लेखक परिचय
गुरुप्रसाद मैनाली (वि.स. १९५७–२०२८) एक प्रसिद सामाजिक यथार्थवादी एवम् आदर्शवादी कथाकार हुन् । तत्कालिन् समाजमा घट्ने सत्य एवम् यथार्थ घटनालाई आफ्नो कथाको विषयवस्तु बनउनु उनको मौलिक विशेषता हो । उनले विभिन्न सामाजिक परिस्थितिलाई बुझेर त्यहि अनुरुप आफ्नो कलम चलाउँथे । नेपाली समाजको घटनाहरुलाई निकै नजिकबाट नियालेर उनले आफ्नो कथाको बिषयबस्तु बनाउँछन् । विभिन्न दुःख र पिडा समेटिएको उनको कथामा एक आदर्श पात्रले समस्याको सहि समाधना निकाल्ने हुनाले नै उनलाई सामाजिक यथार्थवादी कथाकारको रुपमा लिइएको हो ।
कथा परिचय
कर्तव्य एक सामाजिक घटनामा आधारीत कथा हो । बाबु गंगाधरको निधन भएपछि सारा गाउँ शोकाकुल हुन्छ र बाबुको जिम्मेवारी उनका दुई छोरा मुरलीधर र श्रीधरको काँधमा आउँछ । बाबुको जीउनी खेतको बीचमा दाजुभाइबीच विवादल भएपछि त्यस पुद्या अदालतसम्म पुग्छ । मुरलीधर एक नाम चलेका पण्डीत थिए भने श्रीधर चाही आपूmलाई जिल्लाको एक प्रगतिशीलवादी सम्झन्थे । ह’न त कानुनी आधारमा बाबुसँग बसेकाले जीउनी खेत श्रीधरको हुनुपर्छ भने पनि बाबुले अन्तिम अवस्थामा मेरो दुवै छोरा बराबरी हुन् बाडेर खाउ भनेकाले मुरलीधरले पनि दावी गरेका थिए । अदालतमा श्रीधरले मदा जिते र खेत आफ्नो बनाए ।
श्रीधरबीरामी परेर त्यही समयमा छोराको विवाह हुने भयो तर जीउनी खेतको विवाद पछि दाजुभाइबीच बोलचाल बन्द भएको थियो । त्यस्तो प्रतिकुल अवस्थामा मुरलीधर एक आदर्श पात्रको रुपमा स्थापित भए र विवाह बिधि राम्रोसँग सम्पन्न गराए । उनको आदर्शकै कारणले गर्दा दाजुभाइबीचको मिलन भयो । स–साना बिवाद भएपनि मानिस आफ्नो जिम्मेवारीबाट पन्छन् हुदैँन् भन्नु नै पाठको मुख्य उद्देश्य हो ।
गुरूप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथा सामाजको यथार्थता बोकेको कथा हो । यस कथामा हाम्रो समाजमा देखिने दाजुभाइको झगडालाई काल्पनिक बनाएर कथामा रूपमा उतारिएको छ । दाजुभाइ एक आपसमा जतिसुकै झगडा गरेपनि परेको बेलामा आफ्नो कर्तव्य निभाउन छोड्नु हुँदैन भन्ने यस कथाको मूल भाव रहेको छ ।
मानिस सामाजिक प्राणी हो । समाजमा रहँदा बस्दा चाहेर वा नचाहेर विभिन्न क्रियाकलापहरू गर्नुपर्दछ । जुन क्रियाकलापबाट दोस्रो व्यक्तिको चित्त पनि दुख्न सक्छ र आफन्त आफन्त विच नै बोलचाल बन्द हुन सक्छ । बोलचाल बन्द भयो भन्दैमा हामीले हाम्रो कर्तव्य छोड्नु हुँदैन । दाजुभाइ भनेको एउटै रगत हो । हामीले हाम्रो रगतको कहिल्यै अपमान गर्नु हुन्दैन । आफूलाई आवश्यक परेको बेलामा आफ्नै रगत काम लाग्छ । श्रीधर सन्च हुँदा त्यत्रो समाजको साथ पाएका थिए तर विसन्चो हुँदा दाइले मात्र साथ दिएका थिए । दाजुभाइ भनेको एक अर्काका परिपुरक हुन् । अप्ठ्यारो पर्दा काम ” लाग्ने भनेको दाजुभाइ नै हो । समाजले त दाजुभाइबिच फुट ल्याउने काम मात्र गर्छ । ‘भाइफुटे गवार लुटे भन्ने नेपाली उखान त्यत्तिकै चलेको होइन । सम्पत्ति भनेको केही होइन । सम्पत्तिलाई लिइएर दाजुभाइबिच झगडा गर्नु मूर्खता मात्र हो ।
दाजुभाइ भनेको एक अर्काका परिपूरक हुन् । अर्काको कुरामा होस् वा सम्पत्तिको निउँमा होस् दाजुभाइबिच झगडा गर्नुहुँदैन । यदि झगडा परिहाल्यो भने पनि त्यसैलाई आधार मानेर आफ्नो कर्तव्यबाट भने पछि हट्न हुँदैन ।
तलका प्रश्नहरुको संक्षिप्त उत्तर दिनुहोस् :
क) गंगाधरको चरित्र चित्रण गर्नुहोस् ?
उत्तर– गंगाधर एक आदर्श व्यक्तित्व हुन् । आफ्नो बिपुल सम्पतिलाई केवल जनताको नासो मान्ने उनी त्यसलाई संचालन गर्ने व्याक्तिको रुपमा रहेका थिए । वास्तवमा उनी गाउँको कर उठाउने तालुकदार थिए । तर उनको आदर्श बिचार र भावनाको कारणले गर्दा उनी सबैको अभिभावक थिए । उनी अनाथ र अशक्तहरुको टेक्ने लट्ठी थिए । उनको प्रस्थान बिना विभिन्न कार्यहरु अपुरो हुन्थ्यो । उनी न्यायको घरमा बसेर सबै जनतालाई न्याय प्रदान गर्ने एक इमानदार मानिस थिए । गंगाधर सबै मानिसका लागि आशाको स्तम्भ थिए । उनले विभिन्न पुण्यका काम गरेर गाउलेको सेवा गरेका थिए । उनले सबैलाई सम्मान दृष्टिकोले व्यवहार गर्ने गर्थे । गंगाधर गाउँको धनवन्तरी थिए ।
ख) मुरलीधर र श्रीधरका बीच के–कस्ता चारित्रिक अन्तरहरु देखिन्छन् ?
उत्तर– कर्तव्य कथाको मुरलीधर र श्रीधर प्रमुख एवम् चर्चित पुरुष पात्रका रुपमा छन् । मुरलीधर र श्रीधर दाजुभाइ हुन् । उनीहरुको आ–आफ्नै चारित्रिक बिशेषताहरु छन् ।
मुरलीधर कथाका एक आदर्श पात्र हुन् । उनी बिख्यात पण्डित हुन् । धर्मकर्म र संस्कृतिमा अपार श्राद्ध राख्ने उनलाई आफ्नो रितिरिवाजमा ठूलो बिश्वास थियो । उनी विहान सबेरै न्वाउँथे, र जपध्यान, पूजापाठ आदि गर्थे । उनी जिल्लामा ‘मुरली पण्डितका’ नामले बिख्यात थिए । भाइ श्रीधर भने आफुलाई जिल्लाको एक मात्र प्रगतीशील व्यतिm सम्झन्थे । खानपानमा खासै ध्यान पु¥याउँदैन थिए र आफुलाई मन पर्ने पहिरन लगाउथे । उनलाई धर्मकर्ममा कुनै रुचि थिएन् । उनले नयाँ शैलीको पालना गर्थे र केहि दादागिरीको काममा पनि पछि हट्दैनथे । त्यसैले उनी ‘शर्माजी’को नाउँले जिल्लामा प्रख्यात थिए । यी दुई दाजुभाइबीचको चारित्रिक अन्तरहरु यिनै हुन् ।
ग) मुरलीधर र श्रीधरका बीच कुन बिषयमा विवाद भयो र विवादको टुङ्गगो कसरी लाग्यो ?
उत्तर– मुरलीधर र श्रीधरको बाबु गंगाधरले जिउनीको रुपमा सय मुरी खेत राखेका थिए । आइमाइको गृहकलहले गर्दा मुरलीधर पहिल्यै नै बाबुसँग छुटिएर बसेका थिए । गंगाधरले मर्ने बेलामा जिउनी खेत दुई भाइले बाड्ेर खानु भनेका थिए भनेर मुरलीधरले आदि खेत दावी गरेका थिए । बाबु आफुसँग बसेको हुनाले पुरै सम्पति आफ्नो हुनुपर्छ भन्ने श्रीधरको बिचार थियो । यहि बिषयलाई लिएर मुरलीधर र श्रीधरको बीचमा बिवाद भयो । गाउँका मानिसहरुबीच मत बाजिए पछि कुरा अदालतमा पुग्यो र अदालतले वकितमलाई भन्दा लिखित्मलाई बढि प्राथमिकता दियो । श्रीधरको नाममा मुद्दा जित्यो । यसरी नै मुरलीधर र श्रीधरको बीचमा भएको बिवादको टुङ्गगो लाग्यो ।
घ) मुरलीधरले आफ्नो कर्तव्य कसरी निर्वाह गरे ?
