You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Com. Nepali Class 10 Note
Login

Curriculum

Com. Nepali Class 10 Note

अनिवार्य नेपाली १०

0/17
Text lesson

पाठ ८. नेपाली हाम्रो श्रम र सिप (कविता)

 

शब्दभण्डार

१. दिइएका शब्दको अर्थ लेख्नुहोस् :

कला – कुनै काम राम्रोसँग गर्ने सिप

श्रम – कुनै कामका निम्तिको मानवीय चेष्टा

सितो – पाकेको चामलको दानो

आलस्य – काम गर्ने जाँगर नभएको अवस्था

रहस्य – भित्री आशय

सम्पदा – प्राकृतिक देन

चोखो – शुद्ध, पवित्र

स्वर्ग – सुन्दर ठाउँ

 

२. नेपाली हाम्रो श्रम र सिपकविताबाट पाँच जोडी लय मिल्दा शब्द पहिचान गरी लेख्नुहोस् ।

बाँच्ने छ: साँच्ने छ

नखाए : नलाए

गाएको : पाएको

सखार : हजार

बगाऊँ : लगाऊँ ।

 

३. दिइएको अनुच्छेदबाट समान संरचनायुक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस् : 

हाम्रो विद्यालयका १० कक्षाका सारा विद्यार्थी बस चढेर बारा घुम्न हिँड्यौं ।  वर्षायाम थियो ।  वेगसँग मेघ गर्यो ।  रातो माटो र चिप्लो बाटो थियो ।  बाटामा बस गुड्डु गुड्दै थियो ।  पानी दरर दकँदै थियो ।  बरर असिना बर्सदै थियो ।  हाम्रो बस टक्क अडियो ।  बसबाट सट्ट झरियो ।  हामीले कुन ठाउँ हो भन्ने भेउ नपाए पनि एउटा होटलको छेउमा बस रोकिएको रहेछ ।  हामी गएपछि होटल खचाखच भयो ।  केहीलाई होटलका बुढामान्छेले मुढा दिए ।  हामी मुढामा बस्यौ।

उत्तर : गुड्डु, दरर, बरर, टक्क, सट्ट, खचाखच 

अर्थ : सबै अनुकरणात्मक शब्द ।

 

४. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : 

स्वदेश: विदेशमा गएर गएर सुख पाउनु भन्दा स्वदेशमै दु:ख गर्नु बेस ।

पसिना : हामीले आफ्नै देशमा पसिना बगाउनु पर्छ ।

सिप : हातमा सिप छ भने जुन काम गरेर भएपनि पेट पाल्न सकिन्छ ।

पुर्खा : पुर्खाको कारणले नै आज हामी शिर ठाडो पारेर हिड्न सकेका छौँ ।  

भाषा : म नेपाली भाषालाई सम्मान गर्छु ।  

सितो : दुःखले आर्जेको अन्नको सितो फाल्नु हुँदैन ।

विज्ञान : विज्ञानको युगमा असम्भव भन्ने केही छैन ।

 

५. तपाईंको समाजमा प्रचलित चाडपर्वसँग सम्बन्धित छओटा शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस् ।

टीका: हामी आफूभन्दा ठुलाको हातबाट दशैंमा टीका लगाउँछौँ ।

व्रत : कहिलेकाही व्रत बस्नु स्वास्थको हिसाबले राम्रो मानिन्छ ।  

होली : होली रङहरूको चाड हुनाले मलाई मन पर्छ ।  

जमरा : दशैंमा टीका लगाएपछि कान र शिरमा जमरा लगाउने चलन छ ।

कथा : नेपालका चर्चित हास्यकलाकारहरूभन्ने किताबमा नेपाली हास्यव्यङ्ग्य कलाकारको जीवनकथा समेटिएको छ ।

 

 

 

बोध र अभिव्यक्ति

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

 

(क) नेपाली हाम्रो श्रम र सिप कविताको अन्तिम श्लोक वाचन गर्नुहोस् र उक्त श्लोकका हरेक पङ्क्तिमा कति कति ओटा शब्द छन्, भन्नुहोस् ।

उत्तर : छ /छ ओटा

 

(ख) उक्त श्लोकका हरफहरूको अन्त्यमा समान ध्वनि भएका दुई जोडी शब्द भन्नुहोस् ।  

उत्तर : बाँच्ने छ : साँच्ने छ, बनाऊँ : लगाऊँ

 

(ग) आशिष् दिने प्रसङ्ग कविताको कुन श्लोकको कुन पङ्क्तिमा आएको छ ?

