You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Com. Nepali Class 10 Note
Login

Curriculum

Com. Nepali Class 10 Note

अनिवार्य नेपाली १०

0/17
Text lesson

पाठ ९ मेरो देशको शिक्षा (निबन्ध)

 

 

शब्दभण्डार

 

१. दिइएका अर्थ बुझाउने शब्द मेरो देशको शिक्षानिबन्धबाट खोजेर लेख्नुहोस्: 

(क) नयाँ कुराको खोजी – आविष्कार

(ख) खास विषयको गुण दोष आदिको मूल्याङ्कन – समालोचना

(ग) जीवन निर्वाहका लागि गरिने काम – व्यवसाय

(घ) महत्त्वपूर्ण मानिएका ठुला आकारका पठनीय सामग्री – ग्रन्थ

(ङ) शिष्ट वा सभ्य मानिसको आचरण – शिष्टाचार

 

२. दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्:

शब्द              अर्थ

मुहान – उद्गमस्थल

तीर्थाटन – तीर्थयात्रा

पसिना – परिश्रम गर्दा शरीरबाट निस्कने पानी

मार्ग – बाटो

त्रुटि – गल्ती

खानी – धेरै चिज उत्पन्न भएको ठाउँ

प्राचीन – पुरातन

 

३. दिइएको अनुच्छेद पढ्नुहोस् र प्राविधिक, पारिभाषिक शब्द पहिचान गरी लेख्नुहोस् :

शिक्षण सिकाइको …………….. गृहकार्य रहन्छन् ।

उत्तर : पाठ्यक्रम, पाठयोजना, विशिष्ट उद्देश्य, पाठ्यवस्तु, शैक्षणिक सामग्री, मूल्याङ्कन, गृहकार्य

 

४. मेरो देशको शिक्षानिबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् ।

उत्तर : 

अन्नबाली : तराईको मैदानमा धेरै अन्नबाली हुन्छ ।  पर्यायवरण : हामीले पर्यायवरणलाई जोगाउनु पर्छ ।

भूगोल : भूगोलभित्र सुन्दर देश नेपाल छ ।

संस्कृति : हामीले आफ्नो संस्कृति बिर्सनु हुँदैन ।

विज्ञापन : टेलिभिजन कार्यक्रम पञ्चामृतमा किताबको विज्ञापन आयो ।

भोजपत्र : पहिले पहिले भोजपत्रमा लेख्ने गरिन्थ्यो ।

 

बोध र अभिव्यक्ति

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) मेरो देशको शिक्षानिबन्ध आत्मपरक वा वस्तुपरक कुन हो ?

उत्तरः आत्मपरक

 

(ख) व्यवसायमूलक शिक्षाका बन्तु होअनुच्छेदको शीर्ष वाक्य कुन हो ?

उत्तरः शिक्षाको मूल उद्देश्य आत्मनिर्भर शिक्षामा जोड दिनु हो भने आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो ।

 

(ग) वाक्य संरचनाका दृष्टिले सबभन्दा लामो अनुच्छेद कुन हो ?

उत्तरः प्रत्येक अनुच्छेदका वाक्य गनेर सबैभन्दा बढी वाक्य भएको अनुच्छेद छान्ने ।

 

(घ) प्राचीन सभ्यता र संस्कृतिसँग सम्बन्धित कुरा कुन अनुच्छेदमा आएको छ

उत्तरः दोस्रो र तेस्रो अनुच्छेदमा

 

४. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।

प्रश्नहरू:

(क) दीक्षित व्यक्तिमा कस्तो क्षमता हुनुपर्छ ?

उत्तरः दीक्षित व्यक्तिमा समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्न सक्ने क्षमता हुनुपर्छ ।

 

(ख) स्वस्थ चिन्तनमा कुन कुरा पर्छ ?

