You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Com. Nepali Class 10 Note
Login

Curriculum

Com. Nepali Class 10 Note

अनिवार्य नेपाली १०

0/17
Text lesson

पाठ ७. शत्रु (कथा)

 

शब्दभण्डार

१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :

यश – राम्रो काम गर्नेले पाउने इज्जत

रैती – अरूको जग्गा कमाउने व्यक्ति

अकलुषित – सफा हृदयको

भरोसा – आश्रय

जमदार – जमादार 

गर्व – मैं जान्ने सुन्ने हुँ भन्ने घमण्ड

झटनी – धान काट्ने काम 

अप्रिय – मन नपरेको

दुगुर्ण – कुनै पदार्थमा विकार उत्पन्न गराउने देष 

आर्जन – आम्दानी 

व्यापक :- व्यापक

 

३. दिइएको अनुच्छेद पढ्नुहोस् र अनुच्छेदबाट अनुकरणात्मक शब्द पहिचान गर्नुहोस् :

चन्द्रराम गजक्क परेर बसेका बेला कुन्नि कसले प्याट्ट हिकाएछ ।  चन्द्रराम धुरुधुरु उन थालेछन्  उनी रोएको उनका छोराले दलदल हेरेछन् ।  ठुलो छोरो हर्कबहादुर फटाफट पुलिस चौकी गएछन्  स्यास्या गर्दे हर्कबहादुर आएको देखेर हर्कबहादुरसंग पुलिस गुरुरु दौडिदै चन्दुरामकहाँ पुगेछन्

उत्तर : गजक्क, प्याट, धुरुधुन, टुलुटुलु, गुरुरु, स्याँस्याँ ।

 

४. शत्रुकथाको कृष्ण राय जुरमुरिदै शत्रु हुन सक्छ अंशको उपयुक्त ठाउँमा अनुकरणात्मक शब्द राखी पुनर्लेखन गर्नुहोस् ।

उत्तर : कृष्ण राय जुरमुरिँदै जरुक्क उठे, तबसम्म आक्रमणकारी फुत्तै भागिसकेको थियो ।  “मलाई कसले यसरी अचानक आक्रमण गयो होला ?” तिनी एककोहोरो विचार गर्न थाले ।  “यस जीवनमा मैले कसैलाई आफ्नो कट्टर शत्रु बनाइनँ, झगडा फसादमा रहिनँ ।  “कृष्ण रायलाई पहिले त कसैले आक्रमण गरेको हो भन्ने कुरामा पटक्कै विश्वास भएन ।  सब तन्द्रा अवस्थामा भ्रम जस्तो लाग्यो तर भित्तामा लागेर ठनक्क भांचिएको लट्ठीको टुक्रा त भ्रम हुन सक्दैन ।  कृष्ण रायले बिछ्यौनाबाट निहुरीकन त्यस टुक्रालाई टपक्क टिपे, हेरेर गम्न थाले “को मेरो शत्रु हुन सक्छ ?”

 

५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

 सान्त्वना, सिद्धान्त, पुजी, मध्यस्थ, फैसला, अङ्कमाल, स्वाभिमान, समर्थक, धैर्य 

 

सान्त्वना :- कमजोर विद्यार्थीलाई गाली गर्नुको सट्टा पढ्न सान्त्वना दिनुपर्छ ।

सिद्धान्त :- राम्रो सिद्धान्त राखेर जीवनमा अघि बढोभने सफलता हात पार्न सकिन्छ ।

पुँजी :- नेपालको पुँजीबजार पछिल्लो समय एकदमै खस्किएको छ ।

मध्यस्थ :- मध्यस्थको भूमिका निर्वाह गर्नुपनि राम्रो काम चाहि होइन ।

फैसला :- अबपनि फेल भएँ भने पढ्दिन भनेर रामले फैसला सुनायो ।

अङ्कमाल :- अङ्कमाल गर्नु भन्दा नमस्कार गर्नु नै राम्रो हुन्छ ।

स्वाभिमान :- देशको स्वाभिमान बचाइराख्न म जे पनि गर्न तयार छु ।  

समर्थक :- समर्थक धेरै छ भन्दैमा गलत काम गर्नु त भएननी ।

धैर्य :- धैर्यका साथ गरेको कामले सफलतामा पुर्‍याउन सहयोग गर्छ ।

 

 

बोध तथा अभिव्यक्ति

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

तन्द्रा, आक्रमण, अकलुषित, दुर्गुण, मध्यस्थ, कृष्ण, बिछ्यौना, इन्स्पेक्टर, निर्दोष

 

२. लेखाइमा दिन र उच्चारणमा दिन् हुने लेखाइ र उच्चारण फरक फरक हुने अन्य कुनै १० ओटा शब्द पाठबाट खोजेर लेख्नुहोस् ।

उत्तर : उखान उखान्, मानिस मानिस्, बखत बखत् पिरपिर घर – – – घर्, सब – सब्, धन – धन्, सम्मान

सम्मान्, सन्तान – सन्तान्, रात रात् –

 

३. शत्रुकथा गति, यति मिलाई सस्वरवाचन गर्नुहोस् ।

 

४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) शत्रुकथामा कृष्ण रायले रेलको डिम्बामा भएको झगडा सम्झेको घटना कतिऔं अनुच्छेदमा छ

उत्तर : शत्रुकथामा कृष्ण रायले रेलको डिम्बामा भएको झगडा सम्झेको घटना सातौँ अनुच्छेदमा छ ।  

(ख) कथामा कृष्ण रायको सोच परिवर्तन गराउने मुख्य सन्दर्भ कुनलाई मानिन्छ ?

उत्तर : कथामा कृष्ण रायको सोच परिवर्तन गराउने मुख्य सन्दर्भ आक्रमणपछि भेटिएको लौरोको टुक्रालाई मानिन्छ ।

(ग) कथाको पाँचौँ अनुच्छेदको शीर्ष वाक्य कुन हो ?

