लेखक परिचय
भैरव अर्याल
प्रसिद्ध साहित्यकार भैरव अर्याल (वि.स. १९९३-२०३३) नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रका महान् प्रतिभा हुन् । अर्यालका हास्यव्यङ्ग्य निबन्धहरूमा सामाजिक,आर्थिक,धार्मिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रका विसङ्गतिप्रति चोटिलो व्यङ्ग्य मात्र नभएर जीवनदर्शन समेत पाइन्छ । अर्यालका निबन्ध हसाउँने मात्र हुँदैनन्, विचारोत्तेजक पनि हुन्छन् । पेट मिचिमिची हसाउँने उनका निबन्धले उत्तिखेरै गम्भीर चिन्तन गर्न पनि बाध्य बनाई छाड्छन् । काउकुती, जय भुँडी, गलबन्दी, इतिश्री, दस औतार आदि उनका प्रसिद्ध कृतिहरू हुन् । लेखनमा उखान टुक्का, अनुप्रास र अनुकरणात्मक शब्दको प्रयोग गर्ने अर्यालका निबन्धहरू रोचक साथै उत्तिकै बौद्धिक पनि छन् ।
शब्दभण्डार
१.दिइएका अनुकरणात्मक शब्द र कार्यबिच जोडा मिलाउनुहोस् :
उत्तर :
शब्द अर्थ
ख्वाडख्वाङ: खोक्नु
गजक्क: पर्नु
ङिच्च: हास्तु
लस्याङलुसुङ: गर्नु
जम्स्याङजुम्सुङ: हुनु
2.’पख्नोस्’ निबन्धबाट कुनै पाँचओटा पारिभाषिक शब्द खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः घट्ट, चाक्सी, इष्टसिद्ध, गंज, पलायनवादी
घट्ट:हाम्रो घरबाट पानी घट्ट पुग्न चार घण्टा लाग्छ ।
चाक्सी: घरमाथिको चाक्सीको रुखमा ढुकुरले गँड लगाएछ ।
इष्टसिद्ध: मेरो लेख कान्तिपुरमा प्रकाशन भएपछि मेरो इष्टसिद्ध भयो ।
गज: एउटा सारीको लम्बाइ न्यूनतम् ६ गज हुनुपर्छ ।
पलायनवादी: हाम्रो देशको विकास नहुनुको एउटा कारण पलायनवादी मानसिकता पनि हो ।
3.शब्दकोशको प्रयोग गरी दिइएका शिक्षा र वाणिज्य क्षेत्रका पारिभाषिक शब्दको अर्थ खुल्नेगरी वाक्य बनाउनुहोस् :
शिक्षा : पाठ्यक्रम, मूल्याङ्कन, पुनर्बल, पुस्तकालय, शिक्षालय
उत्तरः
पाठ्यक्रम: लोकसेवाको तयारी गर्दा पाठ्क्रम केन्द्रित भएर गर्नु राम्रो हुन्छ ।
मूल्याङ्कन : नेपालमा परीक्षाको मूल्याङ्कन पद्धति सुधारिएर आएको छ ।
पुनर्बल: शिक्षकले विद्यार्थीलाई बेला बेलामा पुनर्बल प्रदान गर्नुपर्दछ ।
पुस्तकालय :: प्रत्येक विद्यालयमा एउटा पुस्तकालय अनिवार्य हुनुपर्छ ।
शिक्षालय : विद्यालयलाई शिक्षालय पनि भनिन्छ ।
वाणिज्य : वासलात, भौचर, फस्र्यौट, आयव्यय, बेरुजु, बजेट, निक्षेप
उत्तर:
वासलात: प्रत्येक कार्यालयमा खर्चविवरणको वासलात तयार पार्नुपर्छ ।
भौचर : अहिले मोवाइल बैंकिङ प्रणाली लागु भएपछि पैसा झिक्न भौचर भरेर लाइन लाग्नु पर्दैन ।
फस्र्योट: आर्थिक वर्षको अन्त्यमा सबै कार्यालयले आफ्नो खर्चको विवरण फस्यौट गरिसक्नु पर्छ ।
आयव्यय: व्यापार गर्दा सधैं आयव्यय हिसाव गर्नुपर्छ ।
बेरुजु : नेपालको विकास नहुनुको एउटा कारण अत्यधिक बेरुजु बढ्नु पनि हो ।
बजेट: नेपालको बजेट पक्रिया त्यति धेरै मित्वययी हुँदैन ।
निक्षेप: बैंकमा निक्षेपको मात्रा बढी भएकाले व्याजदर घटेको छ ।
४.दिइएको अनुच्छेदबाट पाँचओटा मौलिक शब्द पहिचान गरी लेख्नुहोस् :
ओहो ! अब त मेरो एकोहोरो फतफताइ अति नै भयो । तपाईलाई कति फर्को लाग्यो होला हकि ? तर साह्रै नै झर्को लागेको भए त एक चुस्की चिया पिउनुस् । अनि तपाई नै भन्नोस्, को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिक जति बोलिइरहुन्, वैज्ञानिक जति घोट्टिरहुन् मलाई त लाग्छ, वांच्नुको पर्याय नै पर्खनु हो । सो कुरा गर्न भने पनि हेर्नोस्,- दसौं महिना आमाको गर्भमा गुडुल्किएर नपर्खी तपाईले सूर्यदर्शनको साइत फेला पार्नुभएन । यसरी नजन्मेदेखि पखँदै आउनुभएको तपाईंले सायद किशोर भएपछि विद्यालयमा शिक्षकलाई कैयौं दिन पर्खनुभयो ।
उत्तरः सूर्यदर्शन, किशोर, विद्यालय, गर्भमा, दार्शनिक
५. ‘पख्नोस्’ निबन्धमा व्यङ्ग्य गर्ने क्रममा आएका निम्नलिखित टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
कन्सिरी तात्नु, आगलागि हुनु, पानीमरुवा हुनु, जङ चल्नु, दाउ हेर्नु
उत्तरः
कन्सिरी तात्नु: रामुका कुरा सुन्दा पनि कहिलेकाहीँ त कन्सिरी तातेर आउँछ ।
आगलागि हुनु: उनले छेउमा आएर मायालु पाराले हेर्दा मेरो हृदयमा आगलागि हुन्छ ।
पानीमरुवा हुनु : यसरी पानीमरुवा भएर बाँच्नु भन्दा त नवाँचे कै राम्रो ।
जङ चल्नु: जे गरे पनि भएन भनेको सुन्दा जङ चलेर आउँछ ।
दाउ हेर्नु: कतिखेर घरबाट निस्कन्छ र चोरूँ भनेर दाउ हेरेर बसेको रहेछ ।
बोध र अभिव्यक्ति
१.दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
सम्भाव्य, आश्वासन, ऋण, दार्शनिक, जम्स्याङजुम्सुङ, बकन्याइ, पर्खाइ, आणविक, भऱ्याङ, गिज्याउनु
२.‘पख्नोस्’ निबन्ध पालैपालो सस्वरबाचन गर्नुहोस् ।
3.दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) निबन्धमा सबैभन्दा लामो अनुच्छेद कति वाक्यमा संरचित छ ?
उत्तरः नौ वाक्य
(ख) पाठमा सबैभन्दा बढी प्रश्नात्मक वाक्य भएको अनुच्छेद कुन हो ?
