनि त्यही नै हो ।
५.दिइएका वाक्यलाई उपयुक्त ठाउँमा पदवियोग गरी पुनर्लेखन गर्नुहोस् :
क.सफलता साथीहरूसँग घुम्नगइन् ।
उत्तर – सफलता साथीहरूसँग घुम्न गइन् ।
ख अहिलेकति बज्यो होला ।
उत्तर अहिले कति बज्यो होला ।
ग .तिमीलाई रुनुन हाँस्नु भएको छ ।
उत्तर – तिमीलाई रुनु न हाँस्नु भएको छ ।
घ. यो किताब रमाइलाकालागि हो ।
उत्तर – यो किताब रमाइलाका लागि हो ।
ङ यहाँ जोजो आए पनि राम्राराम्रा काम गर्नुपर्छ ।
उत्तर – यहाँ जोजो आए पनि राम्रा राम्रा काम गर्नुपर्छ ।
६. दिइएको अनुच्छेद पढ्नुहोस् र पदवियोग सम्बन्धमा भएका त्रुटि पहिचान गरी पुनर्लेखन गर्नुहोस् :
हामीले आफूसँग भएको प्रतिभा प्रदर्शनगर्न लाज मान्नुहुँदैन है। कसैले गीतगाउन जानेको हुन्छ । कोहीनाच्न सिपालु हुन्छन् । कोहीबाजा बजाउन जान्दछन् । कोही कोही अझ नाच्न, गाउन र बाजा बजाउननै सिपालु हुन्छन् । तपाईहरूसँग पनि यस्ता विभिन्न प्रतिभाहोलान् ।
उत्तर – हामीले आफूसँग भएको प्रतिभा प्रदर्शन गर्न लाज मान्नुहुँदैन है । कसैले गीत गाउन जानेको हुन्छ। कोही नाच्न सिपालु हुन्छन् । कोही बाजा बजाउन जान्दछन् । कोही कोही अझ नाच्न, गाउन र बाजा बजाउन नै सिपालु हुन्छन् । तपाईहरूसँग पनि यस्ता विभिन्न प्रतिभा होलान् ।
सुनाइ र बोलाइ
१ सुनाइ पाठ १६ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् :
क. सूचना कुनै व्यक्ति, समाज वा घटनासँग सम्बन्धित हुन्छ ।
उत्तर = ठिक
ख. ठुल्ठुला सभासम्मेलन तथा गोष्ठीका लागि पनि आधुनिक प्रविधिको उपयोग गर्न सकिन्छ ।
उत्तर = ठिक
ग. सञ्चार जगतले फड्को मारिसकेको छैन् ।
उत्तर- बेठिक
घ. प्रविधिले गर्दा जतिसुकै नजिक भए पनि टाढा रहे सरहु हुँदै गएको छ।
उत्तर- बेठिक
२. सुनाइ पाठ १६ का आधारमा दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :
क. सञ्चार भनेको के हो ?
उत्तर = एक ठाउँको सूचना अर्को ठाउँसम्म पुऱ्याउने कार्य नै सञ्चार हो ।
ख. कुनै तीनओटा सञ्चार माध्यमका नाम भन्नुहोस् ।
उत्तर – सञ्चार माध्यमका साधनहरू रेडियो, टेलिभिजन र मोबाइल हुन् ।
ग .सञ्चार माध्यमको प्रयोग किन गरिन्छ ?
उत्तर = सामान्य किसिमका विषयवस्तुको आदानप्रदानका लागि होस् वा उच्चस्तरीय शैक्षिक सामग्रीको
उपयोगका लागि सञ्चार माध्यमको प्रयोग गरिन्छ साथै ठुल्ठुला सभा सम्मेलन तथा गोष्ठिका लागि सञ्चार माध्यमको प्रयोग गरिन्छ ।
घ. सञ्चार प्रविधिलाई किन वैज्ञानिक वरदान मानिन्छ ?
उत्तर- सञ्चार प्रविधिको प्रयोग गरेर विश्व ब्रह्माण्डलगायत अन्य उपग्रहका गतिविधि पनि मानिसले यही धरातलमा बसी थाहा पाउन सकिन्छ । विश्वलाई नै नजिकै राखे झैँ आपसमा आमनेसामने भएर कुराकानी गर्न सकिने हुँदा सञ्चार प्रविधिलाई वैज्ञानिक वरदान भनिन्छ ।