You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Com. Nepali Class 10 Note
Login

Curriculum

Com. Nepali Class 10 Note

अनिवार्य नेपाली १०

0/17
Text lesson

पाठ १७ सन्दुक रुइत

परिचय

सन्दुक रुइत ताप्लेजुङ जिल्ला, ओलाङचुङगोलाको दुर्गम गाउँमा जन्मिएका मध्यम वर्गका व्यक्ति हुन् । नेपालको राष्ट्रदीप’ पदकले विभूषित रुइतले सानोमा निकै सङ्घर्ष गरेर पढ्दै अन्त्यमा विश्वकै विशिष्ट डाक्टर बनेर नेपाल र नेपालीको नामलाई संसारभर चिनाएका छन् । उनले भारतको लखनउबाट एमबिबिएस पास गरेपछि नेपाल फर्केर वीर अस्पतालमा जनरल फिजिसियनका रूपमा तिन वर्ष काम गरे । त्यसपछि मानिसहरूको आँखाको उपचार गर्ने क्रममा देशका विभिन्न दुर्गम जिल्लामा गएका डाक्टर रुइतले छोटो समयमै मानिसलाई खुसी पार्र्ने कुनै बाटो छ भने त्यो आँखाको उपचार नै हो भन्ने उनलाई लाग्यो । त्यसपछि डाक्टर सन्दुकले जीवनभर आँखाको उपचारमा लाग्ने अठोट गरेका थिए । उनले वि.सं.२०४३ मा मोतीबिन्दुको उपचारमा अस्ट्रेलियाबाट आँखाको शल्यक्रियाका क्षेत्रमा विशेष दक्षता हासिल गरे । यस क्रममा आँखाको उपचारको क्रममा उनले कैयौँ दृष्टिविहीनहरूलाई नयाँ उज्यालो संसार दिने काम गरे । आँखा उपचारमा सहभागी हुँदै शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे । उनले आविष्कार गरेको प्रविधि सबैभन्दा सस्तो र भरपर्दो सावित भयो । यही प्रविधि अन्तर्राष्ट्रिय जगत्‌मा नेपाली प्रविधि अर्थात् रुइतेक्क्टोमेमीको रूपमा विश्वभरि चर्चित छ । वि.सं.२०५१ मा तिलगङ्गा आँखा केन्द्रको स्थापना र वि.सं.२०५५मॉ प्रोग्राम अस्ट्रेलिया नेपाल’ नामक संस्था स्थापना गर्ने काममा उनको ठुलो योगदान छ । लामो समयको खोज र अनुसन्धानपछि इन्ट्राओकुर लेन्स’ बनाउने पहिलो डाक्टर उनै हुन् । अहिले अमेरिकामा पनि यही लेन्सको प्रयोग गर्न थालिएको छ । यसका साथै हाल उनले तिलगङ्गा आँखा केन्द्रमार्फत विश्वका डाक्टरलाई नेपाली प्रविधि सिकाइरहेका छन् । यसरी धैर्य, साहस, दृढ इच्छा शक्ति र सङ्घर्षले नै मानिस जीवनमा सफल हुन सक्छ भन्ने प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।

महत्त्वपूर्ण बुदाँ

  •  दुर्गम गाउँमा जन्मिएर पनि महान चाहना र दृड इच्छा शक्ति बोकेर आगि बढेको,
  •  कर्मशील व्यक्ति आफुले टेकेको धर्तीलाई मुटु र शरीरमा सजाउदै सम्पन्न मुलुकबाट आएका विभिन्न अवसरलाई अस्वीकार गर्दै आफ्नै मातृभूमिका सेवामा तल्लीन व्यक्ति,
  •  बिश्वो विख्यात सरल र कम लागतमा मोति बिन्दुको चिकित्सा पद्दति रुईतेक्टोमीका सुरुवात कर्ता,
  •  आमाको फरियामा लुट्मुटिदै खल्ने सात बर्सको कलिलो उमेरमा दार्जिलिङमा गएर संघर्सको सुरुवात गर्दै प्रख्यात आखाको डाक्टर बन्न सफल, संघर्सशील, प्रेरक व्यक्तितो,
  •  एक दाजु र दुई बहिनीको हृदय बिदा र अन्त्यको पिडालाई साहासमा बदल्दै अगाडी बढेका सफल व्यक्ति,
  • सुरुमा जनरल फिजिसियन र पछि आँखाँको उत्कृष्ट डाक्टर बने,
  •  लामो समयको खोज र अनुशन्धान पछि एन्ट्राओकुलर लेन्सपद्दति पत्ता लगाएपछि बिश्वोमा नेपालको नबिन प्रविधि रुइतेक्टोमीको रुपमा बिश्वोमा परिचित प्रविधिका आविस्कारक

