‘गाउँमाथि एउटा कविता’ कविताले समेटेको मुख्य विषयवस्तु
उत्तरः ‘गाउँमाथि एउटा कविता’ दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही हुँदैन । उनीहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन बितिरहेको हुन्छन् र उनीहरूको दिनचर्याको बारेमा लेखेर जीवनस्तर उकास्न सहयोग पुग्ने खालका लेख लेख्न सम्पादकसित आग्रह गरिएको छ ।
यसमा नेपालको ग्रामिण समाजको यथार्थता प्रस्तुत गर्न खोजिएको छ । गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लोभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौँतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ । यहाँका बासिन्दामा सहयोगको भावना छ । नेपालमा रहेको यति राम्रो सोचको प्रचार भएको छैन । यहाँ काल्पनिक संसारंका बमवारी, साहित्यिक सम्मेलन आदिका समचार बनाएर वास्तविक समचारलाई ओझेलमा पारिएको कुरा यस कवितामा समेटिएको छ । नेपालीहरूको पहिचान बोक्ने नागरिकताको प्रमाण पत्र गाउँको बोक्ने नेपाली समाजले आफ्नो परिचय दिइएको ठाउँलाई भुलेको कुरा कविताको विषयवस्तुमा समेटिएको छ । त्यस्तै आफूलाई विश्वमा चिनाउने सगरमाथाको फेदको गाउँलाई विर्सेको कुरा पनि कवितामा उल्लेख गरिएको छ ।
कवितामा व्यक्त भएको मूलभाव
उत्तरः दिनेश अधिकारीद्वारा लिखित ‘गाउँमाथि एउटा कविता ‘गाउँको बारेमा वर्णन गरिएको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । देशमा आएको परिवर्तनले गाउँका सोझा मान्छेलाई केही नछुने उल्लेख गरिएको छ । गाउँका मानिसहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन बितिरहेको हुन्छ भन्ने कुरा कवितामा देखाइएको छ । गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लोभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौंतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ ।
नेपालको धेरै भूभाग ओगटेको गाउँको विकास भएको छैन । यसको विकासमा कसैले पनि चासो राखेको छैन । गाउँ केन्द्रित भएर काम गरिएको छैन । पत्रिकामा बालिग मताधिकारका कुरा छापिन्छन् तर बालिग बताधिकार प्रयोग गर्नेलाई यसको अर्थ नै थाहा छैन । अन्तरिक्ष यानका कुरालाई दन्त्य कथा मान्ने समाज छ गाउँमा । आफ्नो पहिचानको प्रमुख थंलो गाउँका बारेमा सबैले भुलेको देखिन्छ । गाउँका जनता राजनीतिक दलका भोटर बाहेक केही ठानिदैनन् । गाउँलाई बिर्सनु भनेको हामीले हाम्रो अस्तित्व बिर्सनु हो । आफ्नो अस्तित्व विर्सेको मान्छेले कहिल्यै सफलता हासिल गर्न सक्दैन । गाउँका मान्छेलाई अगाडि बढाउन पट्टी राजनैतिक दलका कोही नेता लाग्दैनन् । उनीहरू चुनाव अगाडि राम्रा राम्रा बाधा गरिएका घोषणपत्र लिएर गाउँ पस्छन् तर चुनाव सकिएपछि सबै विर्सन्छन् र ती घोषणपत्र सिँगान पुछ्ने कागज मात्र बन्न पुग्छन् । सबैले सबै विर्सन्छन् । आफ्नो मताधिकारको प्रयोग कतिले गर्छन् कतिले गर्दैनन् । कथाको मूल भाव हामीले आफ्नो पहिचान बोकेको गाउँलाई भुल्नु हुँदैन । यसको विकासमा सकेसम्म लागिपर्नु पर्छ भन्ने हो ।
‘गाउँमाथि एउटा कविता’को सन्देश प्रवाह
उत्तरः गाउँमाथि एउटा कविता दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो। यसमा गाउँको
यथार्थ चित्रण गरिएको छ । गाउँलेहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन वितिरहेको हुन्छन् । उनीहरूको थोरैमा रमाएका हुन्छन् । आपसी मेलमिलापमा जे छ त्यसैमा रमाई रहेका हुन्छन् । गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । त्यसैले उनीहरूको जीवनचर्याको बारेमा लेखर जीवनस्तर उकास्न सहयोग पुग्ने खालका लेख लेख्न सम्पादकसँग आग्रह गरिएको छ । यसमा नेपालको ग्रामिण समाजको यथार्थता प्रस्तुत गर्न खोजिएको छ । गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लाभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौँतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ । यहाँका बासिन्दामा सहयोगको भावना छ । सबैको काम एक आपसमा मिलेर गर्छन् । यहाँका बासिन्दा थोरैमा रमाउँछन् । एउटा धाराको पानी गाउँभरिका मान्छेले खांदा पनि यिनीहरूमा पानीलाई लिएर झगडा हुँदैन । छिमेकी बिरामी भएको बेलामा थकाइलागेको छ भनेर बस्दैनन् । जुन कुरा हाम्रा सम्पादकहरू देख्दैनन् । उनीहरू वास्तविकतामा भन्दा काल्पनिकतामा समचार लेख्नमा रमाउँछन् ।
