You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Com. Nepali Class 10 Note
Login

Curriculum

Com. Nepali Class 10 Note

अनिवार्य नेपाली १०

0/17
Text lesson

पाठ १० व्यापारिक चिठी

चिठीका प्रकार

1. घरायसी चिठी: घरव्यवहार वा व्यक्तिगत चासोका विषयवस्तु समेटी आफ्ना मातापिता , साथीभाइ बन्धुवान्धव वा आफन्तलाई लेखिने चिठीलाई घरायसी चिठी भनिन्छ।

 

2. व्यापारिक चिठी: व्यापारव्यवसायका उद्देश्यले लेखिने चिठीलाई व्यापारिक चिठी भनिन्छ ।  एउटा व्यापारीले अर्को व्यापारीलाई अथवा एक संस्थाले अर्को संस्थालाई मालसामान माग र आपूर्ति तथा लेनदेनका सम्बन्धमा यस किसिमको चिठी लेख्ने गरिन्छ।

 

3.कार्यालयीय चिठी: कार्यालयीय प्रयोजनका लागि लेखिने चिठीलाई कार्यालयीय चिठी भनिनछ ।  यस्तो चिठी कुनै व्यक्तिले कुनै कार्यालय वा कार्यालयको प्रमुखलाई सम्बोधन गरी लेख्ने गरिन्छ ।  यो औपचारिक किसिमको चिठी हो ।  यस्तो चिठीलाई निवेदन पनि भनिन्छ।

 

व्यापारिक चिठी लेख्ने तरिका

•         सिरानमा सम्बन्धित संस्थाको नाम र ठेगाना लेख्ने ,

•         ठेगानाको केही मुनि दायाँतिरको कुनामा मिति लेख्ने,

•         ठेगानाभन्दा बायाँतिर कुनामा पत्र सं. र त्यसको मुनि च. नं. लेख्ने,

•         च. नं. भन्दा केहीमुनि दायाँतिर विषय लेख्ने ,

•          च. नं. को मुनि वायाँतिर सम्बन्धित संस्थाको प्रमुखलाई सम्बोधन गर्ने त्यसका मुनि      महोदय           लेख्ने,

•         त्यसपछि मुख्य विषयवस्तु उल्लेख गर्ने,

•         अन्त्यमा दायाँतिर कुनामा भवदीय वा शुभेच्छक लेख्ने

 

 

नमुना व्यापारिक चिठी

                                         लुम्बिनी पुस्तक पसल

                                         बुटवल-८, रूपन्देही

                                         लुम्बिनी अञ्चल, नेपाल

पत्र सं. ०७९/०८०

च. नं. २०६                                                                            मिति : २०७९ /०४ /११

 

श्रीमान् महाप्रबन्धक

साझा बिक्री कक्ष

भृकुटी मण्डप, काठमाडौं ।  

 

          विषय : पुस्तक उपलब्ध गराइदिने बारे।

महोदय,

 

उपर्युक्त सम्बन्धमा हाम्रो यस लुम्बिनी पुस्तक पसल, बुटवलले विगत लामो समयदेखि तपाईंको साझा बिक्री कक्षबाट पुस्तकहरू झिकाई बिक्री वितरण गर्दै आएको कुरा श्रीमान्लाई अवगत नै छ ।  अहिले आएर निम्नानुसारका साहित्यिक पुस्तकहरूको माग भएकाले शीघ्रातिशीघ्र उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ:

क्र. स.            पुस्तकको नाम           लेखक                      प्रति

१.                 मुना मदन                 लक्ष्मीप्रसाद देवकोटा  ३५०

२.                 जुँगा                         हृदयचन्द्रसिंह प्रधान  १५०

३.                 अनिँदो पहाडसँगै       पारिजात                  १५०

४.                 राधा                         कृष्ण धरावासी                    २५०

५.                 गौरी                         माधव घिमिरे             ३५०

६.                 नयाँ घर                   आहुति                      १५०

 

उल्लिखित पुस्तकहरूको भुक्तानीका लागि त्यस बिक्री कक्षको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं. ७७७७ मा पेस्की स्वरूप रु. 51,000 (अक्षरेपि एकाउन्न हजार रुपियाँ मात्र) जम्मा गरेको बैक भौचर यसै पत्रसाथ पठाइएको छ ।  बाँकी रकम पुस्तकहरूका साथै बिल प्राप्त हुनासाथ भुक्तानी गरिने व्यहोरा अनुरोध गरिन्छ ।

 

 

सम्पूर्ण अभ्यासको समाधान

१.शब्दकोशको सहायता लिई दिइएका शब्दको अर्थ लेख्नुहोस्

भुक्तानी, अत्यधिक, उपत्यका, ब्रोकाउली, कृषक, नगदेबाली, तपसिल “

उत्तरः

भुक्तानी : लेनदेन चुक्त गर्नुपर्ने काम

 

अत्यधिक: ज्यादै बढी

 

उपत्यका : वरिपरि पहाडले घरेको ( पहाडको फेदको ) समथर ठाउँ

 

ब्रोकाउली: काउली जस्तै एक तरकारी विशेष

 

कृषक: किसान

 

नगदेबाली: वेचविखन गरेर नगदका रूपमा परिणत गर्न सकिने बाली

 

तपसिल: स्रेस्तामा तल लेखिएको वा खुलाइएको विवरण

 