उत्तरः आठौँ अनुच्छेद
(ग) निबन्धको कतिऔं अनुच्छेद विस्मयसूचक शब्दबाट सुरु भएको छ ?
उत्तरः आठौँ अनुच्छेद
(घ) निबन्धका ‘आउँदै गर्नुहोला’, ‘धाउँदै गर्नुहोला’ पदावलीमा असमान संरचना भएको अक्षर कुन हो ?
उत्तरः धा र आ
४. दिइएको निबन्धांश मौन पठन गरी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
आफू जुम्रा जस्तो जुम्सो छ अनि कामको सट्टा कुराले टार्न खोज्छ भनी तपाईं गिज्याउनुहोला । मुखिन्जेल नसके पनि पछाडि पक्कै उडाउनुहुन्छ । हुन पनि हो, अचेल साद्वै जुम्सो भएको छु । बरु के तपाईं पत्याउनुहुन्छ ? यो जुम्स्याईको जन्मदाता पनि यस्तै जङचल्दा पर्खाइ हुन् । साच्चै भनूँ भने मेरो दुनियाँ झन् लम्स्याङलुम्सुङको छ । मेरो जमाना झन् जम्स्याङजुम्सुङको छ । मैले थाहा पाएदेखि म पखँदो छु । काममा गएकी आमालाई, जागिरमा गएका बाबुलाई, पाठ दिने गुरुलाई, माया दिने मान्यजनलाई जागिर पाउने आश्वासनलाई, तलब पाइने दिनलाई, ओखती गर्ने उपचारकलाई बिदा दिने निर्देशकलाई पैसा दिने मालिकलाई, लुगा सिउने सूचीकारलाई ।
(क) निबन्धांशका आधारमा म पात्रमा कस्ता कस्ता विशेषता पाइन्छन् ?
उत्तरः निबन्धांशका आधारमा म पात्रमा जुम्सोपन र कामको सट्टा कुरा बढी गर्ने विशेषता पाइन्छन् ।
(ख) जचल्दा पर्खाइलाई किन जुम्स्याइँको जन्मदाता भनिएको हो ?
उत्तरः आफूले थाहा पाएदेखि पर्खनुपर्ने बाध्यताका कारण जङ्चल्दा पर्खाइलाई किन जुम्स्याइँको जन्मदाता भनिएको हो ।
(ग) म पात्रले कुन कुन कामका लागि पर्खाइको सामना गर्नुपरेको छ ?
उत्तरः म पात्रले काममा गएकी आमा, जागिरमा गएका बाबु, पाठ दिने गुरु, माया दिने मान्यजन, जागिर पाउने आश्वासन, तलब पाइने दिन, ओखती गर्ने उपचारक, विदा दिने निर्देशक पैसा दिने मालिक,, लुगा सिउने सूचीकारका लागि पर्खाइको सामना गर्नुपरेको छ ।
(घ) निवन्धांशमा भने जस्तै सवैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न के गर्नुपर्ला ?
उत्तरः निबन्धांशमा भने जस्तै सबैलाई पर्खनुपर्ने अवस्थाको अन्त्य गर्न समयको सदुपयोग र गर्न सिक्नुपर्ला ।
५. दिइएको निवन्धांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
जे होस्- ल, आफ्नै कुरा गरूँ, धेरै पटक भैसक्यो, एउटा लेख तपाईंले मसित माग्नुभएको तर पटकैपिच्छे मैले ‘पस्नोस्’ भन्दै आएको छु पर्खाएको छु । सम्पादक जस्तो मान्छेले पनि जमिनदारकहाँ ऋण माग्न गएको जैरे काँहिलो पटकै पिच्छे लुत्रे कान लगाएर फर्कनुपर्दा जङ चल्नु स्वाभाविकै हो । जङ्गिदाज़इनिँदै जङ्गबहादुर बने पनि के लाग्छ र ? अर्काको हातवाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपाईंले पर्खनुपर्छ । चिल्लो शब्दमा तपाईंले धैर्य गर्नुपर्छ । अझ भनूँ भने भुल्नुपर्छ, धाउनुपर्छ, पर्खनुपर्छ। सभ्य शिक्षित चिल्ला शब्द प्रयोग गर्छन् । आखिर पर्खन सबै पर्खन्छन्, सबै पर्खाउँछन् ।
प्रश्नहरू
(क) अनुच्छेदमा शिक्षित मानिसलाई कस्तो व्यङ्ग्य गरिएको छ ?
उत्तरः अनुच्छेदमा शिक्षित मानिसलाई चिल्ला कुरा मात्र गर्ने काम नगर्ने भनेर व्यङ्ग्य गरिएको छ ।
खः कसैसँग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन हामीले के गर्नुपर्ला ?
उत्तरः कसैसंग काम लिनका लागि पर्खनै पर्ने चलन हटाउन हामीले इमान्दारिताका साथ आफ्नो काम गर्नुपला
६. दिइएको अनुच्छेदबाट तीनओटा बोध प्रश्न बनाई तिनको उत्तर लेख्नुहोस् :
मानिस र वनस्पतिविच गहिरो सम्बन्ध छ । मानिसको बाँच्ने आधार वनस्पति हो । माना, छाना र नाना जस्ता मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत वनस्पति हो । उद्योगका लागि आवश्यक कच्चा पदार्थका मूल स्रोत वनस्पति हुन् । आजको विश्व अर्थतन्त्रको करिव ४० प्रतिशत अंश प्रत्यक्ष वा पयोक्ष रूपमा वनस्पतिलगायतका जैविक स्रोतको उपयोगमा आधारित छ । त्यति मात्र होइन, मानिसलाई सास फेर्न र बाँच्न नभई नहुने अमूल्य तत्त्व अक्सिजनको स्रोत हरिया वनस्पति नै हुन् । हरेक वनस्पति सेवन वा अन्य प्रयोजनका लागि उपयोगी नभए पनि यिनका सबै प्रजातिले मानिसका निम्ति अपरिहार्य अक्सिजन भने निरन्तर रूपमा उत्पादन गरिरहन्छन् । मानिसका लागि काम नलाग्ने वनस्पति चाहिँ यस संसारमा कुनै पनि छैन । त्यसैले मानिसको अस्तित्वका लागि वनस्पति जगत्को महत्त्वपूर्ण योगदान रहेको हुन्छ ।
प्रश्नहरू :
(क) माना, छाना र नाना जस्ता मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत के हो ?
उत्तरः माना, छाना र नाना जस्ता मानिसका आधारभूत आवश्यकताको प्रमुख स्रोत वनस्पति हो ।
(ख) अक्सिजनको उत्पादन कहाँबाट हुन्छ ?
उत्तरः अक्सिजनको उत्पादन हरिया वनस्पतिबाट हुन्छ ।
(ग) मानिसको अस्तित्वका लागि वनस्पति जगत्को कस्तो योगदान रहेको हुन्छ ?
