कथा संदेश
बिना थिङद्वार लिखित आयाम कथा एक संसमरणात्मक कथा हो । यस कथामा कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् यस कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभुतिको उल्लेख गरिएको छ । साथै सुमधुर सम्बन्ध राख्न सके सासू बुहारी पनि आमा छोरी बन्न सकिन्छ भन्ने देखाउनु यस कथाको उद्देश्य देखिन्छ।
कथामा सकरात्मक सोच राख्यो भने सबै कुरा राम्रो हुन्छ भन्ने देखाइएको छ । कथामा प्रयोग भएका सबै पात्रहरूमा सकरात्मक सोचको भण्डार देखिन्छ । कथामा अति सभ्य समाजको कल्पना गरिएको छ । जुन सायदै यथार्थ जीवनमा सम्भव होला । कथाकी मुख्य पात्र याङ्जीकी सासू नेपाली समाजमा खोज्दा औंलामा गन्न सकिने मात्रामा मात्र पाइने खालकी छन् । याङ्जी स्वयंलाई पनि त्यस्तै चरित्रकी देखाइएको छ । सासूको चित्त दुख्छ भनेर आफूले कसैलाई मन परेको कुरा छुपाएर राखेकी हुन्छिन् । पछि सासूले चित्त दुखाइएको थाहा पाउना साथ सुनाउँछिन् । कथाको पुरुष पात्र उस्तै भलाद्मी देखाइएको छ । केटी मान्छेको फाइदा उठाएर छोड्न खोज्ने समाजमा उसैले आमालाई भन्न जोड़दिएको छ । उ विवाह गर्न चाहन्छ । गौण पात्रका रूपमा रहेका डाक्टर दम्पत्ती पनि उदार चरित्रका छन् ।
यदि हामीले सकारात्मक सोच राखेर काम गर्यो भने अवश्य सफलता हासिल गर्न सक्छौं । सकरात्मक सोचका साथ अघि बढ्दा हामी सधैं सुखी जीवन बिताउन पाउँछौं भन्ने कुरा कथामा उल्लेख गरिएको छं ।
शब्दभण्डार
१.दिइएका शब्द र अर्थविच जोडा मिलाउनुहोस्:
उत्तरः
अपवाद : नियमसँग नमिल्ने
क्षोभ : आपत्तिजनक’ व्यवहार आदिबाट उत्पन्न हुने व्याकुलतासहितको रिस
लवज : बोली
बडेमा : अति ठुलो
हैरानी : दिक्दारी
हताश : निराश
२. दिइएका उखान टुक्काका अर्थबारे कक्षामा छलफल गर्नुहोस् । तीनओटा उखान । तीनओटा टुक्का प्रयोग गरी अनुच्छेद लेख्नुहोस् :
अल्छीको ओठमा आहानको झुप्पा, आफू भलो त जगतै भलो, उचालेको कुकुरले मृग मार्दैन, एक हातले ताली बज्दैन, के निहुँ पाऊँ ? कनिका बुकाऊ, शोक न सुर्ता भोक न भकारी, डाँडो काट्नु, झुत्ती खेल्नु, कानमा तेल हाल्नु, बलेको आगामा घिउ थप्नु, घाँटी हेरी हाड निल्नु, लङ्का हाँक्नु
उत्तरः छोरीले डाँडो काटेको एक हप्ता भईसक्यो रमिता भने कानमा तेल हालेर बसेकी छन् । छोरी हिँडेकोमा उनलाई केही चिन्तै छैन । शोक न सुर्ता भोक न भकारी भनेको यही हो । पहिले पनि सानो घर झगडालाई अनेक किसिमले बलेको आगामा घिउ थप्ने काम गर्थिन् र उल्टो आफू भलो त जगतै भलो भन्दै हिँड्थिइन् । आज गाउँलेलाई भने के निहुँ पाऊँ ? कनिका बुकाऊँ भने जस्तै भएको छ । उनका बारेमा नानाथरीका कुरा गरेर बसेका छन् ।
४. उदाहरण दिइए झैँ अनुच्छेदबाट समावेशक र समावेश्य शब्द पहिचान गरी लेख्नुहोस् : पाञ्चायन शर्माले सुनकोसी र तामाकोसीको सङ्गमस्थल खुर्कोटनजिक आफ्नै खेतमा फलफूल खेती गरेका छन् । उनले आँप, मेवा, कटहर, केरा, जुनार जस्ता फलफूलका बिरुवा लगाएका छन् । त्यससँगसँगै काउली, मूला, गाजर, आलु आदि तरकारी र रायो, तोरी, चम्सुर, पालुङ्गाको साग पनि कलकलाउँदो बनाएका छन् । नेपालीको महान् चाड · तिहारमा फूलको बढी माग हुने कारण सयपत्री, मखमली, गोदावरी, बाबरी आदि फूल पनि प्रशस्त फुलाएका छन् । उनले यसैबाट पर्याप्त आर्यआर्जन गरी आफ्नो जीविकोपार्जन गरेका छन् ।
उदाहरण
समावेशक समावेश्य
फूल सयपत्री, मखमली, लालीगुराँस
फलफूल आँप, मेवा, कटहर, केरा, जुनार
तरकारी काउली, मूला, गाजर, आलु
साग रायो, तोरी, चम्सुर, पालुङ्गो
4. ‘आयाम’ कथामा तामाङ भाषाबाट प्रभावित शब्द आएका छन्, तिनलाई टिपेर नेपाली उभाषाको मानक रूप लेख्नुहोस् |
उत्तरः मो : म, मोलाई : मलाई, जासारी : जसरी, व्या: विहे, गार : गर, गारेका : गरेका, ता. त, डार : डर, भानेको भनेको
५. दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
तरङ्ग, आमन्त्रण, उत्प्रेरणा, बगैंचा, पारिश्रमिक, पारदर्शी, सम्पर्क, क्षीतिज, असीमित
उत्तरः
तरङ्ग: अर्काको घरमा जुठा भाँडा माझेर पढाएको कालीको छोरो डक्टर भयो भनेको सुन्दा गाउँमा तरङ्ग पैदा भयो ।
आमन्त्रण: बहिनिको बिहेमाकसैलाई नछुटाउने भनेको माथ्लाघरे श्याम काकालाई त छुटाइहाल्लिएछ नि ।
उत्प्रेरणा: हाम्री आमाले दुःख गरेको देख्दा पछि गएर केही गर्छु भन्ने छुट्टै उत्प्रेरणा पैदा हुन्छ ।
बगैँचा: पहाड घरमा फलफूलको तेत्रो बगैंचा छ, यहाँ आफूले भने कुइहेको किनेर खानुपर्छ ।
पारिश्रमिक : काम लगाएपछि पारिश्रमिक त दिनु पर्छ नि कस्तो दया नभएको मान्छे होला ?
सम्पर्क: नेपालमा सर्वसाधारणले कार्यकारी प्रमुखसम्म पुग्न कुनै सम्पर्क हुनै पर्छ ।
क्षीतिज: हाम्रो मिलन पक्कै पनि क्षितिजमा गएर हुनेछ ।
असीमित: मान्छेका इच्छाहरू असीमित हुन्छन् ।
पारदर्शी: हेर छोरा ! हिसाब भनेको सधैँ पारदर्शी हुनुपर्छ भनेर मेरो बुबाले सानैमा भनेको म कहिल्यै विर्सन्न ।
बोध र अभिव्यक्ति
३.दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क)’आयाम’ कथाको प्रारम्भ र अन्त्य कुन कुन घटनाबाट भएको छ ?