२.अनुच्छेद पढी मौलिक र आगन्तुक शब्दबारे साथीसँग छलफल गर्नुहोस् ।

एक दिनको कुरा हो ।  संस्कृत भाषाले नेपाली भाषालाई बोलाएर भनेछ, “ए नेपाली भाषा  ।  मवाट तिमीले अश्रु आश्चर्य, निद्रा, पक्षी जस्ता तत्सम शब्द लिएका छौ ।  तिमीले ती शब्दलाई अलिकति फेरबदल गरेर आँसु, अचम्म, निद, पन्छी जस्ता तद्भव शब्द बनाएका रहेछौ ।  तिमीले ऊ उनी जस्ता सर्वनाम, गर्नु, खानु जस्ता क्रिया, राम्ररी, आज, भोलि, फटाफट, गुटुमुटु, मुसुमुसु आदि क्रियायोगी पनि बनाएका रहेछौ ।  त्यसैगरी ल, त पो, क्यारे आदि निपात, , अनि संयोजक, आहा, हे आदि विस्मयादिबोधक जस्ता तद्भव शब्द पनि प्रयोग गरेका रहेछौ ।  यी तत्सम र तद्भव शब्दकी जननी वा मूल म हुँ ।  मबाट लिएका अश्रु जस्ता र तिमीले बनाएका आँसु जस्ता शब्द तथा सर्वनाम, क्रियायोगी आदि शब्द संस्कृत मूलबाट बनेका हुँदा मौलिक भौ ।  त्यसैलै परम्परागत चलनअनुसार तत्सम र तद्भव शब्द नेपालीका मौलिक शब्द भए । ”

 

नेपाली भाषाले संस्कृत भाषालाई भनेछ, “नेपाली भाषामा अहिले नेपालभित्रका अरू विभिन्न भाषावाट रोदी, पसल, डम्फु, पटुका आदि जस्ता शब्द ल्यायौँ ।  त्यसैगरी हामीले विदेशी विभिन्न भाषाबाट स्कुल, कलेज, डाक्टर, इन्जिनियर, गरिब, किताब, चाउमिन, कानुन आदि आगन्तुक शब्द ल्यायौँ ।  यसरी हामी मौलिक र आगन्तुक शब्द एउटै आत्मा भएर बसेका छौँ । ”

उत्तरः कक्षा कोठामा छलफल गर्ने ।

 

३. अनुच्छेदबाट कोष्ठकको निर्देशनअनुसार हरेकका दुई दुईओटा शब्द पहिचान गरी लेख्नुहोस् ।

(क) झगडाको राम्रो फैसला गर्न सक्ने कृष्ण राय घरबाट बाहिर कम निस्कन्थे ।  उनी निस्किहाले भने कहीँ झगडा परेछ भन्ने ठानिन्थ्यो ।  उनलाई सबै मान्छे अदबसाथ अभिवादन गर्थे।  (तद्भव र आगन्तुक )

उत्तरः तदभव : झगडा, घर

आगन्तुक : अदब,फैसला

 

(ख) सवारी दुर्घटना किन र कसरी हुन्छ भन्ने कुरालाई गम्भीरता साथ सोच्नु पर्ने भएको छ ।  सहरी क्षेत्रका साँघुरा सडक र यातायात साधनको अत्यधिक चाप यसमा बढी जिम्मेवार छन् ।  (तत्सम र आगन्तुक )

उत्तरः तत्सम : गम्भीर, अत्यधिक

आगन्तुक : सडक, सवारी

 

(ग) नेपालमा परम्परागत सिंचाइका कुलो, इनार आदिका सहायताले खेती गर्ने चलनका साथै तराई तथा भित्री मधेसमा बढी मात्रामा नहरबाट सिंचाइ गर्ने आधुनिक प्रक्रियाको विकास भएको छ ।  (तत्सम र तद्भव )

उत्तरः तत्सम : परम्परागत प्रक्रिया

तद्भव : खेती, मधेस

 

(घ) वायुमण्डल विभिन्न ग्याँसले बनेको छ ।  यसमा आयतनका हिसाबले सवभन्दा वढी नाइट्रोजन र अक्सिजन छन् भने धुलाको कण, जलवाष्प, मिथेन, ओजोन, कार्वन डाइअक्साइड, नाइट्स आदि नगण्य मात्रामा छन् ।  (तत्सम र आगन्तुक)

उत्तरः तत्सम : जलवाष्प, कण

आगन्तुकं : ग्याँस, अक्सिजन

 

 

४. दिइएका पत्र रचनासँग सम्बन्धित शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :

सम्बोधन, विषय, निवेदक, अभिवादन, प्रेषक, प्रापक, भवदीय

उत्तरः

 

सम्वोधन : हामीले अरूलाई सम्बोधन गर्दा उसको सम्मानलाई ख्याल गर्नुपर्छ ।

 

विषय : व्यावसाकि पत्रमा विषयको महत्त्वपूर्ण भूमिका हुन्छ ।

 

निवेदक:निवेदनको अन्तिममा निवेदकको नाम लेख्नुपर्छ ।

 

अभिवादन : घरायसी पत्रमा अभिवादनको बढी प्रयोग गरिन्छ ।

 

प्रेषक : खामको बायाँपट्टी प्रेषकको नाम ठेगाना राखिन्छ ।

 

प्रापक: खामको दायाँपट्टी प्रेषकको पूरा नाम ठेगाना राखिन्छ  

 

भवदीय: पत्रका अन्त्यमा नामको माथिपट्टी भवदीय लेखिन्छ ।

 

बोध र अभिव्यक्ति

 

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

उपर्युक्त, शीतोष्ण, ट्रान्सपोर्ट, टिस्टुङ, विगत, सामग्री, स्थानीय, पुनश्चः

 

२.‘व्यावसायिक चिठी’ पाठ पालैपालो सस्वरवाचन गर्नुहोस् ।

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) चिठी कुन विषयवस्तुमा लेखिएको छ ?