 

अभ्यास

शब्दभण्डार

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

शब्द             अर्थ

विख्यात प्रसिद्ध

शोकाकुल शोकको पीडाले छटपटाएको अधीन

मातहत अधीन

मोतीबिन्दुआँखाको नानीमा जालो पर्ने एक रोग

सर्वसुलभ सहज उपलब्ध

माथा शिर

 

२. दिइएका पद पदावलीको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् :

घराना (घरको मर्यादा, खानदान) : सन्दुक रुइत व्यापारिक घरानामा जन्मेका थिए ।

 

घुँक्कघुँक्क गर्नु (रुनु) : बाबा विदेश जाँदा मम्मी घुँक्कघुँक्क गर्नुभएको थियो ।

 

जनरल फिजिसियन (सामान्य रुपमा शरीरका प्रत्येक अङ्गसम्बन्धी ज्ञान भएको डाक्टर) : एमबिबिएस उत्तीर्ण गरेपछि  सन्दुक रुइतले जनरल फिजिसियनका रुपमा काम गरेका थिए ।

 दृष्टिविहीनता (आँखाले देख्न नसक्ने अवस्था ): सन्दुक रुइतले दृष्टिविहीनता भएका लाखौं मान्छेहरुलाई ज्योति प्रद गरेका छन् ।

 

शिविर (उपचार, यात्रा आदिका अवसरमा अस्थायी रुपमा संरचना बनाई बस्ने कार्य)

: सन्दुक रुइतले दुर्गम ठाऊमा शिविर राखेर पनि मोतीबिन्दुको उपचार गरेका छन ।

 

३. दिइएको अनुच्छेदबाट प्राविधिक शब्द पहिचान गरी अनुच्छेदमा प्रयोग गरिएको भन्दा अलग वाक्य निर्माण गर्नुहोस् :

शल्यक्रिया : डाक्टरले बिरामीको शल्यक्रिया गर्छन्

रुइतेक्टोमी : रुइतेक्टोमी मोतीबिन्दुको उपचार गर्ने सस्तो र भरपर्दो पद्धति हो ।

मोतीबिन्दु : मोतीबिन्दु आँखामा लाग्ने रोग हो ।

→  भिडियो : मैले मोबाइलबाट भिडियो हेरें    

→  वृत्तचित्र : सन्दुक रुइतबारे धेरै वृत्तचित्र बनाइएका छन् ।

→  प्रतिष्ठान : नेपालमा सेवाका क्षेत्रमा धेरै प्रतिष्ठानहरु स्थापना भएका छन् ।

समाचार : समाचार पढेर घटनाका बारेमा थाहा भयो ।

 

 

बोध र अभिव्यक्ति

१. दिइएका शब्दलाई शुद्ध उच्चारण गर्नुहोस् :

 भूपरिवेष्टित, शृङ्खला, हृदय, सङ्कीर्ण, रुइतेक्टोमी, इन्ट्राओकुलर लेन्स

३. सन्दुक रुइत जीवनी पढी त्यसको संरचनाबारे सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) सन्दुक रुइत जीवनी कति अनुच्छेदमा संरचित छ ?

सन्दुक रुइत जीवनी पन्ध्र अनुच्छेदमा संरचित छ ।

 

ख) इन्ट्राओकुलर लेन्सको प्रसङ्ग कुन अनुच्छेदमा छ ?

इन्ट्राओकुलर लेन्सको प्रसङ्ग पाठको नवौँ अनुच्छेदमा छ ।

 

ग) रुइते रुइतेक्टोमीको विकासबारे कुन अनुच्छेदमा वर्णन गरिएको छ ?

रुइतेक्टोमीको विकासबारे आठौं अनुच्छेदमा वर्णन गरिएको छ ।

 

घ) जीवनीको जीवनीको तेस्रो अनुच्छेदको सार के हो ?