उत्तरः मानिसको अस्तित्वका लागि वनस्पति जगत्को महत्त्वपूर्ण योगदान रहेको हुन्छ।
७. ‘पख्नोस्स्’ निबन्धको अन्तिम दुई अनुच्छेदको सारांश लेख्नुहोस् ।
उत्तरः पख्नोस निबन्धका अन्तिमका दुई अनुच्छेदमा लेखकले सम्पादकसित सबैले पर्खनु पर्छ त्यसमा तपाईंल पनि पर्नुभयो, पर्खाइदेखि डराउने मान्छे पलायनवादी र पानीमरुवा हुन्छ । आज एउटाले भनेका कुराहरू भोलि अर्काले भन्न थाल्छ । पर्खन कसैले नचाहे पनि सबै पर्खन वाध्य छन् र सबैले पर्खनु नपर्ने दुनियाँ चाहे पनि त्यसका लागि पनि पर्खनु पर्ने वाध्यता हुन्छ । पर्खनुको विकल्प छैन पर्खाइ पुराण कहिल्यै सकिँदैन र पछि गरौंला भनेर भाका राख्ने काम पनि कहिल्यै सकिदैन ।
८. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘पख्नोस्’ निबन्धको विषयवस्तुमाथि प्रकाश पार्नुहोस् ।
उत्तरः हाँस्यव्यङ्ग्यकार भैरव अर्यालद्वार लिखित पख्नोस् निबन्ध हाँस्यव्यङ्ग्य निबन्धं हो । यस निबन्धमा मान्छेले जन्मेदेखि मृत्युसम्म पर्खिरहेको हुन्छ भन्ने यर्थाथलाई व्यङ्ग्यत्मक ढङ्ले प्रस्तुत गरेका छन् । यस निबन्धमा एकजना लेखकले कयौं पटक सम्पादकलाई केही दिन पर्खनोस्, म लेख – दिन्छु भनेको हुन्छ तर त्यो दिन कहिल्यै नआएको कुराबाट निबन्ध सुरु भएको छ । निबन्धमा लेखक आफ्नै जीवन पनि आफूले जान्दादेखि पर्खाइमै बितिरहेको बताउँछन् । कोही न कोही कांहीँ न काहीँ कसै न कसैलाई पर्खी नै रहको हुन्छ।
सबैले पर्खनु पर्छ । पर्खाइदेखि डराउने पलायनवादी र पानीमरुवा हो । पर्खन नसक्ने मान्छे अगाडि बढ्न सक्दैन । यहाँ हरेक कुरा पर्खेर मात्र हुन्छ । पर्खन कसैले चाहँदैन तर त्यसको कुनै विकल्प पनि छैन । सवैले पर्खनु नपर्ने दुनियाँ चाहन्छ । तर चाहेरमात्र हुँदैन । त्यसका लागि पनि पर्खनु पर्छ । त्यसैले पर्खनुको विकल्प छैन । लेखकले सम्पादकसँग पर्खनु पन्यो भनेर नरिसाउनुहोस् पर्खनु सबैले पर्छ । पर्खाइका विषयमा कुरा गरेर कहिल्यै सकिँदैन । र पछि गरौंला भनेर भाका राख्ने काम पनि कहिल्यै • सकिदैन भन्ने नै यो कथाको मुख्य विषयवस्तु रहेको छ ।
(ख) निबन्धको ‘सत्य, समता र शान्ति पखँदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, अशान्त भईरहेछ । ’ भन्नुको तात्पर्य के हो ?
उत्तरः हाँस्यव्यङ्ग्यकार भैरव अर्यालद्वारा लिखित पख्नोस् निबन्ध हाँस्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धमा मान्छेले जन्मेदेखि मृत्युसम्म पर्खिरहेको हुन्छ भन्ने यर्थाथलाई व्यङ्ग्यत्मक ढङ्ले प्रस्तुत गरेका छन् । निबन्धको ‘सत्य, समता र शान्ति’ पखँदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, अशान्त भईरहेछ भन्नुको तात्पर्य यसप्रकार रहेको छ । मानिसले सधैं सत्य चाहन्छ । सधैं सत्यले जितोस् भन्ने ठान्छ । यो अहिलेमात्र होइन युगौंदेखि चाहेको हो । तर अहिलेसम्म उसको चाहना पूरा भएको छैन । अझ भनौं अहिले आएर त झन असत्य मौलाउँदो छ । सत्यको ठाउँमा असत्यले जितिरहेको छ । जति मान्छेले समताको माग गरेर माग पूरा गर्न पर्खिरहेको छ त्यति असमानताका खाडलहरू बढीरहेको छ धनी र गरिवबिचको दुरी बढी रहेको छ । त्यस्तै मान्छेले शान्ति पर्खेको पनि जुगौं भईसकेको छ तर दिनदिनै हत्या हिंसा मौलाइ रहेको छ । युद्ध बढी रहेको छ । मान्छेले कुनै पनि कुरा सजिलै हातपार्न सक्दैन । त्यसको लागि धेरै मिहिनेत गर्नुपर्छ । धेरै समय कुर्नुपर्छ । अनिमात्र कुनै पनि कुरा हातपार्न सक्दछ ।
(ग) निबन्धमा मानिसका कस्ता कमी कमजोरीप्रति व्यङ्ग्य गरिएको छ ?
उत्तरः हाँस्यव्यङ्ग्यकार भैरव अर्यालद्वार लिखित पख्नोस् निवन्ध हास्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धमा मान्छेले जन्मेदेखि मृत्युसम्म पर्खिरहेको हुन्छ भन्ने यर्थाथलाई व्यङ्ग्यत्मक ढङ्ले प्रस्तुत गरेका छन् । निबन्धमा हरेक मान्छेमा केही न केही कमी कमजोरीहरू हुने ती मध्ये केही समान कमजोरीकोबारेमा निवन्धमा व्यङ्ग्य गरिएको छ ।
निबन्धमा मानिसले समयको सदुपयोग गर्न नसकेको कुरालाई विशेष व्यङ्ग्य गरिएको छ । मानिसलाई आफूसित क्षमता नभएको अथवा गर्न नसक्ने कामलाई म गरिदिन्छु केही दिन पर्खनुपर्छ भनेर आश्वासन मात्र दिन्छ । दिनेले त आश्वासन दिन्छ विर्सन्छ तर .. लिनेले आसैआसमा दिन काट्न थाल्छ । जस्तै जागिर खोजिदिन्छु भन्ने मान्छेले त भन्छ विर्सन्छ तर जागिर खोजिदिन अनुरोध गर्ने मान्छेले कति समय पर्खनु पर्ने हो टुङ्गै हुँदैन । मान्छेलाई आफूले पर्खनु पर्दा रिस उठ्ने तर अर्कालाई पर्खाउन पाउँदा आनन्द मान्ने प्रवृत्ति प्रति व्यङ्ग्य गरिएको छ । मानिस आफ्ना खुसीले कसैलाई पर्खन थाल्यो भने आनन्द मान्छ चाहे त्यो झाडिमा लुकेरै वस्तु किन नपरोस् ।
मान्छेले काम भन्दा वढी कुरा गर्ने गरेर आफूलाई जुम्सो बनाउँदै गएको छ । आज गर्नुपर्ने काम भोलिलाई राख्छ । काम त्यसै ढिलो हुन्छ । निबन्धमा पनि सम्पादक लेखकको वकवक सुन्न पर्खी रहेको छ भने उसको घरमा श्रीमान कतिखेर आइपुग्छन् भन्दै ढोका हेर्दै उसकी श्रीमती पर्खीरहेकी छन् । लेखक पनि कसैलाई पर्खी रहेको छ र पर्खने क्रममा साथीको लागि सम्पादकलाई पर्खाउन सफल भएको छ । र छुट्ने बेलामा पनि पर्खिन सल्लाह दिँदै छुटेको छ । नपर्खाएर पनि हुने काममा पर्खाउने प्रवृत्तिको लेखकले तीखो व्यङ्ग्य गरेका छन् ।
(घ) यस निबन्धबाट कस्तो सन्देश पाउन सकिन्छ ?