उत्तर : कथाको पाँचौँ अनुच्छेदको शीर्ष वाक्य धेरै घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाए जस्तो लाग्यो । हो ।

(घ) कथाको समापन कुन घटनाबाट भएको हो ?

उत्तर : कथाको समापन इन्स्पेक्टरले सोधेको प्रश्नको उत्तरमा कृष्ण रायले धेरैमाथि शङ्का व्यक्त गरेको घटनाबाट भएको हो ।

 

५. शत्रुकथाको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।

 

६. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

प्रश्नहरू

(क) कृष्ण रायले गर्व गर्ने कुरा के थियो ?

उत्तर : कृष्ण रायले गर्व गर्ने कुरा धेरै झगडामा मध्यस्थ हुनु थियो ।

(ख) कृष्ण रायले गोविन्द पण्डितमाथि किन शङ्का गरे ?

उत्तर : कृष्ण रायले गोविन्द पण्डितमाथि कुटामारी गरेको हुनाले शङ्का गरे ।

(ग) कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण के हो ?

उत्तर : कृष्ण रायलाई गाउँमा सम्मान गर्नुको कारण गाउँलेले विश्वास गरेर तिनलाई नै मध्यस्थ बनाउनु हो ।

(घ) मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन । भन्नुको तात्पर्य के हो ?

उत्तर : मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन । भन्नुको तात्पर्य मध्यस्तकर्ताले सबै कुरा सुनेर बुझेर एउटालाई न्याय दिनुपर्छ, दुवैको समर्थन गर्न सक्दैन ।

 

७. कृष्ण राय धेरै आर्जन गरेकथांशबाट छोटो उत्तरात्मक प्रश्न निर्माण गरी उक्त प्रश्नको उत्तर लेख्नुहोस् ।

उत्तर : कृष्ण राय धेरै आर्जन गरेकथांशबाट छोटो उत्तरात्मक प्रश्न र उक्त प्रश्नको उत्तर :- 

(क) कृष्ण रायले कुन कुन घटना स्मरण गरी के ज्ञान आर्जन गरे ?

उत्तर : कृष्ण रायले गोविन्द पण्डित र गोरे जमदारको खेतको झगडाको मध्यस्थ भएर गोरे जमदारका पक्षमा न्याय दिएको सम्झे ।  त्यसै गरी मास्टर र कैयाँको झगडामा न्याय कैयाँको पक्षमा दिएका थिए ।  झगडामा मध्यस्थ हुनु सबभन्दा निर्दोष काम भए पनि कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक बन्न सक्दैन ।  मध्यस्थले एउटा न एउटाको शत्रु बन्नुपर्छ भन्ने ज्ञान कृष्ण रायले आर्जन गरे ।

 

८. शत्रुकथाको पाँचौँ अनुच्छेद मौन पठन गरी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् ।

उत्तर : शत्रुकथाको पाँचौँ अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा :

(क) धेरै घोरिँदा तिनलाई यस रहस्यको सुइँको पाएको जस्तो लाग्नु,

(ख) काम बिगार्दा रामे नोकरमाथि रिसाएको र हिसाब गोलमाल पर्दा बलभद्रको बेइज्जत गरेको घटना सम्झनु,(ग) कुरामा कुरा चल्दा कृष्ण रायले नोकरी खोज्न आएको युवकलाई अप्रिय शब्द भन्नु,

(घ) आफूलाई अकलुषित र दुर्गुणरहित ठान्ने कृष्ण रायले समय असमयमा अर्कालाई आदेश सल्लाह दिने ठुलो दोष सम्झनु ।

 

९. दिइएका बुँदाका आधारमा कृष्ण रायको चरित्र चित्रण गर्नुहोस् ।

उत्तर : विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१ – २०३९) द्वारा रचित शत्रुकथा मनोवैज्ञानिक धाराको चरित्रप्रधान कथा हो ।  यो कथा पात्र कृष्ण रायको सेरोफेरोमा संरचित छ ।  कृष्ण राय यस कथाका प्रमुख पात्र हुन् ।

कथामा कृष्ण राय निकै भद्र, शान्त र सहयोगी पात्रका रूपमा रहेका छन् ।  उनी गाउँको झगडामा मध्यस्थको भूमिका निर्वाह गर्ने पात्रका रूपमा रहेका छन् ।  उनी सबै कुराले सम्पन्न भएको पात्र हुन् ।  उनलाई धन, यश, सम्मान सबैको सुख थियो ।  सन्तान नभए पनि टाढाको भतिजोलाई धर्मपुत्रका रूपमा पालेर सन्तानको अभाव पूर्ति गरेका थिए ।  उनी आफ्नो कोही शत्रु नभएको ठान्ने पात्र हुन् ।  ४५ वर्षको उमेरसम्म कसैलाई पनि शत्रु नबनाएको कल्पनामा डुबिरहेका वेला उनीमाथि एक्कासी लट्ठीको प्रहार हुन्छ ।  लट्ठी प्रहारपछि धेरैमाथि शङ्का गर्ने पात्र हुन् कृष्ण राय ।  उनी आफ्ना विगतका प्रत्येक कार्यबाट शत्रु जन्मिएका हुन सक्ने ठानी मनमनै विचलित हुने पात्र पनि हुन् ।  मध्यस्थ भएर काम गर्ने व्यक्तिले दुवै पक्षको समर्थन गर्न सक्दैन, एउटा न एउटा पक्षलाई शत्रु बनाउनै पर्छ भन्ने तत्त्वबोध गर्ने पात्रका रूपमा कृष्ण रायलाई लिन सकिन्छ ।

