You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 8 Nepali Note
Login
Text lesson

पाठ १७ डल्ले खोला

शब्दभण्डार

१. दिइएका अर्थ दिने शब्द डल्ले खोलाकथाबाट खोजेर लेख्नुहोस् :

पृथ्वीको चारैतिर फिँजिएको हावा = वातावरण 

स्वीकार गरिएको काम वा अवस्था = स्विकृति 

कठिन, दुःसाध्य = मुस्किल

कहिल्यै पनि नाश नहुने =  शास्वत 

असम्भव कुरालाई सम्भव जस्तो बनाई देखाउने = जादु

 

२. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

चन्दा = गाउँमा मन्दिर बनाउनका लागि चन्दा संकलन कार्य भइरहेको छ ।

वर्षायाम = वर्षायाममा तराईका धेरै भूभाग डुबानमा पर्ने जोखिम छ ।

निर्माण = हाम्रो गाउँमा मन्दिरको निर्माण कार्य भइरहेको छ ।

खाद्यान्न =  पहाडमा भन्दा तराईमा खाद्यान्न उत्पादन राम्रो हुन्छ ।

उत्साह = बालबालिकाको पढाइप्रतिको उत्साह देखेर म खुशी छु ।

पुल = डल्लेखोलामा पुल नबन्दा वर्षायाममा आवतजावत गर्न कठिन भएको छ ।

लगत = हाम्रो गाउँमा मन्दिर निर्माणका लागि इन्जिनियरले लगत निकाले ।

श्रमदान =मन्दिर निर्माणका लागि पर्याप्त रकम निकासा नहुँदा गाउँलेले धेरै नै श्रमदान गरे ।

 

३. दिइएका सङ्क्षिप्त शब्द र तिनका पूर्ण रूपबिच जोडा मिलाउनुहोस् :

सङ्क्षिप्त शब्द         पूर्ण रूप

नेवानि = नेपाल वायुसेवा निगम

नेप = नेपाल प्रज्ञा प्रतिष्ठान

अनेसास = अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

रासस = राष्ट्रिय समाचार समिति

गापा = गाउँपालिका

प्रअ =  प्रधानाध्यापक 

प्रम =  प्रधानमन्त्री 

कोलेनिका = कोष तथा लेखा नियन्त्रण कार्यालय

गोप =  गोरखापत्र

 

४. दिइएका सङ्क्षिप्त शब्दको पूरा रूप लेखी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

सङ्क्षिप्त शब्द     पूर्ण रूप  

जबरा = जङ्ग बहादुर राणा

लोसेआ = लोक सेवा आयोग 

त्रिवि = त्रिभुवन विश्वविद्यालय

नेसंवि = नेपाल संस्कृत विश्वविद्यालय

पाविके = पाठ्यक्रम विकास केन्द्र

नपा =  नगरपालिका 

 

वाक्यमा प्रयोग

जङ्ग बहादुर राणा = जङ्ग बहादुर राणाको पालादेखि नेपालमा राणा शाषनको सुरुवात भएको हो ।

 

लोक सेवा आयोग = मेरो दाजु लोक सेवा आयोग पास गरेर जागिर खान जानुभयो । 

 

त्रिभुवन विश्वविद्यालय = त्रिभुवन विश्वविद्यालय नेपालको पहिलो विश्वविद्यालय हो । 

 

नेपाल संस्कृत विश्वविद्यालय =नेपाल संस्कृत विश्वविद्यालयमा संस्कृत विषयको पढाइ हुन्छ ।

 

पाठ्यक्रम विकास केन्द्र = पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम तथा पाठ्यपुस्ततक सम्बन्धी कार्य गर्दछ ।

 

नगरपालिका = हालसम्म नेपालमा नगरपालिका संख्या २७६ रहेको छ ।

 

बोध र अभिव्यक्ति 

३. ‘डल्ले खोला’ कथा पढी दिइएका प्रश्नको मौखिक उत्तर भन्नुहोस्ः

क . रनबहादुर कहाँ पुग्यो?