उत्तरः ‘आयाम’ कथाको प्रारम्भ सहरको वर्णनबाट भएको छ भने अन्त्य सासूआमाको मातृत्व
भावबाट भएको छ ।
(ख) ‘खुसी हुनुको ……यस्तै यस्तै’…..!’ अनुच्छेदको मुख्य घटना के हो ?
उत्तरः शान्तमायाको दोस्रो बिहे हुनु, उसको श्रीमान एउटै घरमा ड्राइबर हुनु, वैवाहिक सुखको अनुभव शान्तमायाको अनुहारमा झल्कनु ।
(ग) कथामा मुख्य र सहायक भूमिका भएका पात्रको नाम भन्नुहोस् ।
उत्तर: मुख्य पत्र : याङ्जी, सुरज कुमार, आमा, शान्तमाया
सहायक पात्र : कमल, सुनमाया, भाइ, छिमेकी काकी
(घ) कथामा सहरी परिवेश झल्काउने कुरा के के हुन् ?
उत्तरः सहरको त्यो व्यस्त चोकको मध्यभागको दृश्य मेरो कार्यालयको झ्यालबाट लगभग पुरै देख्न सकिन्थ्यो, स्कुटर थन्क्याएको, डिनर गर्न रेस्टुरेण्ट गएको, मोटर साइकल दुर्घटनामा परेर कमलको मृत्यु, चार तलाको खरानी रङको भवन आदि
५. दिइएको कथांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
एक हप्तापछि शन्तमायाले काम गर्न थालिन् । उनले काम गर्ने घर सेवानिवृत्त डाक्टरदम्पतीको थियो । घरमा दम्पती मात्रै थिए । दुई भाइ छोरा देशबाहिर गएका थिए । फराकिलो कम्पाउन्ड र बगैँचा, साढे दुईतले घर, ती दम्पतीलाई घर व्यवस्थापनमा सकस थियो । बगैंचामा चल्ने मिहिनेती हातको खाँचो थियो । भान्छामा बाथरुममा, कौसीमा जताततै चल्ने छरिता पैतालाको आवश्यकता थियो । समग्रमा इमानदारिताका साथ काम गरिदिने कामदारको आवश्यकता थियो । हाम्रो अफिसमा दम्पती नै आएका थिए । उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए । शन्तमायाको व्यक्तिगत विवरण हेरेर उनीहरू खुसी भएका थिए । शन्तमायाले विहान सात बजेदेखि साँझ पाँच बजेसम्म त्यही घरमा काम गर्न थालेकी थिइन् । उनी पनि डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिकमा खुसी थिइन् । त्यसमाथि पनि चाडवाडमा थप रकम र कपडा पाउन थालिन् शन्तमायाले ।
प्रश्नहरू :
(क) शंन्तमायाले कसकामा काम गर्न थालिन् ?
उत्तरः शन्तमायाले डाक्टर दम्पतीकामा काम गर्न थालिन् ।
(ख) डाक्टर दम्पतीले कस्तो कामदारको अपेक्षा गरेका थिए ?
उत्तरः डाक्टर दम्पतीले इमानदारिताका साथ काम गरिदिने कामदारको अपेक्षा गरेका थिए ।
(ग) शन्तमाया खुसी हुनुको कारण के थियो, तर्क गर्नुहोस् ।
उत्तरः शन्तमाया खुसी हुनुको कारण डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिक थियो, त्यसमा पनि चाडवाडमा थप रकम र कपड़ा ।
(घ) ‘मिहिनेती हात’ भन्नुको आशय के हो ?
उत्तरः ‘मिहिनेती हात’ भन्नुको आशयइमानदारिताका साथ काम गर्ने परिश्रमी व्यक्ति भन्ने हो ।
6. कयामा सुरुदेखि अन्तिमसम्म कस्ता कस्ता घटना घटेका छन्, तिनलाई टिपोट गरी कथासार लेख्नुहोस्।
उत्तरः याङ्जीको कार्यालय परिवेशको वर्णन
याङ्जीको जन्मदिनमा खाना खान छिट्टै आऊ है भनेर आमाले गरेको अनुरोध
आमाको वर्णन, याङ्जीलाई आमाले गरेको प्यारको चित्रण
याङ्जीको वर्णन आमाले याङ्जीलाई जागिर खान थाल भन्नु
याङ्जीलई प्रवन्धक देख्दा कमलको याद आउनु, सह प्रवन्धकको पदमा जागिर खान थाल्नु शान्तमाया काम खोज्न आउनु, उसलाई काम खोजिदिएको एक वर्षमा बिहे गरेको जानकारी गराउनु,
याङ्जी र सुरज प्रेममा पर्नु –
आमालाई बताउनु ·
आमाले आफूसँगै बस्ने सर्तमा याङ्जीको प्रेम स्वीकार्नु
कथासारः
बिना थिङद्वारा लिखित आयाम कथा एक संस्मरणात्मक कथा हो । यो कथा कथाकी मुख्य पात्र याङ्जीका वरिपरि घुमेको छ । कथाको सुरुवात याङ्जीको कार्यालयको वर्णनबाट हुन्छ । उसले आज कार्यालय आउने बेलामा आमाले आज तिम्रो जन्मदिन हो म केही मिठा मिठा खानेकुरा बनाउँछु छिट्टै आऊ है भनेको सम्झन्छे । आमाको स्नेह र मायालाई याद गर्छे । आमाकै कारणले उसले जागिर खानथालेको पनि याद आउँछ । आफ्नो २५ वर्षे उमेरमा घरबाट वाहिर ननिस्कने, चिन्तामा हराइरहने बानीबाट आमाले पार लगाउनुभएको याद गर्छे । आमाकै सल्लाहमा यस कार्यालयमा अन्तर्धाताका लागि आएको र यहाँका प्रबन्धक सुरज कुमारलाई देख्दा कमलको झझल्को आएको सम्झन्छे । आफू त्यही दिन सह प्रबन्धकको पदमा छानिएको पनि याद हुन्छ उसलाई । आफूले काम गर्न थालेपछि त्यहाँ जागिर खोजिदिनु भनेर आउने गरेको मान्छेहरूको बारेमा याद गर्न थाल्छे र आफ्नो कार्यालयले मुख्य गरी घरेलु कामदार उपलब्ध गराउने गरेको पनि बताउँछे ।
कार्यालयमा काम खोजिदिन आग्रह गर्दै आएकी शान्तमायाको जीवनको आरोह अवरोहले उसको जीवनमा पनि प्रभाव पार्छ । शान्तमायालाई काम लगाइदिएको एक वर्षमा उसको बिहेको खबर र उसको अनुहारमा देखिएको चमकले याङ्जीलाई पनि सुरजतिर आकर्षित हुन प्रोत्साहन गर्छ । सुरजसित जन्मदिनको दिन डिनरमा जान्छे । सुरजको धरै आग्रहले उसले आमालाई आफू कसैको प्रेममा परेको र उनीहरूले बिहे गर्न चाहेको कुरा बताउँछे । आमा उसकी जन्मदिने आमा नभएर सासूआमा भएको कुरा कथाको अन्त्यमा थाहा हुन्छ । उसकी सासूआमाले बिहेपछि पनि यही घरमा बस्नुपर्ने सर्तमा राजी हुन्छिन् । यसरी यो कथामा सासूबुहारी बिचको तिक्ततापूर्ण सम्बन्धका विपरित माया नै मायाले भरिएको सम्बन्धको उल्लेख गरिएको छ ।
7. ‘आयाम’ कथाको ‘आमा हुनुहुन्थ्यो हातगोडा’ अनुच्छेदबाट चारओटा बोध प्रश्न निर्माण गरी तिनको उत्तरबारे साथीसँग छलफल गर्नुहोस् ।
प्रश्नहरू :
(क) आमाको उमेर कति थियो ?