दुर्गम भूगोलमा जन्मेका सन्दुक रुइत अध्ययनका लागि नजिकमा विद्यालय नभएपछि पन्ध्र दिन लगाएर भारतको दार्जिलिङ जानुपरेको कुरा तेस्रो अनुच्छेदको सार हो ।

 

४. दिइएको अनुच्छेद मौनपठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

क) रुइतले वीर अस्पतालमा कति वर्ष काम गरे ?

रुइतले वीर अस्पतालमा तीन वर्ष काम गरे ।

 

ख) उनको ध्यान आँखाका बिरामीतिर जानुको कारण के थियो ?
आँखा शिविरमा उपचार गर्ने क्रममा उनले आँखाका बिरामीको भयावह अवस्था देखे । यस्तो अवस्था देखेर उनी आँखाका बिरामीतिर गएका थिए ।  


ग) उनले बालबालिकाको आँखाको ज्योति फर्किएपछि कस्तो अनुभव गरे ?
बालबालिकाको आँखाको ज्योति फर्किएपछि मानिसलाई खुसी पार्ने र छोटो समयमै उनीहरूको मुहारमा उज्यालो छर्ने कुनै बाटो छ भने त्यो आँखाको उपचार नै हो भन्ने अनुभव गरे ।


घ) उनको जीवनमा नयाँ मोड कसरी सिर्जना भयो ?
आँखा शिविरमा उपचार गर्ने क्रममा अपरेसनपछि एकै घरका पाँच छ जना आँखा रोगीका बालबालिकाले संसार देखेको खुसीको त्यो क्षणले रुइतको जीवनमा नयाँ मोड सिर्जना भयो ।


५. दिइएका घटनाको क्रम मिलाएर लेख्नुहोस् :
ओलाङचुङगोलाबाट १५ दिन लगाएर दार्जिलिङ पुग्नु

 काठमाडौँ आएर विद्यालयमा भर्ना हुनु
 प्रवेशिका परीक्षा उत्तीर्ण हुनु
 एमबिबिएस पढ्न भारतको लखनउ जानु
 अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स कलेजबाट एम. डी गर्न छात्रवृत्ति पाउनु
रोमन म्यागासेसे पुरस्कार पाउनु


६. व्याख्या गर्नुहोस् :

क) मानिसलाई खुसी पार्ने र छोटो समयमै उनीहरूको मुहारमा उज्यालो छर्ने कुनै बाटो छ भने त्यो आँखाको उपचार नै हो ।

प्रस्तुत विचार आँखाका विश्वप्रसिद्ध डाक्टर सन्दुक रुइतको जीवनी पाठबाट साभार गरिएको हो सन्दुक रुइतले आँखा उपचारलाई सहज सर्वसुलभ बनाए उनले आविष्कार गरेको रुइतेक्टोमी पद्धति आँखा उपचारमा सबैभन्दा सस्तो भरपर्दो साबित भयो

सन्दुक रुइतले नेपालगञ्जमा भएको आँखा शिविरमा उपचार गर्ने क्रममा एकै परिवारका पाँचछ जना बच्चा आँखा देख्न नसक्ने भएर शिविरमा उपचारका लागि आएको देखेका थिए । आँखाका बिरामीको यो भयावह अवस्था देखेर उनी दुःखी भए। यही घटनाबाट उनको ध्यान आँखा रोगीतर्फ आकृष्ट भयो । त्यही समयमा केही घण्टाको अपरेसनपछि आँखा रोगीले संसार देख्न पाए । बालबालिकामा एकसाथ फर्किएको आँखाको ज्योति अनि त्यसले उनीहरूका अभिभावकलाई दिएको खुसी उनले नजिकबाट हेर्ने मौका पाए । मानिसलाई खुसी पार्ने र छोटो समयमै उनीहरूको मुहारमा उज्यालो छर्ने कुनै बाटो छ भने त्यो आँखाको उपचार नै हो भन्ने उनलाई लाग्यो । त्यही दिन डाक्टर सन्दुकले आँखाको उपचारमा लाग्ने अठोट गरे । एकै घरका पाँचछ जना बालबालिकाले संसार देखेको खुसीको त्यो क्षणले रुइतको जीवनमा नयाँ मोड ल्याइदिएको थियो । रुइत एउटा सरल र सस्तो पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे । त्यसैले समूह बनाएर ठाउँ ठाउँमा पुगेर आँखा उपचारमा सहभागी हुँदै शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे । यही प्रविधि अन्तर्राष्ट्रिय जगत्‌मा नेपालीँ प्रविधि अर्थात् रुइतॆक्टोमीको रूपमा विश्वभरि चर्चित छ ।