रनबहादुर सदरमुकाम पुग्यो ।

 

ख. रनबहादुरले हाकिमसँग कति रूपियाँ माग गयो ?

रनबहादुरले हाकिमसँग बिस हजार रूपियाँ माग गर्यो । 

 

ग. शिवबहादुर किन खुसी थियो ?

उत्तर :शिव बहादुर निकास भएको दश हजार रूपियाँले डल्ले खोलामा राम्रो कुलो बन्छ । धेरै फाँटहरू हरिया हुनेछन् । धानका बाला झुल्ने छन् । गाउँबाट अनिकाल सदाका लागि भाग्ने छ भनेर खुसी थियो ।

 

घ .डल्ले खोला कसले मुस्किलले तयो ?

उत्तर : डल्ले खोला रनबहादुरले मुस्किलले तयो । 

 

ङ. कथा कतिओटा अनुच्छेदमा संरचित छ ?

उत्तर : कथा नौओटा अनुच्छेदमा संरचित छ ।

 

४. ‘डल्ले खोला’ कथाको ‘उसको भाषणलाई ….. नाङ्गो उभिएको छ ।कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्ः

(क) रनबहादुरको भाषणले के को काम गरेको थियो ?

उत्तर – रनबहादुरको भाषणले जादुको काम गयो ।

 

(ख) रनबहादुरले कति रकम बुझेको थियो ?

उत्तर : रनबहादुरले एक हजार रुपियाँ बुझेको थियो ।

 

(ग) आउने जानेले किन अब बाँचिने भयो भन्ने ठाने ?

उत्तर – आउने जानेले डल्ले खोलामाथि एकदुइटा काठ राखेको देखे । अब पुल बन्ने भयो । वर्षायाममा पुलबाटै सदरमुकाम पुग्न सकिने भयो भनेर बाँचिने भयो भन्ने ठाने ।

 

(घ) रनबहादुरको आवश्यकता कसले पूरा गरिदियो

उत्तर : रनबहादुरको आवश्यकता डल्ले खोलाले पूरा गरिदियो ।

 

६. ‘डल्ले खोला’ कथाका आधारमा दिइएका घटनाको क्रम मिलाएर लेख्नुहोस् :

उत्तर :

= रनबहादुरको भाषण हाकिमले केही बुझ्नु र र केही नबुझ्नु

= कुलो खनिन लाग्दा सुरुमा मानिसले निकै उत्साह देखाउनु 

= डल्ले खोला उस्तै हुनु र उसरी नै बगीरहनु

= शिवबहादुरले हाकिमसँग पुलका लागि गएको रकम हिनामिना भएको बताउनु 

= डल्ले खोला सारा वातावरण भयभीत बनाएर बगिरहनु

= डल्ले खोलाले फेरि निमन्त्रणा गर्न खोज्दै हात फैलाएर केही भन्नु 

= जाँचपासका लागि माथिबाट मान्छे आएर कुलो जाँच्नु

= रनबहादुरमा नयाँ जोश र उत्साह आउनु

= गाउँबाट अनिकाल सदाका लागि भाग्ने आशा गरिनु

 

७. ‘डल्ले खोला’ कथाको पहिलो अनुच्छेद पढी चारओटा प्रश्न बनाउनुहोस् ।

प्रश्नहरू

(क) रनबहादुरलाई खोला तर्दा के ले सहारा दियो

 

(ख) पोहर साल टिकुटेको लाश कहाँ देखा पर्यो

 

(ग) डल्ले खोलाले वरिपरिका गाउँलाई के भन्छ

 

(घ) हरेक वर्ष डल्ले खोलामा कस्तो पुल बन्छ ?

 

८.   ‘डल्ले खोला’ कथा पढी दिइएका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् : 

 

(क) रनबहादुरमा किन नयाँ जोश र उत्साह आएको थियो ?