उत्तर – श्रीधर बिरामी परेर बसेको बेलामा छोरा शशीधरको विवाहको कुरा चल्यो । बिस्तारै विवाह हुने भयो तर विवाहको कुरा चल्इो । बिस्तारै विवाह हुने भयो तर विवाहको जन्तिमा कोही पनि पाका र बुझेका मानिस गएका थिएनन् । आफ्नो कुलको इज्जत बचाउनको लागि कुनै पनि निम्तो सबना शशीधरको विवाहमा जन्ति गए र विवाह विधि राम्रो सगँ सम्पन्न गराए । यति मात्र होइन भाइले आफुलाई अपहेलना गरेको अवस्थामा पनि उनले भाइको परिवारको रेखदेख गरे र उनको स्वास्थ्य उपचारको लागि लगे । यसरी नै आदर्शवादी मुरलीधरले आफ्नो कर्तव्य निर्वाह गरे ।
ङ) ‘कर्तव्य’ कथाको मूल आशय के हो ?
उत्तर– एक आधुनिक कथाकार गुरुप्रसाद मैनालीले लेखेको कर्तव्य कथा एक सामाजिक यथार्थवादी कथा हो । वास्तवमा यस कथामा नयाँ पुस्ता र पुरानो पुस्ताबीचको द्धन्द्धलाई देखाइएको छ । यस कथामा पुरानो पुस्ताको आदर्श भावना र बिचारलाई प्रस्तुत गरिएको छ । पुराना पुस्ताको मानिसले विजय प्राप्त गरेको देखाइएको यस कथाले आपसी मिलापलाई विशेष महत्व दिएको छ । पारिवारिक झै–झगडा गर्न नहुने कुरा यस कथाको मुख्य विषय हो । मानिसहरुबीच विभिन्न फरक विचार हुन्छन्, विभिन्न सामाजिक मतभेदहरु पनि हुन्छन् । तर त्यसको समाधान खोज्नुपर्छ । मतभेद भयो भन्दैमा मनभेद हुनुले नै विभिन्न सामाजिक समस्याहरु निम्त्याउँछ । परिवारका सबै सदस्यबीचमा माया, प्रेम, स्नेह, र सहयोग हुनुपर्छ भन्नु नै ‘कर्तव्य’ कथाको मूल आशय हो ।
च) यस कथाले के कस्तो भातृप्रेम देखाएको छ ?
उत्तर – सामजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीद्धारा लिखित कर्तव्य कथामा भार्तप्रेम कतिसम्म गाढा हुन्छ भन्ने कुरालाई स्पष्ट रुपमा देखाइएको छ । एक आपसमा जतिसुकै वैमनस्य, ईष्र्या, डाह र कटुता भएपनि रगतको नाता भनेको कहिल्यै पनि टुट्दैन भन्ने कुरालाई राम्रोसँग देखाइएको छ । पानी बाराबारको अवस्था र आवतजावत नै ठप्प भएपनि अप्ठेरो अवस्था र दुःखमा एकले अर्कालाई साथ दिनुपर्छ भन्ने कुरा देखाइएको छ । रगत्को नातालाई भौतिक सम्पतिको कारणले टुट्न दिनुहुन्न भन्ने कुरामा यस कथाले आफ्नो विषय बस्तु प्रस्तुत गरेको छ ।
सप्रसङ्ग व्याख्या गर्नुहोस् :
कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखत मौका विचार गरेर आफै पनि जानुपर्छ ।
प्रस्तुत गधांस कक्षा १० को नेपाली किताबको कर्तव्य भन्ने पाठबाट निकालिएको हो । यस कथाका कथाकार गुरुप्रसाद मैनाली हुन् । आदर्शोन्मुख सामाजिक यथार्थवादी कथाकार गुरुप्रसाद मैनालीले कर्तव्य कथामा पनि समाजमा घटेको वास्तविक घटनालाई टपक्क टिपेर आफ्नो कथाको विषयबस्तुको रुपमा प्रस्तुत गरेका छन् ।
जब श्रीधरको छोरा शशीधरको विवाहमा दाजु मुरलीधरको घरमा कुनै निम्तो हँुदैन, तब मुरलीधर आफ्नो कुलको इज्जत बचाउनको लागि आफुलाई नडाकिएको बिहेमा पनि जान खोज्छन् । त्यस्तो त कुकुरले मात्र गर्छ भन्ने मुरलीधरको पत्नीको कुरामा उनले माथि उल्लेखित कुरा भनेका थिए ।
हो, कुकुर पो एउटा अज्ञानी पशु हो । उसले समय र परिस्थितिलाई बुझ्न सक्दैन । तर, मानिस त ज्ञानवान हुन्छ त्यसैले मानिसले बेलामैक बिचार गरेर कुनै काममा आफ्नो सहभागीता जनाउनुपर्छ । सन्तानहरुको काँधमा नै प्रत्येक कुल खानदानको इज्जत निर्भर हुन्छ भन्ने वास्तविकतालाई कर्तव्इ कथाले बेजोड ढङ्गगले प्रस्तुत गरेको छ ।
विभिन्न दुःख, कष्ट आदि सहेर कमाएको इज्जत र प्रतिष्ठालाई बेक्कारमा नउडाउनको लागि यस कथाले बिशेष जोड दिएको छ ।
११. विवेचनात्मक उत्तर दिनुहोस् :
क) ‘कर्तव्य’ कथामा कथाकारले नेपाली समाजका के–कस्ता वास्तविकताहरुलाई देखाउन खोजेका छन् ?
उत्तर– नासो कथासंग्रहमा समेटिएको ‘कर्तव्य’ भन्ने कथाका कथाकार गुरुप्रसाद मैनाली हुन् । नेपाली साहित्यको क्षितिजमा एक आदर्शवादी एवम् यथार्थवादी कथाकारको रुपमा स्थापित भएका उनले सामाजिक द्धटनालाई आफ्नो कथाको विषयवस्तुमा समावेश गर्न माहिर छन् । नेपाली समाजमा पैतिक सम्पति छोराहरुकाले अंशवण्डा गर्ने सामाजिक चालचलन पहिलेदेदि नै रहेका् छ । आफ्नो बाबुआमाको निधनपछि उनीहरुको जीउनीको रुपमा रहेको सम्पति कतै बाड्न् चलन पाइन्छ त कतै बाबुआमाले भनेको कुराको आधाधमा नै जिउनी सम्पतिको प्रक्रिया मिलाउने गरिन्छ । यो समाजको यथार्थ घटना हो । नेपाली समाजमा उपयुतm वर खोजेर छोरी दिने र धेरै दाइजो र धनसम्पतिको आशमा धनाड्यको छोरी खोज्ने प्रचलन पनि रहिआएको छ । तयसै अनुसारले श्रीधरले छोरा शशीधरलाई धनी व्यतिmले छोरी दिन आएकाले त्यसलाई सहर्ष स्वीकार गरिएको छ ।
यस्तै गरी गाउँको कुनै मानिसको मृत्यु हुँदा मलामी जानु, दुःख व्यतm गर्नु र काज किरिया गर्नु पनि नेपाली समाजमा घट्ने वास्तविक घटना हो । अशिक्षा र असमझदारीबाट उतपनन हुने विवादको कारणले एउटै परिवारका सदस्यहरु पनि अलग्गिएर छुट्ने बस्ने पनि यथार्थ घट्ना हो । अन्य समाजका यथार्थ कुराहरु पन िकथाम समावेश भएका छन् । संस्कृतिको रक्षा गर्ने, पुराण लगाउने आदि पनि यथार्थ घटना हुन् । यसरी नै कर्तव्य कथामा कथाकार मैनालीले समाजमा घटेका वास्तविकतालाई सुन्दर एवम् कलात्मक ढङ्गगले प्रस्तुत गरिएको छ ।
ख) “धनसम्पतिभन्दा नातासम्बन्ध ठूलो कुरा हो” भन्ने भनाइ ‘कर्तव्य’ कथाका आधारमा पुष्टि गर्नुहोस्।
उत्तर– नेपाली साहित्यका आधुनिक कथाको फाँटमा जग बसालेका कथाकार गुरुप्रसाद मैनालीले नेपाली समाजको यथार्थ र वास्तविकतालाई सरल भाषाम चित्राकर्षक ढङ्गगले प्रस्तुत गरेको छन् । समाजमा दैनिक रुपमा घट्ने यथार्थ घटनालाई आफ्नो विषयवस्तुमा कलात्मक ढङ्गले प्रस्तुत गर्नु उनको विशेपता हो । जीवनमा आइपर्ने दुःख र पीडालाई मार्मिक ढङ्गले प्रस्तुत गर्ने मैनालीको कथामा आदर्शवादी विचारले महत्व पाएको हुन्छ ।
मुरलीधर मुख्य पात्र भएको कथामा उनको आदर्शवादी विचारले गर्दा नै धनसम्पतिभन्दा नातासम्बन्ध ठूलो विवाद उत्पन्न हुन्छ । मर्ने बेलामा बाबुले दुबै छोरा समान हुन बाडेर खानु भनेर भनेको कुराको आधारमा मुरलीधर सम्पतिको दावी गर्छन । त्यसैगरी सँगै बसेको नाताले ऐनकानूनको आधारमा त्यो खेत उकलौटि आफुले पाउनु पर्ने श्रीधरको धारणा छ । भौतिकम धनसम्पतिका विषयमा दुई दाजुभाइको बीचमा भएको विवादले कुनै फाइदा हुनेवाला थिएन । हाम्रो समाजमा गरिने विभिन्न सामाजिक र सांस्कृतिक कायहरुको लागि नातासम्बन्ध निकै महत्वपूर्ण हुन्छ । धनसम्पति क्षणिक हुन्छ भने नातासम्बन्ध सधै प्रगाढ रुपमा रहेको हुन्छ । धनसम्पतिको कारणले गर्दा दाजुभाइबीचको सम्बन्ध चिसिएको थियो तर पछि नाताको आधारमा विपत्तिको बेलामा सहयोग गरेपछि दाजुभाइबीच पुनः मिलनको अवस्था सिर्जना हुन्छ । यसरी नै धनसम्पति भन्दा नातासम्बन्ध निकै प्रगाढ र ठूलो हुन्छ भन्ने कुरा आदर्शवादी मुरलीधरको व्यवहार र क्रियाकलापबाट प्रमाणित गरिएको छ ।
