You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 9 Nepali Note
Login
Text lesson

पाठ ४. निवेदन

शब्दभण्डार

 

१. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् :

 

शब्द            अर्थ

 

उद्देश्य : लक्ष्य, ध्येय

घरेलु : घरायसी

सहजीकरण : सरल बनाउने काम 

कौशल : प्रवीण 

सहकार्य : सँगसँगै गरिने काम

तलब : काम गरेबापत मासिक रूपमा पाउने रकम, वेतन

 

 

२. दिइएको अनुच्छेद पढी आगन्तुक शब्द, सिङ्गो शब्द र सङ्क्षिप्त शब्द पहिचान गर्नुहोस् :

 

आगन्तुक शब्द : फोन, भाइबर, स्काइप, मेसेन्जर, टेलिभिजन, फेसबुक, लाइभ, मेयर आद ।

 

सिङ्गा शब्द : न्वाँगी, शताब्दी, परम्परा

 

सङ्क्षिप्त रुप : ने.प्र.प्र., रा. स. सं., का.म.पा.

 

 

३. दिइएका शब्द अलग अलग वाक्यमा प्रयोग हुने गरी एउटा अनुच्छेद रचना गर्नुहोस् :

 

शैक्षिक, बालक्लब, अपराध, आचरण, हकहित, संस्कृति, परिवर्तन

 

विद्यालयको शैक्षिक क्रियाकलापलाई हामीले निरन्तरता दिँदै छौँ । यसका लागि हामीले एउटा बालक्लब खोलेका छौँ । यस क्लबले बाल अपराधको नियन्त्रण गर्न सहयोग पुर्याउने छ ।  विद्यार्थीहरूका खराब आचरण सुधार गर्न सहयोग पुग्ने छ । यस क्लबले विद्यार्थीहरूको हकहितको संरक्षण गर्न सहयोग पुर्याउने छ । आफ्नो संस्कृतिको  संरक्षण गर्न यस क्लबले  विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्ने छ । समाज परिवर्तनमा पनि यस क्लबले उदाहरणीय काम गर्ने छ । 

 

 

बोध र अभिव्यक्ति

 

 

१. दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस् :

 

संरक्षण : सम्रक्छ्यन्, सिर्जनात्मक : सिर्जनात्मक्, विसङ्गति : बिसङ्गति, आर्थिक : आर्थिक्, मार्गदर्शन : मार्गदर्सन्, न्यूनीकरण, न्युनिकरन्, भविष्य : भविस्य, कोष : कोस् ।

 

 

२. ‘निवेदन’ पाठ सस्वरवाचन गर्नुहोस् र शिक्षकको सहयोगमा प्रत्येक साथीको वाचन समय, हाउभाउ, शुद्धता आदि पक्षमा छलफल गर्नुहोस् ।

 

 

३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

प्रश्नहरू

 

(क) निवेदन किन लेखिन्छ ?

उत्तर : निवेदन सूचना सम्प्रेषणका लागि देखिन्छ ।

 

(ख) निवेदनमा मिति कहाँ लेख्नुपर्छ ?

उत्तर : निवेदनमा मिति दायाँतिर सिरानमा लेख्नुहुन्छ ।

 

(ग) निवेदनमा विषय किन लेखिन्छ ?

उत्तर :के माग गरेर निवेदन लेखिँदै छ भन्ने स्पष्ट पार्न निवेदनमा  विषय देखिन्छ । 

 

(घ) निवेदनमा निवेदकको आग्रहको प्रस्तुति कहाँनेर गरिन्छ ?

निवेदनमा निवेदकको आग्रह प्रस्तुति विषयवस्तुको प्रस्तुतिपछि राखिन्छ ।

 

 

४. दिइएका प्रश्नको मौखिक उत्तर दिनुहोस् :

 

(क) निवेदन कसले कसलाई लेखेको हो ?

उत्तर : निवेदन हिमगङ्गा माध्यमिक विद्यालयको सिर्जनशील बालक्लबका अध्यक्षले रामेछाप नगरपालिका वडा नं. ३ का वडाध्यक्षलाई लेखेको हो ।

 

(ख) बालक्लबका अध्यक्षले कस्तो सहयोगको अपेक्षा गरेका छन् ?