उत्तर = छोरीका बिहेका लागि सरसमान कसरी जुटाउने भन्ने पीर परिरहेको बेला कुनै बिहान रनबहादुरले सपनामा त्यही डल्ले खोला देख्यो । डल्ले खोलाले मलाई नबिर्स, सुखदु:खको साथी मै हुँ। मै छु र जो तिमीहरू आफ्नो व्यवहार चलाउन समर्थ भइरहेका छौ भनी भनेकाले सदरमुकाम पुग्यो । त्यही डल्ले खोलाको प्रयोग गरेर आफ्नो व्यवहार चलाउन सकिने भएपछि रनबहादुरमा नयाँ जोश र उत्साह आएको थियो ।

 

(ख) डल्ले खोलाले रनबहादुरको आवश्यकता कसरी पूरा गरिदियो ।

उत्तर = डल्ले खोलामा पुल नभएकाले समस्या भएको भनेर रनबहादुर सदरमुकाम गयो । त्यहाँ हाकिमसँग उसले समस्या राख्यो । पुल बनाउन उसले २०,००० माग्यो । उसले १,००० निकासा पायो । त्यही रकमबाट उसले छोरीको बिहेको काम धुमधामले सम्पन्न गयो । यसरी डल्ले खोलाले रनबहादुर आवश्यकता पूरा गरिदियो ।

 

(ग) डल्ले खोलाले हात फैलाएर के के भन्यो ?

उत्तर – डल्ले खोलाले हात फैलाएर “म कठ्याङ्ग्रिसकेँ, मलाई छिटो पाखामा लगिदेऊ । त्यहाँका माटामा म नुहाउँछु र खेल्छु । मलाई धानका बालामा तिमी भेट । मलाई सुन्तलाका केस्रामा तिमी स्विकार । मलाई यसरी सोझै बग्न नदेऊ । मलाई नियन्त्रण गर । मलाई सीमित तुल्याऊ भनेर भन्यो ।

 

(घ)  गाउँबाट सदाका लागि अनिकाल कसरी भाग्ने छ ?

उत्तर = डल्लेखोलाको नाममा रकम निकासा भएपछि त्यसबाट राम्रो कुलो बन्ने छ र सारा गाउँलेका ओठमा खुसीयाली ल्याउने छ । कुलोको पानीबाट धेरै फाँट हरिया हुनेछ र धानका बाला झुल्ने छन् । डल्ले खोलाका आसपासका फाँटहरूमा प्रशस्त अन्न उब्जने छ । यसरी गाउँबाट सदाका लागि अनिकाल भाग्ने

छ।

 

(ङ) कथाको सार लेख्नुहोस् ।

उत्तर – डल्ले खोला सारा वातावरण भयभीत बनाएर बगिरहेको थियो । छोरीको बिहेका लागि रकम नभएको रनबहादुरले सपनामा डल्ले खोला देख्यो । ऊ डल्ले खोलामा पुल बनाउनका लागि रकम निकासा माग्न सदरमुकाम गयो । रनबहादुर नयाँ जोश र उत्साहका साथ हाकिमका टेबुलसम्म गएर करायो । डल्ले खोलाको समस्या र हामीमा देशभक्तिको भावना हुनु पर्छ भन्दै रनबहादुरले भाषण दियो । रनबहादुरको भाषण हाकिमले केही बुझ्यो र केही बुझेन । रनबहादुरले २०,००० मागेको भए पनि उसले १,००० निकासा पायो । उक्त रकमले उसले छोरीको बिहे धुमधामसँग गयो । डल्ले खोलाले फेरि निमन्त्रण गर्न खोज्दै हात फैलाएर केही भन्छ । अब उक्त आवाज सुन्ने पालो शिवबहादुरको थियो । शिवबहादुरले सदरमुकाम गएर हाकिमसँग पुलका लागि गएको रकम हिनामिना भएको बताउँदै कारबाहीको माग गयो । गाउँमा अब कुलो बनाउनुपर्ने भन्दै रकम निकासा माग्यो । उसले १०,००० रकम निकासा पायो । कुलो बनेपछि गाउँबाट अनिकाल सदाका लागि भाग्ने आशा गरियो । कुलो खनिन लाग्दा सुरुमा मानिसले निकै उत्साह देखाए। जाँचपासका लागि माथिबाट मान्छे आएर कुलो जाँच गरे । सब ठिकठाक पाए तर कुलो डल्ले खोलाको हो कि अरू खोलाको पत्तै पाएनन् । डल्ले खोला भने उस्तै रह्यो, न त्यहाँ पुल बन्यो न कुलो नै । केबल टाठबाठा मानिसको मागीखाने भाँडो बन्यो । डल्ले खोला उसरी नै बगिरहेछ ।