उत्तर: चिठी बिउबिजन पठाइदिने विषयवस्तुमा लेखिएको छ ।

 

(ख) चिठीमा सम्बोधनपछि कुन कुरा उल्लेख गरिएको छ ?

उत्तरः चिठीमा सम्बोधनपछि विषय उल्लेख गरिएको छ ।

 

(ग) चिठी कसले कसलाई लेखेको हो ?

उत्तरः शीतोष्ण बागवानी केन्द्र, थाहा नगरपालिका ४, मकवानपुर, बाग्मती प्रदेश ले श्री शीतोष्ण बागवानी केन्द्र, घरपझोङ गाउँपालिका २, मुस्ताङ, गण्डकी प्रदेश, लेखेको हो ।

 

(घ) चिठीको अन्त्य कसरी भएको छ ?

उत्तरः चिठीको अन्त्य ‘भवदीय’ लेखेर भएको छ ।

 

४. घरपझोङ गाउँपालिका मुस्ताङका तर्फबाट लेखेको माथिको चिठीको प्रत्युत्तर लेख्नुहोस् ।

 

उत्तरः

Image

 

५.विद्यालय तहका अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै पुस्तक पसलका तर्फबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरलाई पत्रको नमुना तयार पार्नुहोस् ।

 

उत्तरः

Image

६.शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस् ।

उत्तरः                                                                                                                                                मिति : २०८०/२/४

श्रीमान प्रधानाध्यापक ज्यू,

श्री अरूणोदय मा. वि चरम्वी

 

 

 

    विषय : शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन हुन.

 

 उपर्युक्त सम्बन्धमा हामी कक्षा दशका सम्पूर्ण विद्यार्थीहरू मिलेर शैक्षिक भ्रमणको लागि पूर्वका विभिन्न ठाउँमा जाने योजना बनाएको हुनाले हामीलाई भ्रमणको लागि न्यूनतम आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउन र बस्ने ठाउँको प्रवन्ध मिलाइदिन हुन हार्दिक अनुरोध गर्दछौँ ।

 

निवेदक

कक्षा दशका विद्यार्थी

 

 

 

७. दिइएको इमेल लेखनको तरिका पढ्नुहोस् र समूहमा छलफल गर्नुहोस् :

इमेल वा इलेक्ट्रोनिक मेल इन्टरनेटमार्फत कम्प्युटर वा अन्य उपकरणबाट पत्र पठाउने एक विधि हो ।  यस्तो इमेल लेखनको संरचना सरल हुन्छ ।  कतिपय इमेल सेवाको स्वरूप अलि फरक हुन सक्छ ।  सामान्यतया सबै खाले इमेलमा हेडर (शीर्ष) रबडी (मुख्य) उष् जबत ज् दुई महत्त्वपूर्ण भाग हुन्छन् ।

 

(क) हेडर (शीर्ष)

इमेल हेडर (शीर्ष) ले मेलका बारेमा आवश्यक जानकारी प्रदान गर्छ ।  यस खण्डमा इमेल पठाउने र प्राप्त गर्ने व्यक्तिको इमेल ठेगानालगायतका कुरा समावेश गरिन्छ ।  इमेल हेडर (शीर्ष) मा निम्नलिखित भाग समावेश हुन्छन्

 

फ्रम (बाट)

यस भागमा जसले मेल (सन्देश) पठाएको हो त्यस प्रेषकको इमेल ठेगाना आएको हुन्छ ।

 

टु (लाई)

यस भागमा जसलाई मेल (सन्देश) पठाउने हो त्यस मेल प्राप्त कर्ताको इमेल ठेगाना लेख्नुपर्छ ।

 

सिसी (कार्बन कपी)

यसको पूरा रूप कार्बन प्रतिलिपि हो ।  यो भाग ऐच्छिक हुन्छ ।  एक जनालाई पठाइएको इमेल सो एक जनाबाहेक अरूलाई सोही मेल पठाउनुपर्ने छ भने ती अरू व्यक्तिको इमेल ठेगाना यस भागमा लेख्नुपर्छ ।  यसो गर्दा हरेक इमेल प्राप्त कर्ताले तपाईंले कस कसलाई मेल पठाउनु भएको रहेछ भनेर थाहा पाउँछन् ।  सय जनालाई एउटै मेल पठाइएको रहेछ, भने सय जनाले कसकसलाई त्यो मेल प्रेषकले पठाएको रहेछ भनेर थाहा हुन्छ ।

 

बिसिसी (ब्लाइन्ड कार्बन कपी)