बालक्लबका अध्यक्षले समाजमा बढ्दै गएको बालहिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रममार्फत सचेतना  फैलाउने उद्देश्य राखेर समाज परिवर्तनका लागि कार्यक्रम गर्ने लक्ष्य बालक्लबको रहेको छ । यसका लागि बालक्लबको उद्देश्य पूरा गर्न अक्षयकोष खडा गरेकाले उक्त अक्षयकोषका लागि केही आर्थिक सहयोगको अपेक्षा राखेका छन् । 

 

(ग) किशोरकिशोरीले आफ्ना समस्या कसरी समाधान गर्न सक्छन् ?

किशोरकिशोरीले आफ्ना समस्या खुलेर व्यक्त गर्ने, समस्याबारे विमर्श गर्ने, समस्या समाधानको बाटो खोज्नेजस्ता क्षमता विकास गर्न, किशोरकिशोरीमा सिर्जनात्मक कौशल, आशावादी सोच र जीवनोपयोगी सिपबारे सचेतना प्रदान  गर्न सकेमा यस्ता कार्यक्रमबाट किशोरकिशोरीमाथि आइपर्ने समस्याको चेतना दिन र समस्याको समाधानमा सहयोग  पुर्‍याउन सक्छन् । यसरी उनीहरूले आफ्ना समस्या समाधान गर्न सक्छन् । 

 

(घ) साइबरको सदुपयोग कसरी गर्नुपर्छ ?

विद्यालयमा बालहिंसा, सामाजिक दुव्र्यवहारजस्ता पक्षहरूको न्यूनीकरणका लागि चेतना फैलाउन गरिएका कार्यहरू साइबारमार्फत प्रसारण गरी सबैसामु पुर्याउन सकिन्छ । बालहिंसा र सामाजिक परिर्वतनका लागि विभिन्न खाले सूचना प्रवाह गरी साइबरको सदुपयोग गर्न सकिन्छ ।

 

 

५. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

प्रश्नहरू

 

(क) विद्यालयमा गठित बालक्लबको उद्देश्य के हो ?

उत्तर : विद्यालय र समाजमा हुने गरेका बालहिंसासम्बन्धी सचेतना फैलाएर विद्यालय तथा समाजमा विद्यमान बालहिंसा, सामाजिक दुव्र्यहारजस्ता कार्यबार न्यूनीकरण गर्नु नै बालक्लबको प्रमुख उद्देश्य हो । 

 

(ख) बालक्लबले कुन दिन सचेतना कार्यव्रम आयोजना गर्न लागेको हो ?

उत्तर : बालक्लबले विद्यालय बिदाको दिन गाउँ तथा सहरका मुख्य स्थानमा गई सचेतना फैलाउने कार्यक्रम आयोजना गर्न लागेको हो । 

 

(ग) बालक्लबले समाजमा कसरी सचेतना फैलाउन खोजेको छ ?

उत्तर : बालक्लबले लघुनाटक, प्रहसन, सूचना प्रवाह, आपसी छलफल आदि पद्धति अपनाई समाजमा सचेतना फैलाउन खोजेको छ । 

 

(घ) बालक्लबका लागि बनाइएको अक्षयकोषमा कसरी स्रोत जुटाइएको छ ?

उत्तर : बालक्लबका लागि बनाइएको अक्षयकोषमा विद्यालयका  शिक्षक, कर्मचारीहरूको एकदिनको तलब आर्थिक सहयोग प्राप्त भएको छ । यसैगरी वडा कार्यलय, स्थानीय विभिन्न सङ्घसंस्थाबाट अक्षयकोषमा आिर्थक स्रोत जुटाउने लक्ष्य राखिएको छ । 

 

 

६. दिइएको शुभकामना पत्र पढी नयाँ वर्षको अवसरमा साथीलाई दिइने शुभकामना पत्र तयार गर्नुहोस् :

 

श्री …………………………. ज्यू,

 

                     शुभकामना

 

आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा तपाईँलगायत तपाईँको परिवारको सुख, शान्ति, समृद्धि र आरोग्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

घनश्याम थामी

 

 