कथाको सम्पूर्ण अभ्यासको समाधान
१. दिइएका अर्थ आउने पद पदावली ‘कर्तव्य’ कथाबाट खोजेर लेख्नुहोस् :
(क) देह वा शरीरको अवसान वा अन्त्य
(ख) अड्डा वा कार्यालय रहेको भवन
(ग) आवाज ननिकाली सासले मात्र अरूका कानमा भनिने गोप्य कुरो
(घ) विवाहमा बेहुलाका साथ बेहुलीको घर जाने व्यक्तिको समूह
(ङ) गाउको मुखिया वा जिम्मावाल
(च) राम्रो काम गर्नेले पाउने इज्जत वा ख्याति
उत्तरः देह वा शरीरको अवसान वा अन्त्य : देहावसान
अड्डा वा कार्यालय रहेको भवन : अदालत
आवाज ननिकाली सासले मात्र अरूका कानमा भनिने गोप्य कुरो : कानेखुसी
विवाहमा बेहुलाका साथ बेहुलीको घर जाने व्यक्तिको समूह : जन्ती
गाउँको मुखिया वा जिम्मावाल : तालुकदार
राम्रो काम गर्नेले पाउने इज्जत वा ख्याति प्रसिद्ध
२. दिइएका शब्द र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द |
अर्थ |
ऋचा : |
कविताका रूपमा लेखिएका वेदका मन्त्र |
मङ्गलधुन: |
शुभ लक्षणले युक्त लयात्मक ध्वनि |
कुटुम्ब: |
इष्टमित्र, नातागोता, आफन्त |
निरोपण: |
छानविन, अन्वेषण |
कोलाहल: |
अत्यासलाग्दो अवस्था, अत्तालिदो होहल्ला |
पितृ: |
मरेका आफ्ना पुर्खा |
अनिष्ट: |
हानिकारक, अशुभ |
3.दिइएको कपाशबाट उखान र टुक्का पहिचान गरी लेख्नुहोस् :
गार बसैको आखामा राखे पनि नबिझाउने खालका मानिस थिए । गाउँले उनलाई न्याय प्रतिभूति नै अन्थे । उनी आफू भलो त जगतै भलो भन्ने सोचका मानिस थिए । उनको यो कृति एक कान दुई कान मैदान हुँदै दश गाउँ फैलियो । सबैतिर उनले न्यायनिसाफ गर्दा कहिल्यै पनि चोरलाई चौतारो साधुलाई शुली गर्दैनन् भन्नेमा सबैको विश्वास थियो। उनको जिब्रो चिप्लो मन कालो थिएन । उनी मनमा एउटा कुरा र मुखले अर्को कुरा गर्दैनथे अर्थात् मनमा लागेका कुरा निर्धक्क भन्ने खुला किताब जस्तै थिए ।
उत्तरः
उखान: मनमा एउटा कुरा मुखले अर्को कुरा, आफू भलो त जगतै भलो, एक कान दुई कान मैदान, चोरलाई चौतारो साधुलाई शुली,
दुक्का : दश गाउँ फैलिनु, जिब्रो चिप्लिनु, मन कालो हुनु, आँखामा राखे पनि नबिझाउनु
4.दिइएका उखान र टुक्कालाई अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :
उखानः हुने बिरुवाको चिल्लो पात, धान खाने मुसो चोट पाउने भ्यागुतो, खाने मुखलाई जुँगाले छेक्दैन, बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन
उत्तरः हुने बिरुवाको चिल्लो पात : हुने बिरुवाको चिल्लो पात भने झौँ रमेश सानै देखि पढ्नमा तेज थियो ।
धान खाने मुसो चोट पाउने भ्यागुतो : मैले माटाको घैला फुटाएको थिएँ बाबाले भाइलाई किन फुटाइस् भन्दै कुद्नु भयो । यो त धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तै भयो ।
खाने मुखलाई जुँगाले छेक्दैन : हरिको बुबाले पैसा छैन भन्दै स्कुल जान दिनुभएको थिएन उसले विहान बेलुका अर्काको काम गरेर आफैँ पैसा कमाएर पढेरै छाड्यो यसैलाई भन्छन् खाने मुखलाई जुँगाले छेक्दैन भनेर ।
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन : अनोज र मनोज किताब चाहिएको. थियो । अनोजले मनोजको काकाको छोरासित मागेर लगेको मनोजले पत्तै पाएन् । यसैलाई भन्छन् बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।
टुक्का : माया मार्नु, कम्मर कस्नु, कानमा तेल हाल्नु, सुइकुच्चा ठोक्नु, आगो हुनु, चिसो पस्नु ।
उत्तरः
माया मानु: रोग लागो भन्दैमा यसरी माया मार्नु राम्रो होइन ।
कम्मर कस्नु: जीवनमा सफल हुनु छ भने आजैदेखि कम्मर कस्नु पर्छ ।
कानमा तेल हाल्नु: कोरोना फेरि फैलिन सक्छ सतर्क हुनु भन्दा भन्दै कानमा तेल हालेर बस्नाले धेरै क्षति बेहोर्नु पयो ।
सुइँकुच्चा ठोक्नु: सँगै जानुपर्छ है भनेर त्यत्रो भनेको श्याम त कति खेर कति खेर सुइकुच्चा ठोकेछ ।
आगो हुनु: हिजो साथीकोमा बसेको आज त आमा रिसले आगो हुनुभएको छ । |
चिसो पस्नु: बिहे गर्ने बेला भएकी छोरी घर नआउँदा मनमा चिसो पस्यो
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको लेखाइ र उच्चारणमा पाइने भिन्नता पहिचान गर्नुहोस् :
उत्तरः
शब्द |
उच्चारण |
शीर्षक: |
सिरसक |
अन्याय: |
अन्न्याय |
ऊन: |
उन् |
सञ्चार: |
सञ्चार |
रक्षा: |
रक्छ्या |
भन्डार: |
भन्डार् |
ऋषि: |
रिसि |
२. ‘कर्तव्य’ कथाबाट लेखाइ र उच्चारण भिन्न हुने १० ओटा शब्द टिपोट गरी शुद्ध उच्चारण गर्नुहोस् ।
उत्तर:
थिएन : थेन,
उनको : उन्को,
संसार : सन्सार,
लाएर : लार,
सुनिन्थ्यो : सुनिन्थियो,
समाचार: समचार,
मण्डप : मन्डप, पुरोहित: पुरेत,
जनताको : जन्ताको,
जवाफ: जबाफ
3.’कर्तव्य’ कथा पालैपालो सस्वरवाचन गर्नुहोस् ।
४. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘कर्तव्य’ कथाको सुरु र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
उत्तरः कथाको सुरु नौ दिनको ज्वरोपछि गङ्गाधरको मृत्युको प्रसङ्गवाट भएको छ भने अन्त्य मुरलीधरले श्रीधरलाई औषधि गराउन सहर लगेको घटनामा भएको छ ।
(ख) कथामा कति जना पात्र छन्, तिनको नाम भन्नुहोस् ।
उत्तरः कथामा खोजेर लेख्ने । (कमला, शशीधर, मरलीधर, श्रीधर, गङ्गाधर आदि)
(ग) कथामा ग्रामीण समाजको परिवेश झल्काउने तथ्य के के हुन् ?
उत्तरः गाउँका दीनहीन गरिब बिरामी भएको सुनेर ओखतीमूलो लिएर झुपडीमा पुग्नु, दश गाउँका दुनियाँ उनैका ढोकामा फिराद गर्न आइपुग्नु, गाउँका तालुकदार भए पनि ‘मुखिया वा’ का नाउँले प्रसिद्ध हुनु, खोलामा बाको कत्रो नाम छ भन्नु, आज – पनि घर घरमा बाकै यश र कीर्तिको चर्चा हुन्छ भन्नु, उनलाई टट्यानपुर घाममा एक्लै ओह्रालो लागेका देखेर गाउँका मानिस अचम्म मानेर मुख मुखमा हेर्नु, झमक्क साँझ परेपछि दुलहीका घरमा पुगेर सुटुक्क फलैँचामा बस्नु । पँधेरामाथिको चौतारामा रमिता हेर्ने मानिसको घुइँचो हुनु आदि तथ्यले कथामा ग्रामिण समाजको परिवेश झल्काउँछन् ।
(घ) कथामा प्रथम वा तृतीय पुरुषमध्ये कुन दृष्टिबिन्दु प्रयोग भएको छ ?
उत्तरः तृतीय पुरुष
५. दिइएको कथांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
त्यस पाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला, यहाँ बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो । कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बका आँगनमा बरियाती लैजानु छ । बाबु चाहि फलैँचामा ओछ्यान लाएर लडिरहेछ । जन्तीमा बुढोपाको एउटा छैन । खालि ओठ निचोर्दा दुध भर्ने अल्लारे ठिटा मात्र छन् । घरगृहस्थीको यति ठुलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान् ?