उत्तर : अन्तिम श्लोकको तेस्रो पङ्क्तिमा

 

(घ) नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँभन्ने पङ्क्ति कवितामा कतिपटक पुनरावृत्ति भएको छ ?

उत्तर : तीनपटक

 

 

४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

 

प्रश्नहरू :

(क) पहाडले पसिना खोजको आशय खुलाउनुहोस् ।

उत्तरः पहाडले पसिना खोज्नुको आशय आफूलाई अत्यन्त रमणीय स्थान बनाउन हो ।  

 

(ख) तराईलाई सिँचाइ किन चाहिएको हो ?

उत्तर: तराईलाई सिँचाइ धेरै धान फलाउनलाई चाहिएको हो ।  

 

(ग) होस्टेमा हैंसे गर्दा देशलाई कस्तो फाइदा पुग्छ ?

उत्तरः होस्टेमा हैंसे गर्दा देशका सबै समस्याहरू समाधान गर्न सजिलो हुन्छ ।  

 

(घ) श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छभन्ने भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तरः देशको विकास गर्नु छ भने हामीसित भएको क्षमताको प्रयोग स्वदेशमै गर्नुपर्छ ।

 

 

५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

(क) नेपाली धर्ती विश्वमै महान् छ भन्ने भनाइलाई कविताका आधारमा वर्णन गर्नुहोस् ।  

 

उत्तर : नेपाली हाम्रो श्रम र सिपकवितामा नेपाली धर्तीको महत्त्वलाई प्रस्तुत गरिएको छ ।  नेपाली धर्ती भौगोलिक रुपमा विविधतामय छ ।  हिमाल, पहाड र तराई भागमा विभाजित यस धर्तीमा विभिन्न सम्भावनाहरू रहेका छन् ।  हिमाली भाग हिउँको सौन्दर्य तथा जडीबुटी उत्पादनका दृष्टिले महत्वपूर्ण छ ।  पहाडी भूभाग तरकारी खेती, फलफूल उत्पादन तथा पशुपालनका लागि महत्वपूर्ण छ ।  त्यस्तै तराई भूभाग खाद्यान्न उत्पादनका दृष्टिले महत्वपूर्ण रहेको छ ।  यो हाम्रा पुर्खाको पौरखले निर्माण भएको भूमि हो।  प्राचीन समयमा ऋषिहरूको तपोभूमिका रुपमा रहेको यो धर्ती सांस्कृतिक दृष्टिकोणले पनि निकै महत्वपूर्ण रहेको छ ।  पूर्वीय सभ्यताको विकास पनि यही भूमिबाट भएको मानिन्छ।  तसर्थ सबैले होस्टेमा हैँसे मिलाएर हाम्रो श्रम र सीप यही देशमा लगाउन सके यो देश अझै सुन्दर र समृद्ध बन्ने छ भन्ने भाव कवितामा प्रस्तुत भएको छ ।

 

(ख) कवितामा धार्मिक विविधतालाई कविले कसरी चिनाएका छन् ?

 

उत्तर: नेपाली हाम्रो श्रम र सिपभन्ने कविता कवि मुकुन्दशरण उपाध्यायद्वारा भयाउरे छन्दमा लेखिएको लेखिएको राष्ट्रिय भावनाले भरिएको कविता हो ।  यस कवितामा नेपालको वास्तविकतालाई उजागर गरिएको छ ।  हामी नेपाली भनेर चिनिनलाई नेपाल देश रहनुपर्छ भनेर कवितामा देशप्रेम झल्काइएको छ ।  नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नु पर्दछ भन्ने मूल सन्देश कवितामा दिइएका छ ।  कविताभित्र नेपलमा प्रचलित धार्मिक विविधताको पनि उल्लेख गएिको छ ।

 

नेपालमा धार्मिक विविधता रहेको करा कवितामा उल्लेख गरिएको छ ।  यहाँ वेदको कुरा गरिएको छ ।  देवता ऋषि मनुष्य मिलेर वेदान्त गाउने कुरा उल्लेख गरिएको छ ।  वेद हिन्दु धर्मको प्रमुख धार्मिक ग्रन्थ मध्यको एक हो ।  त्यस्तै कवितामा मुन्धुमको पनि उल्लेख पाइन्छ जुन किरात समुदायको प्रमुख धार्मिक कृति हो ।  कवितामा उल्लेखित धम्मपद बौद्ध दर्शनसँग सम्बन्धित छ ।

