शब्दभण्डार
१. दिइएका अर्थसँग मिल्ने शब्द ‘पाब्लो पिकासो’ जीवनीबाट खोजेर लेख्नुहोस् :
(क) सय वर्षको समय वा पिरियड
उत्तर : सय वर्षको समय वा पिरियड : शताब्दी
(ख) मूर्त नभएको
उत्तर :मूर्त नभएको: अमूर्त
(ग) अत्यन्त धेरै मोल पर्ने
उत्तर :अत्यन्त धेरै मोल पर्ने : अनमोल
(घ)कहिल्यै नमर्ने
उत्तर :कहिल्यै नमर्ने : अमर
(ङ)कलापूर्ण ढङ्गले सजाइएको
उत्तर :कलापूर्ण ढङ्गले सजाइएको : कलात्मक
(च)प्राचीन महत्त्वका वस्तु राखिने ठाउँ
उत्तर :प्राचीन महत्त्वका वस्तु राखिने ठाउँ : सङ्ग्रालय
2.’पाब्लो पिकासो’ जीवनिका आधारमा वाक्यको सन्दर्भ बोध गरी दिइएका शब्दको अर्थ लेख्नुहोस् :
अदभूत, शैशवावस्था, पूर्णकालीन, बहुमुखी, सिर्जना, मनस्थिति, आकृति, विसङ्गत, कृति
उत्तरः
अदभूत:अचम्मको
शैशवावस्था :बालककाल
पूर्णकालीन:सदाकाली
बहुमुखी:धेरै कुरा जान्ने
सिर्जना:रचना
मनस्थिति:मनको अवस्था
आकृति:तस्बिर
विसङ्गत:सङ्गति भएको
कृति:कुनै पुस्तक चित्र आदिको रचना
३. दिइएको अनुच्छेदबाट आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
किताब, कापी, कलम बोकेर सधैँ विद्यालय जाने हामी आज परियोजना कार्यका लागि निस्किने भइौँ । बिहान करिब नौ बजे साथीको फोन आएपछि माइक्रोबस चढ्न म घरबाट निस्कें । गाडी चढेपछि भ्यालनेरको सिटमा बसें । पेम्बाले बसमा रमाइलो गर्नका लागि डम्फु र मादल ल्याएका रहेछन् । हाकुमायाले खाजाका लागि समयबजी, योमरी, बारा आदि ल्याएकी रहिछन् । दिपसनले थर्मसमा चिया बोकेका रहेछन् । केहीबेरमा हामी सेती किनारको रक गार्डेनमा पुग्यौं र त्यहाँका दृश्य क्यामेरामा कैद गरी नास्ता खाएर घर फर्कियौँ ।
उत्तरः फोन, माइक्रोबस, झ्याल, सिट, डम्फु, पेम्बा, हाकुमाया, समयबजी, योमरी, बारा, थर्मस, रक, गार्डेन, क्यामेरा, नास्ता
४. ‘पाब्लो पिकासो’ जीवनीबाट कुनै पांचओटा आगन्तुक शब्द टिपी तिनलाई पाठमा भन्दा भिन्न तरिकाले वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः
अक्टोबर : मलाई अक्टोबर महिनाको मौसम मन पर्छ ।
टेबुल : आजभोलि खाना खान पनि टेबुल चाहिँछ ।
पेन्टिङ : एक कलाकारले पेन्टिङबाट नै आफ्नो सम्पूर्ण भाव झल्काउन सक्छ ।
क्यानभास : मलाई क्यानभासमा चित्र कोर्न मन पर्छ ।
सर्कस : सर्कसमा नाच देखाउन केटाकेटीको प्रयोग भएको मलाई मन पर्दैन ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
महत्त्वपूर्ण, मूर्तिकार, दृष्टिकोण, बहिष्कृत, दृष्टिविहीन, प्रदर्शन, आक्रोश, भिक्षु, उत्तरार्ध, उत्कृष्ट, प्रतिबिम्ब, सीमान्तकृत
२.’पाब्लो पिकासो’ जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३.दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) ‘पाब्लो पिकासो’ जीवनिको पहिलो अनुच्छेदमा कतिओटा वाक्य रहेका छन् ?
उत्तरः अनुच्छेद पढेर वाक्य गन्ने ।
(ख) जीवनिको तेस्रो अनुच्छेदको शीर्षवाक्य भन्नुहोस् ।
उत्तरः सन् १८९७ मा सिर्जित उनका चित्रकलावाट विश्वकलाको आधुनिक काल सुरु भएको मनिन्छ ।
(ग) जीवनिको ‘पिकासोका कलाकृति बिक्री भए । ’ अंशको विषयवस्तुभन्नुहोस् ।
उत्तरः पिकासोले चित्र बनाउँदा आफूले देखेको र भोगेको समाजको चित्र बनाए जुन सम्भ्रान्त परिवारमा भन्दा गरिब परिवारमा बढी रुचाइए ।
(घ) जीवनीको तेस्रो अनुच्छेदका घटना क्रमबद्ध रूपमा भन्नुहोस् ।
उत्तरः आफ्ना बुबाबाट कलायात्राको आरम्भ,
सन् १८९२ मा उनको परिवार ला कोरुनामा बसाइँ सर्नु ।
ललित र व्यावहारिक कला अध्ययनका लागि विद्यालयमा भर्ना ।
सन् १८९४ को प्रारम्भमा १३ वर्षको उमेरमा प्रारम्भिक तैल चित्रहरू सिर्जना ।
सन् १८९५ देखि उनले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु
सात वर्षकी बहिनी कोन्चिटाको मृत्यु हुनु ।
बहिनिको मृत्युपछि उनको परिवार बार्सिलोनामा सर्नु ।
सन् १८९० तिरका उनका चित्रमा यथार्थवादी शैलीको प्रयोग हुनु ।
सन् १८९७ मा सिर्जित उनका चित्रकलाबाट विश्वकलाको आधुनिक काल सुरु हुनु । १९०० मा पेरिस प्रस्थान गर्नु ।
म्याक्स ज्याकवसँग भेट हुनु ।
म्याक्स ज्याकवले भाषा र साहित्य सिक्न मद्दत गर्नु ।
४.‘पाब्लो पिकासो’ जीवनी पढी दिइएका घटना कुन कुन मितिमा भएका हुन्, लेख्नुहोस् :
(क) स्पेनको सामान्य मध्यमवर्गीय परिवारमा पिकासोको जन्म हुनु
उत्तरः सन् १८८१ अक्टोबर २५
(ख) पिकासोको ‘वुमन अफ अल्जियर्स’ ले संसारको सबैभन्दा महँगो पेन्टिङका रूपमा विश्व कीर्तिमान राख्नु
उत्तरः सन् १९५५
(ग) अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट पिकासो सम्मानित हुनु
उत्तरः सन् १९५० र १९६१
(घ) पिकासोको भौतिक शरीरको अवसान हुनु
उत्तरः सन् १९७३ अप्रिल ८
(ङ) पिकासोको परिवार ला कोरुनामा बसाइँ सर्नु
उत्तरः सन् १९८२
(च) पिकासोले आफ्ना चित्र प्रदर्शन गर्न र बेच्न थाल्नु
उत्तरः सन् १८९५
५. दिइएको जीवनिको अंश मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यिनै महान् प्रतिभाशाली कलाकारको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई सन् १९५० र १९६१ गरी दुई पटक अन्तर्राष्ट्रिय लेनिन पुरस्कारबाट सम्मान गरिएको थियो । मध्यमवर्गीय परिवारमा जन्मेका पिकासो जीवनको पूर्वार्धमा आर्थिक तथा पारिवारिक समस्यामा परे पनि जीवनको उत्तरार्धमा आफ्ना कलाकृति बेचेरै प्रशस्त आर्थिक उपार्जन गरे। ‘म धेरै पैसा कमाएर गरिवको रूपमा बाँच्न चाहन्छु’ भन्ने पिकासो आखिरमा त्यस्तै साधारण जीवन बाँचे । ९१ वर्षको दीर्घ आयु बाँचेका विलक्षण प्रतिभाशाली कलाकार पिकासोको भौतिक शरीरको अवसान ८ अप्रिल १९७३ मा भयो तर पनि उनी आफ्ना अनमोल कलामार्फत अजर र अमर बनेका छन् ।
प्रश्नहरू :
(क) पिकासोले जीवनमा कस्ता कठिनाइको सामना गर्नुपरेको थियो ?