यसको अर्थ ब्लाइन्ड कार्बन प्रतिलिपि हो ।  यो भाग पनि ऐच्छिक हो ।  बिसिसीसँग सिसी उस्तै उस्तै हुन् तर यसले हरेक इमेल प्राप्त कर्ताले तपाईंले पठाएको मेलको प्रतिलिपि कसकसलाई पठाउनुभएको छ भनेर थाहा पाउदैन ।  १०० जनालाई एउटै मेल पठाएको भने पनि एक जनाले मात्र थाहा पाउँछ ।  बाँकी ९९ ब्लाइन्ड हुन्छन् • अर्थात् कसकसलाई मेल पठाएको हो थाहा हुदैन ।

 

सब्जेक्ट (विषय)

यस भागमा तपाईंले इमेलको उद्देश्य वा विषय लेख्नुपर्छ, अर्थात् मेल केसँग सम्बन्धित हो त्यो लेख्नुपर्छ ।

 

(ख) बडी (मुख्य भाग)

इमेलको यो भागमा वास्तविक सामग्री वा सन्देश समावेश गर्नुपर्छ ।  जे सन्देश पठाउन चाहेको हो, त्यो यहाँ लेख्नुपर्छ ।  यो हेडर भागको तल्लो छेउमा हुन्छ । अट्याचमेन्ट (संलग्न)

संलग्नको विकल्प पनि दिइएको छ ।  यसको प्रयोग गरेर हामीले मेलमा विभिन्न प्रकारका फाइल, फोटो, अडियो, भिडियो लिक आदि पठाउन सकिन्छ ।

 

 

8. प्र.न. ७ को इमेल लेखन तरिकाका आधारमा शैक्षिक भ्रमणमा सहभागिताको अनुरोध गर्दै प्राधानाध्यापकलाई इमेल लेख्नुहोस् ।

उत्तरः

Headmaster@gmail.com

 

शैक्षिक भ्रमणमा सहभागिताको अनुरोध

 

श्रीमान प्रधानाध्यापक ज्यू,

उपर्युक्त सम्बन्धमा हामी कक्षा दशका सम्पूर्ण विद्यार्थीहरू मिलेर एक दिने शैक्षिक भ्रमणको लागि यही काठमाडौँको छाउनीस्थित शैनिक सङ्ग्राहलय जाने निर्णय भएको जानकारी यहाँलाई अवगत गराउँछौँ ।  यस भ्रमणमा हाम्रा सामाजिक विषयका गुरु पनि जानुहुने छ ।  यदि हजुर पनि हामीसँग गइदिनु भएमा हामीलाई धेरै कुरा सिक्न सहयोग पुग्ने थियो ।  त्यसैले हजुरलाई यस भ्रमणमा सहभागी भई हामीलाई हौसला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

 

कक्षा दशका विद्यार्थी सम्पूर्ण विद्यार्थी

 

9.दिइएका ‘क’ र ‘ख’ का सन्दर्भ पढ्नुहोस् र समूहमा छलफल गर्नुहोस् :

(क) समाचार लेखन

छापा र विद्युतीय माध्यममा समाचार लेख्दा उल्टो पिरामिड शैलीको प्रयोग गरिन्छ ।  अर्थात् महत्वपूर्ण कुरा सुरुमा लेखिन्छ ।  यसलाई आमुख भनिन्छ ।  त्यसपछि क्रमशः आमुखमा लेखिएका कुरालाई पुष्टि गर्दै जाने सूचना वा विवरण लेख्ने गरिन्छ ।

 

(ख) समाचार लेखनको नमुना

पछिल्लो समय हुम्लाको सदरमुकाम सिमीकोटका किसान परम्परागत बाली छोडेर आलुखेतीतर्फ आकर्षित भएका छन् ।  गहुँ, जौ, उवा, फापर, चिनो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य मानिन्छ ।  सदरमुकामबासी आफ्नाउत्पादनलाई बजारमा सहज विक्री गर्न सकिने भएपछि तरकारी खेतीमा आकर्षित भएका हुन् ।

 

नेपालकै उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आकर्षित हुँदै गएका हुन् ।  आलु जति फुलाए पनि विक्रीको चिन्ता नभएको यहाँका किसान बताउँछन् ।  आलु फलाएपछि मौसमीभन्दा बेमौसमीमा यसको भाउ वढी पाइने गरेको किसान बताउँछन् ।  सिमीकोटमा आलु मौसममा प्रतिकिलो रु ८० देखि १०० सम्म विक्री हुन्छ भने बेमौसममा रु.१०० देखि १५० सम्म बिक्री गर्ने गरेको किसान बताउँछन् ।  यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्न आवश्यक रहेको यहाँका किसान बताउँछन् ।  (गोरखापत्र २०७८ चैत ३० बाट साभार समाचार)

 

 

१०. तपाईंको विद्यालयले कुनै समाजसेवीलाई सम्मान गरेको कार्यक्रमको समाचार लेख्नुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस् ।

 

उत्तर:समाजसेवी अरूण थापा सम्मानित

जरायोटार निबासी अरूण थापा उत्कृष्ट समाजसेवीका रूपमा सम्मानित भएका छन् ।  गाउँको विकासमा उल्लेखनीय योगदान पुयाउने मध्य एक जनालाई यस श्री चण्डेनी मा.वि.जैसुङले वर्सेनी यो सम्मान दिँइदै आइएकोमा यस वर्ष गाउँमा दलित तथा महिलाको हक हितमा आवाज उठाए बापत थापालाईसम्मानित गरेको हो ।

 