उत्तरः हरेक कुरालाई पूर्वाग्रह नराखेर अरूका भरमा मात्र नपरी आफ्नै विवेकका आँखाले हेर्नुपर्ने कुरा का भरमा मात्र नपरी स्वस्थ चिन्तन पर्दछ ।

 

(ग) समालोचनात्मक चिन्तन शिक्षाकै एउटा पाटो होभन्नुको आशय के हो ?

उत्तरः समालोचनात्मक चिन्तनले पनि शिक्षाले जस्तै व्यक्तिको बौद्धिक तार्किक क्षमताको विकास गर्छ भन्ने हो।

 

(घ) निबन्धको अंशको भनाइप्रति तपाइँ सहमत वा असहमत के हुनुहुन्छ तर्क दिनुहोस् ।  

उत्तर: निबन्धको अंशको भनाइप्रति म सहमत छु किनभने निबन्धांशमा भनेझै शिक्षा समालोचनात्मक सोचयुक्त नयाँ नयाँ ज्ञान निर्माण गर्ने हुनुपर्छ।  समालोचनात्मक चिन्तनले कुनै पनि विचार, घटना र परिवेशलाई विवेकपूर्ण तरिकाले समर्थन वा विरोध गर्छ र हरेक अन्धविश्वासमाथि वैज्ञानिक प्रश्न गर्न सक्छ ।

 

५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्ः

क. मेरो देशको शिक्षानिबन्धमा कस्तो व्यवसायमूलक शिक्षाको अपेक्षा गरिएको छ?

उतर: मेरो देशको शिक्षानिबन्धमा युग अनुकुलको विज्ञान र प्रविधियुक्त शिक्षालाई आत्मसात गर्ने सक्ने, बौद्धिक विकास, सभ्यताको परिष्करण र स्तरीय जीविकोपार्जनका लागि उपयोगी, पूर्वीय ज्ञान तथा पाश्चात्य विज्ञान र प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ्ने, बदलिँदो युगसँगै आफूलाई समायोजन गर्न सक्ने, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि कामलाई आधुनिक प्रविधिसँग जोड्न सक्ने शिक्षाको अपेक्षा गरिएको छ ।

 

ख. शिक्षाले मानव जीवनका कुन कुन कुरामा सुधार ल्याउँछ ?

उतर: शिक्षाले मानव जीवनका विभिन्न पक्षमा सुधार ल्याउँछ ।  शिक्षाबाट पाइने चेतनाले मानिसलाई कर्तव्य, दायित्व र सदगुण सिकाउँछ ।  मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्छ।  हरेक कुराको फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ ।  मानिसलाई नैतिकवान्, सहिष्णु, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक, वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ ।  विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुर्याउँछ ।

 

ग. विज्ञान र प्रविधिमा आधारित शिक्षाको महत्त्व लेख्नुहोस् ।

उतर: आजको युग सूचना प्रविधिको युग हो ।  शिक्षामा सूचना र प्रविधिले युगान्तकारी परिवर्तन ल्याइदिएको छ ।  ती परिवर्तनलाई आत्मसात् गर्न सक्ने नागरिक उत्पादनमा जोड दिन विज्ञान र प्रविधिमा आधारित शिक्षाको खाँचो छ ।  अनलाइनबाट टिकट काट्ने, कारोबार गर्ने, बैंक खाता खोल्ने, व्यवसाय गर्ने, बजारीकरण गर्ने, विज्ञापन गर्ने जस्ता प्रविधिसँग सम्बन्धित कार्यमा विद्यार्थीलाई दक्ष बनाउँदै युगीन आवश्यकता र आविष्कारसँग जोड्न यस्तो शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ।

 

घ. निबन्धको मुख्य सन्देश के हो ?