उत्तरः पिकासोले जीवनमा आर्थिक तथा पारिवारिक कठिनाइको सामना गर्नुपरेको थियो ।
(ख) पिकासोलाई कुन कुराले अमर बनायो ?
उत्तरः पिकासोलाई आफ्नो अनमोल कलाले अमर बनायो ।
(ग) अनुच्छेदमा कलाकारको जीवनबारे कस्तो धारणा पाइन्छ ?
उत्तरः भौतिक शरीरको अवसान भएपनि आफ्ना अनमोल कलामार्फत अजर र अमर बन्दछन् भन्ने धारण पाइन्छ ।
(घ) पिकासो सादा जीवन उच्च विचारका अनुयायी थिए भन्ने कुरा पुष्टि गर्नुहोस् ।
उत्तर: ‘म धेरै पैसा कमाएर गरिबको रूपमा वाँच्न चाहन्छु’ भन्नु वाट नै पिकासी सादा जीवन उच्च विचारका अनुयायी थिएभन्ने कुरा पुष्टि हुन्छ ।
6.दिइएको जीवनिको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत बन्दुकभन्दा कलम र कुची वलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रूपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए। उनी केवल मान्छेको बाहिरी आवरण मात्र कहाँ हो र, ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्मर सौन्दर्य मूर्त बनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे । जजसले ती चित्र हेर्थे ती व्यक्तिको हृदयमा करुणा, दया, माया, स्नेह, आक्रोशंका भाव सलवलाउथे र हेदहिदै ती चित्रमा नै हराउथे। उनका कलामा त्यस्तो जादु भएर नै उनका कला आजस म पनि नै अनमोल भएका छन् र संसारका सबैभन्दा महंगा चित्रका रूपमा उत्तिकै वेजोड छन् । आज पिकासोका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ । सानो छँदा आमाले भनेका कुरा सम्झदै एक पटक पिकासोले भनेका छन्, “मेरी आमाले भन्नुभएको थियो, यदि तिमी सिपाही बन्यौ भने जनरल हुने छौ, धर्मगुरु बन्यौ भने पोप हुने छौ” र म आमाले भन्नुभएका मान्छेजत्तिकै लगनशील भए र पिकासो बने । उनले भनेझैँ हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर पाएमा र लगनशील भएमा जीवनलाई सार्थक बनाएर संसारलाई चहकिलो ज्योति छर्न सक्छ ।
प्रश्नहरू
(क) पिकासोका कलाकृतिमा कस्ता विषयवस्तुले स्थान पाएका थिए ?
उत्तरः पिकासोका कलाकृतिमा भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्ति र तिनीहरू भित्र रहेकोवेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य आदि विषयवस्तुले स्थान पाएका थिए ।
(ख) पिकासोका कलाकृतिमा पाइने विशेषता लेख्नुहोस् ।
उत्तरः
मानव वेदनाको जीवन्त चित्रण,
बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत
युद्धलाई खरो रूपमा व्यङ्ग्य
७.व्याख्या गर्नुहोस् :
(क) हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर र लगनशीलता भए ऊ एउटा कलाकार बन्न सक्छ, जीवनलाई सार्थक बनाउन सक्छ र संसारलाई चहकिलो ज्योति छर्न सक्छ ।
उत्तरः हरेक……………………
……………………………………..ज्योति छर्न सक्छ ।
माथिका हरफहरू हाम्रो कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ १२ मा समेटिएको ‘पाब्लो पिकासो’ को जीवनीबाट लिइएको हो । पिकासोको जीवनी एक प्रेरणदायी जीवनी हो । माथिको प्रसङ्ग पिकासोकी आमाले भोलि गएर तिमी सिपाही बन्यौ भने जनरल हुनेछौ, धर्मगुरु बन्यौ भने पोप हुनेछौ भन्ने गरेको सम्झदै आफू आमाले भन्नुभएका मन्छे नवने पनि त्यस्तै लगनशील भएँ र पिकासो बनें भन्ने क्रममा आएको हो ।
बालबालिका कुमालेले भाँडा बनाउन मुछेर ठिक्क पारेको माटो जस्तै हुन् । जस्तै हरेका बालबालिकामा विशेष क्षमता हुन्छ । कतिले आफ्नो क्षमताको सदुपयोग गर्छन् भने ‘कतिले गर्न सक्दैनन् । कतिको क्षमता बाल्यकालमै हराएर जान्छ कसैले उसको क्षमताको वारेमा जानकारी पाउनै सक्दैनन् । यहाँ सम्मकि उसले आफैँले पनि आफ्नो क्षमता पहिचान गर्न सक्दैन । बालबालिकामा भएको विशष्ट सिर्जना शक्ति र प्रतिभालाई प्रस्फुटन गर्न उचित अवसर र लगनशीलता भयो भने अवश्य सकिन्छ । जीवनलाई सार्थक बनाउन आफूमा भएको क्षमतालाई पूर्ण लगनशीलताका साथ बाहिर निकाल्नु पर्छ | पिकासोको बाबा पनि एक कलाकार भएकोले पिकासोलाई कलाकारिता गर्ने वातावरण राम्रो मिल्यो । उनले पाएको वातावरणलाई एकदम दत्तचित्त भएर सदुपयोग गरे । उनको लगनशीलताले सफलता हासिल गयो । उनको जीवन सार्थक भयो र संसारलाई उत्कृष्ट कलाहरू पस्कन सके ।
माथिको प्रसङ्गमाहरेक बालबालिकामा हुने विशिष्ट सिर्जना शक्ति र प्रतिभा कलाकार पिकासोमा पनि भएको र उनले अवसर अनि लगनशीलता दुवैको परिणामस्वरूप उनी विश्वविख्यात चित्रकारको बन्न सफल भए भन्ने बुझाउन आएको हो । समाजको वास्तविकता बोल्ने भएकाले उनको कलाकारिताले विश्वमा परिवर्तनको ज्योति फैलाउन सफल भएको कुरा उल्लेख गरिएको छ ।