उत्तरः आमाको उमेर ४५ वर्षको थियो ।
(ख) आमाका हातगोडा कस्ता थिए ?
उत्तरः छोटा छोटा मोटा मोटा र पुटुक्क परेका थिए ।
(ग) आमाको नाकको वर्णन कसरी गरिएको छ ?
उत्तर: गोलै जोर आखाको विचमा डल्लो आकारको नाक थपक्क बसेको थियो भनेर नाकको वर्णन गरिएको छ ।
(घ)आमाको छालाको रङको वर्णन कसरी गरिएको छ ?
उत्तरः सेतो चिमालो फूलको रङ झैँ लाग्ने नरम छाला जीउभरि ओढेकी भनेर वर्णन गरिएको छ ।
८. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) ‘आयाम’ कथाको मुख्य विषयवस्तु के हो ?
उत्तरः ‘आयाम’ कथा एक संस्मरणात्मक कथा हो । यो कथाकी कांथाकार बिना थिङ हुन् । यस कथामा कथाकी मुख्य पात्र याड्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् र वर्तमानमा आएर कथालाई टुङ्ग्याइएको छ । यस कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभुतिको उल्लेख गरिएको छ । साथै सुमधुर सम्बन्ध राख्न सके सासू बुहारी पनि आमा छोरी बन्न सकिन्छ भन्ने देखाउनु यस कथाको उद्देश्य देखिन्छ ।
याङ्जी कुनै घटनाको कारण टोलाएर बस्ने कसैसित नवोल्ने एक प्रकारले मानसिक रोगीको अवस्थामा पुगेको बेलामा उनकी सासूले आमा बनेर त्यस परिस्थितिबाट बाहिर निकाल्न उनलाई जागिर खाने वातावरण सृजना गरेकी हुन्छिन् । बुहारीलाई छोरीलाई जस्तै माया गरेर राख्छिन् । घरको सबै काम आफैँ गर्छिन् । याङ्जी विहानै अफिस जान्छिन् र बेलुका साँझमा मात्र घर फर्कन्छिन् । आमाले जन्मदिनका दिन मिठा खाना पकाएर कुर्छिन् ।
अन्त्यमा याङ्जीले आफूले काम गर्ने कार्यालयका हाकिम सित प्रेम गर्छिन । यो कुरा सासूलाई सुनाउँछिन् सासूले पनि विहे पछि पनि आफूसितै वस्ने सर्तमा विहेको लागि तयारे हुन्छिन् र अन्त्यमा दाम्पत्य जीवन सबैको आवश्यकता हो जसको लागि दोस्रो विवाह नै किन गर्नु नपरोस् भन्ने विषयवस्तु यस कथामा अटाइएकोछ ।
(ख) कथामा रहेका याङ्जी र शन्तमाया पात्रको चारित्रिक विशेषताको तुलना गर्नुहोस् ।
उत्तरः कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेको बिना थिङद्वार लिखित आयाम कथा एक संस्मरणात्मक कथा हो । यस
कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभुतिको उल्लेख गरिएको छ । यस कथाका मुख्य दुई नारीपात्र हुन् याइजी र शान्तमाया । उनीहरूको जीवनमा केही समानता देखिन्छ भने केही भिन्नता देखिन्छ ।
याङ्जी
एक पढेलेखेकी विधवा महिला
रोजगार दाता कार्यलयमा काम गर्ने
बोलचालमा भाषिक शुद्धता पाइने
दोस्रो विवाह गर्ने निर्णयमा पुगेकी
विवाह गरेको छोटो समयमा नै
श्रीमान गुमाएकी
शान्तमाया
अनपढ विधवा महिला
घरायसी काम गर्ने
बोलचालमा तामाङ भाषाको प्रयोग
दोस्रो विवाह गरेकी
विवाह भएको केही वर्षपछि श्रीमान गुमाएकी
(ग) कथामा उल्लेख भएको सामाजिक परिवेशको वर्णन गर्नुहोस् ।
उत्तरः बिना थिङद्वार लेखिएको आयाम’ कथा एक संसमरणात्मक कथा हो । यस कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् । यस कथामा सहरी परिवेशको उल्लेख गरिएको छ । सासूबुहारीबिचको सम्बन्धलाई सुमधुरता दिनुका साथै महिलाले दोस्रो विवाह गर्नुपर्ने आवश्यकताका बारेमा कथामा उल्लेख गरिएको छ ।
कथाको सुरुवात “सहरको त्यो व्यस्त चोकको मध्यभागको दृश्य मेरो कार्यालयको झ्यालबाट लगभग पुरै देख्न सकिन्थ्यो । ” भन्ने वाक्यबाट सुरु भएका कारण यो कथा सहरी परिवेशको पुस्टि हुन्छ । कथामा घरमा काम गर्ने मान्छे खोज्ने धेरै हुन्छन् भन्ने कुराले यसको पुष्टि गर्दछ ।
कथामा सबैमन्दा महत्त्वपूर्ण पक्ष भनेको सबै सकरात्मक सोच भएको सभ्य समाजको कल्पना गरिएको छ । जुन सायदै यथार्थ जीवनमा सम्भव होला । कथाकी मुख्य पात्र याङ्जीकी सासू नेपाली समाजमा खोज्दा औंलामा गन्न सकिने मात्रामा मात्र पाइने खालकी छन् । याङ्जी स्वयंलाई पनि त्यस्तै चरित्रकी देखाइएको छ । सासूको चित्त दुख्छ भनेर आफूले कसैलाई मन परेको कुरा छुपाएर राखेकी हुन्छिन् । पछि सासूले चित्त दुखाको थाहा पाउना साथ सुनाउँछिन् । कथाको पुरुष पात्र उस्तै भलाद्मी देखाइएको छ । केटी मान्छेको फाइदा उठाएर छोड्न खोज्ने समाजमा उसैले आमालाई भन्न जोड दिएको छ । उ विवाह गर्न चाहन्छ । गौण पात्रका रूपमा रहेका डाक्टर दम्पत्ती पनि उदार चरित्रका छन् ।
(घ) कथाबाट के सन्देश पाइन्छ, उल्लेख गर्नुहोस् ।
उत्तरः बिना थिङद्वार लिखित आयाम कथा एक संसमरणात्मक कथा हो । यस कथामा कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् यस कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभुतिको उल्लेख गरिएको छ । साथै सुमधुर सम्बन्ध राख्न सके सासू बुहारी पनि आमा छोरी बन्न सकिन्छ भन्ने देखाउनु यस कथाको उद्देश्य देखिन्छ।