७. नौ कक्षाका विद्यार्थीका तर्फबाट शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।

 

                                                     मिति :२०८९।०३।५

श्रीमान् प्रधानाध्यापक,

भक्तपुर इङ्लिस सेकेन्डरी स्कुल,

मध्यपुर थिमी, गठ्ठाघर । 

 

   विषय : शैक्षिक भ्रमणका लागि प्रबन्ध मिलाइदिनुहुन ।

 

महोदय,

              उपर्युक्त सम्बन्धमा ज्ञान पुस्तकमा मात्र सीमित हुँदैन । प्रकृतिमा रहेका विभिन्न कुराहरूको प्रत्यक्ष अवलोकनबाट पनि ज्ञान प्राप्त गर्न सकिन्छ । किताबी ज्ञानभन्दा किताब पढेका कुराहरू प्रत्यक्ष अवलोकनबाट प्राप्त गरिने ज्ञान चिरस्थायी हुन्छ । विद्यार्थीहरूले विभिन्न स्थानहरूको प्रत्यक्ष अवलोकनबाट त्यहाँको सम्पूणर् वस्तुस्थितिबारे ज्ञान हासिल गर्दछन् । भ्रमणका समयमा देखेका, भोगेका र अनुभव गरेका कुराहरूले जीवनमा अगाडि बढ्न सहयोग पनि प्राप्त हुन्छ । 

 

नयाँ ठाउँको अवलोकन गर्ने र त्यहाँबाट प्रत्यक्ष रुपमा ज्ञान लिनका लागि विद्यार्थीहरूले विभिन्न ठाउँको अवलोकन गर्ने चाहना राख्नु स्वाभाविकै हो । त्यसैले यसपटक कक्षा ९ का विद्यार्थीहरूले नेपालका केही स्थानको शैक्षिक भ्रमण गर्ने विचार राखेका छन् । यस शैक्षिक भ्रमणका लागि चाहिने यातायातका साथै शैक्षिक भ्रमणको प्रबन्ध मिलाई सहयोग गरिदिनुहुनका लागि आग्रह गर्दछौँ । पक्कै पनि हाम्रो यो मनसायलाई बुझेर शैक्षिक भ्रमणका लागि चाहिने सम्पूणर् कुराहरूको बन्दोबस्त गरिदिनुहुन्छ भन्ने आशा राख्दै यो निवेदन पेस हजुरसमक्ष पेस गरेका छौँ । 

 

                                                  निवेदक 

                                कक्षा नौका सम्पूणर् विद्यार्थीहरू ।

 

 

 

८. तपाईँको समाजमा आइपरेका सामाजिक समस्याबारे छलफल गरी निष्कर्ष कक्षामा सुनाउनुहोस् ।

 

 

९. दिइएको निवेदनको नमुना पढी जेहेनदार छात्रवृत्तिका लागि विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् :

 

                                                  मिति २०७८।०३।०५

श्री प्रधानाध्यापकज्यू,

एभरेस्ट पब्लिक एकेडेमी

मध्यपुर थिमी, सिन्टिटार, भक्तपुर ।

 

       विषय : छात्रवृत्ति उपलब्ध गराइदिनुहुन । 

 

महोदय,

                उपर्युक्त सम्बन्धमा म यस विद्यालयमा कक्षा ९ मा अध्ययनरत विकास बुढाथोकी हुँ । मेरो घरको आर्थिक अवस्था सारै कमजोर रहेको छ । देशमा बढ्दै गएको महँगीले बुबा र आमाको कमाइबाट हामी चार जना परिवारको दैनिक गुजारा चल्न मुस्किल पर्दै गएको छ । यस्तो अवस्थामा बुबाआमाले गरिबी कारण मेरो पढाइलाई अगाडि बढाउन नसक्ने अवस्थाा पुग्नुभएको छ । मैले यस विद्यालयको कक्षा ८ कक्षामा तृतीय स्थान प्राप्त गरी उत्तीणर् गरेको छु । यसका साथै विद्यालयबाट हुने अतिरिक्त क्रियाकलापका कार्यक्रमका साथै अन्य संस्थाबाट हुने विभिन्न खेलकुदलगायत अन्य बौद्धिक कार्यक्रममा भाग लिई विभिन्न पदकसमेत जित्न सफल भएको छु ।