 

 

९. भाव विस्तार गर्नुहोस् :

एक मुठी सास भएसम्म हामीले निर्माण कार्यमा पछि पर्नुहुँदैन ।

 

उत्तर- प्रस्तुत कथांश डल्ले खोलाशीर्षकको सामाजिक कथाबाट साभार गरिएको हो । यस कथाका लेखक कथाकार परशु प्रधान हुन् । माथिको कथांश पात्र रनबहादुरले हाकिमलाई पुलको समस्या राख्ने सन्दर्भमा आएको

छ।

 

छोरीको बिहेका लागि रकम नभएको रनबहादुरले सपनामा डल्ले खोला देख्यो । ऊ डल्ले खोलामा पुल बनाउनका लागि रकम निकासा माग्न सदरमुकाम गयो । रनबहादुर नयाँ जोश र उत्साहका साथ हाकिमका टेबुलसम्म गएर करायो । रनबहादुरको भाषण हाकिमले केही बुझ्यो र केही बुझेन । हाकिमलाई उसले डल्ले खोलामा पुल नभएर अकालमा मानिसको ज्यान गएकाले त्यहाँ पुल बन्नुपर्ने तर्क दियो । २०,००० रुपियाँ भए पुग्ने र अरू रकम श्रमदान गर्ने कुरा पनि उसले सुनायो । हाकिमले कुरा नसुनेपछि मलायामा सैनिक हुँदा सिकेका केही शब्द पनि गाँसेर उसले सानोतिनो भाषण दियो । देश विकास सबैको साझा कर्तव्य भएको र हामीले एक मुठी सास भएसम्म निर्माण कार्यमा पछि हट्न नहुने कुरा हाकिमलाई सुनायो ।

 

यसरी माथिको कथांशले विकास निर्माण कार्यका लागि हाकिमलाई प्रभावित पारेर डल्लेखोलामा पुल निर्माणका लागि केही रकम निकासा पार्ने रनबहादुरको आशयलाई स्पष्ट पारेको छ ।

 

 

१०. ‘डल्ले खोलाकथाका आधारमा रनबहादुर र हाकिम पात्रका चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।

उत्तर = रनबहादुर मलायामा सैनिक काम गरेको व्यक्ति थियो । उसले सैनिक हुँदा धेरै कुरा सिकेको र जानेको थियो । उसले सैनिक हुँदा सिकेका कुराले हाकिमलाई विश्वस्त पारेर डल्ले खोलामा पुल हाल्न रकम निकासा गरी ल्यायो । उक्त पैसाले पुल नबनाएर उसले छोरीको विवाह धुमधामसँग गरिदियो । सातदिनसम्म भोजभतेर खुवायो । यसरी रनबहादुर फजूल खर्च गर्ने, भ्रष्टाचारी र आफ्नो स्वार्थसिद्धका लागि मिठा मिठा कुरा गरेर अरूलाई प्रभावित पार्न सक्ने पात्रको रूपमा लिन सकिन्छ ।

हाकिम – मिठा भाषणमा प्रभावित हुने, माग भएबमोजिम रकम निकासा नदिई केही मात्र रकम निकासा दिने र बाँकी रकम आफैँ राख्ने भ्रष्टाचारी पात्र हो । काम भयो या भएन वा कसरी भयो भनेर जाँचपास नगर्ने र कागजी रूपमा मात्र काम गर्न भूमिका खेल्ने कर्मचारी पात्रको रूपमा हाकिमलाई चिन्न सकिन्छ ।