कथामा सकरात्मक सोच राख्यो भने सबै कुरा राम्रो हुन्छ भन्ने देखाइएको छ । कथामा प्रयोग भएका सबै पात्रहरूमा सकरात्मक सोचको भण्डार देखिन्छ । कथामा अति सभ्य समाजको कल्पना गरिएको छ । जुन सायदै यथार्थ जीवनमा सम्भव होला । कथाकी मुख्य पात्र याङ्जीकी सासू नेपाली समाजमा खोज्दा औंलामा गन्न सकिने मात्रामा मात्र पाइने खालकी छन् । याङ्जी स्वयंलाई पनि त्यस्तै चरित्रकी देखाइएको छ । सासूको चित्त दुख्छ भनेर आफूले कसैलाई मन परेको कुरा छुपाएर राखेकी हुन्छिन् । पछि सासूले चित्त दुखाइएको थाहा पाउना साथ सुनाउँछिन् । कथाको पुरुष पात्र उस्तै भलाद्मी देखाइएको छ । केटी मान्छेको फाइदा उठाएर छोड्न खोज्ने समाजमा उसैले आमालाई भन्न जोड़दिएको छ । उ विवाह गर्न चाहन्छ । गौण पात्रका रूपमा रहेका डाक्टर दम्पत्ती पनि उदार चरित्रका छन् ।
यदि हामीले सकारात्मक सोच राखेर काम गर्यो भने अवश्य सफलता हासिल गर्न सक्छौं । सकरात्मक सोचका साथ अघि बढ्दा हामी सधैं सुखी जीवन बिताउन पाउँछौं भन्ने कुरा कथामा उल्लेख गरिएको छं ।
९.सासु र बुहारीका रूपमा रहेका आमा र याङ्जीबिचको सम्बन्धलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ, ‘आयाम’ कथाका आधारमा लेख्नुहोस् ।
उत्तरः बिना थिङद्वार लिखित आयाम कथा एक संस्मरणात्मक कथा हो । यस कथामा कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् र वर्तमानमा आएर कथालाई टुङ्ग्याइएको छ । यस कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभुतिको उल्लेख गरिएको छ । साथै सुमधुर सम्बन्ध राख्न सके सासू बुहारी पनि आमा छोरी बन्न सकिन्छ भन्ने देखाउनु यस कथाको उद्देश्य देखिन्छ ।
यदि सासूले आफूलाई सासूको ठाउँबाट हटाएर आमाको ठाउँमा राख्यो भने बुहारी पनि छोरी बन्न सक्छे र बुहारीले पनि यो मेरी आमा हैन यसको ख्याल गर्न मलाई के खाँचो भन्ने सोच राखिएन भने सासू पनि आमा बन्न सक्छिन् भन्ने कुरा आमा र याङ्जीबिचको सम्बन्धले प्रस्ट्याउँछ । कथामा आमा र याङ्जीबिचको सम्बन्ध कथाको अन्त्यमा मात्र सासू बुहारीको भनेर खुलाइएको छ । पूरै कथामा सहोदर आमा छोरी नै भन्ने बुझिन्छ । बुहारीलाई जागिर खान कर गर्नु, आमाको कुरा टार्न नसकेर जागिर खान थाल्नु, बुहारीको जन्मदिनका दिन मिठा मिठा खानेकुरा पकाएर पर्खेर बस्नु, ढिलो आई भनेर बुहारीलाई छोरीलाई घुर्क्याए जसरी घुर्क्याउनु, बुहारीले आफूले एक जना केटो मन पराएको र बिहे गर्न चाहेको भन्दा सहज रूपमा लिनुले सासू बुहारीको सम्वन्ध अत्यन्त सुमधुर हुन सक्छ ।
१०. व्याख्या गर्नुहोस् :
(क) आमा मेरो उत्प्रेरणाको केन्द्रबिन्दु हुनुहुन्थ्यो ।
उत्तर: आमा ……………हुनुहुन्थ्यो.
प्रस्तुत हरफ हाम्रो कक्षा १० को पाठ १६ मा समावेश गरिएको बिना थिङको कथा आयामबाट लिइएको हो । कथाकी मुख्य पात्र याङ्जीले अफिसमा बसेर आफ्नो अतित खोतल्ने आफ्नी सासूलाई सम्झने क्रममा माथिको कथांश आएको हो । सासू र बुहारीको सम्बन्धलाई अत्यन्तै मिठो सम्बन्धको रूपमा कल्पना गरिएको यो कथा यार्थाथ जीवनमा भने पाउन अलि कठिनै हुन्छ ।
याङ्जी आमासित बस्थिन् । उनका हरेक क्रियाकलाप आमाको सल्लाहबाट भएको देखिन्छ । उनले घरबाट बाहिर गएर जागिर खान पनि आमाकै सल्लाहमा गरेकी थिइन् । अझ आमाले नै खोजिदिएकी थिइन उनलाई जागिर । आमा आफैँ सरकारी जागिरे थिइन् । तर कहिले पनि याङ्जीसित घरको ‘काममा सहयोग मागिनन् । हो उनीहरूको काम स्वतः बाँढिएको थियो तर आमाले छुट्याएकी थिइनन् । बाहिरी बनोटमा हँसिली र राम्री आमाको हृदय पनि त्यति नै राम्रो थियो
आमालाई आफूले एकपटक बाहेक कहिल्यै अँध्यारो मुख लगाएको नदेखेको प्रसङ्गमा माथिको भनाइ आएको हो । कुनै एक दिनको कालो घटनामा भने आमालाई दुःख परेको कुरा याङ्जीले बताएकी छिन् । यसरी जस्तो सुकै परिस्थितिमा पनि खुसी भएर बाँच्न सक्ने आमालाई याङ्जीले आफ्नो उत्प्रेरणाको स्रोत मानेकी हुन् ।
(ख) जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दोरहेछ ।
उत्तरः जीवन…………….सक्दोरहेछ ।
प्रस्तुत हरफ हाम्रो कक्षा १० को पाठ १६ मा समावेश गरिएको बिना थिङको कथा ‘आयाम’’ बाट लिइएको हो । कथाकी मुख्य पात्र याङ्जीले अफिसमा बसेर आफ्नो अतित . खोतल्ने क्रममा कार्यालयका प्रमुखले कुनै दिन तिमीलाई हरियो कुर्था र टीकाले खुब सुहाउँछ भनेर सुरजले आफूलाई भन्दा आफू प्रफुल्ल भएको भन्ने क्रममा यो भनाइ आएको हो ।
सधैँ आँसुमा हराउने याङ्जीले काम गर्न थालेपछि जीवन जीउन सिकेको कुरा कथामा देखाइएको छ । शान्तमायांको बिहेको कुरा सुनेर उनमा आएको खुसीको क्षण सम्झिएकी हुन् उनले । मान्छेलाई खुसी हुन ठुलो कुरा चाहिँदैन । कसैले मायालु स्वरमा आफ्नो बारेमा केही प्रशंसा गर्दयो भने पनि खुसी हुन सकिन्छ । तिमीलाई कुर्थामा टीका राम्रो देखिन्छ भन्दैमा याङ्जीले आफूलाई हलुका महसुस् गरेकी छन् । शान्तमायाले पहिले भन्दा राम्री भएर कार्यालयमा आएकी थिइन् । कारण थियो उनको दोस्रो विहे । उनले कुनै धनी र राम्रो मान्छेसँग बिहे गरेकी थिइनन् । आफूसँगै काम गर्ने ४५ वर्षे ड्राइभरसित विहे गरेकी थिइन् तर पनि उनी खुसी थिइन् ।
माथि प्रस्तुत हरफ याङ्जीले आफूले मनमनै मनपराएको व्यक्तिले तिमीलाई यो सुहाउँछ भन्दा अनुभव गरेको हलुका पनबाट मान्छेलाई खुसीहुन सानो सानो घटना पनि पर्याप्त हुने कुरा बताएको प्रसङ्गमा आएको हो ।
११. ‘आयाम’ कथाका आधारमा याङ्जी र शन्तमायाले जीवनमा भोगेका सङ्घर्षको वर्णन गर्नुहोस् ।