केही समय अगाडिसम्म छोरीलाई विद्यालय पठायो भने विग्रन्छन्, दलितसँगै बसेर पढ्यो भने आफ्नो धर्म नष्ट हुन्छ भन्ने जरायोटारबासी छोरीलाई स्कुल पठाउँदा गर्व गर्छन् ।  त्यतिमात्र होइन दलितसँग बसेर पढ्दा धर्म नष्ट भएको ठान्ने स्थानीय आज एकै ठाउँमा बसेर खाना खान्छन् ।

 

गाउँमा यसरी आमूल परिर्वतन थापाको दिन रातको मेहनतको परिणाम हो ।  थापाले घाम पानी नभनी गाउँमा जनचेतना जगाउन खटेका थिए ।  यस कार्यमा कतिपटक उनको सडकको बास पनि भएको थियो ।  विशेष गरेर गाउँका महिलाको सहयोग गरेवापत थापाले यो उपलब्धि प्राप्त गर्न सफल भएका हुन् ।

 

 

११. दिइएको ‘क’ को सन्दर्भ र ‘ख’ को नमुना पढ़ी कविता प्रकाशन गर्न अनुरोध गर्दै सम्पादकलाई लेखिने चिठीको नमुना तयार पार्नुहोस् :

 

(क) सम्पादकलाई चिठी

कुनै पत्रपत्रिकाका सम्पादकलाई विभिन्न समसामयिक समस्यामा केन्द्रित भई लेखिने पत्रलाई सम्पादकलाई पत्र भनिन्छ ।  यस्ता समस्या बारम्बार बिजुली अवरुद्ध, पानिको अनियमित आपूर्ति, सहरीकरणको समस्या आदि हुन सक्छन् ।  यस्ता विविध विषयमा सम्बन्धित निकायको ध्यान आकृष्ट गराइयोस् भनी लेखिएका पत्र नै सम्पादकलाई पत्र हुन् ।  पत्रिकामा प्रकाशित भएको समाचारबारे सहमति वा असहमति राखेर लेखिएका समाचारलाई पनि यसअन्तर्गत राखिन्छ ।

 

(ख) सम्पादकलाई चिठीको नमुना

 

श्री सम्पादकज्यू

गोरखापत्र राष्ट्रिय दैनिक

धर्मपथ, काठमाडौं

 

हामी जनजागृति मावि सल्लेरी सोलुखुम्बुका १० कक्षाका विद्यार्थी काठमाडौं शैक्षिक भ्रमणबाट फर्कंदा सोलुखुम्बु साल्मेमा पहिराले बाटो अवरुद्ध थियो ।  करिव ४ घन्टासम्म हामी रोकिनुपयो ।  डोजर पनि   आउन ढिलो भएर हामीले धेरै दुःख पायौं ।  यो पहिराले बसौँदेखि यस्तै दुःख दिइरहेको छ ।  कि त यो ठाउँमा वैकल्पिक बाटाको व्यवस्था गर्नुपर्यो।  कि त यसको दीर्घकालीन समाधान खोज्नुपन्यो ।  अतः म यस राष्ट्रिय पत्रिकामार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।

 

भवदीय

सन्दीप कार्की

 

उत्तर:

श्री सम्पादकज्यू

चिरिबिरी साहित्यिक पत्रिका,

विनायक गल्ली, काठमाडौं,

 

यस साहित्यिक पत्रिकाको नियमित पाठक हुँ ।  यस पत्रिकामा विभिन्न नयाँ नयाँ साहित्यकारहरूले अवसर पाउने गरेको मैले पएको छु ।  मलाई पनि कविता लेख्न मन लाग्छ ।  मैले लेखेखा कविता मेरा मित्र र गुरुहरूले मन पराइदिनु भएको र पत्रिकामा छाप्ने सल्लाह दिनुभएको हुनाले मैले मेरो कविताको प्रतिलिपि सहित यस पत्रिकाको ठेगानामा यो पत्र पठाएको जानकारी गराउँदछु ।

 

भवदीय

रचना तामाङ

 

 

१२. दिइएका ‘क’ को सन्दर्भ र ‘ख’ को घटना पढ्नुहोस् र पत्रिकामा छाप्नका लागि तयारगरिने रिपोट तयार गर्नुहोस् :

 

(क) घटना टिपोट र रिपोटिङ’

कुनै घटना भएपछि त्यसको विवरण टिप्ने र रिपोटिङ गर्ने कार्य नै घटना टिपोट र रिपोटिङ हो ।  घटनास्थलको यथार्थ विवरण टिपोट गरी त्यसको प्रत्यक्ष रिपोटिङ सञ्चार माध्यमबाट पत्रकारले गर्छन् ।  कुनै घटना घटेमा वा घटना घट्न सक्ने आशङ्का भएमा घटनास्थल वरपरको अवस्था जाँच गरी रिपोटिङ गर्ने काम प्रहरीबाट हुन्छ ।

 

(ख) सडक दुर्घटनाको घटना टिपोटका बुँदा

(अ) राजविराज चोकमा मोटरसाइकल र कार ठक्कर खाएको

(आ) घटना दिउसो २ बजे घंटेको

(इ) प्रत्यक्षदर्शीका अनुसार कार आफ्नै गतिमा गुडिरहेको

(ई) पैदलयात्रीलाई मोटरसाइकलले जोगाउन खोजेको.