 

११. ‘डल्ले खोलाकथामा कस्तो परिवेशको चित्रण गरिएको छ ? कक्षामा छलफल गर्नुहोस् ।

उत्तर – सुनौला धानका बाला झुलाउन सकिने ठूला फाँटहरू रहेको तथा सुन्तला खेती गर्न सकिने पहाडी ग्रामीण परिवेश कथामा समेटिएको छ । डल्ले खोलाको किनारमा रहेको उक्त गाउँ विकासबाट वञ्चित गाउँका रूपमा चित्रण गरिएको छ । वैकल्पिक बाटोको व्यवस्था नभएका कारण वर्षायाममा डल्ले खोलाको बाटो ओहरदोहर गर्नुपर्दा वर्षेनी धेरैको ज्यान जाने गरेकोले उक्त गाउँ एक दुर्गम गाउँको रूपमा देखिन्छ । गाउँमा कागजमा मात्र विकास हुन्छ तर वास्तविक विकास हुँदैन । डल्ले खोलामा पुल निर्माण गर्न पटक पटक रकम निकासा भए पनि पुल बन्दैन । कुलो बनाउन रकम निकासा हुन्छ तर कुलो बन्दैन । गाउँका केही टाठाबाठाहरू विकासको रकम भ्रष्टाचार गर्छन्, कमाउँछन् तर जनता कोही पनि बोल्दैन । यसरी भ्रष्टाचारले थलिएको अभावमा पिल्सिएको गाउँले परिवेश कथामा रहेको छ साथै गाउँका टाठाबाठा र सरकारी कर्मचारीको भ्रष्टाचारमा संलग्नताको परिवेश पनि कथामा समेटिएको छ ।

 

 

१२. ‘भ्रष्टाचार नियन्त्रणका लागि जनता सचेत हुनुपर्छयस कथनलाई डल्ले खोलाकथाका आधारमा तर्क दिनुहोस् ।

उत्तर =  भ्रष्टाचार नियन्त्रणका लागि जनता सचेत हुनुपर्छ । जनता सचेत बनी भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन सकेनन् भने त्यस्तो गाउँ तथा समाज डल्ले खोला जस्तै हुनपुग्छ । विकास निर्माणका लागि निकासा हुने रकम केही टाठाबाठा व्यक्तिको मागी खाने भाँडो र र सरकारी कर्मचारीको कमाउने माध्यम बन्छ । डल्ले खोलामा कागजमा पटक पटक पुल बन्छ, कुलो पनि खनिन्छ । वास्तविक रूपमा भने त्यहाँ केही काम भएको हुँदैन । डल्ले खोलाले सधैँ दुःख दिइरहन्छ । खोला तर्दा वर्षेनी कयौँले ज्यान गुमाउनुपर्छ । खेतमा पानी लगाउन नपाएर गाउँलेहरूले खाद्यान्नको अभाव भोग्नुपर्छ । निर्माणकार्यको जाँचपास पनि कागजमा मात्रै हुन्छ । त्यहाँका गाउँलेहरू सधैँ समस्यामा बसिरहन्छन् तर विकास निर्माणका लागि निकासा भएको रकमका बारेमा केही खोजी गर्दैनन् । यदि जनता सचेत बनेर त्यसको खोजी गर्ने र भ्रष्टाचारका विरुद्धमा आवाज उठाउने हो भने त्यस्तो समस्या समाधान हुन्छ । भ्रष्टाचारीहरू सतर्क रहन्छन् । विकास निर्माणका कामले तीव्रता पाउँछ । देश समुन्नत बन्छ । जनताको सचेतता र सक्रियताबिना भ्रष्टाचार नियन्त्रण हुन सक्दैन ।

 

 