उत्तरः ‘आयाम’ कथा एक संसमरणात्मक कथा हो । बिना थिङद्वारा लिखित यस कथामा कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् । यस कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभुतिको उल्लेख गरिएको छ । यस कथाका मुख्य दुई नारीपात्र हुन् याङ्जी र शान्तमाया । उनीहरूको जीवनमा केही समानता देखिन्छ भने केही भिन्नता देखिन्छ ।
याङ्जी र शान्तमाया दुवै लगभग एउटै पीडाबाट गुज्रिएका पात्र हुन् । याङ्जी पढेलेखेकी पात्र भएको हुनाले कार्यालयमा काम गर्छिन् भने शान्तमाया अर्काको घरमा । दुवै विधवा महिला हुन् । शान्तमायाका साना साना छोराछोरी पनि भएकाले तिनीहरूलाई पाल्न बाध्यताले काम गर्नुपरेको देखाइएको छ भने याङ्जीले दुःख भुलाउन काम गरेको पाइन्छ । दुवैको साझा पीडा हो पति वियोग । जीवनसाथीको वियोग सबैभन्दा ठुलो दुःख हो । यो दुःख दुवैले कलिलै उमेरमा भोग्नु परेको छ । पति विनाको छटपटी दुवैले भोगेका छन् । यो पीडाबाट छुटकारा पाउन याङ्जीले विवाह गर्ने निर्णय गरेकी छन् भने शान्तमायाले विवाह गरेकी छिन् ।
नेपाली महिलाको सबैभन्दा पीडादायी जीवन भनेको विधवा जीवन हो । कथाका मुख्य पात्र शान्तमाया र याङ्जी दुवै यो पीडाका समान पीडित हुन् ।
१२. ‘आयाम’ कथाले नेपाली समाजको कस्तो विषयवस्तु उठान गरेको छ ? तपाईंलाई त्यो कस्तो लाग्यो, चर्चा गर्नुहोस् ।
उत्तरः बिना थिङद्वारा लिखित आयाम कथा एक संसमरणात्मक कथा हो । यस कथामा कथाकी मुख्य पात्र याङ्जीले आफ्ना जीवनमा घटेका विविध घटनाहरूलाई एक दिनमा स्मरण गरेकी छन् र वर्तमानमा आएर कथालाई टुङ्ग्याइएको छ । यस कथामा दाम्पत्य जीवनको आवश्यकता र सुखानुभुतिको उल्लेख गरिएको छ । यस कथाका मुख्य दुई नारीपात्र हुन् याङ्जी र शान्तमाया । उनीहरूको जीवनमा केही समानता देखिन्छ भने केही भिन्नता देखिन्छ ।
आयाम कथाले नेपाली समाजमा भरखरै सुरुभएको विधवा विवाहको विषयवस्तु उठाएको छ । साथै सासू बुहारी बिचको सम्बन्धको मधुरता पनि कथामा देखाइएको छ जुन मलाई एकदमै मन पर्यो । नेपाली समाजमा श्रीमती मर्दा त श्रीमानले तुरुन्तै विवाह गर्ने चलन रहेको तर श्रीमान मर्दा श्रीमतीले आजीवन एक्लै बस्नुपर्ने बाध्यात्मक प्रचलनको विकल्प खोज्ने प्रयास गरेको छ जुन नेपाली समाजको लागि अति आवश्यक पनि हो । श्रीमान मयो भन्दैमा आफ्ना सबै चाहनालाई मारेर आफूपनि मरेजसरी किन बाँच्ने महिलाले ? के त्यसो गर्दैमा उसको पति फर्केर आउँछ र ? आउँदैन भने किन बस्ने त्यसरी ? के. उसले दोस्रो विवाह गर्दैमा पृथ्वी पल्टन्छ र ? पल्टदैन भने किन नगर्ने विवाह ? त्यस्तै कथामा देखाइएको अर्को विषयवस्तु हो सासूबुहारी विचको सम्बन्धको मधुरता । समाजमा सधैँ सासूबुहारीबिच झगडा मात्र सुन्न पाइन्छ । तर सासू र बुहारी मिल्यो भने कति मिठो सम्बन्ध बन्न सक्ने रहेछ भन्ने कुरा याङ्जी र उनकी सासूविचको सम्बन्धले प्रस्ट पारेको छ ।
आय़ाम कथाले उठाएको नेपाली समाजको विषयवस्तु महिलाप्रेमी छ । महिलाले चाहेमा दोस्रो विवाह गरेर आफूबाट हराएको खुसीलाई खोज्न सक्छन् भन्ने देखाइएको छ । त्यस्तै सासूबुहारी आमा छोरीमा परिणत हुन सक्ने कुरा पनि यस कथाको विषयवस्तुमा समेटिएको छ ।
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
बालवालिकाका निम्ति लेखिएको र बालबालिकाद्वारा रचिएको साहित्य बालसाहित्य हो । बालसाहित्यको विषयवस्तु छनोट गर्दा बालकको उमेर, रुचि, आवश्यकता, मनोविज्ञान आदिलाई विशेष ध्यान दिनुपर्छ । बालबालिकामा घुमफिर, खेलकुद, संस्कृति, सहयोग, मायाममता, मेलमिलाप, सम्मान, पुरस्कारका प्रसङ्ग समेटिएको विषय तथा घटनाले कौतुहल सिर्जना गर्छ । वालपरिवेशका घटनाका रोचक प्रस्तुतिले वालवालिकालाई आफ्नै जीवन तथा क्रियाकलाप पढे जस्तो अनुभूति गराउँछ र मनोरञ्जन प्रदान गर्छ । विभिन्न विषयक्षेत्रसँग सम्बन्धित तथ्य समावेश भएका रचनाले बाल जिज्ञासाको समाधान गर्न सक्छ । वालसाहित्यले बालबालिकालाई सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न मद्दत गर्छ । यसले वालवालिकामा आत्मविश्वासको भावना बढाउन, राष्ट्रप्रेमको भावना जागृत’ गराउन मद्दत गर्छ । विविध कला, संस्कृति, परम्परामा भएका विशिष्ट मूल्यमान्यता तथा लोकसंस्कृतिको हस्तान्तरण गर्न, शब्दभण्डार तथा भाषिक क्षमताको अभिवृद्धि गर्न सहयोग गर्छ । पाठ्यक्रमले निर्देश गरेका सिकाइ उपलब्धि हासिल गराउनका लागिः सन्दर्भ सामग्रीका रूपमा पनि बालसाहित्यको उपयोगं गर्न सकिन्छ । त्यसैले विद्यालयको पुस्तकालयमा बालसाहित्यका पुस्तक पर्याप्त मात्रामा हुनु जरुरी छ । सूचनाको ज्ञान तथा सिर्जन सिपको प्रवर्धन गर्दै वालवालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न बालसाहित्यको आवश्यकता पर्छ ।
(क) बालसाहित्यको विषयवस्तु छनोट गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
उत्तरः वालसाहित्यको विषयवस्तु छनोट गर्दा बालकको उमेर, रुचि, आवश्यकता, मनोविज्ञान आदि कुरामा ध्यान दिनुपर्छ ।
(ख) कस्ता विषयले वालवालिकामा कौतुहलता सिर्जना गर्छ ?