यसप्रकार कृष्ण राय शत्रुकथाको मुख्य पात्रका साथै आफूलाई अजात शत्रु ठान्ने पात्र हुन् ।  उनी आफूमाथि आक्रमण भएपछि भने सबैलाई शत्रु ठान्ने पात्र हुन् ।  तसर्थ यथार्थलाई नबुझ्ने मनोगत कमजोरी भएका पात्रका रूपमा कृष्ण रायलाई लिन सकिन्छ ।

 

१०. दिइएका घटनालाई कथाका आधारमा क्रम मिलाएर लेख्नुहोस् :

(क) कृष्ण राय आँखामा राखे पनि नबिझाउने खालका हुनु 

(ख) तिनका मनमा धेरै प्रकारका विचार आउनु

(ग) ४५ वर्षसम्म शत्रु नहुनु

(घ) एक दिन लट्ठी प्रहार हुनु

(ङ) लट्ठीले आक्रमण गर्ने व्यक्तिको पहिचान नहुनु

(च) काम बिगार्दा रामे नोकरमाथि रिसाएको घटना सम्झनु 

(छ) कुरामा कुरा चल्दा कृष्ण रायले उसलाई अप्रिय शब्द भन्नु

(ज) मध्यस्थताको भूमिका निर्वाह गर्दा जमदारको पक्षमा फैसला दिनु

(झ) इन्स्पेक्टरले सोध्दा धेरैमाथि शङ्का व्यक्त गर्नु ।

 

११. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) शत्रुकथाका कृष्ण रायको व्यक्तित्व कस्तो थियो ?

उत्तर : शत्रुकथाका कृष्ण राय आँखामा राखे पनि नबिझाउने स्वभावका व्यक्तित्व थिए ।  ४५ वर्षका उनी गाउँका भद्र मानिस थिए ।  कसैलाई कर्जा दिनु आफ्नो सिद्धान्तको विरुद्ध ठाने पनि दुःख परेको बखत गाउँलेको सहायता गर्थे ।  गाउँमा झगडा भयो भने यिनी मध्यस्थ भएर काम गर्थे ।  आफूलाई अजात शत्रु ठान्ने कृष्ण राय भ्रममा रहेको व्यक्तित्व पनि हो ।

(ख) कृष्ण रायले किन आफूलाई शत्रुविहीन ठान्थे ? वर्णन गर्नुहोस् ।

उत्तर : कृष्ण राय सबै गाउँलेको सहायता गर्थे ।  उनको जीवनलाई कसैले पनि असफल भन्न सक्दैनथे ।  उनले रुपियाँ जम्मा गर्दा अरूहरूले जस्तो रैतीलाई पिर पारेनन् ।  कसैसँग झगडा गरेनन् ।  झगडाको मध्यस्थता भएर काम गरे ।  उनले गरेको निर्णयबाट कोही असन्तुष्ट देखिँदैनथ्यो ।  तसर्थ कृष्ण राय आफूलाई शत्रुविहीन ठान्थे ।

(ग) यस कथाबाट के सन्देश पाइन्छ ?

उत्तर : अकारण कोही कसैको शत्रु हुँदैन तर शत्रुताका लागि निहुँ सजिलै पाइन्छ ।  मध्यस्थकर्ता भएर काम गर्ने व्यक्तिका त अझ धेरै शत्रु हुन्छन् ।  महाभारतमा अजात शत्रु भनेर चिनिने युधिष्ठिरलाई त दुर्योधनहरूले शत्रु ठाने ।  यथार्थमा अजात शत्रु हुन्छन् भन्ने कल्पना गर्नु व्यावहारिक हुँदैन ।  कृष्ण राय पनि आफूलाई अजात शत्रु ठान्थे ।  एउटा सामान्य घटनापछि उनमा रहेको भ्रम टुट्यो ।  उनका लागि त्यस घटना असामान्य र रहस्यमय बन्न पुग्यो ।  उनी सबैलाई शत्रु ठान्न पुगे ।  यही कुरा नै शत्रुकथाबाट लिनुपर्ने सन्देश हो ।

(घ) प्रत्येक व्यक्तिमा कृष्ण रायमा जस्तै नदेखिने शत्रु होलान् त ? कथाका आधारमा अनुमान गर्नुहोस् ।

उत्तर : शत्रु बनाउन निहुँ वा कारण ठुलो चाहिँदैन ।  साना साना निहुँमा पनि मानिस रिसाइरहेको हुन्छ ।  कति व्यक्तिको स्वभाव नै ईष्यालु हुन्छ ।  झगडा गर्नेको त शत्रु हुने नै भयो, मध्यस्थ गर्ने व्यक्ति दुवैको समर्थक बन्न सक्दैन ।  तसर्थ प्रत्येक व्यक्तिमा कृष्ण रायमा जस्तै नदेखिने शत्रु होलान् ।

 

१२. व्याख्या गर्नुहोस् :

(क) कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन

प्रस्तुत कथांश शत्रुशीर्षकको कथाबाट साभार गरिएको हो ।  यस कथाका कथाकार विश्वेश्वरप्रसाद कोइराला ( वि.सं. १९७१-२०३९) हुन् ।  आधुनिक कथा जगत्मा कोइरालालाई मनोवैज्ञानिक कथा लेखनको प्रारम्भकर्ताका रूपमा लिइन्छ ।  आफूमाथि आक्रमण भएपछि कोही अजात शत्रु हुँदैन, त्यसमा पनि मध्यस्थ गर्ने व्यक्ति त एउटा न एउटाको शत्रु हुनैपर्ने रहेछ भन्ने ज्ञान पात्र कृष्ण रायले पाएको सन्दर्भ माथिको कथाशले स्पष्ट पारेको छ ।