उत्तरः हॉस्यव्यङ्ग्यकार भैरव अर्यालद्वार लिखित पख्नोस् निवन्ध हाँस्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धमा मान्छेले जन्मेदेखि मृत्युसम्म पर्खिरहेको हुन्छ भन्ने यर्थाथलाई व्यङ्ग्यत्मक ढले प्रस्तुत गरेका छन् । मान्छेले पर्खन र पर्खाउन छोड्दैन । भोलि गरौंला, पछि गरौंला आदि भन्नु मान्छेको सर्वमान्य गुण हो भन्ने सन्देश यस निबन्धले दिएकोछ ।
हास्यव्यङ्ग्यले भरिएको भए पनि यो एक यथार्थपरक निबन्ध हो । मान्छेले आमाको पेटमा हुँदादेखि पर्खन थाल्छ र त्यो पर्खाइ मृत्युमा गएर टुङ्गिन्छ । मान्छेले पाइला पाइलामा पर्खिरहेको हुन्छ । बच्चाले वा आमालाई पर्खन्छ भने वृद्धले छोराछोरीलाई । पर्खाउँनेलाई थाहा हुँदैन मलाई कसैले पर्खीरहेको छ भनेर । शक्तिमा भएको मान्छेले निमुखालाई पर्खाउँछ । लाचार र विवसलाई झन पर्खाएर उसको हिम्मतलाई पनि तोड्ने काम गरिन्छ 1 तर आफू पर्खन चाहँदैन ।
मान्छेलाई अरूलाई पर्खाउँदा आनन्द आउँछ । उसको कारणले पर्खने व्यक्तिले कति मानसिक तनाव झेल्नुपर्छ, कसैलाई मतलब हुँदैन । आफूले अर्कालाई पर्खाउँदा भने उसले सजिलै भन्ने गर्छ, पीर नगर्नुहोस् यस्तै हो कहिलेकाहीँ पर्खनुपर्छ । यहाँ लेखक स्वयं आफूले बच्चैदेखि पर्खनु परेकाले चिडिएको छ तर सम्पादकलाई एउटा लेख लेखिदिने जस्तो सानो कामको लागि लामो समयदेखि पर्खाइ रहेको छ र भन्छ नरिसाउनुहोस है भनेर ।
मान्छेले पर्खनु नपर्ने दुनियाँ चाहन्छ । उ चाहन्छ त्यो दुनियामा कामै काम होस् कुरो मात्र नहोस् । तर मान्छेले चाहने गरेको नपर्खने दुनियको निर्माण हुने सम्भावना हुँदैन भन्ने सन्देश यस निबन्धमा हाँस्यव्यङ्ग्यात्मक तरिकाले दिइएको छ ।
९. व्याख्या गर्नुहोस् :
(क) सबै पर्खाइको पछिल्तिर मेरा सयौं सपना पर्खिरहेछन, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् ।
उत्तरः सबै पर्खाइको …………….पर्खिरहेछन् ।
माथिको निबन्धांश हाम्रो कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ १३ मा समाविष्ट भैरव अर्यालद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध ‘पख्नोस’ बाट लिइएको हो । एकजना लेखक धेरै कामहरू सम्बन्धित मान्छेले पछि गरौंला भनेर रोकिदिँदा आफूलाई परेको अपठ्यारो सम्पादकलाई बताउने सिलसिलामा माथिको वाक्य आएको हो ।
मान्छेले आमाको पेटमा हुँदादेखि पर्खन थाल्छ र त्यो पर्खाइ मृत्युमा गएर टुङ्गिन्छ । मान्छेले पाइला पाइलामा पर्खिरहेको हुन्छ । बच्चाले बा आमालाई पर्खन्छ भने वृद्धले छोराछोरीलाई । पर्खाउनेलाई थाहा हुँदैन मलाई कसैले पर्खीरहेको छ भनेर । यस • पखाउँद पर्खने मान्छेको कति क्षति भयो भनेर पर्खाउनेले बुझ्न खोज्दैन । शक्तिमा भएको मान्छेले निमुखालाई पर्खाउँछ । लाचार र विवसलाई झन पर्खाएर उसको हिम्मतलाई पनि तोड्ने काम गर्छ । लेखक पनि त्यस्तै पर्खाइले पीडित बनेका छन् । उनका हरेक इच्छा चाहानाहरू पूरा हुन सकेका छैनन् । यसको कारण उनी आफैँ अर्कालाई पर्खिरहेका छन् । लेखकका सयौं सपना पर्खिरहेछन, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् उनी केही बन्न चाहन्छन् । केही गर्न चाहन्छन् तर ऊ आफैँ पर्खाइमा परेकाछन् । उनको पर्खाई खत्तम भएको छैन ।
मान्छेका इच्छा आकाङ्क्षाहरु कसैको आसमा पर्खिरहेछन, आफूसित भएको सीपले सदुपयोग हुने ठाउँको खोजीमा पर्खिरहेछन् । लेखकले सम्पादकलाई पर्खाइ रहेका भए पनि ऊ आफैं पनि आफ्ना सपना पूरा हुने आसामा निर्णायक कर्तालाई पर्खिरहेका छन् भन्ने प्रसङ्गमा माथिको भनाइ आएको हो ।
(ख) हामी दुवै चाहन्छौ एउटा त्यस्तो दुनियाँ सिर्जना गरौं जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् !
उत्तर : हामी दुवै……… टार्न नसकोस् !