मेरो देशको शिक्षासन्देशमुलक निबन्ध हो ।  आत्मपरक शैलीमा लेखिएको यस निबन्धले वैज्ञानिक एवम् व्यावसायिक शिक्षामा जोड दिएको छ ।

कुनै पनि विषयवस्तुका बारेमा दिइने उचित तालिम नै शिक्षा हो अर्थात् ज्ञान दिने र लिने काम नै शिक्षा हो।  शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउन ज्ञान र सिप प्रदान गर्छ ।  शिक्षाले विज्ञान, सूचना, प्रविधि लगायत युग सुहाउँदा जे जति नवीन प्रयोग र मान्यता स्थापित भएका छन् तिनलाई आत्मासात् गर्दै समयानुकुल परिष्कृत गर्दै लैजाने काम गर्नुपर्छ।  हाम्रो देशको शिक्षालाई यहाँको भूगोल र पर्यायवरण अनुकूल हुने गरी व्यवसायमुलक शिक्षाका रूपमा विकास गर्न सके रोजगारी सिर्जनामा थप बल पुग्न सक्छ।  साथै शिक्षाका माध्यमबाट व्यक्तिमा समालोचनात्मक चिन्तनको विकास गरी जीवनलाई सहज र स्तरीय बनाउन सकिन्छ।

अतः यहाँको परम्परागत ज्ञानलाई समेट्दै आधुनिक र प्रविधि सुहाउँदो ज्ञानका रुपमा शिक्षाको विकास गर्ने सके रोजगारीको अवसर सिर्जना भई देश सम्वृद्धितर्फ लाग्नेछ भन्ने सन्देश यस निबन्धबाट पाइन्छ ।

 

६. व्याख्या गर्नुहोस् :

क. आत्मनिर्भरताको लक्ष्य स्वरोजगार बन्नु हो ।

उत्तर: दिइएको हरफ नेपाली किताब कक्षा १० को मेरो देशको शिक्षानिबन्धबाट साभार गरिएको हो ।  यस निबन्धमा हाम्रो देशको शिक्षालाई विश्वबजारसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ ।  देशका सबै नागरिकलाई व्यवसायिक शिक्षा दिएर ज्ञान र सिपले आत्मनिर्भर बनाउन सके स्वरोजगार बन्छन् भन्ने कुरा प्रस्तुत गरिएको छ ।

आत्मनिर्भरता भनेको आफूमा निर्भर रहेको अवस्था हो भने स्वरोजगार भनेको आफैले सिर्जना गरेको रोजगारी हो।  नागरिकलाई रोजगारीका लागि आवश्यक पर्ने ज्ञान र सिप वयावसायिक शिक्षाका माध्यमबाट दिन सकियो भने आफै रोजगारी सिर्जना गर्न सक्छन् ।  नेपाल कृषिप्रधान देश भएको हुँदा कृषिमा आधुनिक प्रविधि तथा अत्याधुनिक औजारको प्रयोग गर्ने व्यावसायिक शिक्षा विद्यालय तहमा प्रदान गर्नुको साथै परम्परागत कृषि औजारको बारेमा ज्ञान र सिप दिनु आवश्यक छ ।  यस्ता प्राविधिक ज्ञान र सिपले विद्यार्थीमा व्यवसायिक दक्षता अभिबृद्धि गर्ने हुँदा शिक्षाको मूल उद्देश्य आत्मनिर्भर शिक्षामा जोड दिनु हुनुपर्छ ।

अत: व्यावसायिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई विभिन्न ज्ञान र सीप प्रदान गरी आत्मनिर्भर बनाउन सके उनीहक आफै स्वरोजगार बन्न सक्छन् भन्ने कुरालाई माथिका हरफले पुष्टि गरेका छन् ।

 

ख. शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ ।

उत्तर: मेरो देशको शिक्षानिबन्धमा व्यावसायिक शिक्षाको महत्वलाई प्रस्तुत गरिएको छ ।  शिक्षाले मानिसको व्यवहारमा परिवर्तन ल्याउन सक्नुपर्छ।  व्यवसायमुलक शिक्षामा मात्र त्यस्तो सम्भावना रहेको हुन्छ भन्ने सन्दर्भमा माथिको हरफ आएको हो ।