(ख) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।
उत्तरः वन्दुक…………..हुन्छ ।
माथिको हरफ हाम्रो कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ १२ मा समेटिइएको ‘पाब्लो पिकासों’ को जीवनीबाट लिइएको हो । पिकासोको जीवनी एक प्रेरणदायी जीवनी हो । माथिको प्रसङ्ग परिवर्तनका लागि हुने गरेका विसाल विसाल आन्दोलन भन्दा पिकासोको कलाकारिता नै बढी शक्तिशाली भयो भन्ने जनाउने क्रममा माथिको प्रसङ्ग आएको हो ।
माथिको जीवनीअंशमा भौतिक युद्धमात्र परिवर्तनको प्रत्याय होइन । कलामार्फत पनि परिवर्तन ल्याउन सकिन्छ । भिखारी, जेलमा थुनिएका दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्र बनाउने भएकाले नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । जसको मतलव एउटा कलम र कुचीसित उनीहरू डराए । पिकासोले बनाएका महिलाका मार्मिक र प्रेमिल चित्रले ठुला ठुला महिला आन्दोलनहरूलाई पछि पारेको छ । पिकासोले मान्छेको बाहिरी आवरण मात्र नभएर ती व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्य मूर्त बनेर उनका अमूर्त चित्रभित्र चित्रित हुन्थे । जुन एउटा क्रान्ति भन्दा कम थिएन । पिकासोले बनाएका चित्र जजसले हेथे ती व्यक्तिको हृदयमा करुणा, दया, माया, स्नेह, आक्रोशका भाव सलबलाउँथे र हेर्दाहेर्दै ती चित्रमा नै हराउँथे । यसरी आफूले भन्न खोजेको कुरामा अरूलाई समर्पित गराउन सक्नु नै एउटा क्रान्ति हो ।
माथिको प्रसङ्गनाजी जस्तो शक्तिशाली व्यवस्थाले पिकासोका परिवर्तकारी चित्रहरूसँग डराएर जर्मनीमा प्रदर्शन गर्न नदिइएको कुरा प्रस्तुत गर्ने क्रममा आएको हो । कुनै पनि शक्ति कलम र कुचीको शक्तिभन्दा बलियो हुन सक्दैन ।
८. ‘पाब्लो पिकासो’ जीवनिको पहिलो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।
९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) पिकासोको बाल्यकाल कस्तो परिवेशमा बित्यो ?
उत्तरः विश्वविख्यात कलाकार पाब्लो पिकासोको जन्म सन १८८१ अक्टोबर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा भएको थियो । पिकासोका पिता स्थानीय स्कुलमा कलाका एक कुशल शिक्षक थिए । उनका बुबाले घरमा पनि चित्र बनाउने गर्थे । बाबुले चित्र बनाएको ध्यान दिइएर हेर्ने पिकासोले बाबुकै प्रेरणाबाट उनीभित्रको कलाकारिताको पहिचान गर्ने मौका पाएको हुन् ।
मध्यम वर्गीय परिवारमा जन्मेका हुनाले पिकासोको बाल्यकाल गरिबीमै बित्यो । सानैदेखि चित्र बनाउने ‘उनले सानैमा बनाएका चित्रले दर्शकलाई मोहित पार्दथे । उनका चित्र आफ्ना भन्दा राम्रा भएपछि पिकासोका बाबुले चित्रकलाबाट सन्यास लिइएका थिए । र छोरालाई राम्रो चित्रकार बनाउने उद्देश्यले चित्रकलामा उच्च शिक्षा हासिल गर्न पिकासोलाई म्याड्रिड एकेडेमीमा पठाइयो । तर उनलाई त्यहाँको वातावरण मन नपरेर औपचरिक शिक्षा लिन नै छोड्दिए । सानैमा उनले बहिनिको वियोग पनि सहनु परेको थियो । त्यस्तै उनले बसाइँ पनि सरिरहेको देखिन्छ । पिकासोको बाल्यकाल पारिवारिक तथा आर्थिक सङकटका कारण मानसिक तथा असमान्य अवस्थाको पनि सिर्जना भएको थियो । उनमा देखिएको समस्याको चित्रण उनका चित्रमा पाइन्थ्यो ।
(ख) पिकासोले चित्रमा कुन कुन पक्ष समेटेका छन् ?
उत्तरः ‘पाब्लो पिकासो’ जीवनी विश्वविख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जीवनी हो। १८८१ अक्टोबर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा पिकासोका जन्म भएको थियो । पिकासोका पिता स्थानीय स्कुलमा कलाका एक कुशल शिक्षक थिए । बाबुकै प्रेरणाबाट उनीभित्रको कलाकारिताले फस्टाउने मौका पाएको हो । पिकासोका चित्रमा निम्न तथा पिछडिएका वर्गको पीडा समेटिइएको पाइन्छ।
पिकासोका बाल्यकालका चित्रमा विशेष गरी समाजका गरिब र बहिष्कृतहरूका शान्त र व्यग्र मनस्थिति, एक्लोपन, गरिबी र चरम अभाव, गरिबीले आक्रान्त महिला, दुधे बालकसँगका आमाका चित्र र दृष्टिविहीनका चित्र, आदि विषयवस्तु अटाएको छ । पिकासोका चित्रमा घनवादको पनि प्रचूर मात्रामा प्रयोग भएको पाइन्छ । घनवाद प्रयेग भएको काललाई निग्रो काल भनिन्छ । त्यस्तै उनका चित्रमा उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाउँथे । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाएका थिए । उनी मान्छेको बाहिरी आवरणको मात्र नभएर, व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्यलाई पनि आफ्ना चित्रभित्र समेट्थे ।
(ग) पिकासोले आफ्नो जीवनको लक्ष्य पूरा गर्न कस्ता सङ्घर्ष गर्नुपरेको थियो ?