माथिको निबन्धांश हाम्रो कक्षा १० को नेपाली पाठ्यपुस्तकको पाठ १३ मा समावेश गरिएको भैरव अर्यालद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध ‘पख्नोस’ बाट लिइएको हो । सबैले पर्खन नपर्ने दुनियाँ चाहेको हुन्छ तर त्यस्तो दुनियाको निर्माणको लागि पनि पर्खनु पर्ने वाध्यताको उल्लेख गर्ने क्रममा माथिको वाक्य आएको हो ।
माथिको प्रसङ्गमा सबैले कसैलाई नपर्खी काम गर्न चाहन्छ तर त्यो कल्पना हाम्रो कल्पनामा मात्र हुन्छ । लेखकले सम्पादकसित हामी आफैँ एउटा त्यस्तो दुनियाँ सिर्जना गरौं जहाँ कामै काम होस् । आफ्नो जिम्मेवारी प्रति सबै सजग रहुन । कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ! कुराले टार्नेलाई कार्वाही होस् । यस्तो समाज सबैको चाहना हो । तर त्यस्तो हुन सजिलो छैन । त्यसको लागि पनि पर्खनु पर्छ । कहिलेसम्म हो थाहा छैन । सायद सम्भव पनि नहोला । किनकि वर्तमान समयमा त हामी त्यस्तो समाजको कल्पना गर्न सक्दैनौं किनकि हामी त्यस्तो समाजमा छौं जहाँ जीवनको अन्तिम समयमा अस्पताल पुगेको बिरामीले समेत डक्टरलाई पर्खनुपर्ने बाध्यात्मक हुन्छ । यस्तो अवस्थामा कुर्नै नपर्ने समयको कल्पना हाम्रो कल्पनामा नै सीमित रहन्छ । हामी अरूलाई पर्खाउँछौं भने हामी पनि पर्खिन बाध्य हुन्छौं । अरूले पर्खनु पर्दा यस्तै हो ढिलो भयो नरिसाउनू है ! भनेर भन्न हामीलाई अफ्ट्यारो लाग्दैन भने अरूले पाउंदा पनि त्यसरी सामान्य रूपमा लिन सक्नुपर्छ ।
हामी सबैले पूरा नहुन पनि नपर्ने दुनियाँको कल्पना गरिरहेका हुन्छ तर त्यो कुपना पूरा हुनलाई पनि समय लाग्छ । जसको मतलव यस्ता कल्पना पूरा गर्न पनि पखने पर्छ भन्ने कुरा माथिको निबन्धमा हास्यव्यात्मक तरिकाले प्रस्तुत गौगएको छ ।
१०. ‘पख्नोस्’ निबन्धमा हाम्रा समाजका कस्ता पक्षमाथि व्यङ्ग्य गरिएको छ, समीक्षा गर्नुहोस् ।
उत्तरः हास्यव्यङ्ग्यकार भैरव अर्यालद्वार लिखित पख्नोस् निबन्ध हाँस्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धमा मान्छेले जन्मेदेखि मृत्युसम्म पर्खिरहेको हुन्छ भन्ने यर्थाथलाई व्यङ्ग्यत्मक ढङ्ले प्रस्तुत गरेका छन् । हाम्रो समाजमा हरेकले हरेकलाई पर्खिरहेको हुन्छ । नपर्खने र नपर्खाउने कोही छैन । समयर अवस्था फरक पर्नसक्छ तर पर्खाउन र पर्खिन मानिस कहिल्यै छोड्दैन ।
यस निबन्धले विशेष गरी हाम्रो समाजमा देखिएको ढिला सुस्तीमाथि व्यङ्ग्य गरेको छ । ढिलासुस्तीको मुख्यकारण भ्रष्टाचार माथि पनि व्यङ्ग्य गरिएको छ । देशमा व्याप्त चाप्लुसी प्रथाको पनि व्याङ्ग्य पाइन्छ । हाम्रो समाजमा समयको र आफ्नो कर्तव्यको कदर नगरिएको कुरालाई व्यङ्ग्यत्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
एउटा बच्चाले पृथ्वीमा आउन नौ महिनासम्म आमाकै काखमा पर्खन्छ भन्ने यथार्थलाई हास्यरस दिइएर मान्छेका पर्खाइको सिलसिल निबन्धमा हास्यव्यङ्ग्यत्मक तरिकाले प्रस्तुत गरिएको छ । बच्चा जन्मेपछि दूधको लागि आमालाई पर्खन्छ । त्यसपछि खाना पर्खन्छ, खेल्ने साथी पर्खन्छ । मिठाइ खान पाउने आसमा बाहिर गएको बाबुलाई पर्खिन्छ । विद्यालय जान थालेपछि कक्षामा गुरुलाई पर्खिन्छ । परीक्षा पर्खन्छ परीक्षाफल पर्खन्छ । पढाइ सकेपछि जागिर पर्खन्छ । जागिर दिने आश्वासनहरू पर्खन्छ । बिरामी भएर अस्पताल जाँदा नाम लेखाउन पर्खन्छ । निबन्धमा यिनै पर्खनुपर्ने वाध्यात्मक कुरा प्रति व्यङ्ग्य गरिएको छ ।
११. दिइएको चित्र वर्णन गर्नुहोस्
उत्तर: यो चित्रमा एउटा सुन्दर गाउँ छ । यहाँका घरहरु २३ तलाका पनि छन् । पछाडि रुखहरु पनि धेरै छन् । गाउँलेहरु अगाडिको चौतारामा भेला भएका छन् । त्यहाँ एक स्वयम्सेविकाले पढाई राख्नुभएको छ । सबै उमेरका मानिसलाई वहाले समुदायको बारेमा भन्नुभएको छ । यो गाउँ एकदमै सुन्दर छ ।
१२. ‘पैट्रोलियम पदार्थको मूल्यवृद्धि’ शीर्षकमा १५० शब्द सम्मको टिप्पणी लेख्नुहोस् ।
उत्तरः नेपालको अर्थतन्त्र उकालो लाग्न नसक्नुका विविध कारण मध्ये एउटा कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि’ पनि हो । नेपालमा पेट्रोलियम पदार्थको उत्पादन हुँदैन । बाहिरबाट आयात गर्नुपर्छ ।
हाम्रो बजेटको धेरै हिस्सा पेट्रोलियम पदार्थको आयत गर्नमा जान्छ । आजकी सुविधासम्पन्न र चलायमान समयमा मान्छेले सजिलो र छिटो खोज्छ । त्यसैको लागि आज प्रत्येक सहरवासी नेपालीको घरमा कुनै न कुनै सवारी साधन छ । जुन पेट्रोलियम पदार्थका कारण चल्छ । थोरै आय हुने व्यक्तिले आफ्नो कमाइको ठुलो हिस्सा पेट्रोलियम पदार्थमा खर्च गर्छ । जसको कारण उसमा अर्थिक भार बढी पर्छ । पेट्रोलियम पदार्थको मूलयवृद्धिका कारण सवारीसाधनको भाडा बढ्छ, परिणमतः हाम्रा दैनिक उपभोग्य वस्तु सबैको मूल्य बढ्छ ।
सवारी साधन प्रयोगकर्ताहरू त पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा झन दोहोरो मारमा पर्छन् । समग्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु भनेको देशमा गरिबी बढ्नु हो । गरिबी बढ्नु भनेको अर्थतन्त्र कमजोर हुनु हो।
१३. दिइएका शीर्षकमा निबन्ध तयार पार्नुहोस् :
(क) आर्थिक समृद्धिमा पर्यटन उद्योग
उत्तरः आर्थिक समृद्धिमा पर्यटन उद्योग
पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँको भ्रमणमा सहायता गर्ने कार्यलाइ जनाउछ । विभिन्न उद्देश्यका साथ एक रात देखि एक वर्षसम्म घर बाहिर बिताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ । विश्वमा नै एउटा प्रमुख उद्योगको रूप लिँदै गएको पर्यटन नेपालको आर्थिक विकासका लागि ठुलो भूमिका खेल्दै आएको छ । विभिन्न देशहरूमा उत्पादन तथा आयात निर्यात हुने पदार्थहरू वा सामाजिक सेवाको एउटा ठुलो भाग पर्यटनको क्षेत्रमा खर्च हुने भएकाले पर्यटनबाट लाखौं मानिसहरूलाई रोजगारी प्राप्त गरिरहेका छन् । यसले जनताको जीवन स्तरमा उकास्नमा ठुलो भूमिका खेल्दै आएको छ । यसरी पर्यटनले विश्वस्तरमा नै एउटा ठुलो उद्योगको रूप लिंदै गएको छ ।