शिक्षा लिएको व्यक्ति नै शिक्षित व्यक्ति हो ।  शिक्षाले व्यक्तिको व्यक्तित्व विकासमा टेवा पुयाउँछ अर्थात् शिक्षाले व्यक्तिको आचरण एवम् व्यवहारलाई परिस्कृत गर्छ।  त्यसैले शिक्षाले उत्पादन गरेको व्यक्ति सकारात्मक गुणाले भरिपूर्ण हुनुपर्छ ।  शिक्षित व्यक्तिमा प्रतिकुल परि- स्थितिमा पनि शान्त रहने, संवेग र भावनाका विभिन्न अवस्थालाई आफैं व्यवस्थापन गर्ने र परिस्थितिलाई धैर्यपूर्वक सामना गर्ने विशेषता हुन्छन् ।  तिनै विशेषताका कारण व्यक्तिमा शिष्ट वा सभ्य आचरणको विकास हुन्छ।  उचित कार्यप्रति प्रतिबद्ध रहँदै सांस्कृतिक पक्षमा सद्भाव राख्ने र समाजका सबै पक्षहरूसँग असल व्यवहार गर्ने क्षमताको विकास हुन्छ।  अत: व्यावसायिक शिक्षाले व्यक्तिमा ज्ञान र सिपको विकास गराउँदै व्यक्तिका आचरण व्यवहारलाई परिष्कृत गर्न सघाउँने हुँदा व्यक्ति शिष्ट, सभ्य र सद्भावयुक्त हुन्छ भन्ने कुरालाई माथिको हरफले स्पष्ट पारेको छ ।

 

८. दिइएको चित्र वर्णन गर्नुहोस्ः

उत्तर: दिइएको चित्रमा कुनै कक्षाकोठभित्र शिक्षण सिकाइ हुँदै गरेको देखाइएको छ ।  उमेरका दृष्टिले परिपक्क जस्ता देखिने विद्यार्थी / सिकारुहरू भएको हुँदा उक्त कक्षाकोठामा प्रौढ शिक्षाको शिक्षणसिकाइ हुँदै छ ।  विभिन्न उमेरसमुहका विद्यार्थी रहेको उक्त कक्षामा विषयवस्तुसँग सम्बन्धित रहेर शिक्षक र विद्यार्थीबिच अन्तक्रिया हुँदै छ ।  सिकारुले विषयवस्तुसँग सम्बन्धित जिज्ञासा शिक्षकसामु प्रस्तुत गर्ने र शिक्षकले त्यसलाई प्रष्ट पार्ने प्रयास हुँदै छ ।  साक्षरता फैलाउने र जीवन उपयोगी ज्ञान र सिप सिकाउने उद्देश्यले उक्त कक्षा सञ्चालन भएको हुनुपर्छ ।

 

९. शिक्षालाई भूगोल —-पाउने छनिबन्धको अंश मौन पठन गर्नुहोस् र चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

उत्तर: बुँदा टिपोट:-

१. शिक्षालाई भूगोल र पर्यावरण अनुकूल व्यवसाय मूलक शिक्षाका रुपमा विकास गर्नुपर्ने,

२. ठाउँ अनुसार सम्भावना भएका विषयवस्तुसँग सम्बन्धित शिक्षा दिनु उपयुक्त हुने

३. सिपमुलक तथा व्यवसायिक शिक्षा विद्यालय तहमै समावेश गर्न उपयुक्त हुने,

४. सिपयुक्त शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएमा आफ्नो सिप अनुकूलको व्यवसाय गरेर आफ्नै देशमा स्वरोजगारको अवसर प्राप्त गर्ने ।  

सारांश लेखन:-

व्यवसाय मुलक शिक्षा

शिक्षालाई भूगोल र पर्यावरण अनुकुल व्यवसायमूलक शिक्षाका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।  जुन ठाउँमा जे कुराको सम्भावना छ त्यसै विषयवस्तुसँग सम्बन्धित शिक्षा दिन उपयुक्त हुन्छ ।  सिपमूलक तथा व्यावसायिक शिक्षा विद्यालय तहमै समावेश गर्न सके शिक्षा जीवन उपयोगी बन्न सक्छ।  सिपयुक्त शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएमा आफ्नो सिप अनुकूलको व्यवसाय गरेर आफ्नै देशमा स्वरोजगरीको अवसर प्राप्त गर्न सकिन्छ।