उत्तरः विश्वविख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जन्म १८८१ अक्टोबर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा जन्म भएको थियो । पिकासोका पिता स्थानीय स्कुलमा कलाका एक कुशल शिक्षक थिए । बाबुकै प्रेरणाबाट उनीभित्रको कलाकारिताले फस्टाउने मौका पाएको हो । सामान्य परिवारमा जन्मेका पिकासोको बाल्यकाल एक्दमै सङ्घर्षपूर्ण रहेको थियो । सानैमा बहिनीको मृत्युले पारिवारिक वियोगको दुखद घटना पनि बेहोर्नु पयो ।
जन्मदा नै औसत शिशुभन्दा सानो भएकाले नर्सले यो बालक जीवित छैन भन्ने ठानेर आमाको शैया नजिकको टेबुलमा छोडिछन् । उनका काका इन साल्भाडोरले त्यो बालक जावित छ भनी नर्सलाई सूचित गरेपछिमात्र पिकासोले जीवन प्राप्त गरेका रहेछन् । राम्रो चित्रकार बनाउने उद्देश्यले परिवारले उनलाई चित्रकलामा उच्च शिक्षाका लागि स्याड्रिड एकेडेमी पठायो । पिकासो त्यहाँको वातावरणबाट विरक्तिएर आफ्नो औपचारिक पढाइ छोडे र पूर्णकालीन रूपमा कलाकारितामा नै आफूलाई समर्पित गरे । यसैबिच पिकासोकी सात वर्षकी बहिनी कोन्चिटाको मृत्यु भयो जुन पिकासोको जीवनमा एउटा कहालीलाग्दो घटना बन्न पुग्यो । बहिनिको मृत्युपछि उनको परिवार बार्सिलोनामा सन्यो । पारिवारिक तथा आर्थिकसङ्कटजन्य परिस्थितिकाकारण उनमा एकप्रकारको मानसिक तनाव र असामान्य अवस्था सिर्जना भयो । यसैको प्रभावस्वरूप उनले मुख्य रूपमा ब्लु र ब्लुसँगै हरियो कठोर रङका धर्काहरूमा अन्य केही रङसमेत मिश्रित मोनोक्रोमेटिक चित्रकला प्रस्तुत गरे । समाजका गरिव र बहिष्कृतका शान्त र व्यग्र मनस्थितिलाई ब्लु रङका साथ जोडेर विचित्रका चित्र बनाए । एक्लोपन, गरिवी र चरम अभाव उनका चित्रकलाका विषयवस्तु बने । गरिबीले आक्रान्त महिला, दुधे बालकसँगका आमाका चित्र र दृष्टिविहीनका चित्रले उनका क्यानभासमा प्राथमिकता पाउन थाले । उनका चित्र सर्वसाधारणबाट निकै रुचाइए पनि सम्पन्न वर्गले भने त्यति रुचाएनन् । जसको कारण उनका चित्र तत्काल बिक्री भएन । तर कालान्तरमा अनमोल बनेका यिनै चित्र करोडौँ मूल्यमा बिक्री भए । यसरी पिकासोले आफ्नो लक्ष पूरा गर्न धेरै सङ्घर्ष गर्नु परेको पुष्टि हुन्छ। .
(घ) पिकासोको जीवनबाट पाइने जीवनोपयोगी सन्देश उल्लेख गर्नुहोस् ।
उत्तरः विश्वविख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जन्म १८८१ अक्टोवर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा भएको थियो । पिकासोका पिता स्थानीय स्कुलमा कलाका एक कुशल शिक्षक थिए । उनैको प्रेरणाबाट पिकासो भित्र रहेको कलाकारिता बाहिर आउने मौका पाएको हो । निरन्तरको अथक प्रयासबाट मात्र सफलता हासिल गर्न सकिन्छ भन्ने सोच राख्ने पिकासोले आफ्नो सम्पत्तिको कहिल्यै घमण्ड गरेनन् । कलम र कुची विश्वका सबैभन्दा ठुला हतियार हुन् यी सित सबै डराउँछन् भन्ने सन्देश उनको जीवनीमा पाइन्छ ।
पिकासोको जीवनीमा पाइने जीवनोपयोगी सन्देश भनेको बालबालिका कुमालेको माटो जस्तै हुन्छन् जसलाई जसरी जता ढाल्न पनि सकिन्छ भन्ने हो । हरेका बालबालिकामा विशेष क्षमता हुन्छ । कतिपय वालवालिकाले उसको क्षमताको बारेमा जानकारी पाउनै सक्दैनन् । अभिवावक तथा गुरुहरूले वालवालिकामा भएको विशष्ट सिर्जना शक्ति र प्रतिभालाई पहिचान गर्न सहयोग गर्नुपर्छ । हामीले हाम्रो जीवनलाई सार्थक बनाउन आफूमा भएको क्षमतालाई पूर्ण लगनशीलताका साथ वाहिर निकाल्नु पर्छ । पिकासोको बाबा पनि एक कलाकार भएकोले पिकासोलाई कलाकारिता गर्ने वातावरण राम्रो मिल्यो । उनले पाएको वातावरणलाई एकदम दत्तचित्त भएर सदुपयोग गरे । उनको लगनशीलताले सफलता हासिल गर्यो । उनको जीवन सार्थक भयो र संसारलाई उत्कृष्ट कलाहरू पस्कन सके ।
पिकासोको जीवनीबाट पाउने अर्को सन्देश सामाजिक परिवर्तनको लागि हुने आन्दोलनमा घातक हतियार भन्दा कलम र कुची ठुलो हुन्छ भन्ने हो । कलम र कुचीसँग सबै डराउने भएकाले नै नाजी जस्तो शक्तिशाली व्यवस्थाले पिकासोका परिवर्तकारी चित्रहरूसँग डराएर जर्मनीमा प्रदर्शन गर्न नदिइएको प्रसङ्गले पुष्टि हुन्छ । यसरी जीवनीमा सबैभन्दा लियो कुची र कलम हुने सन्देश पिकासोको जीवनीमा पाइन्छ ।
१०. पाब्लो पिकासोले कलाकारिताको क्षेत्रमा पुऱ्याएका योगदानको चर्चा गर्नुहोस् ।
उत्तरः ‘पाब्लो पिकासो’ जीवनी विश्वविख्यात प्रेरणादायी कलाकार पाब्लो पिकासोको जीवनी हो । १८८१ अक्टोबर २५ का दिन स्पेनको मालागामा मध्यम वर्गीय परिवारमा जन्मिएका पिकासोका पिता स्थानीय स्कुलमा कलाका एक कुशल शिक्षक थिए। पिकासोले आफूले चित्र बनाउने प्रेरणा बाबुबाटै पाएको बताउने गरेका थिए ।
मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन चित्रकलामा समर्पण गरे । उनले कलामार्फत बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ भन्ने प्रमाणित गरेर युद्धमाथि खरो रूपमा व्यङ्ग्य गरेका छन् । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारी, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाएका छन् । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाएका छन् । उनले मान्छेको बाहिरी आवरणको मात्र नभएर, व्यक्तिका भित्री वेदना, संवेदना, संवेग, मर्म र सौन्दर्यलाई पनि आफ्ना चित्रभित्र समेटेका छन् । चित्र. हेर्नेहरूको हृदयमा करुणा, दया, माया, स्नेह, आक्रोशका भाव उत्पन्न हुन्छन् र हेर्दाहेर्दै ती चित्रमा नै हराउँछन् । उनका कलामा त्यस्तो जादु भएर नै उनका कला आजसम्म पनि अनमोल भएका छन् । आज पिकासोका कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ ।
११. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् :
प्रेरक व्यक्तित्वका जीवनका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा नै जीवनी हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा ख्याति प्राप्त व्यक्तित्वको जीवनीबाट विद्यार्थीले. सत्प्रेरणा प्राप्त गर्छन् । जीवनीमा व्यक्तिका चारित्रिक विशेषतालाई तथ्यपरक रूपमा प्रस्तुत गरिन्छ । व्यक्तिका सङ्घर्ष वा जीवनका उतारचढाव तथा उल्लेख्य कार्यको वर्णन गरिएको हुन्छ । विद्यार्थीमा मनोबल विकास गर्नु, सच्चरित्र विकास गर्नु, जीवनको लक्ष्य निर्धारण गर्न सहयोग गर्नु आदि यसका प्रयोजन रहन्छन् । विद्यार्थीमा विभिन्न विषयक्षेत्रका शब्दभण्डार क्षमता विकास अनि भाषाका बोध र अभिव्यक्ति सिप विकास गर्नु चाहि जीवनी शिक्षणको भाषिक प्रयोजन हो । जीवनी पठनवाट विद्यार्थीमा सकारात्मक सोच, इमानदारिता, सामाजिक व्यवहार, मानवीय भावना आदिको समेत विकास हुन्छ । यसले असल व्यक्तित्व निर्माणका साथै सार्थक जीवनको मार्गमा अग्रसर हुन सघाउछ ।
उत्तरः प्रेरक व्यक्तित्वका जीवनका घटेका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने गद्य विधा, जीवनीमा व्यक्तिका सङ्घर्ष वा जीवनका उतारचढाव जस्ता चारित्रिक विशेषतालाई तथ्यपरक रूपमा प्रस्तुत विद्यार्थीको मनोबल, सच्चरित्र, शब्दभण्डार क्षमता रु भाषाका वोध र अभिव्यक्ति सिप विकास अनि जीवनको लक्ष निर्धारण गर्न सहयोग, कजीवनी पठनवाट विद्यार्थीमा सकारात्मक सोच, इमानदारिता, सामाजिक व्यवहार, मानवीय भावना आदिको विकास हुने,
सारांश
कुनै प्रेरंक व्यक्तित्वका जीवनका घटेका महत्त्वपूर्ण घटना समेटेर तयार पारिने जीवनीमा व्यक्तिका सङ्घर्ष वा जीवनका उतारचढाव जस्ता चारित्रिक विशेषतालाई तथ्यपरक रूपमा प्रस्तुत गरिन्छ । जीवनी पठनवाट विद्यार्थीमा सकारात्मक सोच, इमानदारिता, सामाजिक व्यवहार, मानवीय भावना आदिको विकास गरी विद्यार्थीको मनोबल, सच्चरित्र,शब्दभण्डार क्षमता, भाषाका बोध र अभिव्यक्ति सिप आदिमा विकास भई जीवनको लक्ष निर्धारण गर्न सहयोग गर्दछ ।
१२. क दिइएको नमुनाको सूचकका आधारमा तपाईंले आफ्नो व्यक्तिवृत्त तयार गरी कक्षामा प्रस्तुत गर्नुहोस्
नाम: अनु पाठक
जन्ममिति : वि.सं. २०५० मङ्सिर १०
जन्मस्थान: गण्डकी प्रदेश, पर्वत जिल्ला, कुस्मा नगरपालिका, वडा न. ५ अस्थायी
ठेगाना: : बाग्मती प्रदेश, काठमाडौं
आमाबुवा:जागृति शर्मा र जगन्नाथ पाठक
राष्ट्रियता: नेपाली
सम्पर्क:मोबाइल नं. ९८४१४१
क्र.स. तह संस्था वर्ष मुख्य विषय श्रेणी
१ एस.एल.सी विश्वज्योति मावि पर्वत २०६६ गणित प्रथम
२ कक्षा १२ विश्वनिकेतन मावि, काठमाडौं २०६८ जीवविज्ञान प्रथम
३ स्नातक अमृत साइन्स क्याम्पस, काठमाडौं २०७२ जीवविज्ञान प्रथम
४ स्नातकोत्तर विश्वविद्यालय क्याम्पस, त्रि.वि. कीर्तिपुर२०७५सूक्ष्म जीवविज्ञानविशिष्ट
तालिम तथा पुरस्कार
(क) नेतृत्व विकाससम्बन्धी तीन महिने तालि
(ख) जिल्लास्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल, २०६३
अनुभव
(क) कुलेश्वर पिसिआर ल्याबमा प्राविधिकका रूपमा कार्य गरेको दुई वर्षको अनुभव
उत्तरः
नाम : सन्तोष अर्याल
जन्ममिति वि.सं. २०५२ मङ्सिर २१
जन्मस्थान : कोशी प्रदेश, भोजपुर जिल्ला, अरूण गाउँपालिका, वडा न. ५
अस्थायी ठेगाना : बाग्मती प्रदेश, काठमाडौं
आमाबुबा : अञ्जलीथापा र जगन्नाथ अर्याल
राष्ट्रियताः नेपाली
सम्पर्क: मोबाइल न ९८४१४१
क्र.स. तह संस्था वर्ष मुख्य विषय श्रेणी
१ एस.एल.सी विश्वज्योति मावि चरम्बी २०६६ गणित प्रथम
२ कक्षा १२ विश्वनिकेतन मावि, काठमाडौँ २०६८ जीवविज्ञान प्रथम
३ स्नातक अमृत साइन्स क्याम्पस, कठमाडौँ २०७२ जीवविज्ञान प्रथम
४ स्नातकोत्तर विश्वविद्यालय क्याम्पस, त्रि.वि.कीर्तिपुर २०७५ सूक्ष्म जीवविज्ञान विशिष्ट
तालिम तथा पुरस्कार
(क) नेतृत्व विकाससम्बन्धी तीन महिने तालिम
(ख) जिल्लास्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल, २०६३
अनुभव
(क) कुलेश्वर पिसिआर ल्याबमा प्राविधिकका रूपमा कार्य गरेको दुई वर्षको अनुभव
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