उत्तरः वालवालिकामा घुमफिर, खेलकुद, संस्कृति, सहयोग, मायाममता, मेलमिलाप, सम्मान, पुरस्कारका प्रसङ्ग समेटिएका विषय तथा घटनाले कौतुहल सिर्जना गर्छ ।
(ग) वालसाहित्यको आवश्यकता किन पर्छ ?
उत्तरः सूचनाको ज्ञान तथा सिर्जन सिपको प्रवर्धन गर्दै बालबालिकामा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न बालसाहित्यको आवश्यकता पर्छ ।
(घ) बालसाहित्यका विशेषता के के हुन ?
उत्तरः
विभिन्न विषयक्षेत्रसंग सम्बन्धित तथ्य समावेश भएका रचनाले बाल जिज्ञासाको समाधान गर्न सक्छ ।
विविध कला, संस्कृति, परम्परामा भएका विशिष्ट मूल्यमान्यता तथा लोकसंस्कृतिको हस्तान्तरण गर्छ ।
शब्दभण्डार तथा भाषिक क्षमताको अभिवृद्धि गर्न सहयोग गर्छ ।
(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्
(अ) अनुच्छेदको पहिलो र दोस्रो वाक्यलाई एउटै वाक्यमा संश्लेपण गर्नुहोस् ।
उत्तरः बालबालिकाका निम्ति लेखिएका र वालवालिकाद्वारा रचिएका वालसाहित्यका विषयवस्तु छनोट गर्दा बालकको उमेर, रुचि, आवश्यकता, मनोविज्ञान आदिलाई विशेष ध्यान दिनुपर्छ ।
(आ) अनुच्छेदको अन्तिम वाक्यलाई तीनओटा सरल वाक्यमा विश्लेषण गर्नुहोस् । ’ उत्तरः सूचनाको ज्ञानप्रवर्धन गर्न बालसाहित्यको आवश्यकता पर्छ । बालसाहित्यले सिर्जन सिपको प्रवर्धन गर्छ । बालसाहित्यको प्रयोगले बालवालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुन्छ !
(इ) अनुच्छेदबाट ‘र’ को फरक प्रयोग भेटिने दुईओटा शब्द टिपी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः संस्कृति : बालवालिकालाई सानैदेखि आफ्नो संस्कृतिको माया गर्न सिकाउनु पर्छ । सिर्जनात्मक : बालसाहित्यले वालवालिकाको सिर्जनात्मक क्षमतामा वृद्धि हुन्छ ।
१४. दिइएको सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस् :
आमाले एक्कासि छोरा सन्जयको क्रिकेटको व्याट समाउनुभयो र रिसाउँदै भान्साकोठातिर हान्निनुभयो । आमाले त्यसरी व्याट समाएको र भान्सातिर गएको देखेपछि सन्जयले आत्तिदै सोध्यो, “आमा मेरो व्याट किन भान्सामा लिएर जाँदै हुनुहुन्छ ?” आमाले सन्जयतिर हेर्दै नहेरी जबाफ दिनुभयो, “दाउरा सकियो आज यही ब्याट वालेर भात पकाउँछु । ” सन्जय आत्तियो र भन्न थाल्यो, आमा आज तपाईंलाई के भयो ? मेरो ब्याट किन वाल्ने नि ? आमा फरक्क फर्केर सन्जयतिर हेर्दै भन्नुभयो, तिमीहरूले हिजो क्रिकेट खेल्दा छिमेकीको घरको सिसा फुटायौ र होहल्ला पनि गयौ । खेल खेल्दा खुला चउरमा खेल्नुपर्छ । घर भएका ठाउँमा खेलेर होहल्ला गर्नुहुँदैन र कसैको सम्पत्तिको नाश गर्नुहुँदैन । तिमीले पनि मैले भनेको पटक्कै टेर्दैनौ ! अघ म पनि तिमीलाई टेर्ने बनाउने तरिका खोज्दै छु । मेरो माग पूरा गर्छु अब । सन्जयले आमासँग माफी माग्दै भन्यो, ‘भो आमा म अब कसैलाई असर नपर्ने गरी खुला चउरमा खेल्छु र कसैको सम्पत्तिको नोक्सानी कहिल्यै गर्दिनँ । त्यसपछि आमाले ब्याट जहाँको त्यही ल्याएर राखिदिनुभयो । माथिको सन्दर्भको समस्या समाधान गर्ने शैलीभन्दा फरक तरिकाबाट एक जना आमा र अर्को एक जना छोरो बन्नुहोस् र संवादात्मक रूपमा कक्षामा प्रस्तुत गर्नुहोस् ।
उत्तरः
आमा : सञ्जय खेलेर आयौ ? जाऊ टेबलमा खाजा छ खाऊ ।
छोरो : आमा यो कचौर कति डिलमा राख्नु भएको यो टेवल अलिकति हल्लँदा पनि ‘झर्न सक्छ । आफूलाई मनपर्ने कांचको कचौरा उठाउदै भन्यो ।
आमा : कसरी फुट्छ त्यो त तिम्रो मनपर्ने कचौरा हो जोगाइहाल्छौ नि तिमीले । छिमेकीको झ्यालको सिसा कहाँ हो र ? मुसुमुसु हास्छिन् ।
छोरो : हजुरले थाहा पाउनुभयो
आमा जानेर हैन क्या तल खेल्दा बल उछिट्टिएर गएको हो । आज साथीहरूले खेल्न मैदानमा जान मानेनन् अनि ..
आमा : हेर छोरा ! त्यो कचौरा मैले जानी जानी त्यहाँ राखेकी हुँ । तिमीले के गर्दा रहेछौ हेर्नु थियो मलाई ।
छोरो : मतलव ?
आमा : पख पख भन्दैछु । जसरी तिमीलाई कचौरा सही ठाउँमा नराख्नाले फुट्ला जस्तो लागेर उठायौ त्यसरी नै तल खेल्नका लागि सही ठाउँ हैन भनेर सोच्नुपर्थ्यो ?
छोरो : कचौरा र खेलसंग के सम्वन्ध आमा पनि ।
आमा : पख न कति हतार गरेको ? तिमीलाई जति त्यो कचौराको माया लाग्छ त्यति नै माया छिमेकीलाई पनि आफ्नो झ्यालको लाग्थ्यो । त्यो त तिमीले फुटाएर आयौ ।
छोरो : भने त जानेर होइन भनेर ।
आमा : मलाई थाहा छ मेरो छोराले जानेर कहिल्यै यस्तो काम गर्दैन । त्यो कसरी फुट्यो तिमीलाई थाहा छ ?
छोरो : भन्दैछु त खेल्दा भनेर ।
आमा : होइन, सही ठाउँमा नखेलेर । हेर छोरा जे कुरा पनि सही ठाउँमा भएको राम्रो हुन्छ । जसरी यो कचौरा सही ठाउँमा नभएर आज झन्डै फुटेको थियो त्यसैगरी सही ठाउँमा तिमीले क्रिकेट नखेलेर छिमेकी घरको झ्यालको सिसा फुट्यो । त्यसैले हरेक काम सही ठाउँमा नै गर्नु पर्छ ।
छोरो : मलाई माफ गर्दिनुहोला आमा ! अब म गाउँको माझमा नभएर खेल मैदानमा • मात्र क्रिकेट खेल्ने गर्छु र साथीहरूलाई पनि सम्झाउँछु ।
आमा : स्यावास् छोरा !