प्रश्नहरू
(क) कथांशका आधारमा वक्ताको चरित्र चित्रण गर्नुहोस् ।
उत्तरः कथाशमा वक्ता धेरै बुद्धिमानी परेको बेलामा आफ्नो कर्तव्य निभाउन मान नखोज्ने, परिपक्व, कुलको इज्जतको लागि आफू पछि नहट्ने चरित्रको व्यक्ति हुन् ।
(ख) कथांशमा ‘बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो’ भन्नुको आशय खुलाउनुहोस् ।
उत्तरः एक कहलिएको परिवारको जेठो सन्तानको विहे कहलिएको परिवारकी एक्ली छोरीको घरमा जन्ती जांदा बुढापाका कोही नगएर ठिटाहरू मात्र गएको र बाबु पनि जान नसकेको अवस्थामा आफू परिवारको जेठो छोरो भएको हुनाले आफू पनि नगए अकलि कुराकाट्ने सम्भावना भएको जसका कारण आफ्ना बाआमाले कमाएको नाममा प्रश्न उठ्न सक्छ भन्नु हो ।
६.दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मलाई अब धेरै दिन बाचुला जस्तो लाग्दैन । मैले जीवनमा हजुरका प्रति धेरै अत्याचार गरेको छु । यस अज्ञानिको सबै अपराध क्षमा गरेर यी नावालक छोराछोरीको शरण लिइदिनुहोला । भाइका कुरा सुनेर मुरलीधरले व आँसु झारे। मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, “विसेक हुन्छ वा हरेस नखाऊ । बरू अव यहाँका वैद्यको भर गरेर बस्नुभएन । तिमीलाई देशतिर औषधी गराउन लैजान्छु । ”
प्रश्नहरू
(क) कथांशमा म पात्रले पश्चाताप गर्नुको कारण के हो ?
उत्तरः कथांशमा म पात्रले पश्चाताप गर्नुको कारण दाइलाई अत्याचार गर्नु हो ।
(ख) मुरलीधरले भाइप्रति कस्तो व्यवहार देखाए ?
उत्तरः मुरलीधरले भाइप्रति स्नेही व्यवहार देखाए ।
(ग) सिकिस्त भएपछि मात्र उपचार गर्न लानु ठिक हो, तर्क गर्नुहोस् ।
उत्तरः सिकिस्त भएपछि मात्र उपचार गर्न लानु ठिक होइन किनकि रोग निकोहुन कठिन हुन्छ ।
(घ)‘हृदयमा दुःखको कोलाहल मच्चिनु’ को आशय खुलाउनुहोस् ।
‘उत्तरः ‘हृदयमा दुःखको कोलाहल मच्चिनु’ को आशय माया र डरले आत्तिनु हो ।
७. ‘कर्तव्य’ कथा पढी दिइएका संवाद कसले कसलाई भनेका हुन्, भन्नुहोस् :
(क) मेरा दुवै छोरा बराबर हुन्, आधा आधा बाँडेर खानू ।
उत्तरः गङ्गाधरले छोराहरूसित
(ख) त्यस महाआत्माको अन्तिम आज्ञा श्रीधरले मान्नैपर्छ ।
उत्तर: बुढापाकाले भेलामा श्रीधरलाई
(ग) कसैको मरण होस् त यसप्रकारको होस् ।
उत्तरः गाउँलेले गङ्गाधरलाई
(घ) त्यस्ता महापुरुपका सन्तान आफ्नो कर्तव्य किन छोड्थे ।
उत्तरः केटीपक्षका मान्छेले मुरली धरलाई
(ङ) लौ, घर लगेर भित्राऊ ।
उत्तरः मुरलीधरलेजन्तीलाई
(च) दाज्यूलाई खानपिन त राम्ररी गरायौ के ?
उत्तरः श्रीधरले जन्त गएका केटाहरूलाई
(छ) खै, सम्धी पाल्नुभएको छैन, अब मण्डपमा आएर बसिदिनुभएहुन्थ्यो ।
उत्तर: केटीका वाले जन्तीलाई
(ज) यस अज्ञानिको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछोरीको शरण लिइदिनुहोला ।
उत्तरः श्रीधरले मुरलीधरलाई
८.’कर्तव्य’ कथाका मुख्य मुख्य घटना क्रमबद्ध रूपमा टिपोट गरी कथासार तयार पार्नुहोस् ।
उत्तर:
लगातार नौ दिनको ज्वरोपछि गङ्गाधरको मृत्युभयो । गङ्गाधर गाउँका मुखिया भए पनि सहयोगी व्यक्ति थिए । उनको जीवनकालमा गाउँका कसैले पनि भोकै मर्नु परेन । गाउँका बुढाबुढीदेखि केटाकेटीसम्म उनका प्रिय थिए । उनका दुई भाइ छोरा थिए । जेठा मुरलीधर पहिले नै छुट्टै बस्थे ।
गङ्गाधरको मृत्यु पछि उनको जीउनिको सयमुरी धान फल्ने पिप्ले खेतलाई लिएर दाजुभाइविच झगडा भयो । झगडा गाउँमा नमिलेपछि अदालत गयो । अदालतमा . मुरलीधरसँग लिखित प्रमाण नभएका कारण श्रीधरको जित भयो । त्यसपछि दाजुभाइबिच बोलचाल बन्द भयो ।
श्रीधरलाई रोगले च्यापेर थला परे । उनका छोरा शशीधरलाई कुलघरानकी केटी दिन घरमै आए । बिहेको टुँगो लाग्यो । मुरलीधरलाई वोलाइएन । आफूलाई नबोलाए पनि बाबु बाजेको इज्जत फाल्नु हुँदैन भनेर बेहुलाको बाबुको प्रतिनिधित्व गर्दै मुरलीधर विहेमा गए । मुरलीधरलाई विहेमा देखेर सवैले कुलघरानका मान्छेले आफ्नो कर्तव्य के भुल्थे भनेर सबैले प्रशंसा गरे ।
विहे भएको एक महिना पछि शशीधरले आएर जताबाट मन पर्छ आधा खेत कमाउनु रे भन्न आउँदा मुरलीधरले मैले खेत कमाए तिमीहरूले के खान्छौ भनेर फर्काइदिए । त्यसको १५ दिनपछि, वावालाई विमारले च्याप्यो भन्दै श्रीधरकी छोरी बोलाउन आएपछि मुरलीधरले सबै विर्सेर भाइलाई भेट्न गए र त्यसको ७ दिनपछि उपचारको लागि सहर लगे ।
९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘कर्तव्य’ कथाका मुरलीधर र श्रीधरका चारित्रिक विशेषता लेख्नुहोस् ।
उत्तरः गुरूप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथा एक सामाजिक यथार्थवादी कथा हो । यस कथामा हाम्रो समाजमा हुने गरेका दाजुभाइको झगडालाई वास्तविक रूपमा उतारिएको छ । यस कथाका मुख्य पात्र मुरलीधर र श्रीधर दाजुभाइ हुन् । दाजुभाइ बिच जतिसुकै मनमुटाव भएपनि आफ्नो कर्तव्य छोड्नु हुँदैन भन्ने यस कथाले सन्देश दिइएको छ । जसको चारित्रिक विशेषता यसप्रकार छ ।
मुरलीधर |
श्रीधर |
१. परम्परागत पात्रको प्रतिनिधित्व गरेका छन् । |
१. आधुनिक पात्रको प्रतिनिधित्व गरेका छन् । |
२. धर्म तथा पाप पुण्यको ख्याल गर्छन् । |
२.धर्म तथा पाप पुण्यमा पनि विश्वास |
३. अरूबेला जे भए पनि परेको बेलामा दाजुभाइको नाता विर्सनु हुँदैन भन्ने सोच राख्छन् । |
३.एकपटक नराम्रो भईसकेपछि सबै गर्दैनन् । शत्रु ठान्ने भएपनि पछि दाजुलाई खोज्छन् । |
४. वैगुनीलाई गुनले मार्नुपर्छ भन्ने सोच राख्छन् । |
४. पश्चाताप गर्न पछि पर्दैनन् । |
५. स्थिर पात्र |
५. अस्थिर पात्र |
६. पूजापाठमा रमाउने पात्र |
६. राजनीतिमा रमाउने पात्र |
७. अज्ञानी तर पश्चाताप गर्न सक्ने पात्र |
(ख) कथामा दाजुभाइबिचको सम्बन्धलाई कुन रूपमा देखाइएको छ, लेख्नुहोस् ।
उत्तरः ‘कर्तव्य’ कथा गुरूप्रसाद मैनालीद्वारा लेखिएको सामाजिक यथार्थवादी कथा हो । यस कथामा हाम्रो समाजमा हुने गरेका दाजुभाइको झगडालाई वास्तविक रूपमा उतारिएको छ । कथामा दाजुभाइबिचको सम्बन्ध आम नेपाली परिवारमा हुने जस्तै देखाइएको छ । जतिसुकै मनमुटाव भएपनि मान्छेले आफ्नो कर्तव्य छोड्नु हुँदैन भन्ने यस कथाले मूल सन्देश दिइएको छ ।
दाजुभाइ बिचको सम्बन्ध सानातिना घटनाले तोड्न नसक्ने कुरा यस कथामा प्रस्तुत गरिएको छ । यस कथाका मुख्यपात्रको रूपमा रहेका दाजुभाइविच ठुलो झगडा भएको भए पनि परेको बेलामा एक भएको उल्लेख गरेर आम नेपाली समाजको चित्र उतारिएको छ । दाजुभाइविच झगडा हुनु भनेको सामान्य कुरा हो । यो प्रत्येक नेपालीको घरमा देखिने घटना यस कथामा पनि देखिएको छ । प्रायः घर झगडा अंशकै निउँमा हुने र यसमा पनि जीउनी खेतको निउँमा भएको झगडा देखाइएको छ ।
पहिले जतिसुकै झगडा भएपनि छोराको बिहेमा नबोलाईकन जन्त गएर मुरलीधरले आफू घरको मुखिया भएको र घरका मुख्य कार्यक्रममा सहभागी हुन कसैले बोलाउनु नपर्ने कुरा देखाइएको बाट मुरलीधर एक विवेकी पात्र बनेका छन् भने पहिले रिसले दाजुलाई नबोलाए पनि दाजु जन्त गएको थाहा पंएपछि पछुतो गर्ने श्रीधर अज्ञानी तर पश्चाताप गर्न सक्ने पात्रको रूपमा चित्रण गरिएको छ ।
दाजुभाइ भनेको एक अर्काका परिपूरक हुन् । एकको अभाभमा अर्कोले त्यसको स्थान लिन सक्छ । श्रीधर बिरामी भएर जन्त जान नसक्दा मुरलीधर गएर सम्धीको मूमिका निभाएका थिए । दाजुभाइको सम्बन्ध अटुट बन्धन हो जसको प्रमाण ४ वर्षसम्म बोलचाल बन्द भएका भाइको आवस्था नाजुक छ भन्ने सुन्नासाथ मुरलीधर श्रीधरको घरमा पुगेका थिए । र उनलाई उपचारको लागि सहर पनि लगे । दाजुभाइको सम्बन्ध सुखमा विर्से पनि दुःखमा अवश्य सम्झिन्छ । छोराको बिहेमा दाजुलाई बोलाउन बिर्सेका श्रीधरले आफू बिरामी हुँदा उनैसित गुहार लगाएर आफ्ना छोराछोरीको ख्याल गर्न आग्रह गर्छन् ।