 

ख) धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ ।

उत्तर :  प्रस्तुत विचार आँखाका विश्वप्रसिद्ध डाक्टर सन्दुक रुइतको जीवनी पाठबाट साभार गरिएको हो । ओलाङचुङगोला जस्तो दुर्गम गाउँमा मध्यम वर्गीय व्यापारिक परिवारमा जन्मिएका सन्दुक रुइत आँखाका विश्वप्रसिदूध डाक्टर हुन् उनी विश्व विख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमीका सुरुवातकर्ता हुन् ।

सन्दुक रुइतले यो सफलता सहजै प्राप्त गरेका हैनन् । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षले उनलाई यो उचाइमम्म पुऱ्याएको हो । उनले विभिन्न अभाव र पीडाका बीच पनि साहस र आत्मबलका साथ अध्ययनलाई निरन्तरता दिइरहे । १५ दिन हिँडेर दार्जिलिङ पुगी त्यहीँ एक्लै बसेर औपचारिक अध्ययन सुरु गरेका रुइतले धेरै सङ्घर्ष गर्नुपरेको थियो । काठमाडौँ बसेर अध्ययन गर्दा उनकी बहिनीको निधन भएको घटनाले पनि उनी निकै दुःखी भएका थिएँ । क्षयरोगको उपचार नपाएर बहिनीको अकाल मृत्यु भएपछि उनले डाक्टर बन्ने अठोट गरेका थिए । उनी अत्यन्त मिहिनेतका साथ अध्ययन गर्दै गए । एमबिबिएस पूरा गरेपछि उनको ध्यान आँखाका रोगीतर्फ आकृष्ट भयो र उनले आँखाको उपचारमा लाग्ने अठोट गरे । नेपालमा आँखा उपचारलाई सहज र सर्वसुलभ बनाउन हरसम्भव प्रयास गरे । रुइत एउटा सरल र सस्तो पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे । उनले समूह बनाएर शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा नयाँ प्रविधिको आविष्कार गरे । उनले आविष्कार गरेको पद्धति सबैभन्दा सस्तो र भरपर्दो साबित भयो ।

 

जीवनमा जस्तोसुकै अभाव र पीडा परे पनि साहस र आत्मबलका साथ आफ्नो कामलाई निरन्तरता दिइरहनुपर्छ । मनमा कुनै कुरा प्राप्त गर्ने दृढ अठोट गरेको छ र त्यसको प्राप्तिको लागि लगनशील भएर अगाडि बढिएको छ भने अवश्य लक्ष्य चुम्न सकिन्छ भन्ने विचार स्पष्ट भएको छ ।

 

७. छोटो उत्तर दिनुहोस् :

क) रुइतको बाल्यकाल कसरी बित्यो, लेख्नुहोस् ।

सन्दुक रुइत वि.सं. २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला भन्ने ठाउँमा जन्मेका हुन्। मध्यम वर्गीय व्यापारिक घरानामा जन्मेका रुइतको बाल्यकाल ओलाङचुङगोलकाको सुन्दर प्रकृतिको काखमा बित्याँ । उनी त्यहाँ डाँडा पाखामा फुलेका गुराँसका फूलहरु हेरेर मुग्ध हुन्थे र सेताम्मे देखिने हिमालहरु हेरेर रमाउँथे । उनको बाल्यकाल असाध्यै रमाइलो र लोभलाग्दो थियो ।


ख) रुइतेक्टोमीबाट आँखाको उपचार कसरी गरिन्छ ?

 रुइतेक्टोमी आँखाका विश्व प्रसिद्ध डाक्टर सन्दुक रुइतले आविष्कार गरेको शल्यक्रियामार्फत् आँखा उपचार गर्ने सस्तो र भरपर्दो पद्धति हो । रुइतेक्टोमीमा शल्यक्रियापछि इन्ट्राओकुलर लेन्स बिरामीको आँखामा लगाइन्छ र बिरामीहरु आफ्नै आँखाबाट संसार देख्छन् ।

 

ग) सन्दुक रुइतको जीवनीबाट के प्रेरणा पाउन सकिन्छ ?