(उ) मोटरसाइकल कारमा ठोक्किएर लडेको

(ऊ) मोटरसाइकल चलाउने व्यक्तिले हेल्मेट नलगाएको

(ॠ) मोटरसाइकल पल्टेर चालकको टाउकामा चोट लागेको

(ए) प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुऱ्याएको

(ऐ) घाइतेको अवस्था खतरामुक्त रहेको

 

उत्तर: सडक दुर्घटना.

फागुन १२ (जुनेली संवाददाता)

 

आज राजविराज चोकमा भएको सडक दुर्घटनामा परी एक जना घाइते भएका छन् ।  प्रत्यक्षदर्शीका अनुसारदिउसो २ बजे पैदल यात्रीलाई जोगोउन खोज्दा मोटरसाइकलको सन्तुलन विग्रेर आफ्नै गतिमा आइरहेको कारमा ठोक्किदा यो दुर्घटना भएको हो ।  मोटरसाइकल चालकले हेल्मेट नलगाएको हुँदा चालकको टाउकामा चोट लागेको छ ! प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई अस्पताल पुऱ्याएको मा अहिले घाइतेको अवस्था खतरामुक्त रहेको सूचना आएको छ ।

 

१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

र्याप गीत पपकल्चरसँग जोडिएको विश्वव्यापी रूपमा सङ्गीतको स्थापित विधा हो ।  नेपाली युवा पुस्तामा निकै लोकप्रिय न्याप संगीतका माध्यमबाट गाइने र्याप गीतभित्र आक्रोश, चेतना र विद्रोहको नयाँ बान्की पाइन्छ ।  र्याप सङ्गीत पश्चिमी देशमा अधिक प्रचलनमा छ ।  खासगरी सुरुमा श्वेतहरूले गरेको दमन र शोषणको विरोध गर्न अश्वेतहरूले सडक र गल्लीबाट ‘र्याप’ गायनको आरम्भ गरेका हुन् ।  यिनै गीतमार्फत उनीहरूले आफूमाथि भएको शोषणविरुद्ध आक्रोश व्यक्त गरेका थिए ।  यसरी रङ्गभेद विरुद्धको अभिईर्शनमा अश्वेत जातिका समुदायका विरोधका स्वर सुरुमा र्यापमार्फत् प्रस्तुत भएको पाइन्छ ।  न्यापको इतिहास हेर्ने हो भने यसको थालनी सन् १९७० को दशकमा ‘स्ट्रिट’ कविताबाट भएको मानिन्छ ।  रङ्गभेद, गल्ली कविता, आक्रोशका गर्भबाट हिपहप म्युजिकका रूपमा बुझिने र्याप गीतको उद्भव भएको मानिन्छ ।  अहिले आएर सामाजिक, राजनीतिक व्यवस्था, समसामयिक विकृति प्रेम जस्ता थुप्रै विषयमा र्याप गीत गाइन्छ ।  यो सङ्गीतको तालको लयमा गाइने गीत हो ।  यो युवा पुस्तामा निकै लोकप्रियसमेत छ ।  यस्ता व्यापमार्फत युवा पुस्तालाई रूपान्तरण र परिवर्तनका गीत गाउन उत्प्रेरित गर्न सकिन्छ ।  जे होस्, अहिले पनि न्याप गीतका माध्यमबाट गायकले आक्रोश, चेतना, विद्रोहको नयाँ बान्की प्रस्तुत गरेकै छन् ।  यो नै र्याप गीतको अहिलेको मुख्य स्वर हो ।

प्रश्नहरू

(अ) र्याप गीतमा कस्तो भाव पाइन्छ ?

उत्तरः र्याप गीतमा आक्रोश, चेतना र विद्रोहको भाव पाइन्छ ।

 

(आ) र्याप गीतको सुरुआत कसरी भएको थियो ?

उत्तरः र्याप गीतको श्वेतहरूले गरेको दमन र शोषणको विरोध गर्न अश्वेतहरूले सडक र गल्लीबाट ‘आप’ गाएरसुरुआत भएको थियो ।

 

(इ) अहिलेका र्याप गीतमा कस्ता विषयवस्तु पाइन्छन् ?

उत्तरः अहिंले सामाजिक, राजनीतिक व्यवस्था, समसामयिक विकृति प्रेम जस्ता थुप्रै विषयवस्तु र्याप गीतमा पाइन्छन् 

 

(ई) र्याप गीतबाट युवालाई के कुरामा उत्प्रेरित गर्न सकिन्छ ?

उत्तरः र्यापमार्फत युवा पुस्तालाई रूपान्तरण र परिवर्तनका गीत गाउन उत्प्रेरित गर्न सकिन्छ ।

 

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।

(अ) अनुच्छेदवाट कुनै चारओटा करण क्रिर्यापद टिपोट गरी तिनलाई अकरणमा बदल्नुहोस् ।

उत्तर: हो : होइन

पाइन्छ : पाइँदैन

मानिन्छ : मानिदैन सकिन्छ : सकिँदैन

 

(आ) अनुच्छेदको अन्तिम वाक्यलाई अकरणमा बदल्नुहोस् ।

उत्तरः यो यप गीतको अहिलेको मुख्य स्वर होइन ।

 

(इ) अनुच्छेदबाट ‘व’ लेखेर ‘ब’ उच्चारण हुने कुनै चारओटा शब्द टिपोट गर्नुहोस्

उत्तर: युवा, विद्रोह, विरोध, कविता

 