(ग) मुरलीधर र श्रीधरको विवाद नभएको र सम्बन्ध नबिग्रेको भए के हुन्थ्यो होला, अनुमान गर्नुहोस् ।
उत्तर: गुरूप्रसाद मैनालीद्वारा लेखिएको ‘कर्तव्य’ कथा एक सामाजिक यथार्थवादी कथा हो । हाम्रो समाजमा हुने गरेका दाजुभाइको झगडाकोयथार्थतालाई कथामा उतारिएको छ । यो कथा मुरलीधर र श्रीधरको सम्बन्धको वरिपरि घुमेको छ । यसमा दुई दाजुभाइको घरजगडा देखाइएको छ । जतिसुकै मनमुटाव भएपनि मान्छेले आफ्नो कर्तव्यबाट पछि हछ्नु हुँदैन भन्ने सन्देश यस कथो दिएको छ ।
यदि मुरलीधर र श्रीधरबिच विवाद नभएको भए यो परिवार एक आदर्श परिवारमा कहलिन्थ्यो र यो कथा पनि बन्ने थिएन । कथा आदर्श परिवारको बन्दैन त्यसमा त गडा चाहिन्छ । यो कथा नबनेर एक सम्पन्न समाजसेवी परिवारको रूपमा धेरै कहलिने थियो । मुरलीधरको संस्कार र श्रीधरको चतुर्याईंलाई मिश्रण गर्दा त्यस परिवारको आर्थिक तथा सामाजिक उन्नतिको आँकलन गर्न सहजै सकिन्छ । मुरलीधरको पाईंले जिल्ला ढाकेको थियो भने श्रीधरको राजनीतिले । यदि यी दुवै मिलेका भए पूरै देशमा यी दाजुभाइलाई चिनिन्थ्यो ।
उनीहरूका छोराछोरीमा राम्रो सम्बन्ध हुन्थ्यो शशीधरंको विहेमा राम्रा राम्रा लुगा लगाएर मुरलीधरका छोरीहरूपनि भित्र बाहिर गरिरहेका हुन्थे भने भतिजोको विहेमा वडावा बडी आमा प्रफुल्ल मनले सहभागी हुन्थे । श्रीधर त्यति लामो समयसम्म थलिएर बस्ने थिएनन् । उनलाई उपचारको लागि पहिले नै लगिन्थ्यो । विवाद मिलाउन भन्दै गाउँभरीका मान्छे जम्मा हुनेथिएनन् । घरको झगडा अदालत सम्म पनि पुग्ने थिएन ।
(घ) ‘कर्तव्य’ कथाको सन्देश के हो ?
उत्तरः गुरूप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथा सामाजको यथार्थता बोकेको कथा हो । यस कथामा हाम्रो समाजमा देखिने दाजुभाइको झगडालाई काल्पनिक बनाएर कथामा रूपमा उतारिएको छ । दाजुभाइ एक आपसमा जतिसुकै झगडा गरेपनि परेको बेलामा आफ्नो कर्तव्य निभाउन छोड्नु हुँदैन भन्ने यस कथाको मूल भाव रहेको छ ।
मानिस सामाजिक प्राणी हो । समाजमा रहँदा बस्दा चाहेर वा नचाहेर विभिन्न क्रियाकलापहरू गर्नुपर्दछ । जुन क्रियाकलापबाट दोस्रो व्यक्तिको चित्त पनि दुख्न सक्छ र आफन्त आफन्त विच नै बोलचाल बन्द हुन सक्छ । बोलचाल बन्द भयो भन्दैमा हामीले हाम्रो कर्तव्य छोड्नु हुँदैन । दाजुभाइ भनेको एउटै रगत हो । हामीले हाम्रो रगतको कहिल्यै अपमान गर्नु हुन्दैन । आफूलाई आवश्यक परेको बेलामा आफ्नै रगत काम लाग्छ । श्रीधर सन्च हुँदा त्यत्रो समाजको साथ पाएका थिए तर विसन्चो हुँदा दाइले मात्र साथ दिएका थिए । दाजुभाइ भनेको एक अर्काका परिपुरक हुन् । अप्ठ्यारो पर्दा काम ” लाग्ने भनेको दाजुभाइ नै हो । समाजले त दाजुभाइबिच फुट ल्याउने काम मात्र गर्छ । ‘भाइफुटे गवार लुटे भन्ने नेपाली उखान त्यत्तिकै चलेको होइन । सम्पत्ति भनेको केही होइन । सम्पत्तिलाई लिइएर दाजुभाइबिच झगडा गर्नु मूर्खता मात्र हो ।
दाजुभाइ भनेको एक अर्काका परिपूरक हुन् । अर्काको कुरामा होस् वा सम्पत्तिको निउँमा होस् दाजुभाइबिच झगडा गर्नुहुँदैन । यदि झगडा परिहाल्यो भने पनि त्यसैलाई आधार मानेर आफ्नो कर्तव्यबाट भने पछि हट्न हुँदैन ।
१०. ‘कर्तव्य’ कथाको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।
११. व्याख्या गर्नुहोस् :
(क) उनको देहावसानले न्यायको बत्ती निभ्यो, अनाथअशक्तको आशास्तम्भ दस गाउँका ‘धन्वन्तरि’ अस्ताए ।
उत्तरः उनको………अस्ताए ।
माथिको कथांश हाम्रो कक्षा १० को नेपाली पाठ्पुस्तकको पाठ ११ मा समावेश गरिएको गुरूप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथाबाट लिइएको हो । कथा सामाजिक यथार्थवादी यस कथामा पण्डित गङ्गाधरको मृत्यु पछिको अवस्थाको चित्रण गर्ने क्रममा माथिको भनाइ आएको हो । गरिब दुःखीको सेवामा समर्पित पण्डितको मृत्युले समाजले ठुलो क्षति वेहोर्नु परेको कुरा माथिको कथांशमा उल्लेख गरिएको छ । माथिको हरफमा समाजसुधारक गङ्गाधर पण्डित वास्तवमै पण्डित भएको उल्लेख गरिएको छ । भगवानलाई खुसी पार्न तीर्थ जानुपर्दैन गरिब दुःखीको सेवा गरे हुन्छ भन्ने हाम्रो धार्मिक ग्रन्थको सन्देशलाई पण्तिले चरितार्थ गरेका थिए । त्यसैले त उनी समाजमा सबैका प्रिय पात्र थिए । आफ्ना दौंतरी भएकाले बुढापाकाले त मन पराउने नै भए तर बालबालिकाले पनि उनलाई मन पराउँथे । गाउँमा निस्पक्ष न्याय गर्दै आएका पण्डितको देहावसानले अबको दिनमा न्याय दिने व्यक्तिको अन्त्य भयो । गाउँमा कसैको घरमा पकाउने सामल छैन भनेको सुन्नासाथ घरमै गएर खाना व्यवस्था मिलाइदिने पण्डितको मृत्युले अबका दिनमा त्यसरी खाना ल्याइदिने आशा राख्ने मान्छेको अन्त्य भयो । कोही बिरामी भएको सुन्नासाथ आफैँले औषधी बोकेर गरिबको झुपडिमा जाने गरेका पण्डितको निधननले गाउँको एक डाक्टरको मृत्यु भयो ।
माथिको कथांशमा पण्डित गङ्गाधर गाउँलेका लागि अन्न दाता पनि थिए, डक्टर पनि थिए र न्यायाधीश पनि थिए उनको मृत्युले गाउँमा यी सबै गुमाउनु पयो भन्ने प्रसङ्गमा आएको हो ।
(ख) कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवानहुनाले बखतमौका विचार गरेर आफैँ पनि जानुपर्छ ।
उत्तरः माथिको कथांश हाम्रो कक्षा १० को नेपाली पाठ्पुस्तकको पाठ ११ मा समावेश गरिएको गुरूप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथाबाट लिइएको हो । सामाजिक यथार्थवादी यस कथामा भतिजो शशीधरको विवाहमा भाइले नबोलाए पनि पुर्खाको इज्ज थाम्नको लागि जन्त जान तयार भएर श्रीमति कमलासित दोसल्ला माग्दा नबोलाई त कुकुर पनि नजाने कुरा गरेपछि मुरलीधरले सम्झाउने क्रममा उक्त विचार आएको हो ।
मान्छे सामाजिक प्राणी भएकाले कतिपय कुराहरू आफूलाई मन नलाग्दा नलाग्दै पनि समाजको लागि गर्नुपर्छ । समाजमा रहेको आफू र आफ्ना पुर्खाहरूको इज्जत बचाउनका लागि आफूभित्रको कुण्ठालाई भुलेर अगाडि बढ्नु पर्छ । शशीधरको बिहेमा नबोलाएको, भए पनि मुरलीधर जन्त जानु भनेको आफू र आफ्ना पुर्खाको इज्जत बचाउनु नै हो । बुद्धिमान मान्छेले विवेक पुयाएर काम गर्नुपर्छ । आफूले गरेको कामले समाजमा कस्तो असर गर्छ भनेर राम्ररी विचार पयउन अति आवश्यक छ । राम्रो काम गर्नको लागि अर्काको निर्देशन वा आग्रहलाई पर्खिरहनु पर्दैन । कथामा पनि मुरलीधरले श्रीधरले जन्त गइदिन गरेको आग्रह पर्खेका छैनन् । भाइले नबोलाए पनि त्यसको बुद्धिले त्यस्तै देखो त्यस्तै गयो म मेरा बुद्धिले जस्तो देख्छ त्यस्तै गर्छु भन्दै जन्त गएका छन् र एक बिबाहमा बाबुले गर्ने सबै कर्तव्य पूरा गरेका छन् । उनको त्यही व्यवहारले त केटी पक्षले केटा पक्षको संस्कारको प्रसंशा गरेका छन् ।
मान्छे ज्ञानवान् प्राणी भएको हुनाले उसका हरेक क्रियाकलाप बुद्धिमानी पूर्वक गरिएका हुनुपर्छ । समय परिस्थिति अनुसार आफ्नो इज्जतभन्दा माथि परिवार र पुर्खाको इज्जतलाई राख्नुपर्छ भन्ने कुराको शिक्षा, आफ्नी पत्नी कमलालाई दिने क्रममा मुरलीधरले भनेको वाक्य हो माथिको ।
१२. ‘कर्तव्य’ कथामा श्रीधर र मुरलीधरमध्ये तपाईं कसको पक्ष लिनुहुन्थ्यो, किन ?