दिइएको अनुच्छेदमा भएका शब्द सङ्ख्या – १७१ 

सारांशमा हुनुपर्ने शब्द सङ्ख्या – ५७

सारांशमा भएको शब्द सङ्ख्या – ५७

 

१०. तपाईंलाई नेपालको भावी शिक्षा कस्तो हुनुपर्छ भन्ने लाग्छ, ‘मेरो देशको शिक्षानिबन्धका आधारमा समिक्षात्मक उत्तर लेख्नुहोस् ।

उत्तर: मेरो देशको शिक्षाआत्मपरक शैलीमा लेखिएको निबन्ध हो ।  यस निबन्धमा वैज्ञानिक एवम् व्यावसायिक शिक्षामा जोड दिइएको छ ।  हाम्रो देशको शिक्षा परम्परागत ज्ञानलाई परिष्कृत रुपमा निरन्तरता दिँदै आधुनिक विज्ञान तथा प्रविधिलाई आत्मसात गर्ने हुनुपर्छ भन्ने भाव निबन्धमा प्रस्तुत भएको छ ।

कुनै पनि विषयवस्तुका बारेमा दिइने उचित तालिम नै शिक्षा हो अर्थात् ज्ञान दिने र लिने प्रक्रिया नै शिक्षा हो ।  शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउनका लागि आवश्यक पर्ने ज्ञान र सिप प्रदान गर्छ ।  शिक्षाले विज्ञान र सुचनाप्रविधि लगायत युग सुहाउँदा जे जति नवीन प्रयोग र मान्यता स्थापित भएका छन् तिनलाई आत्मासात् गर्दै समय अनुकूल परिस्कृत गर्दै लैजाने काम गर्नुपर्छ ।  कुनै पनि देशको शिक्षाले त्यस देशका नागरिकको आवश्यकता र चाहनालाई समेट्न सक्नुपर्छ ।  देश निर्माणका लागि चाहिने आवश्यक जनशक्ति उत्पादनमा शिक्षाको नै महत्वपूर्ण भूमिका हुने हुँदा युग अनुकूलको विज्ञान र प्रविधियुक्त शिक्षा हुनुपर्छ ।  

हाम्रो देशको शिक्षा पूर्वीय ज्ञान र विज्ञानमा आधारित शिक्षाको रूपमा विकसित भएको शिक्षा हो ।  यस देशको शिक्षालाई यहाँको भूगोल र पर्यायवरण अनुकुल हुने गरी व्यावसायमुलक शिक्षाका रूपमा विकास गर्नु पर्छ ।  यसो गर्न सकेमा थप रोजगारीको अवसर सिर्जना हुनेछ र देशको उन्नतिमा टेवा पुग्नेछ ।  यस देशको शिक्षा युगअनुकूलको विज्ञान र प्रविधिलाई आत्मसात गर्ने सक्ने, बौद्धिक विकास, सभ्यताको परिष्करण र स्तरीय जीविकोपार्जनका लागि उपयोगी, पूर्वीय ज्ञान तथा पाश्चात्य विज्ञान र प्रविधिसँग हातेमालो गर्दै अगाडि बढ़ने, बदलिँदो युगसँगै आफूलाई समायोजन गर्न सक्ने, शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि कामलाई आधुनिक प्रविधिसँग जोडन सक्ने हुनुपर्छ ।  नेपाल कृषिप्रधान देश भएको हुँदा हाम्रो परम्परागत र आधुनिक प्रविधिलाई सँगसँगै अगाडि बढाउन सक्ने तथा हरेक व्यक्तिमा समालोचनात्मक चिन्तनको विकास गर्न सक्ने किसिमको शिक्षा नेपालको भावी शिक्षा हुनुपर्छ।

 