कवितामा ग्रमिण समाज पनि एक समाज हो । त्यहाँ पनि नेपाली जनता छन् । त्यहाँ पनि मेहनती हातहरू दिनरात खटिरहेका छन् भन्ने सन्देश नेपाली समाजमा प्रवाह गर्न खोजिएको छ ।
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थविच जोडा मिलाउनुहोस् :
उत्तरः
चपरी: दुबो, झार आदिसमेतको माटाको ‘चोइलो
दुवाली:माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमागाडिने छेका वा बार
भाकल : आफ्नो इच्छा सिद्ध होस् भनेर गरिने पूजा
घोषणापत्र : उद्देश्यप्रति सत्यता वा वचनबद्धता घोषित गर्ने पत्र विशेष
दन्त्यकथा : लोकले युगौँदेखि सरक्षित गर्दै आएका कथा
२. दिइएको अनुच्छेदबाट युग्म शब्द पहिचान गरी लेख्नुहोस् :
हामीलाई आकस्मिक आपत्विपत् पर्दा छिटोछरितो गरी छरछिमेकीको सरसहयोग लिन हारगुहारसमेत गर्नुपर्छ । गाउँठाउँ र सहरबजारमा जहाँ रहे पनि सानोतिनो कुरामा एकआपसमा झगडा गरेर एकअर्कालाई दोष लगाउने काम गर्नुहुँदैन । चाडवाड र मेलापर्व जस्ता मौकामा साथीभाइसँग भेटघाट गर्नु अनि मेलमिलाप गर्दै रमाइलो गर्नुपर्छ ।
उत्तरः आपत्विपत्, छिटोछरितो, छरछिमेकी, सरसहयोग, हारगुहार, गाउँठाउँ, सहरबजारमा, एकआपस, एकअर्कालाई, चाडवाड, मेलापर्व, साथीभाइ, भेटघाट, मेलमिलाप
३.दिइएका युग्म शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :
उत्तरः छिटोछरितो, हाँसखेल, गाह्रोसाहो, पानीपँधेरो, नुहाइधुवाइ, सफासुग्घर, साथीसङ्गी कुराकानी, हित्तचित्त, सोचविचार
आमाले मलाई उठाउँदै भन्नु भयो छिटोछरितो गरेर पानीपँधेरामा जाऊ अनि नुहाइधुवाइ गर् । सधैँ यस्तो भएर बस्नु हुँदैन सफासुग्घर भएर बस्नुपर्छ । साथीसङ्गीसँग कुराकानी गर्ने गर । अरूसित बोल्दा सोचविचार गरेर बोल्नु पर्छ । गाह्रोसाह्रो पर्दा हित्तचित्त मिलेका साथी नै काम लाग्छन् ।
४.दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
कनिका, मेलापात, कोदालो, अगेनो, भकारो, अनौ, जाँतो, गोठ
उत्तर:
कनिका : धान कुट्दा कुड्किएका चामलका टुक्रालाई कनिका भनिन्छ ।
मेलापात : गाउँघरको एउटा रमाइलो मेलापात जानु हो ।
कोदालो : मलाई अरू सबै काम आउँछ तर कोदालो चलाउन आउँदैन ।
अगेनो: जाडो महिनामा खुट्टा नै झोसौँला जस्तो गरेर हामी अगेनोको वरिपरि बस्थ्यौँ ।
भकारी : गाउँमा प्राय सवैले खाल्डो खनेर भकारो बनाएका हुन्छन् ।
अनौ: महिलाहरूले अनौ समाउँनु हुँदैन भन्ने मान्यता छ ।
जाँतो: गाउँघरमा अझै पनि जाँतोमा पिठो पिँध्ने गरेको पाइन्छ ।
गोठ: गाईवस्तु बस्ने ठाउँलाई गोठ भनिन्छ ।
बोध र अभिव्यक्ति
3. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) गाउँमाथि एउटा कविता’ कविताबाट तीन जोडी अन्त्यानुप्रास मिलेका शब्दपहिचान गरी भन्नुहोस् ।
उत्तरः फलाकिरहन्छ : हतारिरहन्छ, एउटा एउटा, थाहा छ : थाहा छ
(ख) कविताको सबैभन्दा छोटो पक्ति कति शब्दले बनेको छ, भन्नुहोस् ।
उत्तरः एक
(ग) कवितामा ‘सगरमाथालाई काँधमा बोकेर उभिएको’ भन्ने सन्दर्भअघि र पछि कुन कुन प्रसङ्ग आएका छन् ?
उत्तरः अगाडि अन्तरिक्ष यानको गतिविध र पछाडि नागरिकताको प्रमाणपत्र बाँढ्ने गाउँको प्रसङ्ग आएको छ ।
(घ) ‘दन्त्यकथा यिनीहरूलाई यो कथनभन्दा अघिको सन्दर्भ के हो ?
उत्तरः राजनीतिज्ञले गर्ने घोषणपत्र जुन चुनाव अगाडिमात्र काम लाग्छ, अन्तरिक्ष यानका गतिविधिहरू पढेर के गर्नु पढ्नमा मात्र सीमित हुन्छ भन्ने प्रसङ्ग आएको छ ।
४. ‘गाउँमाथि एउटा कविता’ कविताका हरफलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् :
(क) फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
उत्तरः तपाईं फेरि कुन देशको कल्पना गरेर छापिरहनु भएको छ ?