उत्तरः गुरूप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथा एक सामाजिक यथार्थवादी कथा हो । यस कथामा हाम्रो समाजमा हुने गरेका दाजुभाइको झगडालाई वास्तविक रूपमा उतारिएको छ । यस कथामा दाजुभाइविचको सम्बन्ध आम नेपाली परिवारमा हुने जस्तै देखाइएको छ । जतिसुकै मनमुटाव भएपनि मान्छेले आफ्नो कर्तव्य छोड्नु हुँदैन भन्ने यस कथाले सन्देश दिइएको छ ।
मुख्यतया दाजुभाइको झगडामा केन्द्रित यस कथामा मैले कसैको पक्ष लिनु पर्दा श्रीधरको लिन्थेँ । विचार मुरलीधरका ठिक भएपनि वास्तविकता श्रीधरको पक्षमा देखिन्छ । बोलेको कुराले कुनै पनि प्रमाणको काम गर्दैन । प्रमाणको लागि लिखित दस्तावेज नै हुनुपर्छ । बोल्न त बोलेको हो कि होइन नि के था । यस कथामा गङ्गाधरले मर्नु अगाडि मेरा दुबै भाइ छोराहरू समान भएकाले जीउनीको खेत मिलेर खानु भनेको सुनेर मुरलीधरको पक्ष लिने भन्दा कानुनी प्रकृयामा जानु नै ठिक सम्झने जमात धेरै देखिन्छ । कुनै पनि कुराको लिखत प्रमाण छैन भने जमात धेर छ । बहुमतको कदर त जहाँ पनि हुन्छ । भरपर्दो सबुत नहुँदा बहुमतको निर्णय मान्नुको विकल्प नै छैन । यदि मैले प्रतक्ष्य गङ्गाधरको कुरा सुनेको भए मुरलीधरको पक्षमा लाग्थें हैन भने मेरो मत श्रीधर कै पक्षमा जान्थ्यो । कानुनी राज्यमा लिखित प्रमाणको कदर गर्नुपर्छ हैन भने समाजमा चल्दै आएको नियमको । यस कथामा लिखित प्रमाण नभएको हुनाले सामाजिक नियम कै आधारमा फैसला गर्नुपर्ने हुन्छ । समाजमा प्रचलित नियम अनुसार बाबु आमा जुन छोरासंग बस्छन् उनीहरूको नाममा भएको जीउनीको सम्पत्ति पाल्ने छोरा कै हुन्छ । यस अर्थमा पनि म श्रीधरको पक्षमा फैसला लिन्थें ।
१३. ‘कर्तव्य’ कथामा नेपाली समाजको वास्तविकतालाई कसरी दर्साएको छ, विवेचना गर्नुहोस् ।
उत्तरः सामाजिक यथार्थता बोकेको गुरूप्रसाद मैनालीद्वारा लिखित ‘कर्तव्य’ कथामा हाम्रो समाजमा हुने गरेका दाजुभाइको झगडालाई वास्तविक रूपमा उतारिएको छ । यस कथामा दाजुभाइबिचको सम्बन्ध आम नेपाली परिवारमा हुने जस्तै देखाइएको छ । दाजुभाइबिच जति नै कलह भएपनि परिवार र पुर्खाको इज्जत बचाउनु पर्ने अवस्था आएमा आफ्नो कर्तव्य निभाउनबाट पछि हट्नु हुन्दैन भन्ने यस कथाले सन्देश दिइएको छ ।
दाजुभाइ बिचको सम्बन्ध सानातिना घटनाले तोड्न नसक्ने कुरा यस कथामा प्रस्तुत गरिएको छ । यस कथाका मुख्यपात्रको रूपमा रहेका मुरलीधर र श्रीधर दुई दाजुभाइबिच ठुलो झगडा भएको भए पनि परेको बेलामा एक भएको उल्लेख गरेर आम नेपाली समाजको चित्र उतारिएको छ । दाजुभाइबिच झगडा हुनु भनेको सामान्य कुरा हो । यो प्रत्येक नेपालीको घरमा देखिने घटना यस कथामा पनि देखिएको छ । प्रायः घर झगडा अंशकै निउँमा हुने र त्यसमा पनि जीउनी कै निउँमा हुने गर्छन् । यस कथामा पनि जीउनी खेत के निउँमा झगडा भएको देखाइएको छ ।
पहिले जतिसुकै झगडा भएपनि भतिजाको बिहेमा नबोलाईकन जन्त गएर मुरलीधरले आफू घरको मुखिया भएको र घरका मुख्य कार्यक्रममा सहभागी हुन कसैले बोलाउनु नपर्ने कुरा बताएका छन् । जन्त गएर बेहुलाको बाबुको भूमिका निभाएर मुरलीधर एक विवेकी पात्र वनेका छन् भने पहिले रिसले दाजुलाई नबोलाए पनि दाजु जन्त गएको थाहा पएपछि पछुतो गर्ने श्रीधर अज्ञानी तर पश्चाताप गर्न सक्ने पात्रको रूपमा चित्रण गरिएको छ ।
दाजुभाइ भनेको एक अर्काका परिपूरक हुन् । एकको अभाभमा अर्कोले त्यसको स्थान लिन सक्छ । श्रीधर विरामी भएर जन्त जान नसक्दा मुरलीधर गएर सम्धीको भूमिका निभाएका थिए । दाजुभाइको सम्बन्ध अटुट बन्धन हो जसको प्रमाण ४ वर्षसम्म बोलचाल बन्द भएका भाइको आवस्था नाजुक छ भन्ने सुन्नासाथ मुरलीधर श्रीधरको घरमा पुगेका थिए । र उनलाई उपचारको लागि सहर पनि लगेका थिए । दाजुभाइको सम्बन्ध सुखमा विर्से पनि दुःखमा अवश्य सम्झिन्छ । छोराको बिहेमा दाजुलाई बोलाउन बिर्सेका श्रीधरले आफू बिरामी हुँदा उनैसित गुहार लगाएर आफ्ना छोराछोरीको ख्याल गर्न आग्रह गरेबाट त्यसको पुष्टि हुन्छ ।
१४. तपाईंलाई ‘कर्तव्य’ कथामा व्यक्त भएका कुन कुन कुरा मन पर्यो, मन पर्नुका कारणसहित आफ्नो प्रतिक्रिया दिनुहोस् ।
उत्तरः गुरूप्रसाद मैनालीद्वारा लिखित कर्तव्य कथा एक सामाजिक यथार्थवादी कथा हो । यस कथामा हाम्रो समाजमा हुने गरेका दाजुभाइको झगडालाई कल्पनाको नाम दिएर जस्ताको तस्तै उतारिएको छ । दाजुभाइविच जतिसुकै लडाइँ भएपनि परिवारमा आफूले गर्नुपर्ने कर्तव्य छोड्नु हुँदैन भन्ने यस कथाको मूल भाव रहेको छ ।
मलाई कर्तव्य कथामा सबैभन्दा मन पर्ने कुरामा कमलाले नवोलाई त कुकुर पनि जदिन भन्दा कुकुर एक अज्ञानी पशु भएको हुनाले बोलाएपछि मात्र जान्छ मान्छे चाहिं ज्ञानवान् प्राणी भएका कारण बेलामौका विचारेर आफैँ पनि जानपर्छ भन्ने मुरलीधरको भनाइ सबैभन्दा बढी मनपर्यो । यस भनाइमा कति बौद्धिकता लुकेको छ । आफ्ना सबै मनमुटावलाई भुलेर मान्छेले बेलामा बुद्धि पुयाएर काम गर्न सक्यो भने उसको सधैँ कदर हुने पक्का हुन्छ । कथामा पनि मुरलीधरले बेलामा बुद्धि पुयाएर जन्त गएको हुनाले उनको इज्जत बढेको छ । वर्षौं देखि बोलचाल बन्द भएको भाइले आफ्नो गल्ती स्वीकारेर दाजुसित माफ मागेको छ ।
कथाको अर्को मनपरेको अभिव्यक्ति श्रीधरले मुरलीधरसँग आफूले गल्ती गरेको स्वीकार्दै आफ्ना बालबच्चाको जिम्मा लिइदिनुहोला भनेर गरेको आग्रह हो । मान्छे हो गल्ती गर्छ तर आफूले गरेको गल्तीलाई थोरैले मात्र स्वीकार्छन । गल्ती स्वीकार गरेर माफी माग्नु भनेको धेरै ठुलो कुरा हो । कथामा पनि श्रीधरले गल्ती स्वीकारेका छन् । पश्चातापले आँसु झरेको छ । जताको मन पर्छ त्यतैको आधा खेत कमाउनु रे भन्ने शशीधरले दिइएको सन्देश पनि मलाई मन परेको हो । वल छउन्जेल मान्छेले आफूलाई अजम्वरी सम्झेर तागतको भरमा अरूलाई दबाउन खोज्छ तर जब शरीरमा तागत हुँदैन अनि आफूले गरेको कार्यको सम्झना आउँछ र आफ्नो कार्यप्रति पश्चाताप सिर्जना हुन्छ । पश्चाताप के परिणाम हो शशीवरले खेत कमाउने प्रस्ताव लग्नु ।