 

विद्यालयमा गठित बालक्लबको सक्रिय सदस्य भएर विद्यार्थी र समाजमा चेतना फैलाउने कार्यमा पनि म लगातार लागिपरेको छु । यी विविध कार्यहरूमा सहभागी भएर मैले आफूले जानेको कुरा अरुलाई सिकाउँदै पनि आएको छ । आर्थिक समस्याले गर्दा मैले पढाइबाट वञ्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै यस विद्यालयबाट प्रदान गरिने जेहेनदार छात्रवृत्ति उपलब्ध गराएर मेरो पढाइलाई निरन्तरता दिनुहुन हजुर समक्ष यो निवेदन पेस गरेको छु । आशा छ, पक्कै पनि यो मेरो अनुरोधलाई गहनका साथ लिनुहुनेछ । 

 

                                                    निवेदक :

                                            विकास बुढाथोकी

                                                    (कक्षा : ९)

 

  

१०. दिइएको बधाई पत्र पढ्नुहोस् र राष्ट्रिय महिला आयोगद्वारा आयोजित पालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छात्रालाई दिइने बधाई पत्रको नमुना तयार पार्नुहोस् :

 

                 बधाई ज्ञापन           

 

राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित पालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरी विद्यालयको गरिमा बढाउनुका साथै नौ कक्षाका विद्यार्थीको गौरवसमेत बढाउनुभएको हुँदा हामी यहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

 

                                   – नौ कक्षाका सम्पूर्ण विद्यार्थी

 

 

११. दिइएको श्रद्धाञ्जली एवम् समवेदना पत्रको नमुना पढ्नुहोस् र यस्तै ढाँचामा एउटा श्रद्धाञ्जली तथा समवेदना पत्र तयार गर्नुहोस् :

 

जन्म                                        मृत्यु

वि.सं. २००० भदौ २०  वि.सं. २०७९ जेठ ९

 

                       श्रद्धाञ्जली तथा समवेदना

 

यस नागार्जुन साहित्य समाजका अध्यक्ष श्री किशोर पहाडीको यही २०७९ जेठ ९ गते ७९ वर्षको उमेरमा भएको निधनबाट नागार्जुन साहित्य समाज परिवार स्तब्ध बनेको छ । यस दुःखद् क्षणमा उहाँप्रति भावपूणर् श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।

                                       – अध्यक्ष एवम् सम्पूर्ण

                                नागार्जुन साहित्य समाज परिवार

 

 

१२. कुनै सूचना वा सन्देश पठाउँदा म्यासेन्जर र टेलिफोनको शैलीमा भिन्नता हुन्छ । म्यासेन्जरमा दोहोरो श्रव्यदृश्य र लेख्य आदिका माध्यमबाट सूचना वा सन्देशको आदानप्रदान हुन्छ भने टेलिफोनमा केवल कथ्यश्रव्यका आधारमा मात्र सूचना वा सन्देश आदानप्रदान हुन्छ । यस्ता सञ्चारका माध्यम धेरै छन् । म्यासेन्जर र टेलिफोनमा रहेको भिन्नता खुल्ने गरी यी दुईलाई पात्रका रूपमा प्रस्तुत गरी तयार पारिने तलको संवाद पूरा गर्नुहोस् :

 

(म्यासेन्जर र टेलिफोनको अकस्मात् भेट भयो । दुवै एकआपसमा परिचय र कुराकानी गर्दै छन् ।)

म्यासेन्जर : नमस्कार, टेलिफोनज्यू, सन्चै हुनुहुन्छ ? दूरसञ्चारतिर हिँड्नुभयो कि के हो ?

टेलिफोन :नमस्कार, सन्चै छु, हजुरलाई कस्तो छ ? कसरी थाहा पाउनुभयो ? हो, म त्यतै

हिँडेको ।

म्यासेन्जर :बेलाबेलामा तपाईँलाई के हुन्छ ? यताबाट बोलेका कुरा उता सुनाउन सक्नुहुन्न अरे नि

टेलिफोन : अँ, बेलाबेला सुन्ने र बोल्ने बिचको संवाद सुनाउन नसकेर मलाई हैरान भएको छ, तपाईँको त त्यस्तो समस्या छैन होला नि ? सुन्न नसक्ने स्थिति आयो भने तपाईँमा त लेखेर पनि पठाउन सकिन्छ नि ? हैन ?