(ख) विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा
उत्तर: गाउँमा विज्ञानको पनि बेग्लै ढङ्ग छ ।
(ग) न चुनावले रोक्छ यसलाई
उत्तर: यसलाई चुनावले न रोक्छ ।
(घ) एउटै इनार छ सम्पूर्ण गाउँमा
उत्तरः सम्पूर्ण गाउँमा एउटै इनार छ ।
(ङ) निस्कन तयार छे जो कुनै पनि आमा
उत्तर: जो कुनै पनि आमा निस्कन तयार छे।
(च) सिंगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई
उत्तरः यिनीहरूलाई यो सिंगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन
(छ) दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई
उत्तरः यिनीहरूलाईयसको पनि दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन ।
5. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
यो, मेरो देशको सुदूर पूर्वको गाउँ !
यो, मेरो देशको सुदूर पश्चिमको गाउँ
छिमेकी अगेनावाट आगो ओसारेर सुरु हुने यहाँको दिन गोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ खेतमा, गोरु नारेर तन्नेरी हुन्छ
र बेग्लाबेग्लै मान्छेका ओठहरू भएर दिनभरि फलाकिरहन्छ
दिनभरि हतारिरहन्छ ।
(क) गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन् ?
उत्तरः गाउँमा मानिसहरूले कृषि पेसा अपनाएको छन् ।
(ख) कवितांशमा केटाकेटी र तन्नेरीले के के काम गर्ने उल्लेख छ ?
उत्तरः कवितांशमा केटाकेटीले गोठमा घाँस हाल्नेकाम र तन्नेरीले खेतमा गोरु नार्ने काम गर्ने उल्लेख छ ।
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘गाउँमाथि एउटा कविता’ कविताले समेटेको मुख्य विषयवस्तु के हो ?
उत्तरः ‘गाउँमाथि एउटा कविता’ दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही हुँदैन । उनीहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन बितिरहेको हुन्छन् र उनीहरूको दिनचर्याको बारेमा लेखेर जीवनस्तर उकास्न सहयोग पुग्ने खालका लेख लेख्न सम्पादकसित आग्रह गरिएको छ ।
यसमा नेपालको ग्रामिण समाजको यथार्थता प्रस्तुत गर्न खोजिएको छ । गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लोभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौँतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ । यहाँका बासिन्दामा सहयोगको भावना छ । नेपालमा रहेको यति राम्रो सोचको प्रचार भएको छैन । यहाँ काल्पनिक संसारंका बमवारी, साहित्यिक सम्मेलन आदिका समचार बनाएर वास्तविक समचारलाई ओझेलमा पारिएको कुरा यस कवितामा समेटिएको छ । नेपालीहरूको पहिचान बोक्ने नागरिकताको प्रमाण पत्र गाउँको बोक्ने नेपाली समाजले आफ्नो परिचय दिइएको ठाउँलाई भुलेको कुरा कविताको विषयवस्तुमा समेटिएको छ । त्यस्तै आफूलाई विश्वमा चिनाउने सगरमाथाको फेदको गाउँलाई विर्सेको कुरा पनि कवितामा उल्लेख गरिएको छ ।
(ख) यस कविताले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस् ।
उत्तरः गाउँमाथि एउटा कविता दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो। यसमा गाउँको
यथार्थ चित्रण गरिएको छ । गाउँलेहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन वितिरहेको हुन्छन् । उनीहरूको थोरैमा रमाएका हुन्छन् । आपसी मेलमिलापमा जे छ त्यसैमा रमाई रहेका हुन्छन् । गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । त्यसैले उनीहरूको जीवनचर्याको बारेमा लेखर जीवनस्तर उकास्न सहयोग पुग्ने खालका लेख लेख्न सम्पादकसँग आग्रह गरिएको छ । यसमा नेपालको ग्रामिण समाजको यथार्थता प्रस्तुत गर्न खोजिएको छ । गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लाभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौँतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ । यहाँका बासिन्दामा सहयोगको भावना छ । सबैको काम एक आपसमा मिलेर गर्छन् । यहाँका बासिन्दा थोरैमा रमाउँछन् । एउटा धाराको पानी गाउँभरिका मान्छेले खांदा पनि यिनीहरूमा पानीलाई लिएर झगडा हुँदैन । छिमेकी बिरामी भएको बेलामा थकाइलागेको छ भनेर बस्दैनन् । जुन कुरा हाम्रा सम्पादकहरू देख्दैनन् । उनीहरू वास्तविकतामा भन्दा काल्पनिकतामा समचार लेख्नमा रमाउँछन् ।