१५. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
भाषा कुनै पनि देशको अमूल्य सम्पदा हो । एउटा भाषा लोप हुनु भनेको त्यो देशको एउटा सम्पदा नासिनु हो । त्यसैले आफ्नो देशको भाषिक सम्पदा जोगाउन राज्यले पनि पहल गर्नुपर्छ । विभिन्न मातृभाषाको प्रयोगवाट त्यस देशमा बहुसांस्कृतिक र बहुभाषिक सौन्दर्य भित्रिन्छ । भाषालाई जीवित बनाउन राज्यको पहल र उक्त भाषाका वक्तामा भाषाप्रतिको सचेतता र प्रयोग गर्ने इच्छाशक्ति आवश्यक हुन्छ । यसको आशय भाषा जीवन्त हुन सम्बन्धित वक्ता वा समुदायले बोल्नैपर्छ भन्ने हो । यसरी हरेक व्यक्तिले आआफ्नो मातृभाषा वोल्दा मात्र त्यो भाषा बाँच्छ । हरेक मातृभाषा भाषी वक्ताहरू अरू भाषाको प्रभावमा परेर आफ्नो भाषा वोल्न छाडे भने त्यो भाषा क्रमशः हराउँदै जान्छ । लोप हुने खतरा रहन्छ । मातृभाषीले आफ्नो भाषा बोल्न छांडेर अर्को भाषा बोल्दै जाँदा संसारका धेरै भाषा लोप भएका छन् । यस्तो अवस्थामा भाषाको प्रयोग विस्तार, शब्दकोश तथा व्याकरण निर्माण गरेर सम्बन्धित मातृभाषालाई समृद्ध बनाउन सकिन्छ । भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन त्यस भाषामा साहित्य सिर्जना पनि गर्नुपर्छ । बालवालिकालाई मातृभाषामा प्रारम्भिक शिक्षा दिनु वढी प्रभावकारी र स्थायी हुन्छ । त्यसैले नेपालमा पनि २६ भन्दा बढी भाषामा पाठ्यक्रम तथा पाठ्यपुस्तक बनेका छन् । नेपालको संविधानले पनि हरेक समुदायलाई आफ्नो मातृभाषामा शिक्षा पाउने अधिकार सुनिश्चित गरेको छ ।
(क) प्रश्नहरू
(अ) मातृभाषालाई कसरी जोगाउन सकिन्छ ?
उत्तरः आआफ्नो मातृभाषामा बोलेर र साहित्य सिर्जना गरेर त्यस भाषालाई जोगाउन सकिन्छ ।
(आ) भाषा लोप हुनाको कारण के हो ?
उत्तरः मातृभाषीले आफ्नो भाषा बोल्न छाडेर अर्को भाषा बोल्न थाल्नु भाषा लोप हुनाको मुख्य कारण हो ।
(इ) भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन के गर्नुपर्छ ?
उत्तर: भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन त्यस भाषामा साहित्य सिर्जना गर्नुपर्छ ।
(ई) बालबालिकालाई मातृभाषामा प्रारम्भिक शिक्षा दिनु बढी प्रभावकारी र स्थायी हुन्छ, किन ?
उत्तरः बालबालिकालाई मातृभाषामा प्रारम्भिक शिक्षा दिनु बढी प्रभावकारी र स्थायी हुन्छ, किनकि यसो गरेमा मातृभाषाका प्रयोगकर्ता बढ्छन् र भाषा लोप हुने सम्भावना कम हुन्छ ।
(ख), भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्
(अ) अनुच्छेदमा रहेको ‘नासिन्छ’ क्रिर्यापदको नामधातु पहिचान गर्नुहोस् ।
उत्तरः अनुच्छेदमा रहेको ‘नासिन्छ’ क्रिर्यापदको नामधातु नासिनु हो ।
(आ) ‘भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध बनाउन त्यस भाषामा साहित्य सिर्जना पनि गर्नुपर्छ । ’ वाक्यलाई प्रेरणार्थक वाक्यमा वदल्नुहोस् ।
उत्तरः सरकारले भाषालाई चिरकालसम्म जीवन्त राख्न र समृद्ध वनाउन त्यस भाषामा . सिर्जना पनि गर्न लगाउँछ ।
(इ) अनुच्छेदबाट ‘ऋ’ र ‘रि’ प्रयोग भएका एक एक ओटा शब्द खोज्नुहोस् ।
उत्तरः समृद्ध, मातृ, यसरी
१६. दिइएको सन्दर्भ पढी तोकिएको कार्य गर्नुहोस् :
(विद्यालय सोलुका डोल्मा र मिरा रामलखन फोनमा कुराकानी गर्दै छन्ं ।
डोल्मा: हेलो ! रामलखनज्यू ! नमस्कार ।
रामलखन : हजुर, नमस्ते !
डोल्मा: अँ, के गर्दै हुनुहुन्छ नि रामलखनज्यू !
रामलखन: म त आँपको बगैचामा छु । बगैंचामा आँप पाकेका छन् । आँपका प्यांकेट धमाधम बनाई बजार पठाउने चटारो छ हजुर मलाई त !
डोल्मा: धेरै राम्रो कुरा । त्यहाँ त आँप खेती निकै हुन्छ है ! अँ, अरू के के खेतीको सम्भावना छ नि !
रामलखन: यहाँ लिची खेतीको पनि सम्भावना छ । अब एक विगाहा खेतमा लिची लगाउँछु ।
डोल्मा: ए, अॅ मैले नि यहाँ ९० रोपनी जग्गामा स्याउ खेती गरेको छ । हाम्रामा स्याउ खेतीको साह्रै राम्रो सम्भावना छ । म अहिले १०० ओटा स्याउका नयाँ वोट सार्दै छु । हो नि, हाम्रो देशका विभिन्न ठाउँमा जहाँ जुन खेती र व्यवसायकोसम्भावना छ त्यही गरे कति राम्रो हुन्थ्यो है !
डोल्मा: हो नि, मित्र ! हवस् अहिलेलाई बिदा ! भरे फुर्सदमा कुरा गरौं है ।
रामलखन: हुन्छ, ल त नमस्ते । ( दुवैले फोन राख्छन् । )
माथि उल्लेख भएका व्यावसायका सम्भावना जस्तै तराईका क्षेत्रमा कुन कुन व्यवसायको सम्भावना छ, मौखिक रूपमा प्रस्तुत गर्नुहोस् ।
उत्तरः तराइमा उँखु, केरा, तरकारी खेती, धान, गहुँ आदिको मुख्य व्यसायी रूपमा खेती गर्न सकिन्छ ।
सुनाइ र बोलाइ
१.सुनाइ पाठ ११ सुनी खाली ठाउँमा उपयुक्त शब्द भन्नुहोस् :
(क)खास गरी……..क्षेत्रमा महत्त्वपूर्ण खाद्यस्रोतका रूपमा मकैलाई लिइन्छ ।
उत्तरः खास गरी पहाड़ी क्षेत्रमा महत्त्वपूर्ण खाद्यस्रोतका रूपमा मकैलाई लिइन्छ ।
(ख) मकै खेतीमा मकै उम्रनका लागि…….. डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ
उत्तरः मकै खेतीमा मकै उम्रनका लागि २०डिग्री सेल्सियस तापक्रमआवश्यक पर्छ
(ग) मकै खेतीका लागि उर्बर, दोमट र……ठाउँ राम्रो हुन्छ ।
उत्तरः मकै खेतीका लागि उर्वर, दोमट र भिरालो वा पानी नजम्ने ठाउँ राम्रो हुन्छ
(घ) मकैबाट………पोटासियम, फस्फोरस आदि प्रचुर मात्रामा पाइन्छ ।
उत्तरःमकैबाट भिटामिन ‘डी’ पोटासियम, फस्फोरस आदि प्रचुर मात्रामा पाइन्छ
सुनाइ पाठ ११ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) मकैको उत्पादन कम हुनुका कारण के के हुन् ?
उत्तरः मकैको उत्पादन कम हुनुका कारण जमिनको राम्रो तयारी नहुनु, गुणस्तरीय बिउकों कमी, र प्राङ्गारिक तथा अन्य मलको कमी आदि हुन् ।
(ख) सामान्यतया कुन समयमा मकै रोप्नु उपयुक्त हुन्छ ?
उत्तरः सामान्यतया चैतको अन्तिम हप्तादेखि वैशाखको पहिलो हप्ताभित्र मकै रोप्नु राम्रो हुन्छ ।
(ग) मकै खेतीका लागि कस्तो पूर्व तयारी आवश्यक हुन्छ ?