आफूलाई अजात शत्रु ठान्ने कृष्ण राय गाउँमा मध्यस्थको भूमिकामा रहने व्यक्ति हुन् ।  उनले गरेको निर्णयबाट कोही असन्तुष्ट देखिँदैनथे ।  उनले कसैलाई पिर नपारेको र शत्रु नबनाएको कल्पना गर्दै सन्तोष मानिरहेका वेला उनीमाथि आक्रमण हुन्छ ।  आक्रमणमा परेपछि उनी सबैलाई शत्रु देख्न थाल्छन् ।  मध्यस्थ भएर निर्णय लिएका केही घटना स्मरण गर्न पुग्छन् ।  त्यसबाट उनले झगडामा मध्यस्थ हुनु सबैभन्दा निर्दोष काम भए पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन ।  मध्यस्थले एउटा न एउटाको शत्रु हुनै पर्छ भन्ने ज्ञान कृष्ण रायले आर्जन गरेको कुरा माथिको कथाशमा स्पष्ट पार्न खोजिएको छ ।

यसप्रकार माथिको कथांशले आफूलाई अजात शत्रु ठान्ने कृष्ण रायले आफूमाथि आक्रमण भएपछि विगतमा मध्यस्थ भएर काम गरेका घटनाको स्मरण गर्दै कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन नसक्ने, उसले एउटा न एउटाको शत्रु हुनैपर्ने ज्ञान आर्जन गरेका कुरा स्पष्ट पार्न खोजेको छ ।

 

(ख) कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको देखिन्छ

प्रस्तुत कथांश शत्रुशीर्षकको कथाबाट साभार गरिएको हो ।  यस कथाका कथाकार विश्वेश्वरप्रसाद कोइराला ( वि.सं. १९७१-२०३९) हुन् ।  आधुनिक कथा जगत्मा कोइरालालाई मनोवैज्ञानिक कथा लेखनको प्रारम्भकर्ताका रूपमा लिइन्छ ।  माथिको कथांशले निर्दोष कुरामा पनि हामी अरूलाई शत्रु ठान्ने निहुँ दिइरहेका हुन्छौं भन्ने कुरा स्पष्ट पार्न खोजेको छ ।

आफूमाथि आक्रमण भएपछि कृष्ण राय निदाउने निहुँले बिछ्यौनामा सुते ।  दुनियाँमा कोही मित्र हुँदैनन् ।  सबै शत्रु, सबै बैरी हुन्छन् भन्ने सोच्दछन् ।  अकारण कोही कसैको शत्रु हुँदैन तर झगडाको निहुँ सजिलै पाइने उनको ठम्माइ हुन्छ।  उनले धेरैको सङ्गत गरेनन् ।  जति जनासँग सङ्गत गरे शत्रु बनाउने निहुँ दिए ।  मध्यस्थ बन्नु निर्दोष काम हो ।  यस्तो निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकेको हुन्छ ।  त्यसैले मध्यस्थ गर्ने व्यक्ति जतिसुकै निर्दोष भए पनि शत्रु बनिरहेका हुन्छन् भन्ने कुरा माथिको कथांशले पात्र कृष्ण रायका माध्यमबाट स्पष्ट पार्न खोजेको छ ।

यसप्रकार मध्यस्थ निर्दोष काम हो ।  यस्तो निर्दोष कुरामा पनि विषालु साँप जस्तो बैरी बनाउने साधन लुकिरहेको हुन्छ भन्ने कुरा माथिको कथांशले सन्देश दिएको छ ।

 

१३. शत्रुकथामा कृष्ण रायमाथि लट्ठी प्रहार भएपछि उनले किन शत्रु किटान गर्न सकेनन् ? तर्क दिएर पुष्टि गर्नुहोस् ।

उत्तर : कथाकार विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१ – २०३९) द्वारा रचित शत्रुकथा मनोवैज्ञानिक कथा हो ।  यस कथामा कथाकारले पात्र कृष्ण रायको मानसिक अवस्थाको विश्लेषण गरेका छन् ।  आफूलाई अजात शत्रु ठान्ने कृष्ण राय लट्ठी प्रहार भएपछि भने सबैलाई शत्रु देख्न थाल्छन् ।  आफूमाथि लट्ठी प्रहार गर्ने शत्रु उनले किटान गर्न सकेनन् ।

गाउँमा मान सम्मान भएका कृष्ण राय झगडाको मध्यस्थ हुन्थे ।  उनले गरेको निर्णयमा कोही पनि असन्तुष्ट भएको देखिँदैनथ्यो ।  उनले कसैलाई पिर पनि पारेनन् ।  ४५ वर्षे जीवनमा कसैलाई पनि शत्रु बनाइन भनेर सन्तोष मानिरहेका वेला तन्द्रा अवस्थामा उनीमाथि आक्रमण हुन्छ ।  उनले आक्रमणकारीलाई देखेका हुँदैनन् ।  उठेर हेर्दा आक्रमणकारी भागिसकेको हुन्छ ।  त्यसपछि उनी सबैलाई शत्रु देख्न थाल्छन् ।  लट्ठी प्रहार भएपछि उनले शत्रु किटान गर्न नसक्नुका विभिन्न कारण रहेका छन् ।  अजात शत्रु मानिने युधिष्ठिरका त कौरवहरू शत्रु भए भने उनी त सामान्य व्यक्ति थिए ।  उनी मध्यस्थको काम गर्ने व्यक्ति थिए ।  त्यस्तो व्यक्तिले आफूलाई अकलुषित र दुर्गुणरहित ठान्नु उनको कमजोरी थियो ।  भ्रमपूर्ण जीवन व्यतीत गर्नु र आक्रमणपछि भ्रम टुट्नु अनि सबैलाई शत्रु देख्न थाल्नु उनको ठुलो मानसिक परिवर्तनको अवस्था थियो ।  त्यसैले उनले शत्रु किटान गर्न सकेनन् ।