कवितामा ग्रमिण समाज पनि एक समाज हो । त्यहाँ पनि नेपाली जनता छन् । त्यहाँ पनि मेहनती हातहरू दिनरात खटिरहेका छन् भन्ने सन्देश नेपाली समाजमा प्रवाह गर्न खोजिएको छ ।
(ग) कविताले सम्पादकलाई कसरी सचेत गराएको छ ?I
उत्तरः ‘गाउँमाथि एउटा कविता’ दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँलेहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । थोरैमा रमाउने गाउँलेहरू आफ्ना अभावहरूको पनि पहिचान गर्न सक्दैनन् । जे छ त्यसैमा रमाउनु नै उनीहरू आफनो धर्म ठान्दछन् । गाउँका मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । त्यसैले उनीहरूलाई छुने खालका समाचार लेखेर उनीहरूको जीवनस्तर उकास्न सहयोग सहयोग गर्न सम्पादकलाई आग्रह गरिएको छ । सम्पादकको काम जनचेतना फैलाउने हो । कता कता भएका बमबारीका घटना छाप्ने मात्र होइन । आफ्नो माटो अनुसरको समचार दिने हो । लुकेको गाउँलाई देखाउने हो ! पिछडिएको ठाउँलाई उठाउने हो । जनतालाई आवाज दिने हो र जनताको आवाजलाई सम्बन्धित निकायसम्म पुयाउने हो । सम्पादकको काम कहाँ कहाँ भएका अन्तरिक्ष यानका गतिविधिहरू छापेर आफ्नो पत्रिकाका पाना भर्ने मात्र होइन । गाउँका मान्छेलाई पनि त्यसमा सत्यता देखाउन सक्नुपर्छ । उसको काम कार्यान्वयन हुननसकेको बालिग मताधिकारको कुरा गर्ने मात्र पनि होइन । सम्पादकले विभिन्न कालखण्डमा भएका साहित्यिक इतिहासको चर्चा मात्र गर्ने होइन कि इतिहास बनाउन सक्ने प्रतिभा खोज्ने हो । सम्पादकले कल्पनामा नभएर वास्तविकतमा समचार लेख्नुपर्छ ।
सम्पादकले समचार छाप्दा समाजको वस्तुस्थिति बुकेर छाप्नुपर्छ । आफूले छापेको समचारले पाठकलाई कस्तो प्रभाव पार्छ त्यस कुराको ख्याल गर्नुपर्छ । पाठकलाई सकरात्मक प्रभाव पार्नेखालका समचारहरू संप्रशण गर्नुपर्छ जस्ता कुराहरूमा सचेत गराइएको छ ।
(घ) कवितामा व्यक्त भएको मूलभाव लेख्नुहोस् ।
उत्तरः दिनेश अधिकारीद्वारा लिखित ‘गाउँमाथि एउटा कविता ‘गाउँको बारेमा वर्णन गरिएको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । देशमा आएको परिवर्तनले गाउँका सोझा मान्छेलाई केही नछुने उल्लेख गरिएको छ । गाउँका मानिसहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन बितिरहेको हुन्छ भन्ने कुरा कवितामा देखाइएको छ । गाउँका मानिस थोरैमा चित्त बुझाउन सक्छन् । उनीहरूको सोचाइ मरेर लानु केही छैन किन बढी लोभ गर्नु ? भन्ने रहेको हुन्छ । आफूलाई बाँच्न पुग्ने वस्तु आफ्नै वरिपरि हुने भएको हुनाले धेरै भौंतारिनु पर्दैन भन्ने ग्रामिण समाजका वासिन्दाको बुझाइ रहेको पाइन्छ ।
नेपालको धेरै भूभाग ओगटेको गाउँको विकास भएको छैन । यसको विकासमा कसैले पनि चासो राखेको छैन । गाउँ केन्द्रित भएर काम गरिएको छैन । पत्रिकामा बालिग मताधिकारका कुरा छापिन्छन् तर बालिग बताधिकार प्रयोग गर्नेलाई यसको अर्थ नै थाहा छैन । अन्तरिक्ष यानका कुरालाई दन्त्य कथा मान्ने समाज छ गाउँमा । आफ्नो पहिचानको प्रमुख थंलो गाउँका बारेमा सबैले भुलेको देखिन्छ । गाउँका जनता राजनीतिक दलका भोटर बाहेक केही ठानिदैनन् । गाउँलाई बिर्सनु भनेको हामीले हाम्रो अस्तित्व बिर्सनु हो । आफ्नो अस्तित्व विर्सेको मान्छेले कहिल्यै सफलता हासिल गर्न सक्दैन । गाउँका मान्छेलाई अगाडि बढाउन पट्टी राजनैतिक दलका कोही नेता लाग्दैनन् । उनीहरू चुनाव अगाडि राम्रा राम्रा बाधा गरिएका घोषणपत्र लिएर गाउँ पस्छन् तर चुनाव सकिएपछि सबै विर्सन्छन् र ती घोषणपत्र सिँगान पुछ्ने कागज मात्र बन्न पुग्छन् । सबैले सबै विर्सन्छन् । आफ्नो मताधिकारको प्रयोग कतिले गर्छन् कतिले गर्दैनन् । कथाको मूल भाव हामीले आफ्नो पहिचान बोकेको गाउँलाई भुल्नु हुँदैन । यसको विकासमा सकेसम्म लागिपर्नु पर्छ भन्ने हो ।
७. व्याख्या गर्नुहोस् :
(क) तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !
उत्तरः तपाईंले ………………… यो गाउँ !