११. मेरो सोच : मेरो भविष्यशीर्षकमा आत्मपरक अनुच्छेद लेख्नुहोस् ।

उत्तर:

मेरो सोच: मेरो भविष्य

मेरो सोच भनेकै मेरो मनमा आउने विचार हो र मेरो भविष्य भनेको मेरो जीवनको पछि आउने समय हो ।  वास्तवमा भविष्य कस्तो हुने भन्ने कुरा आफ्नो सोचमा भर पर्छ ।  सकारात्मक सोचले असल कार्यलाई बढावा दिन्छ र भविष्य उज्ज्वल हुन्छ ।  तसर्थ सधैं कर्मशील बन्ने मेरो सोच छ ।  मलाई लाग्छ- मेरो परिवार, मेरो समाज र मेरो राष्ट्रको उन्नतिमा एउटा मात्र भए पनि इट्टा थप्न सकुँ ।  आजको सोचले भोलिको भविष्य कस्तो हुने हो भन्ने निर्धारण गर्छ र सकारात्मक सोचले जीवनलाई सकारात्मक बाटोतर्फ हिँडाउँछ भन्ने यथार्थलाई मैले राम्ररी बुझेको छु ।  सकारात्मक र आदर्श सोच लिने व्यक्तिहरू नै संसारमा महान् बनेका प्रशस्त उदाहरण छन् ।  मेरो अग्रगामी सोचका कारण म पनि त्यस्तै व्यक्तिका उदाहरण- भित्र अट्न सकुँ ।

 

१२. दिइएको अनुच्छेद पद्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्ः

 

कानुन समाजको ……………………. संस्थागत गर्छ ।

 

क. प्रश्नहरू

अ. कानुन भन्नाले के बुझिन्छ ?

उत्तरः कानुन भन्नाले राज्यको शासन सञ्चालन गर्ने कार्य, विधि, पद्धति एवम् नियमको समष्टिलाई बुझिन्छ ।

 

आ. कानुनका स्रोत के के हुन् ?

उत्तरः कानुनका स्रोतहरू विधायन, नजिर, प्रथा तथा परम्परा, संप्रतिज्ञा, अन्तर्राष्ट्रिय अदालतबाट भएका फैसला, अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र कानुनविद्का राय हुन् ।

 

इ. कानुनलाई किन बाध्यकारी शक्ति मानिन्छ ?

उतरः कानुनको अवज्ञा दण्डनीय रहने हुँदा यो बाध्यकारी शक्ति मानिन्छ ।

 

ई. कानुनको महत्त्व लेख्नुहोस् ।

उत्तर: शासन व्यवस्थालाई निरङ्कुश हुनबाट रोक्न, नागरिकलाई अधिकार दिन, असीमित अधिकार- लाई नियन्त्रण गर्न, सामाजिक सदाचार र नैतिकता कायम गर्न, समतामूलक समाज निर्माण गर्न, न्याय प्रशासनलाई चुस्त र दुरुस्त बनाउन कानुन अनिवार्य हुने हुँदा यसको महत्व छ ।

 

 

ख. भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्:

 

अ. अनुच्छेदबाट कर्तृवाच्यका दुईओटा वाक्य टिप्नुहोस् ।

 

उत्तर: – यसले सत्य, न्याय, अधिकार र सुरक्षाको सुनिश्चितताको खोजी गर्छ ।  यसले समाजमा शान्ति, सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छ ।

 

आ. यसले समाजमा शान्ति, सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गर्छवाक्यलाई कर्मवाच्यमा रूपान्तरण गर्नुहोस् ।

 

उत्तर: यसद्वारा समाजमा शान्ति, सुव्यवस्था कायम गरी सुशासन र विधिको शासनलाई संस्थागत गरिन्छ ।

 

इ. अनुच्छेदबाट प्रयोग भएका दुईओटा र प्रयोग भएका दुईओटा पहिचान गरी अर्थ लेख्नुहोस्।

 

उत्तर: य > सभ्य, नियम, न्याय

 

> एवम, ऐन, भएका

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).