समाजका सत्यतथ्य घटना र सूचना सम्प्रेषण गर्ने शसक्त माध्यम पत्रकारिता हो । यसमा समाजका राम्रा नराम्रा सबै घटनालाई समाचार बनाइन्छ । यसले राजनीतिक, आर्थिक र सामाजिक विकासक्रमलाई समेत प्रतिबिम्बित गर्छ । यसले कुनै पनि विषयको पक्ष, विपक्षमा जनमत सिर्जना गर्ने काम गर्छ । पत्रकारिता आजको सूचना र ज्ञानको सामग्रीसमेत हो र भोलिको इतिहास लेखनका लागि अभिलेख पनि हो । लोकतान्त्रिक व्यवस्थामा पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुनुका साथै निर्णायक पनि हुन्छ । लोकतन्त्रमा जुनसुकै विषयमा पनि जनमतलाई जांच्ने, जनमत तयार गर्ने र कुनै पनि सही वा गलत निर्णयमा जनताको अभिमतलाई प्रतिनिधित्व गर्ने माध्यम पत्रकारिता हो । लोकतन्त्रमा कार्यकारिणी, विधायिका र न्याय पालिकापछि प्रेस जगत्ले चौथो अङ्गको मान्यता पाएको हुन्छ । सुयोग्य नागरिक समाजको निर्माण गर्न, त्यसलाई प्रभावकारी र समाजलाई गतिशील बनाएर कल्याणकारी राज्यको स्थापना गर्न प्रेस जगत्को भूमिका अपरिहार्य रहन्छ | राज्य व्यवस्थालाई प्रेस जगत्ले समय समयमा खबरदारी गर्ने गर्छ तर प्रजातान्त्रिक सरकार प्रायजसो प्रेस जगत्प्रति सहानुभूतिशील हुनुपर्ने वाध्यात्मक अवस्था रहन्छ । जनताको प्रत्यक्ष मत पाएर सरकार चुनिएको हुन्छ, प्रेस जगत्ले पनि तिनै जनतावाट शक्ति आर्जन गरेको हुन्छ । प्रेस जगत्ले खास खास विषयमा जनमतसँग विमति गरेर छुट्टै मत प्रस्तुत गर्न पनि सक्छ तर जनमतलाई निरादर गर्न सक्दैन । प्रजातन्त्रमा जनता र सरकारविच प्रत्यक्ष सम्बन्ध हुन्छ भने जनता र प्रेस जगत्विच पनि त्यस्तै सोझो सम्बन्ध हुन्छ । वास्तवमा जनता र सरकारका विच प्रत्यक्ष सम्पर्कको सक्रिय माध्यमका रूपमा पनि प्रेस जगत्ले काम गरिरहेको हुन्छ।
(क) प्रश्नहरू
(अ) पत्रकारिता भनेको के हो ?
उत्तरः समाजका सत्यतथ्य घटना र सूचना सम्प्रेषण गर्ने शसक्त माध्यम नै पत्रकारिता हो ।
(आ) प्रेस जगत्ले कोवाट शक्ति आर्जन गरेको हुन्छ ?
उत्तरः प्रेस जगत्ले जनतावाट शक्ति आर्जन गरेको हुन्छ ।
(इ) पत्रकारिताले के काम गर्छ ?
उत्तरः पत्रकारिताले कुनै पनि विषयको पक्ष, विपक्षमा जनमत सिर्जना गर्ने काम गर्छ । (ई) प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्को भूमिका किन अपरिहार्य हुन्छ ? उत्तर: जनताको प्रत्यक्ष मत पाएर सरकार चुनिने र जनतावाट प्रेस जगत्ले पनि शक्ति आर्जन गरेको हुन्छ । त्यस्तै प्रजातन्त्रमा जनता र सरकारबिच प्रत्यक्ष सम्बन्ध भए जस्तै जनता र प्रेस जगत्विच पनि सोझो सम्बन्ध हुने भएकाले प्रजातान्त्रिक राज्य व्यवस्थामा प्रेस जगत्को भूमिका अपरिहार्य हुन्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :
(अ) लेखकले भने, “पत्रकारितालाई समाजको दर्पण भनिन्छ । ” यो वाक्य अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।
उत्तरः पत्रकारितालाई समाजको दर्पण भनिन्छ भनेर लेखकले भने ।
(आ) प्रजातन्त्रमा जनता र सरकारबिच प्रत्यक्ष सम्बन्ध हुन्छ भनेर विज्ञले भने । वाक्यलाई प्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् ।
उत्तर: विज्ञले भने, “प्रजातन्त्रमा जनता र सरकारविच प्रत्यक्ष सम्बन्ध हुन्छ । ”
(इ) अनुच्छेदबाट ‘ज्ञ’ र ‘ग्य’ प्रयोग भएका एक एकओटा शब्द खोजी लेख्नहोस।
उत्तरः सुयोग्य, ज्ञान
१४. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
निमाले नेपाली गृहकार्य कापीमा ‘देशप्रेम’ शीर्षकमा कविता लेखेकी रहिछन् । शिक्षकले त्यो कविता देखेर निमालाई सोध्नुभएछ, “निमा, यो कविता कसले लेखेको हो ?” निमाले भनिछन्, “मैले लेखेकी हुँ । ” शिक्षकले भन्नुभएछ, “वाह। कति राम्रो कविता निमा ! तिमीले त निकै राम्रो कविता लेखिछौ । तिमीले कविता लेख्दै गयौ भने पछि कवि बन्ने छौ । ” शिक्षकबाट यस्तो हौसला पाएर निमा साई खुसी भईछन् र राम्रा राम्रा कविता लेख्न थालिछन् । कक्षामा एक जना शिक्षक र विद्यार्थी बनेर शिक्षकले विद्यार्थीलाई राम्रो पढाइबारे हौसला दिएको मौखिक प्रस्तुति कक्षामा प्रस्तुत गर्नुहोस् ।
सुनाइ र बोलाइ
सुनाइ पाठ १२ सुन्नुहोस् र दिइएका खाली ठाउँ भर्नुहोस् :
(क) दशैं आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने चलन नेपालीको…….. परम्परा हो ।
उत्तरः दसैँ आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने चलन नेपालीको मौलिकपरम्परा हो ।
(ख) यो संस्कृतिक परम्पराको जगेर्ना र …..कायम राख्ने माध्यम हो ।
उत्तरः यो संस्कृतिक परम्पराको जगेर्ना रसामाजिक सदभाव कायम राख्ने माध्यम हो ।
(ग) अहिलेका…लाई आफ्ना परम्परागत मान्यता, सिप र प्रविधितर्फ थप आकर्षित गर्नुपर्छ ।
उत्तरः अहिलेका युवापुस्तालाई आफ्ना परम्परागत मान्यता, सिप र प्रविधितर्फ थप आकर्षित गर्नुपर्छ ।
(घ) आजभोलि विज्ञान र प्रविधिको युगसँगै पिङका लागि बाबियोको सट्टा नाइलजस्ता साधनको प्रयोग गरी बनाउने चलन छ ।
उत्तर: आजभोलि विज्ञान र प्रविधिको युगसँगै पिङका लागि बाबियोको सट्टा नाइलजस्ता साधनको प्रयोग गरी आधुनिक पिङ बनाउने चलन छ ।
पाठ १२ सुनी दिइएका प्रश्नको उत्तर भन्नुहोस्
(क) दसैँका सन्दर्भमा कस्तो परम्परागत कथन छ ?,
उत्तरः दसैँको टीकाको दिन एकछिन भए पनि धर्ती छोड्नुपर्छ अर्थात् धर्तीमा टेक्नुहुँदैन’ भन्ने परम्परागत कंथन छ ।
(ख) नाइ पाठअनुसार पिङ बनाउने प्रक्रिया के के हुन् ?