माथिको पड्ती हाम्रो कक्षा १० को नेपाली पाठ्पुस्तकको पाठ १५ मा समावेश गरिएको ‘गाउँमाथि एउटा कविता’ शीर्षकको गद्य कविताबाट लिइएको हो । यस कविताका रचयिता दिनेश अधिकारी हुन् । आफ्नो पहिचानको जग रहेको गाउँको बारेमा कसैले पनि नलेख्ने नबोल्ने गरेकोमा कविको चित्त दुखाइ रहेको देखिन्छ । आफ्नो पहिचान बोकेको गाउँलाई सबैले भुलेको भन्ने प्रसङ्गमा माथिको हरफ आएको हो ।
हामी गर्वका साथ भन्छौँ सगरमाथा हाम्रो पहिचान हो । हामी सगरमाथाका देशका नागरिक हौं । विश्वले नेपाल देशलाई चिन्ने मुख्य आधार पनि सगरमाथाको देश हो तर हामी त्यही सगरमाथाको फेदमा रहेको गाउँलाई भुल्छौँ । जसको आड़मा सगरमाथाको गौरव गाइन्छ त्यही आडलाई हामीले ओझेलमा पारेका छौं । नेपालको कुल भूभागको आधाभन्दा धेर भूभाग ग्रामिण समुदायले भरिएको छ । अरू त परै जाओस् काठमाडौं उपत्यकामै कति त्यस्ता गाउँ छन् जहाँ अहिलेसम्म बत्ती पुगेको छैन । बाटो पुगेको छैन । तर ती गाउँको कुरा हुँदैन यहाँ । यहाँ काठमाडौंको मुख्य बजारका समस्याले पत्रिकाका पाना भरिन्छन् तर मुख्य वजार चल्ने मुख्य आधारको कुरा हुँदैन ।
माथिको कवितांशमा के बुझाउन खोजिएको छ भने फूलको चर्चा गर्नु छ भने बिरुवाका जराको पनि चर्चा गर्नुपर्छ । जराको आडले नै बिरुवा बढेको र अढेको हुन्छ । जरा निकाल्दिने हो जतिसुकै ठुलो रुख किन नहोस् अवश्य ढल्ने छ । नेपालीहरूको जरो गाउँ हो । गाउँलाई विकसित नबनाए नेपाल कहिल्यै विकसित राष्ट्र बन्ने छैन भन्ने तात्पर्य बुझाउन खोजिएको छ । हामीले हाम्रो गौरव को रूपमा सगरमाथालई मानेपनि वास्तविक रूपमा सगरमाथालाई चिनाउन सगरमाथाको फेदको गाउँलाई चिनाउँनु पर्छ ।
(ख) जहाँको चपरी त्यहीको दुवाली मरेर के लानु छ ….।
उत्तरः जहाँको …लानु छ ……
माथिको पड़ती हाम्रो कक्षा १० को नेपाली पाठ्पुस्तकको पाठ १५ मा समावेश गरिएको ‘गाउँमाथि एउटा कविता’ शीर्षकको गद्य कविताबाट लिइएको हो । यस कविताका रचयिता दिनेश अधिकारी हुन् । एक पटक अवस्य मर्नु नै छ भने किन बढी चिन्ता गर्नु पन्यो । जहाँ जे छ त्यसैको सदुपयोग गरेर जीवन निर्वाह गर्न सकिहालिन्छ नि भन्ने प्रसङगमा माथिको कवितांश आएको हो ।
माथिको वाक्यमा जहाँ जे छ त्यहीँको उपयोग गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने ग्रामिण परिवेशको मान्यतालाई उजागर गर्न खोजिएको छ । जसरी माछा मार्नको लागि बनाइएको दुवालीको निर्माण सामग्री लिन कहिँ जानु पर्दैन । त्यहीँ वरिपरि भएको कार दुवो सहितको माटाको चैलीले काम गर्छ र माछा मार्न सकिन्छ । मन्छेले हरेक काममा आफू वरिपरि भएको साधन स्रोतको सही तरिकाले उपयोग गर्न सक्यो भने जीवन सुखमय हुन्छ । गाउँमा त्यहीँ परिश्रम गरेर त्यहीँ उपयोग गर्ने चलन भएको हुनाले एक आपसमा सुमधुर सम्बन्ध हुनका साथै सुखपूर्वक जीवन विताइरहेका छन् । एक पटक मर्ने नै हो लोभ र लालचमा जीवन बिताउनु व्यार्थ हो भन्ने मान्यता गाउँको परिवेशमा पाइन्छ । बाहिरी समाजबाट विल्कुलै टाढा रहेको ग्रामिण समाजलाई कहाँ कतै भएका वम वर्षाले अन्तरिक्ष यानका गतिविधहरू, बालिग मताधिकारका कुराहरू केहीले पनि छुदैन ।
माथि उल्लेखित हरफमा जीवन केही होइन एक पटक मरेर गइहालिन्छ । वढी लोभ गरेर पीर गरेर जीउनु भन्दा आफूसित जे छ त्यसैमा रमाएर जीउन सक्नुपर्छ भन्ने कुरा प्रस्ट पार्न खोजिएको छ ।
९.’गाउँमाथि एउटा कविता’ कविताको आधार लिई गाउँघरको जीवनस्तर माथि उठाउन कसरी सम्भव होला, कल्पना गरी लेख्नुहोस् ।
उत्तरः गाउँमाथि एउटा कविता दिनेश अधिकारीले लेखेको गद्यात्मक कविता हो । यसमा गाउँको यथार्थ चित्रण गरिएको छ । गाउँका सोझा मान्छेलाई देशमा आएको परिवर्तनले केही छुदैन । उनीहरू निरन्तर रूपमा आफ्नो दैनिकीमा लागिरहेका हुन्छन् । गाईवस्तुलाई . घाँस हाल्ने, गोरु जोत्ने, घर छाउने, धामी बसाउने, यी र यस्तै काममा गाउँले जीवन वितिरहेको हुन्छ भन्ने कुरा कवितामा देखाइएको छ ।