१३. डल्ले खोलामा पुल किन बन्न सकेन ? समीक्षात्मक उत्तर दिनुहोस् ।

उत्तर =  कथाकार परशु प्रधानद्वारा लेखिएको डल्ले खोलाकथा सामाजिक विषयवस्तुमा आधारित कथा हो । डल्ले खोलाको आसपासमा रहेका र भ्रष्टाचारले गाँजिएको ग्रामीण परिवेशको चित्रण कथामा गरिएको छ । जनता सचेत नभएको कारण डल्ले खोलाको आसपासमा रहेका गाउँको विकास नभएको र त्यहाँ भ्रष्टाचार व्याप्त रहेको कुरा कथामा अभिव्यक्त गरिएको छ । गाउँलेमा चेतनाको अभावका कारण केही टाठाबाठा भनाउँदाहरूले कागजमा मात्र काम गरेर वास्तविक समस्यालाई बेवास्ता गरेर कमाउनतर्फ लाग्छन् ।

डल्ले खोलाले सधैँ त्यस आसपासका जनतालाई भयभीत बनाएर बगीरहेको थियो । सधैँ अकालमा कयौं गाउँलेहरूले ज्यान गुमाउनुपरेको थियो । हरेक वर्ष बजेट निकासा हुन्थ्यो, कागजमा पुल बन्थ्यो तर उक्त खोलामा बन्न सक्दैन्थ्यो । रनबहादुर र शिवबहादुर जस्ता गाउँका टाठाबाठा भनाउँदाहरू प्रत्येक वर्ष पुल बनाउन, कुलो बनाउन सदरमुकाम गएर रकम निकासा गरी ल्याउँथ्ये र काम गरे जस्तो गरेर रकम हिनामिना गर्थ्यो । कर्मचारीहरू पनि जाँचपास राम्ररी गर्दैन्थे । केही रकम निकासा दिन्थे भने केही रकम आफैँ खान्थे । गाउँलेहरू पनि विकास निर्माणका नाममा निकासा हुने रकमका बारेमा चासो नराख्ने, सचेत पनि हुँदैनथे । यसले गर्दा त्यहाँ भ्रष्टाचार मौलाएको थियो । पुल कागजमा मात्र बन्यो, यथार्थमा बन्न सकेन ।

यसप्रकार टाठाबाठा गाउँलेदेखि सदरमुकामका हाकिमसम्म भष्टचारले जरो गाडेको थियो जसका कारण डल्ले खोलामा पुल बन्न सकेन । जनता सचेत नहुँदा भ्रष्टाचार नियन्त्रण पनि हुन सकेन । त्यहाँ प्रत्येक वर्ष कागजमा पुल बन्यो तर यथार्थमा बन्न सकेन ।

 

 

१४. दिइएका विषयवस्तुका आधारमा कथा पूरा गर्नुहोस् :

 

गोविन्दको सफलता

गोविन्द कतारमा केही वर्ष काम गरेको अनुभव हासिल गरी गाउँ फर्किए । त्यही अनुभवका आधारमा आधुनिक तवरले गाउँमा एउटा राम्रो कृषि उद्योग खोले । गाउँमै उक्त कृषि उद्योग मार्फत तरकारी, फलफूल तथा माछामासुको उत्पादन राम्रो हुन थाल्यो । उक्त कृषि उद्योगमा आफू र आफ्ना परिवार सहभागी भएका थिए साथै अन्य धेरैले रोजगार पाएका थिए ।

 

एक पटकको कुरा हो । असार महिनामा घनघोर वर्षा भयो । त्यस वर्षाले कृषि उद्योगमा धेरै क्षति पुऱ्यायो । क्षति पश्चात त्यहाँ कार्यरत सबै कामदारले मन लगाएर पुनर्निर्माणमा लागे । निरन्तर पुनर्निर्माणको काम गरिरहे तर पनि उद्योग पहिलेको जस्तो अवस्थामा आएन । गोविन्दको उक्त कृषि उद्योगबाट लाभ लिइरहेका गाउँलेहरूले पनि उक्त उद्योगको बारेमा चासो राखे । गोविन्दले यो समस्या गाउँलेलाई सुनाए । गोविन्दले उक्त उद्योगमा कार्यरत कामदारलाई तलब दिने अवस्थासमेत नभएको बताए । गाउँलेले गोविन्दको कुरा सुनेर आआफ्ना तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए । गोविन्दको समस्या विस्तारै समाधान हुँदै गयो । गोविन्दलाई आफ्नो कामप्रति गौरव लाग्यो । उनले कृषि उद्योगलाई निरन्तर बढाउँदै लगे । उद्योगमा कामदारहरू पनि थपिँदै गए । उनलाई गाउँकै एक इमानदार कृषि व्यवसायीका रूपमा सम्मान गरे ।