नेपालमा पनि पर्यटनको क्रमशः विकास हुँदै गइरहको छ । संसारका विकसित देशहरूले आम जनतालाई सालको केही समय अनिवार्य रूपले पर्यटनमा लगाउने गर्दछन् र त्यस समयावधिमा नेपालमा ठुलो सङ्ख्यामा विदेशी पर्यटकहरू आउने गर्दछन् । जसबाट हाम्रो देशका पर्यटन व्यावसायीहरूले राम्रो फाइदा लिइरहेका हुन्छन् भने नेपाल सरकारको पनि कर सङ्कलन भईरहेको हुन्छ ।
हाम्रो देशमा पर्यटनको त्यस हिसावले विकास नभए पनि सरकारले निजामति कर्मचारीहरूलाई वर्षमा एक पटकलाई आन्तरिक भ्रमणको सुविधा भने दिइएको छ । यस्तो अवस्थामा एकातिर वाह्य पर्यटकहरूको नेपालमा आगमन र तिनीहरूको बसाईमा बृद्धि गर्न अधिकतम प्रयत्न गर्दै आन्तरिक पर्यटनलाई पनि विकसित र व्यवस्थित गर्न योजनावद्ध तरिकाले अगाडि बढेमा नेपालले पर्यटनबाट ठुलो आर्थिक उपलब्धि हासिल गर्न सक्ने छ ।
(ख) मेरो जीवनको लक्ष्य
उत्तरः मेरो जीवनको लक्ष्य
हरेक मानिसको जीवनमा कुनै न कुनै लक्ष्य हुन्छ । हामीमा भएको आन्तरिक क्षमतालाई चिनेर हामीले आफ्नो लक्ष्य निर्धारण गर्न सक्नुपर्छ । लक्ष्य प्राप्त गर्दा आउने बाधाहरूबाट हार नमानी अगाडि बढ्ने मन्छेले जीवनमा केही गर्न सक्छन् र आफ्नो जीवनलाई पनि अमर बनाई मर्न सक्छन् । उदाहरणको रूपमा अब्राहम् लिङ्कन, पृथ्वी नारायाण शाह आदिलाई लिन सक्छौं । तिनीहरूले आफ्नो लक्ष्य प्राप्त गर्न धेरै कठिनाइको सामना गर्नु परेको थियो ।
हामीले हामीभित्र भएको क्षमता पहिचान गर्न नसक्दा आफ्नो लक्ष्य चुन्न गाह्रो हुन् सक्छ । तर हाम्रो सिपले हामीलाई अगाडि बढ्न धेरै मौकाहरू दिइरहेको हुन्छ । त्यसैलाई हामीले चिन्नु पर्छ । हाम्रो लक्ष्य ठूलो नभई सानो पनि हुनसक्छ, काम सानो ठूलो भएर हुँदैन । हामीले आफ्नो मनलाई लक्ष्य पुरा गर्नमा लगाउनुपर्छ । समस्याहरूलाई पछाडि धकेल्न सक्नुपर्छ र जीवनलाई एउटा रहमा लगाउनुपर्छ ।
मेरो जीवनको लक्ष्य असलं समाजसेवी बन्ने छ । मलाई यो देशका गरिब निमुखा व्यक्तिहरूको हक हितमा केही गर्न मन छ । म यो समाज र देशलाई केही न केही मद्दत गरेर चिनिन चाहन्छु । देशलाई विकासतर्फ लाग्न भएभरको योगदान दिन चाहन्छु । त्यसको लागि मैले आफ्नो पढाइमा ध्यान दिइएर उच्च तहसम्मको शिक्षा हासिल गर्नुपर्छ । म समाजशास्त्र विषय लिएर अध्ययन गर्नेछु र समाजलाई भित्रबाट चिन्ने प्रयास गर्नेछु । पढाइसकेपछि त्यही क्षेत्रमा आफ्ना पाइला अगाडि बढाएर त्यसैमा दह्रो गरी टेक्ने छु । म समाजसेवा भनेर अर्कालाई आर्थिक सहयोग गर्दिन । म पैसा दिन होइन पैसा कमाउनमा विश्वास गर्छु । म देशका कुनाकान्तारामा फलेका रोजगारलाई टिपेर बाँड्ने कोसिस गर्नेछु । मतलब म हाम्रो देशमा भएका सम्भावित रोजगारीका अवसर पहिचान गर्नेछु र स्थानीयलाई नै त्यसको सदुपयोग गर्न सिकाउने छु । र दैनिक रोजगारीको खोजीमा विदेशिने युवालाई देशमै खटिने बनाउने छु ।
(ग) नेपालको विकासमा जलस्रोतको भूमिका
उत्तरः नेपालको विकासमा जलस्रोतको भूमिका
नेपालको जलस्रोतका क्षेत्रमा दोस्रो ठुलो धनी देश हो । नेपालको उत्तरतिर रहेको विशाल हिमश्रृंखलाबाट निस्केर पहाड़का खाँच र समतल तराईहुँदै भारततिर बग्ने ६ हजारभन्दा धेरै ठूला-साना नदी, खोला, खहरेहरू नेपालका प्रमुख जलस्रोतका क्षेत्र हुन् भने हजारौँ ताल कुवा आदिले पनि नेपाललाई जलस्रोतमा धनी बनाउन सहयोग गरेकाछन् । हिमालबाट सुरु हुने नदीमा सधैँभरि नै पानिको प्रचुरता रहन्छ ।
देशको आर्थिक विकासमा जलस्रोतको विशेष भूमिका रहेको हुन्छ । सामान्यतया नेपालमा जलस्रोत’ भनेको जलविद्युतमात्र हो भन्ने आम बुझाइ छ । तर, जलस्रोतभित्र विद्युतका अतिरिक्त सिन्चाइ, खानेपानी, आदि विषय पनि पर्छन् । नेपालमा उपलब्ध जलस्रोतको सही उपयोग गर्न सकेमा नेपालले धेरै आर्थिक उपार्जन गर्न सक्छ । उत्पादन क्षमताले उपयुक्त ४३००० मे.वा. विद्युत् उत्पादन क्षमता रहेकोमा त्यसको अधिमात्र विद्युत उत्पादन गर्नसके हामी अरवौंको विद्युत् निर्यात गर्न सक्ने छौं । विद्युत्को उत्पादन पर्याप्त भएमा हामी प्रेटेलियम पदार्थको आयात घटाउन सक्छौं । पानीजहाज, विद्युत रेल, मोनोरेल सन्चालनका सपना पूरा गर्न सके हाम्रो देशको आर्थिक स्थितिले कार्यापलट गर्ने थियो ।
यसका अतिरिक्त सिँचाइका अभावले बाँजो वसेका तराईका फाँटहरूमा सिंचाइ सुविधा पुयाउन सकेदेखि राम्रो आम्दानी लिन सकिन्थ्यो जसको परिणाम नेपाल अन्नमा, तरकारीमा आत्मनिर्भर हुनसक्ने सम्भावना बढ्थ्यो । माछा पालन गरेर पनि राम्रो आम्दानी लिन सकिन्छ ।
१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
समीक्षात्मक सोच भनेको कुनै पनि विषयवस्तु वा कृतिका वारेमा गुण गरिने विवेचनात्मक सोच हो । समीक्षात्मक सोच चिन्तनको एउटा त्यस्तो प्रक्रिया हो, जसमा आफ्नो मौलिकताको दावीसहित तिनलाई सकारण पुष्टि गरिन्छ । शिक्षण सिकाइका क्रममा पनि यसको उपयोग गरिन्छ । विद्यार्थीले पढेका पाठको विवेचनासहित मौखिक अथवा लिखित रूपमा पुष्टि गर्दा समीक्षात्मक सोचको सार्थक उपयोग हुन्छ । शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुन्छ । समीक्षात्मक सोचले अनुसन्धानमा आधारित शिक्षण विधिलाई अगाडि सार्छ । यसवाट विद्यार्थीलाई प्रतिविम्बात्मक रूपमा चिन्तन गर्न, आफ्नो व्यक्तिगत सिकाइको जिम्मेवारी लिन, तर्कको सङ्गति बुझ्न, ध्यान दिइएर सुन्न, आत्मविश्वासका साथ बहस गर्न तथा जीवनपर्यन्त सिकाइका लागि आत्मनिर्भर बनाउँछ । समीक्षात्मक सोचले हामीलाई आफ्नो चिन्तनका बारेमा सोच्न र आफ्ना सोच, पछाडिका कारणबारे सोच्न पनि मद्दत गर्छ । यसको अर्थ आफूले निर्णय लिने अथवा समस्या समाधान गर्ने तरिकावारे फर्केर हेर्नु हो । यसैले कक्षाकोठामा विद्यार्थीलाई कुनै पनि विषयमा आफैँले सोच्न प्रोत्साहित गर्नुपर्छ, र समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छ । यसको उपयोग आधारभूत शिक्षादेखि उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीमा हुन जरुरी छ ।
(क) प्रश्नहरू
(अ) . समीक्षात्मक सोच भन्नाले के बुझिन्छ ?