गाउँघरको जीवनस्तर माथि उठाउन कुरा मात्र गर्ने होइन काम गर्नुपर्छ । पत्रकारले अधिकारका कुरा लेखेर केही हुँदैन अधिकारको प्रयोग गर्न सिकाउनु पर्छ । राजनीतिक दलले घोषणपत्र लेखेर केही हुँदैन घोषणा पत्रमा लेखिएका कुरालाई पूरा गर्नपटि लाग्नुपर्छ । गाउँमा अन्तरिक्ष यानका गतिविधिको वर्णन गर्नु भनेको एउटा दन्त्यकथा सुनाएको जत्तिकै हुन्छ त्यसैले गाउँको जीवनस्तर उठाउन कुरा होइन काम गर्नुपर्छ । पत्रकारले बालिग मताधिकारको प्रयोगका कुरा मात्र नछापेर त्यसको सही प्रयोग गर्न सिकाउनु पर्छ । रानीतिज्ञले घोषणपत्रमा लेखिएका कुरालाई चुनाव अगाडि मात्र होइन चुनाव पछाडि पनि सम्झनुपर्छ ।
गाउँको जीवनस्तर उकास्न शिक्षा स्वास्थ्य र वाटो घाटो पानी आदि गाउँ गाउँमा उपलब्ध गराउन तत्पर भएर लाग्नुपर्छ । कुरा गर्नेले काम गरेर देखाउनु पर्छ । आधुनिक कृषिप्रणाली लागुगर्नुपर्छ । गाउँका कुरालाई खोतल्नु पर्छ । गाउँका पीडालाई बाहिर ल्याउनुपर्छ ।
१०. आगामी पाँच वर्षपछि तपाईंको गाउँ वा टोलमा के के परिवर्तन आउलान्, अनुमान गरी लेख्नुहोस् ।
उत्तरः मेरो घर पहाडी जिल्लामा पर्छ । त्यसैले मेरो घर एक गाउँमा छ । आजभोलि गाउँमा बस्ने मान्छेको संख्या घटेपति विकास निर्माणका कार्यहरू भने बढेर गएका छन् । मेरी गाउँको पनि अवस्था त्यस्तै हो ।
आगामी पाँच वर्षपछि मेरो गाउँमा सडक पुग्ला तर त्यहा मान्छे नहोलान् । अहिले पनि मेरो गाउँमा बा आमा बाहेक कोही छैन । सबैका छोरा नाति कि त विदेश कित सहर पसेका छन् । त्यसैले मेरो गाउँको विचबाट गाडि कुद्ला तर गाडि हेर्ने केटाकेटी नहोलान् ।
लटरम्म धान फल्ने मेरा गाउँका खेतले जोतिने मौका नपाएर चौर बनिसक्लान् । ती बढेमानका टार स्यालको घर होला अनि आँपका रुखमा बाँदरहरू कृत्ति खेल्लान् । सुनेकी छु गाउँमा बत्ती पनि निकालिएको छ रे र एउटा स्वस्थ्य चौकी पनि खोलिएको छ रे । अवको पाँच वर्षमा त्यो बत्ती बाल्ने र स्वास्थ्य चौकीमा उपचार गर्न जाने मान्छे नै नहोलान् । १० कक्षा सम्म पढाइ हुने मेरो गाउँको स्कुलमा १२ सम्म पढाइ हुन थालेको छ रे तर विद्यार्थी चाहीँ थोरै छन् रे । सायद अबको पाँच वर्षमा मेरो गाउँको स्कुलमा पनि बाँदरको राज नहोला भन्न सकिदैन ।
११. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
हरेक धर्मले शुद्ध आचार वा सदाचारलाई परम धर्म मानेको पाइन्छ । सदाचारले मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउँछ । यसको अभावमा मानिस भौतिक सम्पन्नताले भरिपूर्ण भए पनि मनुष्यत्वका दृष्टिले जीर्ण वा कमजोर हुन्छ । हरेक मानिसभित्र सत् र असत् विचार हुन्छन् । सदाचारले नै मानिसका असत वा खराब विचारलाई नियन्त्रण गर्न सक्छ । सदाचारका लागि शरीर र मन दुवै पवित्र हुनुपर्छ । सदाचारका पनि आफ्नै नियम छन् । सदाचारी बन्नका लागि सत्य अनि मधुर वचन बोल्नुपर्छ । आफूभन्दा उमेरले ठुलालाई आदर र सम्मान एवम् सानालाई स्नेह र सम्मान गर्न जान्नुपर्छ । सकेसम्म अरूको भलाइमा मन लगाउनुपर्छ, नसके कसैको पनि कुमलो सोच्न पटक्कै हुँदैन । सबैले आआफ्ना कर्म र पेसाप्रति निष्ठावान् हुनुपर्छ । उदाहरणका लागि विद्यार्थीले पढाइमा एकाग्र र लगनशील बन्न कसैसँग शत्रुता नराख्न माता, पिता र गुरुको आज्ञाकारी बन्नु असल मित्रको सझङ्गतं गर्नु, शाकाहारी र सन्तुलित भोजनमा जोड दिनु जस्ता कुरा नै सदाचारका आचरण हुन सक्छन् । यिनै सदाचार नै हाम्रा सत्कर्म हुन् । सत्कर्मको पालनाबाट मात्र जीवन सार्थक पार्न सकिन्छ । संस्कृतमा भनाइ छ, ‘काक चेष्टा, बको ध्यान, स्वान निद्रा तथैव च अल्पहारी, गृहत्यागी विद्यार्थी पञ्च लक्षण अर्थात् कागको जस्तो चनाखोपन, वकुल्लाको जस्तो ध्यान वा एकाग्रता, कुकुरको जस्तो तुरुन्तै जाग्न सक्ने सचेत निद्रा, थोरै भोजन गर्ने र पढ्नका लागि घरभन्दा टाढा रहने जस्ता विद्यार्थीले पालना गर्नुपर्ने पाँच लक्षण मानिएको छ । यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु नै उसको असल लक्षण हो ।
(क) प्रश्नहरू
(अ) सदाचारलाई किन परम धर्म भनिएको हो ?