 

विदेशमा गरिने मिहिनेत स्वदेशमा नै गर्न सके देशकै माटोमा सुन फलाउन सकिन्छ । आफ्नै गाउँठाउँमा इमानदारसाथ अगाडि बढ्न सके सबैको साथ र सहयोग पाउन सकिने र सफल हुन सकिने सन्देश दिएको छ ।

 

 

भाषिक संरचना र वर्णविन्यास

 

२. दिइएको अनुच्छेदबाट वाच्य पहिचान गरी लेख्नुहोस् :

 

कर्तृवाच्य :- हाम्रो विद्यालयले कविता प्रतियोगिता आयोजना गयो । रूपेश, लाक्पा, सुचिनालगायत थुप्रै साथीले भाग लिएका थिए । दर्शकले असाध्यै प्रशंसा गरे । सबैले ताली बजाए ।

 

कर्मवाच्य :- मद्वारा उक्त प्रतियोगितामा सहभागिता जनाइयो । उद्घोषकबाट नाम बोलाइयो । निर्धक्कसँग कविता वाचन गरियो । तपाईंहरूद्वारा पनि राम्रो कविता रचना गरियोस् ।

 

 भाववाच्य :- आफू त सरासर मञ्चमा गइयो ।

 

३. कोष्ठकमा दिइएका निर्देशन अनुसार वाच्य परिवर्तन गर्नुहोस् :

 (क) सङ्गीता मिठो गीत गाउँदै छिन् । (कर्मवाच्य) 

उत्तर : सङ्गीताद्वारा मिठो गीत गाइँदै छ ।

 

(ख) बुबाले मिठाई दिनुभएको थियो। (कर्मवाच्य) 

उत्तर : बुबाद्वारा मिठाई दिइएको थियो ।

 

(ग) हिजो राती त सात घण्टा निदाएछु ।(भाववाच्य) 

उत्तर: हिजो राती त सात घण्टा निदाइएछ ।

 

(घ) कथाका किताब किनिन्छन् र पालैपालो पढिन्छ । (कर्तृवाच्य) 

उत्तर : हामी कथाका किताब किन्छौं र पालैपालो पढ्छौँ ।

 

(ङ)  तिमीबाट त्यति काम गरियोस् है । ( कर्तृवाच्य) 

उत्तर: तिमी त्यति काम गर है ।

 

(च) म त खुब हाँस्छु । ( भाववाच्य) 

उत्तर:   आफू त खुब हाँसिन्छ ।

 

४. दिइएको अनुच्छेदलाई वाच्य परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

शुभद्राले पसलमा गएर पत्रिका किनिन् । उनले समाचार पढिन् । साथीहरूले पनि समाचार सुने । साथीहरूले नयाँ खबर थाहा पाए । विजय यतै आउँदै रहेछ । कल्याणद्वारा ऊ देखिइएछ । कल्याणले विजयलाई बोलायो । आफू त सरासर घरतिर हिँडियो । आमाले मलाई घरबाट डाक्नुभए थियो ।

शुभद्राद्वारा पसलमा गएर पत्रिका किनियो । उनीद्वारा समाचार पढियो । साथीहरूबाट पनि समाचार सुनियो । साथीहरूबाट नयाँ खबर थाहा पाइयो । विजयद्वारा यतै आइँदै रहेछ । कल्याणले उसलाई देखेछ । कल्याणद्वारा विजय बोलाइयो । म त सरासर घरतिर हिँडें । आमाद्वारा म घर डाकिएको थिएँ ।