 

१४. कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई शत्रुकथाका आधारमा समीक्षा गर्नुहोस् ।

उत्तर : विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१ – २०३९) द्वारा रचित शत्रुकथा मनोवैज्ञानिक कथा हो ।  कोइरालाले आधुनिक नेपाली कथाको परम्परामा मनोवैज्ञानिक धाराको थालनी गरेका हुन् ।  विशेषतः युगीन सामाजिक पृष्ठभूमिमा मान्छेका थरी थरीका मनोदशाको चिरफार गरी मानवीय व्यवहारको उद्घाटन गर्नु उनका कथाको खास विशेषता हो ।  उनका प्रकाशित कथासङ्ग्रह दोषी चस्माश्वेत भैरवीहुन् ।  शत्रुकथामा उनले कृष्ण रायका मनमा उब्जिएका मानसिक उतारचढावलाई सरल भाषाशैलीमा विश्लेषण गरेका छन् ।

कृष्ण राय सामाजिक रूपमा उदार, निःस्वार्थ, सहयोगी, मध्यस्थकर्ता र प्रतिष्ठित व्यक्तित्व तथा मनोवैज्ञानिक रूपमा भ्रमपूर्ण जीवन व्यतीत गर्ने, आत्मरतिमा रमाउने शङ्कालु पात्र हुन् ।  कथाको मूल विषयवस्तु यिनकै सेरोफेरोमा घुमेको छ ।  कृष्ण राय आफूलाई अजात शत्रु ठान्थे ।  एउटा सामान्य घटनापछि उनमा रहेको भ्रम टुट्यो ।  उनका लागि त्यस घटना असामान्य र रहस्यमय बन्न पुग्यो ।  उनी सबैलाई शत्रु ठान्न पुगे ।

मध्यस्थकर्ता जस्तो व्यक्तिले आफूलाई अकलुषित र दुर्गुणरहित ठान्नु उनको कमजोरी थियो ।  आक्रमणमा नपरुन्जेलसम्म कृष्ण रायले भ्रमपूर्ण मानसिकताका साथ जीवन व्यतीत गरे ।  आक्रमणमा परेपछि उनको भ्रम टुट्यो अनि सबैलाई शत्रु देख्न थाले ।  यो उनको ठुलो मानसिक परिवर्तनको अवस्था थियो ।  यस घटनाबाट उनले मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन भन्ने ज्ञान आर्जन गरे ।  इन्स्पेक्टरले अनुसन्धानका क्रममा कसैमाथि शङ्का छ कि भनी सोध्दा उनी सबैमाथि शड्का व्यक्त गर्दछन् ।

यसप्रकार लघु आयाममा संरचित यस कथामा कृष्ण रायका विविध मनोदशाको विश्लेषण गर्दै उनका मनमा उब्जिएका उतारचढावको विश्लेषण गरिएको छ ।  यसका साथै उसको आत्मरति र भ्रमलाई समेत पर्दाफास गरिएको छ ।

 

१५. शत्रुकथाका मुख्य मुख्य घटना नछुट्ने गरी कथासार लेख्नुहोस् ।

उत्तर :

शत्रुकथाको कथासार :

आँखामा राखे पनि नबिझाउनेभनी सबैबाट महसुस गरिएका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस हुन्छन् ।  कर्जाको रुपियाँले झगडा बोकी ल्याउने मतअनुसार कर्जा दिनुलाई उनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे ।  उनी दुःखका बखत भने गाउँलेको सहायतामा प्रस्तुत हुन्थे तथा झगडाको मध्यस्थ भएर काम गर्थे ।  धन, यश र सम्मान सब प्रकारको सुख उनलाई थियो ।  उनका आफ्ना सन्तान थिएनन् ।  सन्तानको अभावलाई धर्मपुत्र पाली पूर्ति गरेका थिए ।

एक रात उनी सुत्ने प्रयास गरिरहेका बखत मनमा धेरै प्रकारका विचार आउँछ ।  कोही बैरी नहुनु तिनको सन्तोषको कारण रहेको थियो ।  अजात शत्रु भएको कल्पनाले तन्द्राको सुख बढाइरहेका वेला उनीमाथि एक्कासी लट्ठी प्रहार हुन्छ ।  संयोगवश लट्ठीको प्रहार तिनीमाथि पर्दैन ।  सुरुमा आक्रमणको विश्वास नभए पनि लट्ठीको टुक्रा भेटेपछि शत्रुका बारेमा खुल्दुली जाग्छ र अनेक व्यक्तिमाथि शङ्का गर्छन् ।  घोरिएर सोच्दा यस रहस्यको सुइँको पाए जस्तो लाग्छ ।  काम बिगारेको भनी गाली गरेको रामे नोकर, हिसाब गोलमाल पार्ने बलभद्र, नोकरी खोज्दै आएको युवक सबैलाई उनी शङ्का गर्छन् ।  उनी विभिन्न मध्यस्थ भएका घटना सम्झन्छन् र मध्यस्थकर्ताले एउटाको शत्रु हुनैपर्ने ज्ञान आर्जन गर्छन् ।  आफ्नै पोष्यपुत्रमाथि पनि कृष्य रायलाई भरोसा हुँदैन ।  घटनाको जाँच हुँदा पुलिसको इन्स्पेक्टरले कसैमाथि शङ्का छ कि भनी सोध्दा उनी गम्भीर भएर क्रमशः सबैको नाम लिन्छन् ।

 

काम बिगारेको भनी गाली गरेको रामे नोकर, हिसाब गोलमाल पार्ने बलभद्र, नोकरी खोज्दै आएको युवक सबैलाई उनी शङ्का गर्छन् ।  उनी विभिन्न मध्यस्थ भएका घटना सम्झन्छन् र मध्यस्थकर्ताले एउटाको शत्रु हुनैपर्ने ज्ञान आर्जन गर्छन् ।  आफ्नै पोष्यपुत्रमाथि पनि कृष्य रायलाई भरोसा हुँदैन ।  घटनाको जाँच हुँदा पुलिसको इन्स्पेक्टरले कसैमाथि शङ्का छ कि भनी सोध्दा उनी गम्भीर भएर क्रमशः सबैको नाम लिन्छन् ।

 

 

१६. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) प्रश्नहरू

 

(अ) नेपाली कलालाई कति भागमा वर्गीकरण गरिएको छ ?