 

यसरी कवितामा हिन्दू, बौद्ध, किराँत धर्मका प्रमुख धार्मिक ग्रन्थहरूको उल्लेख गरेर तिनीहरूको महानता उल्लेख गरेर नेपालमा धार्मिक विविधतालाई चिनाएका छन् ।

 

(ग) कविताको दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस् ।

 

उत्तरः राष्ट्रिय भावना बोकेको नेपाली हाम्रो श्रम र सिपभन्ने कविता झ्याउरे छन्दमा लेखिएको छ ।  यस कविताका रचनाकार श्री मुकुन्दशरण उपाध्याय हुनुहुन्छ ।  नेपालको वास्तविकतालाई कविताको माध्यमबाट उजागर गरिएको छ ।  कवितामा हामी नेपाली बाँच्नलाई नेपाल नै बाँच्नु पर्छ भन्ने कुरामा विशेष जोड दिइएको छ ।  नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै लगाउनु पर्ने कुरालाई विशेष ख्याल गरिएको छ ।  यस कविताको दोस्रो श्लोकमा नेपालीहरूलाई गाँस र बासको व्यावस्था गर्नुपर्ने कुरा गरिएको छ ।  एक जना नेपालीले खान नपाउनु भनेको सम्पूर्ण नेपालीले खान नपाए समान हो ।  एक जना नेपालीले लुगा लाउन नपाउनु भनेको पनि सम्पूर्ण नेपालीले लाउन नपाउनु जस्तै हो ।  त्यसैले हामी सबै जुटेर खाना नहुनेलाई खाना र नाना नहुने लाई नाना दिन तयार हुनुपर्छ भन्ने कुराको वर्णन पाइन्छ ।  हामी नेपालीहरूले हाम्रा वरिपरि रहेका गरिब दुःखी दाजुभाइ दिदीबहिनीलाई सकेसम्म सहयोग गर्नुपर्छ ।

 

(घ) नेपाली हाम्रो श्रम र सीप कविताको मूल भाव के हो ?

उतर: नेपाली हाम्रो श्रम र सिपकविता मुकुन्दशरण उपाध्याय (वि सं १९९७ -) द्वारा लेखिएको कविता हो ।  नेपाली धरतीको महत्त्व प्रस्तुत गरिएको यस कवितामा राष्ट्रप्रेमको भाव अभिव्यक्त भएको छ ।

 

हाम्रो देश नेपाल परापूर्व कालदेखि नै महत्व बोकेको देश हो ।  हाम्रा पुर्खाको रगत र पसिनाले निर्माण भएको यो देश प्राकृतिक सुन्दरताले भरिएको छ ।  यस देशको भाषा, कला, सँस्कृति, साहित्य यस देशको पहिचानलाई बढाउने अमूल्य सम्पदाको रुपमा रहेका छन् ।  भौगोलिक रुपमा हिमाल, पहाड र तराई क्षेत्रमा विभाजित यस देशका प्रत्येक क्षेत्रले विभिन्न सम्भावना बोकेका छन् ।  धार्मिक विविधता भएर पनि एक आपसमा सहिष्णुता हुनुले यस देशको गौरवलाई बढाएको छ ।  सभ्यताको विकासका दृष्टिले समेत यो धरती महत्त्वपूर्ण रहेको छ ।  यस देशको निर्माण गर्ने दायित्व हाम्रै हो तसर्थ आलस्य, निद्रा र हीनताजस्ता भाव हटाएर एकजुट भई अगाडि बढ्नुपर्छ र सबैले सहजसँग खान र लाउन पाउने अवस्था सिर्जना गर्नुपर्छ ।

 

अत: झ्याउरे लयमा रचिएको यस कविताले सबै नेपालीलाई स्वदेशमै रहेर आफ्नो श्रम र सिप देशको उन्नतिका लागि उपयोग गर्नुपर्ने राष्ट्रप्रेमको भाव व्यक्त गर्न सफल भएको छ ।

 

 