म्यासेन्जर : मलाई त त्यस्तो समस्या छैन, बोलेको बुझेनन् भनेर लेखेर पठाऊ भन्छु, तपाईँले लेखेर पठाऊ भन्दा पनि हुँदैन, हगि

टेलिफोन :  त्यही भएर त अचेल मेरो सट्टा तपाईँको धेरै प्रयोग गर्दछन् त । 

म्यासेन्जर : मलाई चलाउन पनि नेट जोड्नुपर्छ । जहाँत्यहीँ नेट हुँदैन, नेट नभएका ठाउँमा त तपाईँकै बढी प्रयोग हुन्छ । 

टेलिफोन : त्यो त हो । हवस्त मलाई अलि ढिला भयो, अहिलेलाई यत्तिमै बिदा हुन्छु । 

म्यासेन्जर : हवस्, फेरि फेरि भेटेर गफ गर्दै गरुँला नि ? हुन्न । हवस् त नमस्कार ।

टेलिफोन : हवस् त नमस्कार । (दुवै आआफ्नो बाटोतिर लाग्छन्) 

 

 

१३. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

 

तपाईँको घरमा कुनै अतिथिको आगमन हुँदा तपाईँ कसरी स्वागत र आतिथ्य प्रकट गर्नुहुन्छ । कक्षामा अभिनयसहित प्रस्तुत गर्नुहोस् । घरमा कुनै अतिथिको आगमन भए म नमस्कार गर्छु र बस्न आग्रह गर्छु । त्यसपछि पानी वा चिया के लिनुहुन्छ सोधेर दिन्छु अनि सन्चो बिसन्चोका कुरा सोध्छु । कुनै कामविशेषले आउनुभएको भए कामका कुरा गर्छु होइन भने रमाइला गफ गर्दै केही समय बिताउँछु ।

 

 

सुनाइ र बोलाइ

 

 

१. सुनाइ पाठ ४ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् :

 

(क) हुम्ला शिक्षक परिषद्ले सम्मान प्रदान गरेको छ ।

–  बेठिक

 

(ख) सम्मानित हुने व्यक्ति विद्यालयका प्रधानाध्यापक हुन् । 

ठिक

 

(ग) विद्यालयको आर्थिक पक्षको उन्नयनमा हरिको उल्लेख्य भूमिका देखिन्छ ।

 – बेठिक

 

(घ) उक्त कार्यव्रम २०७८ असार १५ गते भएको हो ।

–  ठिक

 

 

२. सम्मान पत्रमा के के कुरा समेटिँदा रहेछन्, भन्नुहोस् :

 

उत्तर : सम्मान पत्रमा सम्मान गर्ने संस्थाको नाम, सम्मानित व्यक्तिले गरेका कार्यहरू सम्मान हुने व्यक्ति रहेको संस्था, सम्मानित व्यक्तिले संस्थाका लागि पुर्याएको योगदानसम्मानित कार्यक्रममा उपस्थित अतिथि, प्रमुख अतिथि र सम्मान गर्ने संस्थाका अध्यक्षलगायत तिनीहरूले ओगटेका संस्थाका साथै सम्मान गरिएको साल, मिति र गते  आदि कुराहरू सम्मान पत्रमा  समेटिँदा रहेछन् ।  

 

 

भाषिक संरचना र वर्णविन्यास

 

 

२. दिइएको अनुच्छेद पढी तत्सम, तद्भव र आगन्तुक शब्द पहिचान गर्नुहोस् :

 

आदर्श, जीवन, भीम र प्रतीक्षा करिब आधा घण्टा हिँडेर अखबार किन्न पसल गए । त्यहाँमानिसको भिड थियो । उनीहरूले अखबारमा प्रकाशित समाचारको शीर्षक मात्र हेर्दै गए ।उनीहरूले नयाँ वर्षको अवसरमा इन्टरनेट जोड्न छुट दिइएको सूचना ध्यान दिएर पढे । उनीहरूले घर फर्कँदा डेरीमा पसेर दुध, दही र पनिर किनेर ल्याए ।