सुनाइ र बोलाइ
१. सुनाइ पाठ १६ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक र बेठिक भए बेठिक भन्नुहोस्
उत्तरः
(क) भाषाको स्वाभाविक सुन्दरता, सशक्तता, साहित्यिक उच्चता र लेखककोयोग्यताबाट शैलीको जन्म हुन्छ । (ठिक)
(ख) साहित्यिक कृतिमा शैलीको महत्त्व हुँदैन । (वेठिक)
(ग) शैलीलाई वर्णनात्मक, आत्मकथनात्मक, हास्यमय, व्यङ्ग्यमय ओदिमा विभाजन गरेको पाइन्छ। (ठिक)
(घ) शैली सौन्दर्यबोधक तत्त्व पनि होइन । (वेठिक)
२. सुनाइ पाठ १६ का आधारमा दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) शैली भनेको के हो ?
उत्तरः विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति काम गराइको ढाँचा, परिपाटी,
छाँटकाँट आदिलाई नै शैली हो ।
(ख) शैली कस्तो तत्त्व हो ?
उत्तरः सामान्य भाषालाई विचलन गरी विशिष्टता प्रदान गर्ने क्षमता भएको शैली भाषाको सौन्दर्यबोधक तत्त्व हो ।
(ग) शैलीका दुई प्रकार के के हुन् ?
उत्तर: शैलीका दुई प्रकार सरल र अलङ्कृत हुन् ।
(घ) शैलीको जन्म कसरी हुन्छ ?
उत्तरः बोलचालको सामान्य भाषामा विचलन भई बनेको विचलित अभिव्यक्ति नै रचनाको शैली बनेको हुन्छ ।
भाषिक संरचना र वर्णविन्यास,
२. दिइएको संश्लेषण र विश्लेषणसम्बन्धी अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
धेरै सरल वाक्य जोडेर एउटै छरितो वाक्य बनाउने कार्य वाक्य संश्लेषण हो । वाक्य विश्लेषण वाक्य संश्लेषणको ठिक विपरीत हुन्छ । यसमा जोडिएका वाक्य टुक्र्याइन्छ । वाक्य संश्लेषण र विश्लेषणको अभासबाट कुनै पनि लेख रचनाका लागि उत्कृष्ट वाक्य बनाउन सकिन्छ । यसको अभास गरिरहनुपर्छ । यस्तो वानीले भाषामा राम्रो नियन्त्रण रहन्छ । यसबाट थोरै शब्दमा आफ्ना भाव अभिव्यक्त गर्न सकिन्छ । लेखाइमा द्रुता आउँछ । दुई वा सोभन्दा बढी सरल वाक्यलाई एक सरल, मिश्र वा संयुक्त वाक्यमा रूपान्तरण गर्ने यस्तो प्रक्रियामा भाषाका ज्ञानको आवश्यकता हुने वाक्यमा मुख्य क्रियाको चयन गर्नुपर्ने, पूर्वकालिक वा असमापिका क्रियाको चयन गर्नुपर्ने, विशेषण, नाम र क्रिर्यापदावलीको निर्माण गर्नुपर्ने, आवश्यकताअनुसार उपसर्ग, प्रत्यय र समास विग्रहको प्रयोग गर्नुपर्ने अनि आवश्यकताअनुसार नयाँ शब्दको पनि प्रयोग गर्नुपर्ने हुन्छ ।
(क) अनुच्छेदको पहिलो वाक्यबाट दुईओटा वाक्य बनाउनुहोस् ।
उत्तरः धेरै सरल वाक्य जोडिन्छन् । सरल वाक्य जोड्दा वाक्य संश्लेषण हुन्छ ।
(ख) अनुच्छेदको दोस्रो र तेस्रो वाक्य मिलाई एउटै वाक्य बनाउनुहोस् ।
उत्तरः वाक्य विश्लेषण गर्दा जोडिएर संश्लेषण भएका वाक्यलाई टुक्र्याइन्छ ।
(ग) अनुच्छेदको चौथो वाक्यबाट दुईओटा वाक्य बनाउनुहोस् ।
उत्तरः वाक्य संश्लेषण र विश्लेषणको अभ्स गर्नुपर्छ ।
वाक्य संश्लेषण र विश्लेषणको अभ्सबाट उत्कृष्ट साहित्यिक वाक्य बन्छ ।
(घ) अनुच्छेदको पाँचौँ, छैटौं र सातौं वाक्यलाई मिलाई एउटै वाक्य बनाउनुहोस्।
उत्तरः यसको अास गर्दा भाषामा राम्रो नियन्त्रण गरी थोरै शब्दमा आफ्ना भाव अभिव्यक्त गर्न सकिन्छ ।
(ङ) यस अनुच्छेदको अन्तिम वाक्यबाट पाँचओटा वाक्य बनाउनुहोस् । उत्तर: दुई वा सोभन्दा बढी सरल वाक्यलाई एक सरल, मिश्र वा संयुक्त वाक्यमा
रूपान्तरण गर्नुपर्छ । यस्तो प्रक्रियामा भाषाका ज्ञानको आवश्यकता हुन्छ । वाक्यमा मुख्य क्रियाको चयन गर्नुपर्छ । पूर्वकालिक वा असमापिका क्रियाको चयन गर्न विशेषण, नाम र क्रिर्यापदावलीको निर्माण गर्नुपर्छ । वाक्यमा आवश्यकताअनुसार. उपसर्ग, प्रत्यय र समास विग्रहको प्रयोग गर्नुपर्ने हुन्छ ।
3. ‘आयाम’ कथाको ‘त्यो दिन ……थियो’ अनुच्छेदबाट चारओटा सरल वाक्य टिपी तिनलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् ।
उत्तरः त्यो दिन मेरो जीवनको सबैभन्दा भयानक दिन थियो । मेरा सुन्दर संसार तहसनहस पार्यो । कमल कार्यालयबाट फर्कंदा भएको त्यो मोटरसाइकल दुर्घटना । उफ् ! ऊसंग मैले छोटो समय व्यतीत गरेँ ।
कमल, जोसँग मैले छोटो समय व्यतित गरेँ, ऊ कार्यालयबाट फर्कदा भएको मोटरसाइकल दुर्घटना जुन मेरो जीवनको सबैभन्दा भयानक दिन जसले मेरो सुन्दर संसार तहसनहस पार्यो ।
४. दिइएको कथांशबाट लेख्य चिह्न टिपी तिनको नाम लेख्नुहोस् । तिनको प्रयोग भिन्नताबारे कक्षामा छलफल गर्नुहोस् :
“म अहिल्यै बुढी भईसकेँ भन्ने ठानेको ? यति काम गर्न सक्दिन सोचेछ । हातगोडा तगडै छन् । याङ्जीलाई कामको धपेडी छ । म कामबाट अलिक छिटो आइपुग्छु । मलाई फुर्सद भएरै गरेकी हुँ । ” यसो भन्दाभन्दै मानौँ आमाका अनुहारमा बाबर पाक्थ्यो । यसो भनेर आमा अनुहारमा वावर पकाउनुहुन्थ्यो । सेतो, फराकिलो, नरम र स्वादिलो बाबर । ”
उत्तर: उद्धरण, ? : प्रश्नवाचक । पूर्णविराम, अल्पविराम”.