= नेपाली कलालाई वास्तुकला, चित्रकला मूर्तिकला र काष्ठकला गरी चार भागमा वर्गीकरण गरिएको छ ।  

 

(आ) कस्ता चित्रलाई ग्रन्थचित्र भनिन्छ ?

= हस्तलिखित ग्रन्थमा लेखिएका विषयसँग सम्बन्धित चित्रलाई ग्रन्थचित्र भनिन्छ ।  

 

(इ) पौभाचित्र भनेको कस्तो चित्र हो ?

= पौभाचित्र भनेको विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्र हो ।  

 

(ई) मूर्तिकलाको विकास कहिलेबाट सुरु भएको पाइन्छ ?

= मूर्तिकलाको विकास लिच्छवीकालबाट सुरु भएको पाइन्छ ।

 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

 

(अ) माथिको अनुच्छेदमा रहेको नेपाली मूर्तिकलाको विकास लिच्छविकालदेखि सुरु भएको पाइन्छ । वाक्यलाई सम्भावनार्थमा परिवर्तन गर्नुहोस् ।

= प्रश्नको वाक्यलाई सम्भावनार्थमा बदल्दा : नेपाली मूर्तिकलाको विकास लिच्छवीकालदेखि सुरु भएको पाइएला ।  

 

(आ) माथिको अनुच्छेदमा रहेको विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनिन्छ । वाक्यलाई इच्छार्थमा परिवर्तन गर्नुहोस् ।

= प्रश्नको वाक्यलाई इच्छार्थमा बदल्दा विशेष प्रविधिका साथ कपडामा बनाइएको चित्रलाई पौभाचित्र भनियोस् ।  

 

(इ) छापाखाना को आविष्कार हुनु भन्दा पहिले आफू लाई आवश्यकपर्ने पुस्तक र ग्रन्थ हाते ले लेखेर तयारपार्ने गरिन्थ्यो । वाक्यलाई पदयोग पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस् ।

= छापाखानाको आविष्कार हुनुभन्दा पहिले आफूलाई आवश्यक पर्ने पुस्तक र ग्रन्थ हातैले लेखेर तयार पार्ने गरिन्थ्यो ।

 

………………………………………………………………………………………………………..

पाठ ८ : नेपाली हाम्रो श्रम र सिप कविता

 

पाठ्य कविता यस्तो छ :

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ 

नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ 

यसैले आऊ नेपाललाई बलियो बनाऊँ 

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ

 

नेपाल भोको रहन्छ सितो एउटैले नखाए 

नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए 

यसैले आऊ खाना र नाना सबैलाई पुऱ्याऊँ 

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ

 

पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथे

 तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँथेँ 

के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए 

सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।

 

यो कस्तो देश सृष्टिकै वेला विज्ञान पाएको 

देवता ऋषि मनुष्य मिली वेदान्त गाएको 

मुन्धुम महान् धम्मपद महान् सम्पदा महान् 

विश्वमै छैन धरती महान् यो देश समान ।

 

पूर्वले दियो विश्वकै लागि रहस्य विशाल 

अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल

 ऋषिले सुने रहस्य यहीँ ब्युझेर सखार 

हे धन्य पुर्खा प्रकाशपुञ्ज वन्दना हजार ।

 

नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी 

आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी 

आशिष देऊ एकै र फेरि पसिना बगाऊँ 

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

 

नेपाली हाम्रो श्रम र सिप कविताको  कवि परिचय

नाम :  मुकुन्दशरण उपाध्याय

जन्म: वि.सं १९९७ साल बैशाख ५ गते, हेम्जा, कास्की

माता : केशरकुमारी उपाध्याय

 पिता: पं. दशरथ उपाध्याय  

शिक्षा: साहित्याचार्य, एम. ए. नेपाली

पेसा : शिक्षण (प्राध्यापन)

प्रकाशित कृतिहरू: वरदान (उपन्यास, २०१७) , प्राकृत पोखरा (खण्डकाव्य, २०२१), महाभारत सूक्ति (सूक्तिहरू, २०३०), धर्ती र आकाश ( कविता सङ्ग्रह, २०३४), शैलसरिता (कविता सङ्ग्रह, २०३४), झगडाको ओखती बालकथा सङ्ग्रह तथा अन्य भाषा र व्याकरण सम्बन्धी अन्य थुप्रै कृतिहरू प्रकाशित भएको पाइन्छ ।

प्रवृत्ति र विशेषताहरूः

प्रकृतिको चित्रण,

देशप्रेमको भाव सम्प्रेषण,

मौलिक भाषा, संस्कृति, कला र परम्पराप्रति उच्च सम्मानको भाव व्यक्त,

मानसम्मान तथा पुरस्कारहरू:  प्राकृत पोखराका लागि मदन पुरस्कार २०२९, निम्बार्क चरितम्का लागि अखिल भारतीय संस्कृत पुरस्कार वि. सं. २०१७, वि.सं. २०३४ मा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम, वि.सं. २०४७ मा गुणराज पुरस्कार

 

 

नेपाली हाम्रो श्रम र सिप कविताको मूल भाव / आशय

 