उत्तरः सदाचारले मानिसलाई नैतिकताको मार्गमा अग्रसर गराउने भएको हुनाले परम धर्म भनिएको हो
(आ) सदाचारका नियमको सूची बनाउनुहोस् ।
उत्तरः सत्य अनि मधुर वचन,
आफूभन्दा उमेरले ठुलालाई आदर र सानालाई स्नेह गर्ने ।
सके अरूको भलाइ गर्नु, नसके कसैको पनि कुभलो नसोच्ने ।
आफ्नो कर्म र पेसाप्रति निष्ठावान् हुने ।
(इ) सदाचारका लागि शरीर र मन कस्तो हुनुपर्छ ?
उत्तरः सदाचारका लागि शरीर र मन दुवै पवित्र हुनुपर्छ
(ई) विद्यार्थीका पञ्च लक्षण के के हुन् ?
उत्तरः विद्यार्थीका पञ्च लक्षण यसप्रकार छन् : काक चेष्टा, बको ध्यान, स्वान निद्रा, अल्पहारी, गृहत्यागी
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।
(अ) अनुच्छेदको पहिलो वाक्यलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् ।
उत्तरः शुद्ध आचार वा सदाचारलाई हरेक धर्मलें परम धर्म मानेको पाइन्छ ।
(आ) अनुच्छेदको अन्तिम वाक्यलाई दुईओटा वाक्यमा टुक्रयाउनुहोस् ।
उत्तरः यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु नै उसको असल लक्षण हो । विद्यार्थीले पढाइमा एकचित्त भएर लाग्नुपर्छ । विद्यार्थीको असल लक्षण पढ्नु हो ।
(इ) अनुच्छेदबाट पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द लेख्नुहोस् ।
उत्तरः सङ्गत, तुरुन्तै
सुनाइ र बोलाइ
१.सुनाइ पाठ १५ सुन्नुहोस् र उपयुक्त विकल्प छनोट गरी भन्नुहोस् :
(क) मानिसमा सामाजिक गुण कहिलेदेखि विकास हुन्छन् ?
(अ) विवाहपछि
(इ) युवावस्थादेखि
(आं) बाल्यावस्थादेखि
(ई) . जन्मदेखि
उत्तरः (आ) बाल्यावस्थादेखि
(ख) समाजमा योग्य नागरिक हुनाका लागि मानिस कस्ता कुरासँग परिचित हुनुपर्छ ?
(अ) नैतिक चरित्र र मधुर वाणी
(इ) मानसिक वृद्धि र विकास
(आ) सामाजिक मूल्य र आदर्श
(ई) आपसी मेलमिलाप र सहयोग
उत्तर : (आ) सामाजिक मूल्य र आदर्श
(ग) सामाजिकीकरणबाट बालबालिकाको कस्तो क्षमता विकास गर्न सहयोग पुग्छ :-
(अ) शारीरिक विकास
(इ) आर्थिक विकास
उत्तर : (आ) व्यक्तित्व विकास
(घ) मानिस कस्तो प्राणी हो ?
(अ) सामाजिक
(इ) शिक्षित
(आ) राजनैतिक
(ई) भावनात्मक
उत्तर : (अ) सामाजिक
2. सामाजिकीकरणबाट व्यक्तिलाई कस्ता फाइदा पुग्छन्, सुनाइ पाठ १५ का आधारमा भन्नुहोस् ।
उत्तरः मानिसले समाजमा आफ्नो के स्थान हो र अरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा सामाजिकीकरणबाट सिक्छ । सामाजिकीकरणबाट नै बालबालिकाले आआफ्नो समाजिक मूल्यमान्यता, विश्वास र आदर्श सिक्दै जान्छ । तसर्थ सामाजिकीकरणबाट व्यक्तिको व्यक्तित्व विकास गर्न महत्त्वपूर्ण फाइदा पुग्छ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेदबाट व्याकरणिक र आलङ्कारिक पदक्रम भएका वाक्य छुट्याएर लेख्नुहोस् :
काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग । श्रीमतीलेढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो । रने नरिसाएको भए पनि हुन्थ्यो । रनेले ढिकीच्याउ किरालाई नमारेको भए पनि हुन्थ्यो । नखाएको विष लाग्यो धनेकाजिन्दगीमा कोही पनि नपयोस् यस्तो परिबन्दमा बरै ।
उत्तरः
व्याकरणिक : श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो । रनें नरिसाएको भए पनि हुन्थ्यो । रनेले ढिकीच्याउ किरालाई नमारेको भए पनि हुन्थ्यो ।
आलङ्कारिक : काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग । नखाएको विष लाग्यो धनेका जिन्दगीमा कोही पनि नपयोस् यस्तो परिबन्दमा बरै ।
2. दिइएको अनुच्छेदलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् :
बालक परेवाको हुलनिर पुग्यो। सेता परेवा भुरुर्र उडे । बालक पनि सेता परेवासँग भुरुर्र उड्न खोज्यो । परेवा परको रूखमा गएर बसे। बालकले परेवालाई हेप्यो । परेवा माकुरघुर गरी कराए। परेवाले बालकलाई बाइ बाइ भने होलान् । बालकले हात उठाएर परेवालाई बोलाएको इसारा गर्यो । परेवाले भोलि आउँला है भने ।
उत्तर: हुलतिर पुग्यो बालक परेवाको । उडे भुरुर्र सेता परेवा । खोज्यो उड्न भुरुर्र सेता परेवासँग बालक पनि । गएर बसेपरेवा परको रूखमा गएर बसे। हेप्योबालकले परेवालाई । माकुंरघुर गरी कराए परेवा । भने होलान्बाइ बाइ परेवाले बालकलाई । बालकले इसारा गर्यो हात उठाएर परेवालाई वोलाएको । परेवाले भनेआउँला है भोलि ।
3. ‘गाउँमाथि एउटा कविता’ कविताबाट कुनै तीनओटा आलङ्कारिक पदक्रमका वाक्य टिपी तिनलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् ।
उत्तरः
आलङ्कारिक : फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं
व्याकरणिक : तपाईं फेरि कुन देशको कल्पना गरेर छापिरहनु भएको छ ?