५. पूर्णविराम, अल्पविराम, अर्धविराम, प्रश्नवाचक, उद्गार, कोष्ठक, निर्देश, उद्धरणचिह्न, विकल्पबोधक चिह्नमध्ये कुनै पांचमोटा लेख्य चिह्नको प्रयोग गरी ‘महिला सहभागिता’ विषयमा एउटा अनुच्छेद रचना गर्नुहोस् ।
उत्तरः समाजको विकास गर्नु छ भने महिलालाई सामाजिक काममा अघि सार्नु पर्दछ । “महिलाको सहभागिता नै विकासको चाबी हो” भन्ने हाम्रा हजुरबा यस समाजका प्रमुख सुधारक हुनुहुन्छ । उहाँलाई साथ दिन गाउँका मुखिया, तल्लाघरे काक़ा लगायत लाग्नु भएको थियो । एक दिन मैले बहिनीलाई तँ छोरीमान्छे यसो गर्न सक्दिनस् भनेको थिएँ; हजुरबाले मलाई राम ! यो तैंले के भनिस् ? भनेर झन्डै मार्नुभयो ।
७. ‘पाठबाट ‘र’ को फरक फरक रूप प्रयोग भएका कुनै पाँचओटा शब्द टिपोट गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
उत्तरः
सहर : आजभोलि मानिसहरू सहरमा वसेर दिक्क भएको बेला हावापानी परिवर्तन गर्न भन्दै गाउँ जाने गर्छन् ।
आकृति : चित्र बनाउँदा बाहिरी मात्र होइन त्यसको भित्री आकृति पनि दिन सक्ने व्यक्ति नै सच्चा चित्रकार हो ।
गर्थे: म सानामा धेरै चकचक गर्थे ।
हृदय : अरूको भन्न सक्दिनँ तर आमाको माया भनेको हृदयदेखि कै हुन्छ ।
ड्राइभर : हाम्रो घरको ड्राइभर दाइ मलाई आफ्नै दाइ जस्तो लाग्छं ।
सिर्जना र परियोजना कार्य
१. तपाईंलाई मन परेको शीर्षकमा एउटा कथा लेख्नुहोस् ।
उत्तर: अकबर र बिरबल
एक राज्यमा अकबर नाम गरेका राजा बस्दथे। त्यो राज्यमा सवैले न्याय पाउँथे र अपराधीले दण्ड पानी पाउँथे । अकबर राजालाई राम्रो सल्हाहा दिन त्यहाँ उनको मन्त्री
बिरबल थियो। एक पटक, एक धनी व्यापारी राजा अकबरको दरबारमा मद्दत लिन आयो । त्यो व्यापारीको घरमा चोरी भएको रहेछ र उसलाई शंका रहेछ कि उसको अमुल्य सामान कुनै एउटा नोकरले चोरेको हो । धेरै सोधपुछ र तलासी गर्दा पनि उसले आफ्नो सामान नभेटाएर चोर पत्ता लगाउनु पर्यो भन्दै सहयोग माग्न आयो ।
सबै कुरा बुझेर बीरबलले एउटा चतुर योजनाको बनायो र व्यापारीका नोकरहरुलाई बोलाए ।
उसले प्रत्येक नोकरलाई एउटै लम्बाइको एक-एक ओटा लौरो दियो । अनि उनले उनीहरुलाई भनेः “तिमीहरुमै एक जना चोर छौ । मैले सबैलाई एउटै लम्बाईको लौरो दिएको छु। जसले त्यो सामान चोरेको हो, उसको लौरो भोलि दुइ इन्च बढ्नेछ । भोलि सबैको लौरो नाप्छु र चोर पत्ता लगाउँछु ।
भोलिपल्ट बीरबलले नोकरहरुलाई फेरि बोलाए र पालै पालो लौरोको नाप लिए। एकजना नोकरको लौरो अरु सबैको लौरोभन्दा दुई इन्च छोटो थियो । मूर्ख चोरले, बिरबलले भनेको कुरा सत्य ठानेर, भोलि दुइ इन्च बढ्ला भनेर आफ्नो लाठीलाई दुई इन्च छोटो काटेको थियो । त्यसपछि राजाले चोरलाई सहि सजाय दिए ।
2. पुस्तकालयबाट कुनै एउटा कथा खोजेर ल्याउनुहोस् र कक्षामा सुनाउनुहोस् ।
उत्तर: बाँदर र हात्ती
यो जनावरहरूको कथा हो । एकादेशमा एउटा पोखरी थियो र त्यो पोखरीको छेउंमा एउटा जामुन फलको रुख थियो । त्यो रुखमा एउटा बाँदर बस्थ्यो । उसले हरेक दिन मीठो जामुन टिप्दै खान्थ्यो । एक पटक उसले त्यो पोखरीमा एउटा गोहीलाई आराम गरेको देख्यो जो थकित र भोको देखिन्थ्यो । उनलाई त्यो गोही देखेर माया लाग्यो र अलिकति जामुन टिपेर खान दियो ।
गोहीले जामुन खायो र उसलाई जामुन निकै स्वादिस्ट लाग्यो र उसले बाँदरलाई धन्यवाद दियो । दिन बित्दै गए र उनीहरु एकदमै मिल्ने राम्रो साथी बने । गोहीले सधैँ केही जामुन बचाएर आफ्नी श्रीमती गोहीलाई पनि लगिदिन्थ्यो । श्रीमती गोहीलाई पनि त्यो जामुन निकै नै स्वादिस्ट लाग्यो । तर गोहीको श्रीमती दुष्ट गोही थिइन् ।
उनले आफ्नो श्रीमान गोहीलाई भनिन् : “त्यो बाँदरले दिएको जामुन त यस्तो स्वादिस्ट छ, उसको मुटु झन् कति स्वादिस्ट होला ? मलाई त्यो बाँदरको मुटु जसरी भएपनि खानु छ । ”
यो कुरा सुनेर गोही सुरुमा रिसाएको थियो तर आफ्नी श्रीमतीको इच्छालाई नाइँ भन्न सकेन । भोलिपल्ट गोहीले बाँदरलाई गएर भन्योः ” मित्र ! तिमि आज मसँगै घर जाऊँ है । मेरी श्रीमतीले तिम्रोलागि निकै मिठो खाना बनाएर राखेकी छिन् । ” बाँदर पनि साथीको घरको निम्तो पाउँदा खुसी भयो र जना तयार भयो ।
उनीहरु आधा बाटो पुगेका थिए र गफै गफको तालमा, गोहीले आफ्नी श्रीमतीको सबै योजना बताई दियो । यो कुरा सुनेर बाँदर झसङ्ग भयो र अब कसरी यो गोहीबाट बच्ने –होला भनेर सोच्न थाल्यो । बाँदर, चतुर भएकोले, उसले गोहीलाई भन्यो, “लौ जा, तपाईंको श्रीमतीलाई मेरो मुटु चाहीएको रहेछ तर मैले त मुटु बिर्सिएर जामुनको बोटमै पो छोडेर आएँ । ” मुर्ख गोहीले बाँदरको कुरा पत्याएर बाँदरलाई त्येही जामुनको बोट भएको ठाउँमा फिर्ता लगिदियो ।
जामुनको बोट देख्ने बितिकै बाँदर फुत्त उफ्रेर रुखमा चड्यो । रुखमा पुगेपछि बाँदरले गोहीलाई भन्यो, “कसले आफ्नो मुटु झिकेर अन्तै राख्न सक्छ र ? त्यसपछी गोही सधैं एक्लो र भोको भयो ।