 

तत्सम : आदर्श, जीवन, भीम, प्रतीक्षा, घण्टा, प्रकाशित, समाचार, शीर्षक, वर्ष, अवसर, छुट, सूचना, ध्यान 

 

तद्भव : आधा, पसल, मानिस, भिड, नयाँ, घर, दुध, दही

 

आगन्तुक : करिब, अखबार, इन्टरनेट, डेरी

 

 

३. पाठमा प्रयोग भएका दुई दुईओटा तत्सम, तद्भव र आगन्तुक शब्द टिपोट गर्नुहोस् ।

 

तत्सम : संरक्षण, उद्देश्य

तद्भव : गाउँ, बाटो

आगन्तुक : साइबर, क्लब

 

 

४. दिइएको अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द पहिचान गरी अलग अलग सूची बनाउनुहोस् :

 

मूल : सुन्दर, रचना, जय, देश, दाजु, तिमी, राम्रो, कवि, बहिनी, कुरा, अरु, रवि, गुरु, निकै, चर्चा, थाहा ।  

 

व्युत्पन्न : आकृति, प्रकृति, कविता, एउटा, पढेर, विजय, सञ्जयविदेश, गएका, कृति, कृतित्व, सम्भावना, सैद्धान्तिक, विद्यालय, रवीन्द्र, कवीन्द्र, रक्षा, गुरुमा, सुरक्षा, परिचर्चा । 

 

 

५. पाठको ‘आज हरेक टोल टोल …. पुर्‍याउन सक्छन्’ भन्ने अनुच्छेदमा प्रयोग भएका पाँचओटा व्युत्पन्न शब्द टिप्नुहोस् ।

 

सचेतना, घरेलु, सामाजिक, लैङ्गिक, सञ्चार

 

 

६. आफ्नो पढाइका बारेमा छोटो अनुच्छेद तयार पार्नुहोस् र उक्त अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द रेखाङ्कन गर्नुहोस् ।

 

म दैनिक रुपमा चार घण्टा अध्ययन गर्छु । समयमै गृहकार्य सम्पन्न गर्छु । म मिहिनेतका साथ अध्ययन गर्छु । अध्ययन गर्दा घोकेरभन्दा पनि बुझ्ने कोसिस गर्छु । मेरो लगनशीलता देखेर परिवारका सबै सदस्य खुसी हुनुहुन्छ । 

 

 

७. दिइएको अनुच्छेदमा सुरु, बिच र अन्तिममा दीर्घ ऊकार (  ) प्रयोग भएका शब्द पहिचान गर्नुहोस् :

 

पूणर्माया लिम्बूले आफ्नी साथी विभूतिका लागि स्विटर तयार पारेकी थिइन् । उनकी माइजूले हेरूँ हेरूँ लाग्यो भन्दै उक्त स्विटर आफूलाई दिनू भन्ने आग्रह गर्नुभयो । स्विटर बन्नुपूर्व नै फुपू र भाउजूले पनि त्यस्तै माग गरेकाले कसो गर्ने होला भनी सोच्न थालिन् ।

 

सुरुमा दीर्घ ऊकार : पूणर्माया, पूर्व

 

बिचमा दीर्घ ऊकार : विभूति

 

अन्तिममा दीर्घ ऊकार : लिम्बू, माइजू, हेरूँ, आफू, दिनू, फुपू, भाउजू । 

 

 

८. साथीसँग छलफल गरी शब्दको सुरु, बिच र अन्तिममा दीर्घ ऊकार भएका पाँच पाँचओटा शब्द लेख्नुहोस् ।

 

शब्दको सुरुमा दीर्घ ऊकार लागेका शब्द : सूर्य, सूक्ति, भूत, भूमि, पूजा

 

शब्दको बिचमा दीर्घ ऊकार लागेका शब्द : पीयूष, अनुभूति, समूह, सपूत, अभूत

 

 

शब्दको अन्तिममा दीर्घ ऊकार लागेका शब्द : हुस्सू, बुद्धू, माइजू, भाउजू, कविज्यू ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).