उत्तरः समीक्षात्मक सोच भनेको कुनै पनि विषयवस्तु वा कृतिका बारेमा गुण दोष छुट्याउन गरिने विवेचनात्मक सोचलाई बुझिन्छ।
(आ) समीक्षात्मक सोचले विद्यार्थीलाई के कुरामा आत्मनिर्भर बनाउँछ ?
उत्तरः समीक्षात्मक सोचले विद्यार्थीलाई अनुसन्धानमा आधारित शिक्षण विधिलाई अगाडि सार्न प्रतिविम्बात्मक रूपमा चिन्तन गर्न, आफ्नो व्यक्तिगत सिकाइको जिम्मेवारी लिन, तर्कको सङ्गति बुभन, ध्यान दिइएर सुन्न, आत्मविश्वासका साथ बहस गर्न तथा जीवनपर्यन्त सिकाइका लागि आत्मनिर्भर बन्न आत्मनिर्भर बनाउँछ
(इ) समीक्षात्मक सोचको प्रयोग कसकसमा हुनु जरुरी छ ?
उत्तर: समीक्षात्मक सोचको प्रयोग आधारभूत शिक्षादेखि उच्च शिक्षा अध्ययन गर्ने सवै विद्यार्थीमा हुन जरुरी छ ।
(ई) समीक्षात्मक सोचले के कुरामा फाइदा पुयाउन सक्छ ?.
उत्तर: समीक्षात्मक सोचले हामीलाई आफ्नो चिन्तनका बारेमा सोच्न र आफ्ना सोच पछाडिका कारणबारे सोच्न फाइदा पुऱ्याउन सक्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।
(अ) ‘विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छन् । ’ वाक्यलाई पदसङ्गति मिलाई लेख्नुहोस् ।
उत्तर: ‘विद्यार्थीलाई समीक्षात्मक सोचमा तल्लीन बनाउनुपर्छ ।
(आ) ‘शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुनुहुन्छ । ’ वाक्यलाई प्रदसङ्गति मिलाई लेख्नुहोस् ।
उत्तर: ‘शिक्षक र साथीभाइले राखेका तर्कको विश्लेषण गर्दा समीक्षात्मक सोचको उपयोग हुन्छ । ’
(इ) जिम्मेवारी लिन्, समीक्षात्मक सोच् र गुण् दोष छुटयाउन गरिने जस्ता पदावलीका हलन्त अजन्त प्रयोगसम्बन्धी त्रुटि सच्याई लेख्नुहोस् ।
उत्तरः जिम्मेवारी लिन, समीक्षात्मक सोच, गुण दोष
१५. ‘ दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
खचाखच भिडले भरिएको बसमा रणवीर चढ्न खोजे । वसभित्रका यात्रुले भने, “ठाउँ छैन, यस्तो कोचाकोच भएको बसमा नचढ्नुहोस्, अर्को वसमा आउनुहोस् । ” रणवीरले भने, “के गर्नु हजुर हतार छ !” यात्रुले आँखा तर्दातर्दै रणवीर वसमा अटेसमटेससाथ चढे । एकैछिनमा अर्का यात्रु चढ्न खोजे । रणवीरले भने, “ठाउँ छैन, यस्तो कोचाकोच छ । अर्को बसमा चढ्नु” रणवीरको व्यवहार देखेर नजिकैको सिटमा वसेका यात्रु मुसुमुसु हाँस्दै मनमनै भने । हैट, मान्छेको स्वभाव । तपाईं पनि कक्षामा अर्काको लेख रचनाको नक्कल गरी लेखक बन्न खोज्ने व्यक्तिप्रति व्यङ्ग्य गर्दै कक्षामा हास्यव्यङ्ग्यात्मक प्रस्तुति दिनुहोस् ।
उत्तर : गरेर देखाउन
सुनाइ र बोलाइ
सुनाइ पाठ १३ सुनी दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस् ।
उत्तरः
(क) सबै मानिस एकै किसिमका हुँदैनन् । (ठिक)
(ख) मेरो छोरो जतातिर हुल छ त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । (ठिक))
(ग) कहिलेकाहीँ आखावाट आँसु झार्नु लाजमर्दो कुरो हो । (वेठिक)
(घ) मेरो छोरो दुःख र कष्टमा प्रफुल्ल रहन सक्ने होस् । (ठिक)
सुनाइ पाठ १३ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) समाजमा कस्ता कस्ता मानिस हुन्छन् ?
उत्तरः समाजमा सज्जन, दृष्ट र स्वार्थी, निष्ठावान् राजनेता, स्वार्थी राजनीतिज्ञ, शत्रु र मित्र जस्ता मानिस हुन्छन् ।
(ख) छोरालाई फूलको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस्, भन्नुको आशय के हो ?
उत्तरः छोरालाई फूलको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस्, भन्नुको आशय छोरालाई समाज चिन्न केही समय दिनुहोस् भन्नु हो ।
(ग) आगाको लप्काबाट के खारिन्छ ?
उत्तरः आगाको लप्काबाट फलाम खारिन्छ ।
(घ) अनुच्छेदमा छोरालाई कस्तो बन्न प्रेरित गराउन खोजिएको छ ?.