आलङ्कारिक : एउटै इनार छ सम्पूर्ण गाउँमा
व्याकरणिक : सम्पूर्ण गाउँमा एउटै इनार छ ।
आलङ्कारिक : निस्केन तयार छे जो कुनै पनि आमा
व्याकरणिक : कुनै पनि आमा जो निस्कन तयार छे ।
४. दिइएको उदाहरणलाई आधार मानी ङ, न, ण, न, म जस्ता पञ्चम वर्ण र शिरविन्दु प्रयोग भएका चार चारओटा शब्द लेख्नुहोस् र तिनको शुद्ध उच्चारण गर्नुहोस् :
क) क, ख, ग, घ वर्णको अघि ङ आउने शब्द,जस्तै मङ्गल,
उत्तरः सङ्गम, सङ्गसाला, प्रसङ्ग, उमङ्ग,
(ख) च, छ, ज, झ वर्णको अघि ज आउने शब्द, जस्तैः व्यञ्जन,
उत्तरः पञ्चामृत, पञ्चायत, रञ्जना, कञ्चना
(ग) ट, ठ, ड, ढ वर्णको अघि ण आउने शब्द, जस्तैः पण्डित,
उत्तरः खण्डित, दण्डित, उद्दण्ड, चण्ड
(घ) त, थ, द, ध वर्णको अघि न आउने शब्द, जस्तै : सन्तोष,
उत्तरः दन्त्य, हलन्त, अजन्त, सभ्रान्त
(ङ) प, फ, ब, भ वर्णको अघि म आउने शब्द, जस्तैः स्तम्भ,
उत्तरः भूकम्प, सम्म, डम्म, गर्ल्याम्म
(च) य, र, ल, व, श, ष, स, ह, ज्ञ अघि शिरबिन्दु आउने शब्द, जस्तैः संरक्षण,
संसद, संवाद, संरचना, संलग्न
६.दिइएको अनुच्छेदलाई शिरबिन्दु प्रयोग भएका ठाउँमा पञ्चम वर्ण (ङ, नू, ण, न, में) र पञ्चम वर्ण प्रयोग भएका ठाउँमा शिरबिन्दु बनाएर शुद्ध गरी पुनर्लेखन गर्नुहोस् ।
पंकज, शंकर, संजय, संचित, कंटकनाथ, पंडित, संतोष, पंफा, खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए । त्यसै बेला सम्योग, सम्रचना, सम्लग्न, सम्शय, संहिता आए । – उनीहरूले सम्वाद गर्न थाले ।
उत्तरः पङ्कज, शङ्कर, सञ्जय, सञ्चित, कण्टकनाथ, पण्डित, सन्तोष, पम्फा, खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए । त्यसै बेला संयोग, संरचना, संलग्न, संशय, संहिता आए । उनीहरूले संवाद गर्न थाले ।
सिर्जना र परियोजना कार्य
1. ‘मानव’ शीर्षकमा एउटा कविता रचना गर्नुहोस् ।
उत्तरः
मानव
सवतर्फ छ शासन दानवको
पशु-जीवन रासन मानवको
अव मानव वन्दिनँ वन्दिनँ म
म हुँ मानव भन्दिनँ भन्दिनँ म ।
अति हिंस्रक बन्दछ मानव यो
र नपुंसक बन्दछ मानव यो
म नपुंसक होइन भन्दिनँ म
म हुँ मानव भन्दिनँ भन्दिनँ म । २
2. पुस्तकालयबाट एउटा बाल कविता खोजी त्यसको मूलभाव कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तरः पुस्तकालयमा पढेको पुस्तकको नाम : केटाकेटीका कविताहरू
पुस्तकालय पढेको कविताको शीर्षक : मानव
रचनाकार : आत्माराम न्यौपाने
ज़म्मा श्लोक सङ्ख्या : ४
छन्द : तोटक
भावार्थ : कविले यस कवितामा आफूले आफूलाई अब उप्रान्त मानव नभन्ने भनेका छन् । ‘मानव भएर पशु हत्या गर्ने, पशुको जीवनले आफू बाँच्ने, कहिल्यै पनि परहितको कार्य नगर्ने, त्यत्तिकै आफू मरेर जाने भएकालाई आफू मानव नभएको कुराको घोषणा गरेका छन् !