 नेपाली हाम्रो श्रम र सिप लोकछन्द (झ्याउरे लय) मा लेखिएको देशप्रेम र मौलिक कला, भाषा, संस्कृतिको वर्णन गरिएको उत्कृष्ठ कविता हो  ।  यस कविताका रचनाकार मुकुन्दशरण उपाध्याय हुन् ।  उनको जन्म विसं 1997  साल वैशाखमा कास्की जिल्लामा भएको थियो ।  यस कवितामा कविले विशेष गरी नेपाली भाषा र संस्कृतिको महिमा गाउँदै नेपालको विकास गर्न युवाहरूले आफ्नो सिप र श्रम नेपालमै खर्च गर्नुपर्छ अनि मात्र नेपाल समृद्ध बन्न सक्छ भन्ने आशय वर्णन गरेका छन् ।  हाम्रो देश परापूर्वकालदेखि नै विशिष्ट महत्व बोकेको देस भनेर  पनि चिनाइएको छ   पूर्वीय संस्कृति ,प्रेम झल्किएको, परिश्रमलगनशीलताले राष्ट्रलाई सजाउनु पर्ने सन्देश दिइएको   ।  

 

 

 नेपाल कसैको अधिनमा नरहेको, देवता ऋषिहरूले तपस्या गरेको, पवित्र तपोभूमि र  सगरमाथाको देश भनेर वर्णन गरिएको छ ।  नेपालीहरूको गौरवगाथा लाई पनि चर्चा गरिएको छ ।  यहाँ धार्मिक ,सांस्कृतिक विविधता भएर पनि एकआपसमा सहिष्णुताका साथ बसेको कुराले झन् देशको इज्जत बढेको छ ।  कविले यस कवितामामार्फत राष्ट्रियताको भावना जगाउँदै सबै नेपाली दाजुभाइ एकजुट भएर अगाडि बढ्न अनुरोध गरिएको छ  ।  आपसमा हातेमालो गर्दै  सबै मिलेर होस्टेमा हैंसे गरेर आफ्नो  श्रम र पसिना नेपाली माटामा पोख्ने हो भने नेपालको प्रगति, उन्नती असम्भव छैन ।    अब विदेशमा बग्ने श्रम र सिप  नेपाली माटोमा बगाउनुपर्छ ।   हामीले श्रम र सिप मार्फत नेपाल आमाको दिव्य आभा जगाउनु छ ।  हाम्रा सारा आलस्य ,निद्रा र हीनता भाव भगाउनु छ ।    देशलाई समृद्धितर्फ लैजानु छ भनेर वर्णन गरेका छन् ।  आफ्नो श्रम र सिप बेचेर कतार, दुबई, मलेसिया आदि निर्माण गर्ने नेपालीहरूले नेपाललाई बलियो बनाउने मार्गमा लाग्नुपर्छ नेपाललाई बचाएमात्र हाम्रा गौरव भाषा, कला, संस्कृति र साहित्य आदि बाँच्छ ।  

 

हाम्रै माटोमा मुन्धुम र धम्मपद जस्ता अलौकिक ग्रन्थको रचना र विकास भएको हो ।  आदिकालदेखि नै ज्ञान र विज्ञानले सिञ्चित ऋषिमुनि तपस्वीहरूले वेदान्त गाएको, मुन्धुम र धम्मपदले फुल्ने र फक्रने अवसर पाएको यो जस्तो महान् र पवित्र धर्ती संसारमा कहीँ कतै छैन  हाम्रो देश भौगोलिक हिसाबले विविधतायुक्त रहेको छ ।  हरेक क्षेत्रको भिन्नाभिन्नै महत्व छ । पहाडले नेपाली पसिना र श्रम पाएमा स्वर्ग भुलाउन सक्छ ।  तराईले सिचाई पाएमा अन्नको दाना  फलाई  जीवनको पाना भर्न सक्छ ।  नेपालीहरू सदियौंदेखि श्रम र सिपमा  बाँचेका छन् ।  माटोसँग खेलेर हासेका छन ।  नेपाल  बाचे नेपाली  बाच्ने छौं र हाम्रो गौरवको इतिहास पनि बाच्ने छ ।  एकजना भोको र नाङ्गो भए  देश नै भोको र नाङ्गो हुन्छ ।  खाना र नाना सबैलाई मिले मात्र यहाँ श्रम र सिपको दाना लाग्छ ।  सबै नेपालीलाई खाना र नाना पुऱ्याउन सबैको श्रम र सिप नेपाली माटामा फुल्नु पर्दछ   हाम्रो देशमा सुन फल्ने र स्वर्ग  भुलाउन सक्ने प्रशस्त ठाउँहरू छन् ।  आलस्य गरेर आफ्नो महत्वपूर्ण समय बर्बाद गर्नुभन्दा देश विकासको लागि खर्चेर खर्चन एकजुट हुनुपर्छ ।  हाम्रो श्रम र सिप हाम्रै देशको विकासका लागि खर्च गर्नुपर्छ ।  आत्मनिर्भर हुँदै नेपालको नाम विश्वमै चिनाउनु पर्छ भन्ने आशय व्यक्त गरिएको छ ।   

 

 कवितामा नेपालको अपूर्व प्राकृतिक, भौगोलिक र सांस्कृतिक शक्तिलाई सदुपयोग गर्न सुझाइएको छ ।  विदेशीहरूको हाम्रो देश बनाउन आउँदैनन् ।  यो देश हामी आफैले बनाउनुपर्छ ।   यस्तो महान कार्यमा आज देखि नै सुरु गर्नुपर्छ ।   अनेकतामा एकता कायम गर्दै हाम्रो श्रम र सिपलाई उपयोग गरी हाम्रो माटोलाई फुलाउनुपर्छ फुलाउनुपर्छ ।   यस धर्तीकै सुन्दर र समृद्ध मुलुक बनाउनुपर्छ भन्ने सन्देश यस कवितामा व्यक्त गरिएको छ ।  अत: सम्पूर्ण नेपालीले आफ्नो श्रम र सिपको प्रयोग गरेर हाम्रा पुर्खाको गौरव, नेपाल, नेपाली भाषा, कला, साहित्य र संस्कृति संरक्षण गर्दै आफ्नो पहिचान बचाउने बाटोमा सक्रय भएर लाग्नुपर्ने सन्देश कविता सम्प्रेषण गरिएको छ