 

१४. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :

विद्यालयमा आफ्ना छोराछोरी पठाउँदैमा आफ्नो सम्पूर्ण दायित्व पूरा हुन्छ भन्ने अभिभावकको विचार हुन सक्छ ।  कम्तीमा पनि विद्यालयमा आफ्ना बच्चाका लागि आवश्यक सामग्री छन् वा छैनन् ? आफ्ना छोराछोरी विद्यालय कसरी जान्छन् कुन बेला, कसरी घर आउँछन् ? गृहकार्य गर्छन् वा गर्दैनन् ? विद्यालयमा नियमित छन् वा छैनन् ? सङ्गत कस्तो छ ? कति वेला सुत्छन् ? कति बेला उठ्छन् घरमा मिहिनेत गर्छन् गर्दैनन् ? जस्ता कुराको समेत ख्याल अभिभावकले गर्नुपर्छ ।  समय समयमा विद्यालय जाने र आफ्ना बच्चाको अवस्था कस्तो छ भनेर शिक्षकसंग बुझ्नु पनि जिम्मेवार अभिभावकको कर्तव्य हो ।  समय समयमा आफ्ना विद्यार्थीको सिकाइका बारेमा अभिभावकलाई जानकारी • गराउन आह्वान गर्नु विद्यालयको पनि जिम्मेवारी हो ।

 

 

१५. मानौं तपाईं एक शिक्षाविद् हुनुहुन्छ ।  विद्यालयले अभिभावकको भेला गरेको छ ।  त्यस भेलामा विद्यालयमा गएर आफ्ना बालबालिकाको पढाइबारे बुझ्न अभिभावकलाई आह्वान गर्दै भाषण दिएको भूमिकाको मौखिक प्रस्तुति कक्षामा प्रस्तुत गर्नुहोस् ।

उत्तरः आदरणीय प्रध्यानध्यापक ज्यू, शिक्षक शिक्षिकाहरू, उपस्थित महानुभावहरू तथा विद्यार्थी भाइबहिनीहरू, सबैलाई सबैलाई मेरा अभिवादन गर्दछु ।

आज म यहाँ अभिवावकहरूसित आफ्ना छोराछोरीको बानी व्यहोराको बारेमा बेला बेलामा विद्यालय आएर बुझ्ने गर्नुहोला ।  उनीहरूको पढाइ कस्तो छ ? कस्ता साथीको सङ्गतमा छन् ? गृहकार्य गर्छन् गर्दैनन् ? यी सबै जान्ने तपाईंको दोयित्व र कर्तव्य दुवै हो ।

अन्त्यमा आफ्ना बालबच्चाको सम्पूर्ण जिम्बेवारी विद्यालयमा मात्र दिनु ठिक हुँदैन भन्दै विदा हुन चाहन्छु धन्यवाद ।

 

 

 

सुनाइ र बोलाइ

 

१.सुनाइ पाठ १० सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् ।

उत्तरः

(क) आचार्य चाणक्यको नीतिलाई विदुर नीति भनिन्छ ।  (बेठिक)

(ख) शत्रुसँग राम्रो व्यवहार गर्नुहुँदैन ।  (बेठिक)

(ग) जीवनमा सफल हुन शत्रु हुन जरुरी छ ।  (ठिक)

(घ) हामीले सच्चा र असल मित्र बनाउनुपर्छ ।  (ठिक)

 

२.सुनाइ पाठ १० का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) आचार्य चाणक्य कसका गुरु थिए ?

उत्तरः आचार्य चाणक्य चन्द्रगुप्त मौर्यका गुरु थिए

 

(ख) शत्रुलाई पराजित गर्न के गर्नुपर्छ ?

उत्तरः शत्रुलाई पराजित गर्न शत्रुका कमजोरी र शक्तिका बारेमा जान्नु पर्छ ।

 

(ग) मानिसलाई शत्रुबाट कस्तो सहयोग पुग्छ ?

उत्तरः मानिसलाई शत्रुबाट कमीकमजोरी पहिचान गरेर सुधार्न सहयोग पुग्छ।

 

(घ) चाणक्य नीतिका कुनै दुई विशेषता भन्नुहोस् ।

उत्तरः सफलता कायम गर्नुछ भने शत्रुसँग पनि राम्रो व्यवहार गर्नुपर्छ ।  शत्रुलाई पराजित गर्न शत्रुका कमजोरी र शक्तिका बारेमा जान्नु पर्छ ।

 

 

भाषिक संरचना र वर्णविन्यास

 

 

 

१.दिइएको अनुच्छेद पढी करण र अकरण क्रिर्यापद छुट्याएर लेख्नुहोस् ।

गौरवले गहुँको रोटी खान्छन् भने मैदाको रोटी खाँदैनन् ।  सलिनाले स्याउ असाध्यै रुचाउँछिन् भने सुन्तला त्यति रुचाउँदिनन् ।  सुदीक्षा सधैं सबैसँग बोल्छिन् तर तिनै कहिलेकाहीँ सबैसँग बोल्दिनन् ।  गङ्गाराम गुरु रायोको साग खुब मिठो मान्नुहुन्छ तर उहाँ फापरको साग खासै मिठो मान्नुहुन्न ।

 