७. दिइएका कविताका पतिलाई व्याकरणिक क्रम मिलाएर लेख्नुहोस् ।  

 

(क) पूर्वले दियो विश्वकै लागि रहस्य विशाल 

उत्तर: विश्वकै लागि रहस्य विशाल पूर्वले दियो ।

 

(ख) विश्वमै छैन धरती महान् यो देश समान 

उत्तरः यो देश समान महान धरती विश्वमै छैन ।

 

(ग) नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी 

उत्तरः नेपाल आमा यो दिव्य आभा कसरीजगाऊँ

 

(घ) आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी 

उत्तरः आलस्य निद्रा हीनता सारा कसरी भगाऊँ

 

 

८. भाव विस्तार गर्नुहोस् :

 

(क) नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ ।

 

उत्तरः नेपाल…… साँच्ने छ ।

माथिका हरफहरूकक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ आठ समावेश गरिएको कवि मुकुन्दशरण उपाध्यायद्वारा रचित नेपाली हाम्रो श्रम र सिपभन्ने कविताबाट लिइएको हो ।  राष्ट्रप्रेमी कविले भ्याउरे छन्दमा लेखिएको यस कवितामा हामी नेपाली बाँलाई नेपाल नै बाँचु पर्छ ।  नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नु पर्दछ भन्ने प्रसङ्ग बुझाउन माथिको कवितांश आएको हो ।

 

माथिका हरफमा नेपाललाई हामीले बचाउनु पर्छ भनिएको छ ।  बचाउनु भनेको देशको अस्तित्व विश्वमा चिनाउनु हो ।  त्यसको लागि हामी आफैं अग्रसर हुनुपर्छ हामीसित भएको क्षमताको उपयोग गर्नुपर्छ ।  हाम्रो भाषा, संस्कृति, कला, साहित्यलाई विस्तार गर्नुपर्दछ ।  देशमा कसैले पनि भोकै र नाङ्गै बस्नु पर्ने स्थितिको अन्त्य गर्नुपर्छ ।  पहाडमा हाम्रो श्रम खर्चिनसके यो स्वर्गजस्तै सुन्दर बन्छ भने सिचाइको अभावले बाँझो रहेका तराइका फाटहरूमा सिंचाइ पुऱ्याउन सके अन्नको भण्डार खडा गर्न सकिने छ ।  यस देशको उत्पत्तिकालमा नै विज्ञानको विकास भएको थियो ।  यहाँका वेद मुन्धुम, धम्मपद सवै महान दर्शन हुन् जुन विश्वविख्यात छन् ।  विश्वको सर्वोच्च शीखर सगरमाथा पनि यहाँ छ ।

 

माथिका हरफमा कविले जसरी पनि नेपाललाई विश्वसामू चिनाएर बचाउनु पर्छ ।  नेपाललाई बचाउन सकियो भने मात्र नेपालमा प्रचलित भाषा, संस्कृति, कला, साहित्य आदिलाई बचाउन सकिन्छ भन्ने विचार प्रस्तुत गरेका छन् ।

 

(ख) आशिष देऊ एकै र फेरि पसिना बगाऊँ नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

 

उत्तरः माथिका हरफहरूकक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ आठ अन्तर्गत समाविष्ट कवि मुकुन्दशरण उपाध्यायद्वारा रचित नेपाली हाम्रो श्रम र सिपभन्ने कविताबाट लिइएको हो ।  राष्ट्रप्रेमी कविले नेपाल आमासँग आफू सच्चा नेपाली भएर बाँच्न सकूँ भनेर आशिष माग्ने प्रसङ्गमा माथिको पद्यांश आएको हो ।  झ्याउरे छन्दमा लेखिएको यस कविताले हामी नेपाली बाँच्न लाई नेपाल नै बाँच्नु पर्छ ।  नेपाललाई बचाउन आफ्नो श्रम र सिप स्वदेशमै खर्च गर्नु पर्दछ भन्ने आशय राखेका छन् ।

 