 

कविताको शीर्षकको व्याख्या  : 

झ्याउरे छन्द  प्रयोग गरी लेखिएको यस गीती कविताको शीर्षक नेपाली हाम्रो श्रम र सिपपदावली युक्त रहेको  छ ।  कवितामा नेपालीको श्रम र सिपलाई नेपालको विकास, समृद्धि तथा समुन्नतिका लागि प्रयोग गरेर आफ्नो पुर्खाको गौरव संरक्षण गर्ने महान् कार्यमा लाग्न आह्वान गरिएको छ ।  नेपालसँग नेपालीको इज्जत जोडिएको, अथाह सम्भावना रहेको, वैदिक सभ्यताको उद्गमस्थलका रूपमा रहेको चर्चा गरिएको छ ।  अतः कविताको शीर्षक, विषयवस्तु र मुलभाव बिच त्रिकोणात्मक सम्बन्ध स्थापित भएकाले कविताको शीर्षक सार्थक रहेको छ ।

 

 

 

कविताका प्रत्येक हराफहरूको व्याख्या : 

 

 नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ 

नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ 

यसैले आऊ नेपाललाई बलियो बनाऊँ 

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ

 

भावार्थ बोध:

नेपालको अस्तित्व रहेमा मात्र  हामी नेपालीको गौरव, भाषा, संस्कृति, कला र साहित्य जीवित रहने भएकाले सम्पूर्ण नेपाली एकताबद्ध भई हाम्रो श्रम र सिप लगाएर नेपाललाई बलियो।  सुसम्पन्न बनाउनेतर्फ लाग्नुपर्छ ।  

 

नेपाल भोको रहन्छ सितो एउटैले नखाए 

नेपाल नाङ्गो रहन्छ टालो एउटैले नलाए 

यसैले आऊ खाना र नाना सबैलाई पुऱ्याऊँ 

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ

भावार्थ:

एउटा मात्र नेपाली भोको र नाङ्गो रहेमा सिङगो नेपाल भोकै र नाङ्गै रहने भएकाले सबैलाई खाना र नानाको समस्यामुक्त बनाउन हामी सबैले हाम्रो श्रम र सिप लगाउनु पर्छ ।  सबै नेपालीको समस्यालाई आफ्नै समस्या मानेर अगाडि बढ्नु पर्ने विचार व्यक्त गरिएको छ ।  

 

पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथे

 तराई भन्छ सिँचाइ पाए म सुन झुलाउँथेँ 

के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए 

सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए ।

 

भावार्थ:

पसिनाले सिञ्चन सके पहाडले स्वर्ग बिर्साउन सक्छ भने सिँचाइ सुविधा बिस्तार गर्न सके तराईले सुन फलाउन सक्छ ।  सबैले होस्टेमा हैंसे गर्ने हो भने असम्भव केही छैन ।  पहाड र तराईको यो अनुपम संयोजनको महत्त्व बुझेर हामीले आफ्नो श्रम र सिप लगाउन पर्छ ।  

 

यो कस्तो देश सृष्टिकै वेला विज्ञान पाएको 

देवता ऋषि मनुष्य मिली वेदान्त गाएको 

मुन्धुम महान् धम्मपद महान् सम्पदा महान् 

विश्वमै छैन धरती महान् यो देश समान ।

 

भावार्थ:

सृष्टिको आदिकालदेखि नै ज्ञान र विज्ञानको विकास भएको, वेदमा आधारित सभ्यता मौलाएको, वेद, किराँती तथा बौद्ध संस्कृतिको अनुपम संयोजन रहेको नेपाल जस्तो महान् धर्ती विश्वमा नै पाउन सकिँदैन ।

 

पूर्वले दियो विश्वकै लागि रहस्य विशाल 

अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल

 ऋषिले सुने रहस्य यहीँ ब्युझेर सखार 

हे धन्य पुर्खा प्रकाशपुञ्ज वन्दना हजार ।

 

भावार्थ:

पूर्वीय वैदिक सभ्यताले संसारका लागि विशाल रहस्यमय तथ्य अगाडि सारेको छ भने सर्वोच्च शिखर सगरमाथा लगायत हिमालहरू नेपालका मुकुटका रूपमा रहेका छन् ।  हाम्रो देश थुप्रै ऋषिमुनीहरूको ज्ञान र साधना भूमि हो ।  आध्यात्मिक नैतिक प्रकाश छरेर संसार  उज्यालो पार्ने पुर्खा बन्दना गर्न लायक छन् ।  

 

नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी 

आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी 

आशिष देऊ एकै र फेरि पसिना बगाऊँ 

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

 

भावार्थ बोध:

 

आलस्य, निद्रा, हीनता ( कमजोर छौं भन्ने भावना) आदि भाव हटाएर नेपाल आमाको दिव्य आभा (चहक) जगाउने कार्यमा लाग्न क्रियाशील हुनुपर्छ ।  उपाय खोजी गर्नुपर्छ ।  श्रमको आरती गर्ने, पसिनाको पूजा गर्ने आशिष माग्दै हाम्रो श्रम र सिपले यो देशलाई सुन्दर र समृद्ध बनाउने कार्यमा सम्पूर्ण नेपालीहरू लागि पर्नु पर्ने भाव  कवितामा वक्त भएको पाइन्छ । 

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).