 

६. ‘डल्ले खोलाकथाबाट का फरक फरक रूप प्रयोग भएका शब्द पहिचान गर्नुहोस् । ती पहिचान गरेका शब्द राखी छोटो अनुच्छेद लेख्नुहोस् ।

 

सारा, सदरमुकाम, देखापर्थ्यो, वर्षा, पुऱ्याउनुपर्छ, उमायो, केस्रामा, हाम्रो

हाम्रो गाउँका सारा किसानहरू सहभागी भई एउटा कृषि सहकारी खोलेका थिए। उनीहरू गाउँमा नै केही गय भन्ने अभियानका साथ अघि बढेका थिए । सुपथ मुल्यमा बिउविजन उपलब्ध गराउन माग राख्दै सदरमुकाम पनि गए । उनीहरू हिउँद वर्षा केही नभनी अहोरात्र कृषिमा नै खटिरहन्थे । टनेला भित्र बिउ उमायो, नर्सरी गयो अनि उपयुक्त स्थानमा सार्नु नियमित कार्य नै भइसकेको थियो । अन्त कतै पाउन नसकिने मौसमी तथा बेमौसमी फलफूल तरकारी यही कृषि फर्ममा देखापर्थ्यो । उनीहरू ग्राहकहरूका मागलाई मध्यनजर गर्दै घरघरमा पुऱ्याउनुपर्छ भन्ने सोच राखेका थिए । बोट नै झुक्ने गरी लटरम्म फलेका सुन्तला टिपेर खादैं गर्दा सुन् केस्राभित्रका रस आफ्नै मेहनत र पसिनाको रस सम्झन्थे । सधैँ हाँसीखुसी रहने यो गाउँ विविधताभित्रको एकताको अनुपम उदाहरण बनेको थियो ।

 

 

सुनाइ र बोलाइ

 

१. सुनाइ पाठ १७ सुन्नुहोस् र दिइएका प्रश्नका उत्तर दिनुहोस् :

 

क .पञ्चतन्त्र कथाको रचना कहिले भएको मानिन्छ ?

उत्तर =पञ्चतन्त्र कथाको रचना आजभन्दा करिब २,००० वर्ष पहिले भएको मानिन्छ ।

 

ख.पञ्चतन्त्र कथाका सिर्जना कसले गरेका थिए ?

उत्तर – पञ्चतन्त्र कथाका सिर्जना गुरु विष्णु शर्माले गरेका थिए ।

 

ग यो कथाको रचना कसरी भएको थियो ?

उत्तर – सबै शास्त्रका ज्ञाता विष्णु शर्माले राजकुमारहरूलाई दिइएको शिक्षादीक्षा पूरा भएपछि राजकुमारको व्यवहारमा सकारात्मक परिवर्तन आयो । यसबाट गुरु विष्णु शर्मा प्रभावित भएर ती कथालाई सङ्कलन गरी पञ्चतन्त्रको नाम दिए। यसरी नै यो कथाको रचना भयो ।

 

घ यस कथामा खास गरी कस्तो किसिमको ज्ञान दिने प्रयास गरिएको छ ?

उत्तर – यस कथामा खास गरी व्यावहारिक रूपमा नैतिक ज्ञान र सिपका कुराको ज्ञान दिने प्रयास गरिएको छ ।

 

 

२. पञ्चतन्त्र कथाले बालबालिकालाई के के कुरामा सहयोग पुयाउँछ, सुनाइ पाठ १७ का आधारमा भन्नुहोस् ।

 

 

उत्तर – पञ्चतन्त्र कथा सान्दर्भिक, प्रेरणादायी र मनोरञ्जनात्मक भएकाले बालबालिकालाई के उचित के अनुचित हो भन्ने विषयको व्यावहारिक ज्ञान दिन्छ । व्यावाहरिक रूपमा नै नैतिक ज्ञान र सिपका कुरा सिक्न सहयोग पुऱ्याउँछ । 

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).