माथिका पतिमा कविले नेपाल आमासँग आफ्ना सबै कमी कमजोरीहरू हटाएर जन्म भूमिका निम्ति आफ्नो सम्पूर्ण उर्जा खर्च गर्न सकूँ।  जति पसिना बगाउनु पर्छ नेपालमा नै बगाउन पाऊँ ।  आफ्नो श्रम र सिप विदेशी भूमिमा खर्च गरेर त्यस देशको उन्नतिमा योगदान दिन नपयोस् ।  विश्वमा महान पहिचान बनाउन सफल यस देशको उत्पत्तिकालमा नै विज्ञानको विकास भएको थियो ।  यहाँका वेद मुन्धुम, धम्मपद सबै महान दर्शन हुन् जुन विश्वविख्यात छन् ।  जसको म आफ्नो क्षमताले भ्वाईएसम्म उपयोग गरेर देशको उत्थानमा योगदान गर्नसकुँ भन्ने आषिश देऊ भनेर पुकार गरिएको छ ।  कविले उपर्युक्त हरफमा एकै पटक भए पनि आषिश देऊ आमा म मेरो सम्पूर्ण श्रम र सिप मेरै देशमा खर्च गरेर देशलाई बचाउन योगदान गर्न पाऊँ भन्ने आग्रह नेपाल आमासँग गरेका छन् ।

 

 

९. श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ, कविताका आधारमा समीक्षा गर्नुहोस् ।

 

उत्तर: कवि मुकुन्दशरण उपाध्यायद्वारा नेपाली हाम्रो श्रम र सिप भयाउरे छन्दमा लेखिएको राष्ट्रिय भावनामा डुबेको कविता हो ।  यस कवितामा नेपालको वर्तमान अवस्थाको यथार्थता उजागर गरिएको छ ।  यस कविताले हामी नेपाली बाँच्न लाई नेपाल नै बाच्न पर्छ ।  कविताले नेपाललाई बचाउन आफ्नो श्रम र सिष स्वदेशमै खर्च गर्नु पर्दछ भन्ने मूल सन्देश बोकेको छ ।  प्रत्येक व्यक्तिसँग कुनै कुनै क्षमता हुन्छ ।  कसैसित अत्यन्त प्रखर दिमाख हुन्छ भने कसैसित धेरै शारीरिक तागत हुन्छ ।  कोही सामान्य हुन्छन् ।  प्रखर दिमाखको बुद्धिलाई तागत्वर शरीर सम्म पठाउन सकियो भने धेरै काम बन्न सक्छ ।  नेपालमा अहिले पहाडी क्षेत्रका जग्गाहरू बाँझा बसिरहेका छन् ।  तिनको उपयोग गर्न सकेर हावापानी सुहाउँदो खेती गर्ने हो भने नेपाललाई कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्छ ।  पहाडमा भएको प्रकृतिसँग रमाउने वातावरण बनाउनलाई हाम्रो श्रम र सिप खर्च गर्न सक्यो भने हामी प्रसस्त पर्यटक भित्र्याउन सक्छौं ।  तराइका सबै ठाउँमा सिंचाइको व्यवस्था मिलाउन र खेती गर्नमा आफ्नो योगदान दिन सक्यौं भने कृषि क्षेत्रमा पूर्ण आत्मनिर्भर हुन सक्छौं ।  हामीले हामीसित भएका प्रत्येक सिपलाई आफूअनुकूल हुने गरी खर्च गर्न सकिन्छ ।  पढ्न सिपालुले नीति निर्माण र योजनाहरू बनाउनमा श्रम लगाउन सकिन्छ भने शारीरिक रूपमा बलियो र समान्यले बनेका योजनालाई मूर्त रूप दिनमा खर्च गर्न सकिन्छ ।

 

 

११. कविताका सुरुका चार पक्तिबाट कुनै दुई ओटा बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस् ।

 

प्रश्नहरू :

(क) नेपालीहरूको गौरव कसरी बाँच्ने छ ?

उत्तर: नेपाल बांचे नेपालीहरूको गौरव बाच्ने छ ।

 

(ख) हाम्रो श्रम र सिप किन स्वदेश मै लगाउनुपर्छ ।

उत्तर: हाम्रो श्रम र सिप देश बलियो बनाउन स्वदेशमै लगाउनुपर्छ ।

 

 

१२. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

 

प्रश्नहरू

(अ) बिमा भनेको के हो ?

उत्तरः अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्ने माध्यम नै विमा हो ।

 

(आ) बिमालाई एक प्रकारको सम्झौता मानिनुको कारण लेख्नुहोस् ।

उत्तर: बिमकलाई आकस्मिकसङ्कट आइपरेमा एक निश्चित रकम वाक्षतिपूर्ति दिने भनी विमकले सम्झौता गर्ने भएकाले बिमालाई एक प्रकारको सम्झौता मानिएको हो ।

 

(इ) सामाजिक बिमाअन्तर्गत के के पर्छन् ?