उत्तरः अनुच्छेदमा छोरालाई निर्भिक, साहसी र उत्साही बन्न प्रेरित गराउन खोजिएको छ ।
भाषिक संरचना र वर्णविन्यास
१.दिइएको सन्दर्भ पढ़ी पदसङ्गतिवारे साथीसँग छलफल गर्नुहोस् :
उत्तरः कितावमा हेरेर छलफल गर्ने
२. दिइएका वाक्य पढेर उदाहरणबमोजिम तिनको वचन, पुरुष, लिङ्ग र आदर खाली कोठामा भर्नुहोस् :
उत्तर :
वाक्य वचन पुरुष लिङ्ग आदर
तैंले पाठ पढिस् । एक द्वितीय स्त्री, पुलिङ्ग सामान्य
ऊ घर जान्छ । एक तृतीय पुलिङ्ग सामान्य
रमा घर जान्छे एक तृतीय स्त्री, सामान्य
उहाँ धनकुटा जानुहुन्छ । एक तृतीय स्त्री, पुलिङ्ग उच्च आदर
म खेल खेल्छ । एक प्रथम स्त्री, पुलिङ्ग सामान्य
हामीहरू रारा पुग्यौँ बहु प्रथम स्त्री, पुलिङ्ग सामान्य
3.दिइएको अनुच्छेदका बाक्यको क्रिर्यापद सच्याएर पदसङ्गति मिलाई लेख्नुहोस् :
कक्षाका साथीहरू वनभोज गएछ । सीता र रीता वनभोज गइन्छ । गीता चाहिँ गएछ । बुबाले सवैलाई वनभोज जान अनुमति दिएछ । आमाले पनि सहमति जनाएछ । उहाँले गीतालाई ढिलो नगर्नु भनिछन् । आमाले तँ चाँडै आउ र बेलुकी घुम्न जाऔँला भनिछन् । आमाले मलाई ढिलो नगर्नु भनेको छ भने गीताले साथीलाई भनेछ । गीताले आमाको कुरा मान्नुभएछ र समयमा घर आउनुभएछ । गीता समयमा घर आएकामा आमा खुसी भईछ ।
उत्तरः कक्षाका साथीहरू वनभोज गएछन् । सीता र रीता वनभोज गएनछन् । गीता चाहिँ गइछ । बुवाले सवैलाई वनभोज जान अनुमति दिनुभएछ । आमाले पनि सहमति जनाउँनुभएछ । उहाँले गीतालाई ढिलो नगर्नु भन्नुभएछ । आमाले तँ चाँडै आइज र बेलुकी घुम्न जाऔँला भन्नुभएछ । आमाले मलाई ढिलो नगर्नु भन्नुभएको छ भनेर गीताले साथीलाई भनिछ । गीताले आमाको कुरा मानिछ र समयमा घर आइछ । गीता समयमा घर आएकोमा आमा खुसी हुनुभएछ ।
४. दिइएको सङ्केतअनुसार पदसङ्गति मिल्ने क्रिर्यापद भर्नुहोस्
(क) पारस पाण्डे एयरपोर्ट पुगेछन् । ( उच्च आदर)
उत्तरः पारस पाण्डे एयरपोर्ट पुग्नुभएछ ।
(ख) खटपटानन्द खतिवडा खेततिर झरेछन् । ( सामान्य आदर)
उत्तरः खटपटानन्द खतिवडा खेततिर झरेछन् ।
(ग) ऊ घरतिर हिँडी । (मध्यम आदर)
उत्तरः उनी घरतिर हिँडिन् ।
(घ) उनी पाठ पढिछन् । (द्वितीय पुरुष, सामान्य आदर)
उत्तरः उनले पाठ पढिछन् ।
(ड) ऊ भोलि आउने छ । (प्रथम पुरुष, स्त्रीलिङ्ग)
उत्तरः म भोलि आउने छु
(च) उनीहरू भोलि आउने छन् । ( सामान्य आदर )
उत्तरः उनीहरू भोलि आउनेछन् ।
(छ) उनी भोलि आउने छन् । (स्त्रीलिङ्ग)
उत्तरः उनी भोलि आउने छिन् ।
५. ‘पख्नोस्’ निबन्धबाट हलन्त र अजन्त हुने पाँच पाँचओटा शब्द टिपोट गर्नुहोस् ।
उत्तर: हलन्त : पर्खन्छन्, जानोस्, गर्छन्, पुऱ्याइदिनुहोस्, दण्डवत्
अजन्त : गर्नुपर्छ, जिन्दगीभर, तानेर, भिरेर, सब
६. हलन्त र अजन्तको उपयुक्त प्रयोग गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस्
तैंले के गरिस भनेर् मलाई साथीले सोध्यो । मैले गृहकार्य गरें भनेपछि उस्ले मलाई भन्यो, अब् म पनि गृहकार्य गर्छु । तँ पनि गृहकार्य गर । उमेश, रमेश, श्यामले पनि गृहकार्य सकेछन ।
उत्तरः तैंले के गरिस् भनेर मलाई साथीले सोध्यो । मैले गृहकार्य गरेँ भनेपछि उसले मलाई भन्यो, अब म पनि गृहकार्य गर्छु । तँ पनि गृहकार्य गर्। उमेश, रमेश, श्यामले पनि गृहकार्य सकेछन् ।
सिर्जना र परियोजना कार्य
१.’समाजमा देखिएका विकृति’ शीर्षकमा हास्यव्यङ्ग्य शैलीको छोटो निबन्ध लेख्नुहोस् ।
उत्तरः ‘समाजमा देखिएका विकृति ‘
‘समाजमा देखिएका विकृति’ के हो विकृति भनेको ? बा आमा भन्नु हुन्छ च्यातिएका कपडा लगाउनु विकृति हो भनेर त्यसो हो भने त गाउँका गरिब परिवारका सबैले समाजमा विकृत फैलाई रहेका रहेछन् नि । प्राय सबैको केही न केही च्यातिएको हुन्छ गाउँमा । कसैको गुँडा च्यातिएको हुन्छ भने कसैको ढाड । तल्लाघरे साहिँलाको त सबैथोक च्यातिएको छ । चडबाडमा होहल्ला गरी रमाइलो गर्नु विकृति हो भनु भने चाडवाड भनेकै रमाइलोका लागि त हों । अहिलेका युवा पुस्ताले पनि बुढाबुढीले जस्तो भेटघाट र दुःख सुखका कुरालाई रमाइलो मान्ने । रमाइलो भनेको त रक्सी खाने, विपरित लिङ्गीलाई जिस्कंयाउने, आफूभन्दा कमजोरलाई हेप्ने, आदि पो हो त ।
बा आमा भन्नु हुन्छ तिजमा धेरै विकृति बढ्यो भनेर । मैले नबुझेको तिज भनेको महिलाको चाड हो भनेर सबै भन्ने अनि महिलाले नै रमाइलो गर्दा विकृति भएको ठान्ने खै के खै के । महिलाको चाड भए असारदेखि मनाउँन् कि बैशाख देखि अर्काको किन टाउको दुख्नु पर्यो ? महिलाको चाड रे अनि पुरुषको लामो आयुको लागि पानी पनि नखाईकन व्रत बस्नुपर्ने । त्यो पो विकृति थियो त । आज त साँच्चै रमाइलो गर्छन महिलाहरू । एक दिनलाई पर्खदैनन् महिनौं अघिदेख मनाउँछन् । साथीसाथी भेला हुन्छन्, रक्सी खान्छन्, ऋण गरेरै भएपनि गहना किन्छन्, घरमा भोज दिन्छन् अनि परिवारको भन्दा आफ्नो बढी ख्याल गर्छन् । समाजमा विकृति भयो भन्नु अर्काको खुसीमा रमाउन नसक्नु मात्र हो । यहाँ सबैलाई खुसी हुनु छ । र खुसी हुनलाई आफूलाई जे मन लाग्छ त्यही गर्ने हो । कसैलाई मान्छे मार्दा खुसी हुन्छ भने कसैलाई बलत्कार गर्दा । चोरेर र ठगेर कमाएको सम्पत्तिमा पाउने आनन्दको के कुरा गर्नु ।