उत्तरः खरवारीमा गई वावियो काटेर ल्याउने, बाबियोको लठ्ठा बाट्ने, काठ वा बाँसका खांबा हाल्ने र पिङ बनाउने ।
(ग) पिङका कुनै तीनओटा फाइदा भन्नुहोस् ।
उत्तर: साथीहरूसँग रमाइलो गरिन्छ ।
शारीरिक व्यायम हुन्छ ।
हाम्रो संस्कृतिको संरक्षण हुन्छ ।
(घ) अहिलेका पुस्ताले पिङको परम्परालाई जीवन्त राख्न के गर्नुपर्छ ?
उत्तरः अहिलेका पुस्ताले पिङको परम्परालाई जीवन्त राख्नपिङ बनाउने सिप सिक्न र सथीहरूसँग खेल्ले बानिको विकास गर्नुपर्छ ।
भाषिक संरचना र वर्णविन्यास
१.’क’ र ‘ख’ मा दिइएका अंश पढी प्रत्यक्ष र अप्रत्यक्ष कथनबारे मनन गरी साथीसँग छलफल गर्नुहोस् :”
(क) एक जना साथीले हाँसैहाँसोमा पिकासोलाई भनेछन् “आफ्नो घरका भित्तामा आफना चित्र किन नराखेको नि, के तिमीलाई आफ्ना चित्र मन पर्दैनन् ? पिकासोले वाफ दिएछन्, हैन मित्र मलाई मेरा चित्र निकै मन पर्छन्, तर ती निकै महंगोमा बिक्छन् म ती महंगा चित्र किन्न सक्दिन ।
(ख) एक जना साथीले पाब्लो पिकासोलाई आफ्ना चित्र मन नपरेर आफ्ना घरको भित्तामा आफ्ना चित्र नराखेको हो र भनी प्रश्न गरेछन् । पिकासोले आफूलाई आफ्ना चित्र निकै मन परे पनि ती चित्र निकै महंगामा बिक्ने भएकाले आफूले किन्न नसक्ने हुँदा आफ्नो घरको भित्तामा नराखेको भनी जवाफ दिएछन् । माथिको ‘क’ को अशमा वक्ताले भनेका वाक्यलाई उनले जस्तो भने त्यस्तै राखिएकाले ती प्रत्यक्ष कंथनका वाक्य हुन् भने ‘ख’ को अशा अप्रत्यक्ष कथन हो । प्रत्यक्ष कथनबाट अप्रत्यक्ष कथनमा वदल्दा वत्ताको कथनलाई जस्ताको त्यस्तै राखिंदैन । वक्ताको कथनको आशय बुझ्ने गरी केही शब्द फेरवदल पनि गर्न सकिन्छ ।
२.दिइएको अनुच्छेदबाट प्रत्यक्ष र अप्रत्यक्ष कथनका वाक्य पहिचान गरी लेख्नुहोस् :
चित्रमाया विहान १० बजेतिर पवनप्रसादको पसलमा पुगिन् । उनले भनिन्, “शङ्खधर साख्वाको यो तैलचित्रको मूल्य कति हो ?” पवनप्रसादले भने, “यो चित्रको मूल्य ७५ हजार हो । ” चित्रमायाले यो चित्र त निकै महँगो रहेछभनिन् । पसले पवनले यो चित्र लैजाने भए मिलाएर दिउँला भने । चित्रमायाले भनिन्, “७० हजारमा दिनुहुन्छ ? । ” पवनप्रसादले भने, “हुन्छ, लैजानुहोस्, विहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभयो । ”
उत्तरः प्रत्यक्ष कथन : उनले भनिन्, “शइखधर साख्वाको यो तैलचित्रको मूल्य कति हो ?”, पवनप्रसादले भने, “यो चित्रको मूल्य ७५ हजार हो । ”
चित्रमायाले भनिन्, “७० हजारमा दिनुहुन्छ ?”
पवनप्रसादले भने, “हुन्छ, लैजानुहोस्, विहानको पहिलो ग्राहक भएकाले यति रकममा पाउनुभयो । ”
अप्रत्यक्ष कथन : चित्रमायाले यो चित्र त निकै महँगो रहेछ भनिन् ।
पसले पवनले यो चित्र लैजाने भए मिलाएर दिउँला भने ।
४. दिइएको मुगु र पाल्पाको फोनमा भएको कुराकानीलाई अप्रत्यक्ष कंथनमा परिवर्तन गर्नुहोस् :
मुंगु: हेलो पाल्पाज्यू, सन्चै हुनुहुन्छ ।
पाल्पा :सन्चै छ, तपाईंलाई कस्तो छ ?
मुगु: मलाई सन्चै छ । अहिले के गर्दै हुनुहुन्छ ?
पाल्पा: म त पाल्पाली ढाका बुन्दै छु । तपाईं के गर्दै हुनुहुन्छ नि ?
मुगु: अॅ म पनि राडीपाखी बुन्दै छु ।
पाल्पा :ए कति राम्रो होलान् है मुगुका राडीपाखी ?