उत्तरः

करण : खान्छन्, रुचाउँछिन्, बोल्छिन्, मान्नुहुन्छ

अकरण : खाँदैनन्, रुचाउँदिनन्, बोल्दिनन्, मान्नुहुन्न

 

२.’व्यावसायिक चिठी पाठमा प्रयोग भएका सबै क्रिर्यापद टिप्नुहोस् र तिनलाई अकरणमा बदल्नुहोस् ।

उत्तरः

भयो : भएन

गरिरहेका छन् : गरिरहेका छैनन् गरेको छ: गरेको छैन

हुने: नहुने

आएका छन् : आएका छैनन्

 

3.नखेल्नु, नरुचाउनु, नरमाउनु, नजित्न नपाउनु क्रियालाई करणमा परिवर्तन गर्नुहोस् र ती करण क्रियाको प्रयोग गरी आफूलाई मन पर्ने खेलकुदका बारेमा एक अनुच्छेद लेख्नुहोस् ।

उत्तरः खेल्नु, रुचाउनु, रमाउनु, जित्नु, पाउनु

 

मलाई मन पर्ने खेल फुटबल ।  यो खेल दुई समूहबनाएर खेल्नु पर्छ ।  एक समूहमा ११ जना खेलाडि हुन्छन् ।  युवा पुस्ताहरू प्राय सबै यो खेल रुचाउँछन् ।  यो खेल खेल्दा साथीहरूसँग रमाउँनुका साथै कसरथ पनि हुन्छ ।  नेपालले अहिले सम्म विश्वकप फुटबलमा भाग लिन पाएको छैन ।  सार्कस्तरीय गेममा भने जितेको पनि छ ।

 

४. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) मलाई कोदोको रोटी मिठो लाग्दैन ।  (करण)

उत्तरः मलाई कोदोको रोटी मिठो लाग्छ ।

 

(ख) उनीहरू क्रिकेट खेल्छन् ।  (अकरण)

उत्तरः उनीहरू क्रिकेट खेल्दैनन् ।

 

(ग) प्रज्ञान कहिल्यै कक्षामा प्रश्न सोध्दैन ।  (करण)

उत्तरः प्रज्ञान सधैँ कक्षामा प्रश्न सोध्छ ।

 

(घ) ऊ छुट्टीमा ऐतिहासिक सिन्धुलीगढी घुम्न जाला । (अकरण)

उत्तरः ऊ छुट्टीमा ऐतिहासिक सिन्धुलीगढी घुम्न नजाला ।

 

(ङ) परिश्रम गरे सफल भईन्छ ।  (अकरण)

उत्तरः परिश्रम गरे सफल नहुने होइन ।  (परिश्रम गरे सफल भइँदैन ।  पछिल्लो नियम अनुसार)

 

(च) जनताले जनप्रतिनिधिसमक्ष आफ्ना माग प्रस्तुत गरेनछन् ।  (करण)

उत्तरः जनताले जनप्रतिनिधिसमक्ष आफ्ना माग प्रस्तुत गरेछन् ।

 

५. दिइएको अनुच्छेदबाट ‘ब’ र ‘व’ प्रयोग भएका शब्द छुट्याएर लेख्नुहोस् :

वडा अध्यक्ष विजय वर्मा वरबोट गाउँका बडो विचित्रका व्यक्ति हुन् ।  वडाका बिरामी, बुढाबुढीलाई प्रत्येक महिना उनी अनिवार्य भेटेर मात्र वडा अध्यक्षको कार्यालयमा हाजिर हुन्छन् ।

उत्तरः

ब को प्रयोग : बोट, बड़ी, बुढाबुढी, बिरामी,

व का प्रयोग : व्यक्ति, वडा, विजय, वर्मा, वरबोट, विचित्रका अनिवार्य

 

६.’पाठबाट ‘ब’ र ‘व’ प्रयोग भएका तीन तीनओटा शब्द टिपेर कक्षामा सुनाउनुहोस् ।

उत्तरः

ब को प्रयोग : बागवानी, वागमती, बिउबिज,

व को प्रयोग : वेभसाइट, विगत, वितरण

 

७.’ब’ र ‘व’ प्रयोगसम्बन्धी अशुद्धि सच्याएर पुनर्लेखन गर्नुहोस् :

वालक बेद पढ्न बेदविद्याश्रम वनकालीमा भर्ना भएछन् ।  उनी २० बर्षको उमेरमा बिए वा सोसरहको शास्त्री पढेपछि बेदाचार्य गर्न बाल्मीकि विद्यापीठमा भर्ना भएछन् ।  त्यसपछि वनारस हिन्दु बिस्वबिद्यालयमा विद्याबारिधि पढ्न बनारसतिर गएछन् ।

 

उत्तरः बालक वेद पढ्न वेदविद्याश्रम बनकालीमा भर्ना भएछन् ।  उनी २० वर्षको उमेरमा बि.ए. वा सोसरहको शास्त्री पढेपछि वेदाचार्य गर्न वाल्मीकि विद्यापीठमा भर्ना भएछन् ।  त्यसपछि वनारस हिन्दु विश्वविद्यालयमा विद्यावारिधि पढ्न बनारसतिर गएछन् ।

 

 

 

सिर्जना र परियोजना कार्य

 

१.गाउँघरको हालखबर उल्लेख गर्दै सहरमा पढ्न बसेको भाइलाई पठाउने चिठीको तयार पार्नुहोस् ।

 

उत्तरः

Image

 

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).