उत्तरः मकै खेतीका लागि मकै छर्नु अगाडि जमिनको राम्रो खनजोत गर्नुपर्छ । कम्पोस्ट मलको प्रयोग गर्नुपर्छ । त्यसपछि उपयुक्त बिउ छनोट गरेर छर्नु पर्छ ।
(घ) नेपालमा मकैका परिकार कसरी तयार पारिन्छ ?
उत्तरः नेपालमा मकैका परिकार उसिनेर, भुटेर पोलेर र पिँधेर तयार पारिन्छ ।
भाषिक संरचना र वर्णविन्यास
१.दिइएको अनुच्छेदमा नाम र विशेषणबाट बनेका क्रिर्यापद प्रयोग भएका छन् पढ्नुहोस् :
हरिशरण साह्रै मोटाएका छन् तर रामशरण चाहिँ बिरामी परेर निकै दुब्लाएका छन् । हरिशरण साह्रै मोटाएर रोगाएका छन् भने रामशरण पनि दुब्लाएर रोगले थलिएका छन् । हरिशरणलाई ‘मोटा छौ’ नि भन्यो भने उनी रिसले भुनभुनाउँछन् । रामशरणले चाहिँ आफू रोगले दुब्लाएको कुरो सहजै स्विकार्छन् ।
यहाँ रेखाङ्कित क्रिर्यापदमा क्रमशः मोटाउ, दुब्लाउ, रोगाउ, बलि, भनभनाइ र स्विकार धातु प्रयोग भएका छन् । ती धातु क्रमशः मोटो दुब्लो विशेषण र थला, भुनभुन र स्विकार नाम पदबाट बनेका छन् । त्यसैले माथिका रेखाङ्कित क्रिर्यापदमा प्रयोग भएको धातु नामिक शब्द वा नाम र विशेषणबाट बनेका नाम धातु हन् ।
२. दिइएका क्रियामूलको बनोट प्रक्रिया देखाउनुहोस् :
जिल्लिनु, हत्याउनु, लजाउनु, रन्किनु, लत्याउनु, रनाउनु दोहोन्याउनु, तातिनु, चिसिनु, चिप्लिनु, गुटमुटिनु, डल्लिनु
उत्तर: जिल्लि + नु, हत्याउ + नु, लजाउ + नु, लत्याउ + नु, रङग्याउ + तु, दोहोयाउ + नु, * ताति + नु, चिसि + नु, चिप्ति + नु, गुटमुटि + नु, डल्लि + नु
३.’कर्तव्य’ कथाबाट कुनै तीनओटा क्रियामूल खोजेर तिनलाई पाठमा प्रयोग भएका भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः
सताउनु : हामीले कमजोरलाई सताउनु हुँदैन ।
लैजानु : परीक्षामा जाँदा किताव लैजानु हुदैन ।
लगाउनु : अभिभावकले छोराछोरीलाई आफ्नो काम आफैं गर्न लगाउनु पर्छ ।
४. कुनै पाँच नाम धातु पर्ने गरी एउटा अनुच्छेद लेख्नुहोस् ।
उत्तरः तिमी त केटीमान्छे जस्ती पनि छैनौँ अलि अलि त लजाउ न हो भन्दै रमालाई जिस्क्यिाउन थाल्यो हरिले । रमाले पनि धेर नजिस्क्यिाऊ वरु तिमी साहै लुते भयौ अलिक मोटाऊ भनी । यसरी मेरो कमजोरीलाई लिएर नहोच्याऊ । म गएं एक्लै रमाऊ बस् ।
5.दिइएको अनुच्छेदबाट सामान्यार्थक र प्रेरणार्थक क्रिर्यापद छुट्याउनुहोस् :
आमाले सानी नानीलाई सुताइन् र आफू पनि सुतिन् । सुताउनुभन्दा पहिले आमाले सानी नानीलाई लिटो खुवाइन् र आफूले रोटी तरकारी खाइन् । विहान आमा सबेरै चार बजे जागिन् र चिया पिइन् । सात बजेतिर सानी नानीलाई जगाइन् र दुध पिलाइन् ।
उत्तरः
सामान्यार्थक : सुतिन् । खाइन्, जागिन्, पिइन्
प्रेरणार्थक : सुताइन्, खुवाइन्, जगाइन्, पिलाइन्
6. दिइएको अनुच्छेदलाई प्रेरणार्थकमा परिवर्तन गर्नुहोस् :
विनयले खाना खाए । उनी विद्यालय पुगे। घन्टी लाग्यो । उनी कक्षामा पसे । उनले पहिलो घन्टीमा नेपाली विषय पढे। उनले दिउसो खाजा खाए । उनी बेलुकी घर फर्किए ।
उत्तरः आमाले विनयलाई खाना खुवाउनुभयो । बुवाले उनलाई विद्यालय ‘पुऱ्याउनु भयो । गुरुले उनीहरूलाई कक्षामा पसाउनु भयो । गुरुले उनीहरूलाई पहिलो घन्टीमा नेपाली विषय पढाउनुभयो । साथीहरूले उनलाई दिउँसो खाजा खाए । काकाले उनलाई बेलुका घर फर्काउनु भयो ।
७.प्रेरणार्थक वाक्यको प्रयोग गरी कुनै एक घटनाको वर्णन गर्नुहोस् ।
उत्तरः बावाले संसदलाई गाउँमा विद्यालय खोल्न लगाउनु भयो । गाउँलेलाई छोराछोरी विद्यालय पठाउन लगउनु भयो । गा.पा. मा गएर नयाँ शिक्षक भर्ना गर्न लगाउनु भयो ।
८.’कर्तव्य’ कथाबाट रि, ऋ प्रयोग भएका तीन तीनओटा शब्द खोजेर लेख्नुहोस् ।
उत्तरः
संस्कृति, संस्कृत, हृदय
जिल्लाभरि, मानामुरी, शारीरिक
9.दिइएको अनुच्छेदलाई शुद्ध गरी ‘पुनर्लेखन गर्नुहोस् :
रिषि दॠमा बसेर रिषभसँग भन्दै थिए । ऋमा नहिड्नू, ऋस नगर्नू, एउटा कानमा मात्र ऋङ होइन, दुईओटै कानमा लगाउन ऋङ किन्तु । ऋता माघे सङ्क्रान्ति मेलामा जानू र दिनभऋ रमाइलो गर्नू ।
उत्तरः ऋषि दरीमा बसेर ऋषभसँग भन्दै थिए, “झरीमा नहिँड्नू, रिस नगर्नू, एउटा कानमा मात्र रिङ होइन, दुईओटै कानमा लगाउन रिङ किन्नू । रीता माघे सङ्क्रान्ति मेलामा जानू र दिनभरी रमाइलो गर्नू । ”
सिर्जना र परियोजना कार्य
१.दिइएका बुँदाका आधारमा एउटा छोटो कथा लेख्नुहोस् :
(क) प्रवीण धेरै धन कमाइने लोभले विदेश जानु
(ख) विदेश स्वदेश जस्तो नहुनु,
(ग) दिनमा १४ घण्टासम्म काममा जोविंदासमेत गएको ऋण तिर्न नसक्नु,
(घ) ॐ देश र गाउँघरको सम्झनाले पिन्योलिन
(ङ) तुरुन्त विदेश छोडेर आउन पनि नसक्नु
(च) निकै वर्ष दुःख गरेर केही धन आर्जन गर्नु
(छ) देशमै फर्केर सानोतिनो लगानी गरी आफ्नै खेत्वारीमा पाखुरा खियाउने निधो गर्नु (ज) अहिले आफ्नै देशमा आधुनिक कृषि व्यवसाय अंगाल्लु
(झ) राम्रै आम्दानी गर्नु, सुखले जीवन चलाउनु
(ञ)उसका आमावुवा वुढेसकालको साहरा पाएर अत्यन्त खुसी हुनु
उत्तरः बुढेसकालको सहारा
नेपालको पहाडी जिल्लामा एक निम्न मध्यम वर्गीय परिवार बस्दथ्यो । परिवारमा बाबुआमा र एक छोरो र एक छोरी थिए । छोराको नाम प्रवीण थियो । गाउँमा भनेजस्तो सुख सुविधा भएन भनेर प्रवीण गुनासो गर्थ्यो । एक दिन प्रवीण धेरै धन कमाउने लोभले विदेश विदेश गयो । विदेश स्वदेश जस्तो थिएन । दिनमा १४ घण्टासम्म काममा जोतिदासमेत प्रवीणले विदेश गएको ऋण तिर्न सकेन । ऊ देश र गाउँघरको सम्झनाले पिरोलिन्थ्यो । तुरुन्त विदेश छोडेर आउन पनि सकेन । निकै वर्ष दुःख गरेर केही धन आर्जन गयो । उसले देशमै फर्केर सानोतिनो लगानी गरी आफ्नै खेत्वारीमा पाखुरा खियाउने निधो गयी । अहिले आफ्नै देशमा आधुनिक कृषि व्यवसाय अंगालेको छ । यसवाट उसले राम्रै आम्दानी गरेर सुखले जीवन चलाउँदै छ । उसका आमाबुवा पनि बुढेसकालको सहारा पाएर अत्यन्त खुसी छन् ।
२.तपाईंले अध्ययन गर्नुभएको कुनै एउटा सामाजिक कथाको घटना, पात्र र परिवेशको समीक्षा गरी कक्षामा सुनाउनुहोस् ।
उत्तरः
कथा : छिमेकी,
पारिवेश : गाउँले,
लेखक : गुरूप्रसाद मैनाली,
कथाको घटना : मिल्ने साथीविच सानो कुरामा ठुलो झगडा परेर बोलचाल बन्द हुनु र धनजिते विरामी हुँदा गुमानेले सहयोग गर्नु, फेरि मिल्ने साथी हुनु,
पात्र : मुख्य पात्र गुमाने, धनजिते, गाउँलेहरू आदि बॉकी कथा खोजेर साथीहरूसँग छलफल गर्ने ।