मुग: राम्रा छन्, रारा घुम्न आउनू अनि राडीपाखी लिएर जानू ।
पाल्पा: हुन्छ, म ढाकाका कपडा लिएर आउँछु । ढाकाको टोपी, पछ्यौरा र चोली लिएर आउँछु ।
मुगु: हुन्छ आउनू, मलाई पाल्पाका ढाकाका कपडा साह्रै मन पर्छन् ।
पाल्पा: हुन्छ हजुर, भेटमा थप कुरा गरौंला, अहिलेलाई फोन राखौं है ।
मुगु: हवस नमस्ते ।
उत्तरः
मुगुले पाल्पालाई हेलो पाल्पाज्यू, सन्चै हुनुहुन्छ भनेर सोध्यो ।
पाल्पाले आफू सन्चै छु र तपाईंलाई कस्तो छ भनेर सोध्यो ।
मुगुले आफूलाई सन्चै छ भन्यो अनि अहिले के गर्दै हुनुहुन्छ भनेर सोध्यो ।
पाल्पाले आफू त पाल्पाली ढाका बुन्दै गरेको बतायो र तपाईं के गर्दै हुनुहुन्छ नि भनेर सोध्यो ।
मुगुले आफू पनि पनि राडीपाखी बुन्दै गरेको बतायो ।
पाल्पाले कति राम्रो होलान् है मुगुका राडीपाखी भनेर सोध्यो ।
मुगले राम्रा छन्, रारा घुम्न आउनू अनि राडीपाखी लिएर जानू भनेर भन्यो ।
पाल्पालै आफू ढाकाका कपडा ढाकाको टोपी, पछ्यौरा र चोली लिएर आउँछु भन्ने जबाफ दियो ।
मुगुले हुन्छ आउनू, आफूलाई पाल्पाका ढाकाका कपडा साह्रै मन पर्छन् भन्ने उत्तर दियो ।
पाल्पाले हुन्छ हजुर, भेटमा थप कुरा गरौंला, अहिलेलाई फोन राखौं है भन्यो ।
मुगुले पनि हवस् नमस्ते भन्यो ।
5.दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
ग्यानप्रसाद ज्ञालेन लिएर विग्यान ग्यवालीको पसलमा मटितेल लिन गएछन् । विग्यान सर भने गाडीको एसीमा ज्ञास सकिएर जारेजमा गएका रहेछन् । उनले मिस्त्रीलाई गाडीबारे सोधेछन् । मिस्त्रीले भनेछ, “गाडीमा ज्ञास सकिएछ । . गाडीचलाउने मान्छेमा गाडीसम्बन्धी ग्यान पनि हुनुपर्छ । अग्यानी भईयो भने दुःख पाइन्छ । त्यसैले ग्यानप्रसादको विग्यान ग्यवालीसँग भेट भएनछ ।
उत्तरः ज्ञानप्रसाद ग्यालेन लिएर विज्ञान ज्ञवालीको पसलमा मटितेल लिन गएछन् । विज्ञान सर भने गाडीको एसीमा ग्यास सकिएर ग्यारेजमा गएका रहेछन् । उनले मिस्त्रीलाई गाडीबारे सोधेछन् । मिस्त्रीले भनेछ, “गाडीमा ग्यास सकिएछ । गाडीचलाउने मान्छेमा गाडीसम्बन्धी ज्ञान पनि हुनुपर्छ । अज्ञानी भईयो भने दुःख पाइन्छ । त्यसैले ज्ञानप्रसादको विज्ञान ज्ञवालीसँग भेट भएनछ ।
6.’ग्य’ र ‘ज्ञ’ प्रयोग भएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् ।
उत्तरः यज्ञराजले ग्याँसको सिलिण्डर बोक्ने मान्छे अज्ञ हुन् किनकि उनीहरूलाई विज्ञान विषय आउँदैन भन्यो ।
सिर्जना र परियोजना कार्य
१.दिइएका बुँदाका आधारमा मोतिराम भट्टको छोटो जीवनी तयार पार्नुहोस् :
(क) युवाकविका रूपमा नेपाली साहित्यमा परिचित
(ख) कवि, गजलकार, जीवनिकार, समालोचकका रूपमा परिचित बहुमुखी व्यक्तित्व
(ग) वि.सं. १९२३ भाद्र, काठमाडौँमा जन्म
(घ) पितामाता दयाराम भट्ट र रिपुमर्दिनी देवी
(ङ) फारसी, उर्दू, अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषाको ज्ञान
(च) वि.सं. १९३७ मा विवाह
(छ), नेपालीमा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ता
(ज) नेपालमा छापाखाना स्थापना, पत्रिका प्रकाशन
(झ) काठमाडौं र वनारसमा मोती मण्डलीको स्थापना
(ञ) भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन
(ट) वि.सं. १९५३ मा देहावसान
उत्तर: मोतीराम भट्टको जन्म वि.सं. १९२३ भाद्र कुशेऔंसीका दिन भोसीको टोलमा पिता दयाराम भट्ट र माता रिपुमर्दिनीदेवीका कोखबाट भएको हो । साहित्यका विभिन्न विधामा कलम चलाएका मोतीराम भट्टकवि, गजलकार, जीवनिकार, समालोचकका रूपमा परिचित बहुमुखी व्यक्तित्व हुन् । फारसी, उर्दू, अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषाका ज्ञाता मोतीराम भट्टको विवाह वि.सं. १९३७ मा भएको हो । नेपालीमा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ता मोतिराम भट्टले नेपालमा छापाखाना स्थापना, पत्रिका प्रकाशन गरेका थिए । उनले काठमाडौँ र वनारसमा मोती मण्डलीको स्थापना गरेका भट्टले भानुभक्तीय रामायणको बालकाण्ड प्रकाशन पनि गरेका थिए । उनको वि.सं. १९५३ मा देहावसान भएको हो ।
२.पुस्तकालयमा रहेका सामग्रीको सहयोग लिई वा आफूले चिने जानेका कुनै एक जना गीतकारको जीवनी तयार पार्नुहोस् ।
उत्तरः गितकार सञ्जय राईको जन्म भोजपुरको हिलेपानी भन्ने ठाउँमा २०५० भाद्र २५ गते बुबा गोकुल राई आमा सिता राई को माहिलो सन्तानको रूपमा भएको हो । सानै देखि गीत सङ्गीतमा रुचि राख्ने राई गाएक पनि हुन् । सुरुमा गायनबाट सङ्गीत क्षेत्रमा प्रवेश गरेका राईले विस्तारै गीत लेखन तिर पनि आफूलाई समर्पित गरे । विशेष गरी यप गीत लेख्ने राई कलिलै उमेरमा युवा पुस्तामा निकै चिनिएका व्यक्तित्व- हुन् । उनका गीतमा वर्तमान परिस्थितिको तीखो व्यङ्ग्य पाइन्छ । उनका गीत रचनाले स्थानीय स्तरमा थुप्रै पुरस्कारहरू पनि पाइसकेका छन् ।
उनलाइई जिल्लाको उत्कृष्ट गीतकारको रूपमा सम्मानित गरिएको छ । उनका प्रमुख गीतका बोलहरू विकास गर्छु देशको भन्छौ आफ्नै पेट सधैँ भर्छौ, चुरोट नखा भन्ने अनि आफैँ लुकि तान्ने, आदि प्रख्यात छन् । सानै उमेरमा गीतकारको रूपमा परिचित राई भोलि गएर एक उत्कृष्ट गीतकारको रूपमा सम्मानित हुने पक्का छ ।