उत्तरः सामाजिक बिमाअन्तर्गत वृद्धावस्था, आश्रित तथा अशक्तता बिमा, स्वास्थ्य बिमा, ‘बेराजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अस्थायी अशक्तता बिमा आदि पर्छन् ।

 

(ई) बिमाबाट के के फाइदा हुन्छ ?

उत्तर: बिमाले हानि वा नोक्सानिको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानीयोग्य कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा पुयाउँछ ।

 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) अनुच्छेदबाट एक एक ओटा उद्देश्य र विधेय विस्तारक वाक्य पहिचान गर्नुहोस् ।

उत्तरः 

उद्देश्य विस्तार : अन्य सरकारी बिमाअन्तर्गत उपदान समाप्ति बिमा, सङ्घीय बाढी पहिरो बिमा, सङ्घीय बाली बिमालगायतका थुप्रै कार्यक्रम पर्छन् ।

 

विधेय विस्तार: बिमालाई जोखिम हस्तान्तरण गर्ने उपायका रूपमा लिइन्छ ।

 

(आ) अनुच्छेदबाट एउटा जटिल वाक्य पहिचान गरी त्यसलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।  

उत्तर: बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सक्दैन तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ ।

 

बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा रोक्न सक्दैन ।  बिमाले विपत्ति रोक्न सक्दैन ।  बिमाले विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ ।

 

(इ) अनुच्छेदबाट ‘, ‘प्रयोग भएका एक एक ओटा शब्द टिपोट गरी तिनको  अर्थ लेख्नुहोस् ।

 

उत्तरः अशक्त : कमजोर

कोष : ढुकुटी

सम्पत्ति: धन

 

 

 

सुनाइ र बोलाइ

 

१. सुनाइ पाठ ८ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस् : 

(क) सजीव तत्त्व भन्नाले के बुझिन्छ ?

उत्तरः सजीव तत्त्व भन्नाले सूक्ष्म जीवाणुदेखि ठुला ठुला जनावरका साथै बोटविरुवा जस्ता पृथ्वीका सम्पूर्ण प्राणी तथा वनस्पतिलाई बुझिन्छ ।

 

(ख) पृथ्वीको वातावरणलाई कति किसिममा विभाजन गरिएको छ ?

उत्तरः पृथ्वीको वातावरणलाई जल, स्थल र वायु गरी प्रमुख तीन किसिमले विभाजन गरिएको छ ।

 

(ग) महासागरको पानी नुनिलो हुनाको कारण के हो ?

उत्तरः महासागरको पानी नुनिलो हुनाको कारण लवण तत्त्व बढी हुनु हो ।

 

(घ) वायु पारिस्थितिक प्रणालीको सिर्जना कसरी हुन्छ ?

उत्तरः वायु वातावरणमा चराचुरुङ्गी तथा कीटपतङ्गको वातावरण पर्छ र यिनै वातावरणमा वायु पारिस्थितिक प्रणालीको पनि सिर्जना हुन्छ ।

 

 

२. पारिस्थितिक प्रणालीको सन्तुलनका लागि के के कुरामा ध्यान पुयाउनुपर्छ, सुनाइ पाठ ८ का आधारमा भन्नुहोस् ।

 

उत्तरः सजीव र उसको वरपरको बातावरण वा निर्जीव तत्त्वबिच हुने अदृश्य वा अप्रत्यक्ष किसिमको घनिष्ट अन्तरसम्बन्धलाई पारिस्थितिक प्रणाली भनिन्छ ।  जलीय पारिस्थितिक प्रणाली, वाय पारिस्थितिक प्रणाली र स्थलीय पारिस्थितिक प्रणाली गरी पारिस्थितिक प्रणाली तीन किसिमका छन् ।

 

 

पारिस्थितिक प्रणली सन्तुलनका लागि हामीले जल, वायु तथा स्थल तीनै क्षेत्रको सच्छतामा ख्याल गर्नु पर्दछ ।  स्वच्छ वातावरण भयो भने पारिस्थितिक प्रणाली सन्तुलित हुन्छ । 

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).