 जीवनमा जस्तोसुकै अभाव र पीडा परे पनि साहस र आत्मबलका साथ आफ्नो कामलाई निरन्तरता दिइरहनुपर्छ । मनमा कुनै कुरा प्राप्त गर्ने दृढ अठोट गरेको छ र त्यसको प्राप्तिको लागि लगनशील भएर अगाडि बढिएको छ भने अवश्य लक्ष्य चुम्न सकिन्छ । मोज मस्ती र भौतिक सुख सुविधाको लागि विदेश पलायन हुनुहुँदैन, बरु आफ्नै मातृभूमिमा बसेर देश र जनताको भलाइका लागि कोसिस गरिरहनुपर्छ भन्ने प्रेरणा सन्दुक रुइँतको जीवनीबाट पाउन सकिन्छ ।

 

८. सन्दुक रुइतले आँखाको उपचारमा पुयाएका योगदानको चर्चा गर्नुहोस् ।

सन्दुक रुइत वि.सं. २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला भन्ने दुर्गम ठाउँमा जन्मेका हुन् । सन्दुक रुइतँ आँखाका विश्वप्रसिद्ध डाक्टर हुन् । उनी विश्व विख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमीका सुरुवातकर्ता हुन् । डेढ लाखभन्दा बढी मोतीबिन्दुका बिरामीको सफल शल्यक्रिया गरेका रुइत दृष्टिका देवता नामले पनि चिनिन्छन् ।

सन्दुकले विभिन्न अभाव र पीडाका बीच पनि साहस र आत्मबलका साथ अध्ययनलाई निरन्तरता दिइरहे । सिद्धार्थ वनस्थली स्कुलबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले त्रिचन्द्र कलेजबाट आइएस्सी पूरा गरे । लखनउको किड्स जर्ज -मेडिकल कलेजबाट एमबिपिएस का रुइतले वीर अस्पतालमा जनरल फिजिसियनको रुपमा काम सुरु गरे । त्यहाँ उनको सङ्गत आँखाका डाक्टरसँग भयो । त्यतिबेला उनको ध्यान आँखाका रोगीतर्फ आकृष्ट भयो र उनले आँखा उपचारमा लाग्ने अठोट गरे । उनले आँखा उपचारमा अस्ट्रेलिया गएर थप विशेषज्ञता हासिल गरे । उनले त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष सेवा गरे । नेपालमा आँखा उपचारलाई सहज र सर्वसुलभ बनाउन हरसम्भव प्रयास गरेँ । दृष्टिविहीन हुनुको मुख्य कारण मोतीबिन्दु भएकाले यसको शल्यक्रियामा उनी सक्रिय बन्न थाले । त्यतिबेला शल्यक्रिया गर्ने पद्धति पुरानो र महङ्गो पनि थियो । त्यसैले रुइत एउटा सरल र सस्तो पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे ं । उनले समूह बनाएर शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा नयाँ प्रविधिको आविष्कार गरे । उनले आविष्कार गरेको पद्धति सबैभन्दा सस्तो र भरपर्दो साबित भयो । यही प्रविधि अन्तर्राष्ट्रिय जगत्‌मा नेपाली रुइतले पहिलेदेखि नै नेपालमा एउटा सुविधा सम्पन्न आँखा उपचार केन्द्रको सपना देखेका थिए । फ्रेड हलोज फाउन्डेसन, नेपालका वरिष्ठ समाजसेवी, कलाकार, उद्यमी तथा साहित्यकार लगायतको सामूहिक प्रयासबाट वि. सं. २०५१ मा तिलगङ्गा आँखा केन्द्रको स्थापना भयो । उनले लामो समयको खोज र अनुसन्धानपछि आधुनिक मोतीबिन्दुको प्रभावकारी सरलीकरण र न्यून मूल्यको विश्व स्तरीय इन्ट्राओकुलर लेन्सबनाए । यो विश्वस्तरीय लेन्स नेपालमा न्यून मूल्यमा उत्पादन भएपछि मोतीबिन्दुको उपचार पद्धति विश्वभरका करोडौं सीमान्तकृत व्यक्तिको पहुँचमा पुग्वधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ । उनले मोतीबिन्दुको शल्यक्रिया भिडियोमार्फत् र सम्भव भएसम्म आफै उपस्थित भएर संसारभरिका डाक्टरलाई सिकाउँदै आएका छन् । उनकै योगदानले नेपालमा आँखा उपचारको पहुँच ठाउँ ठाउँमा पुगेको छ भने आँखा स्वस्थ राख्न जनचेतना फैलाउने काम पनि उनले गरेका छन् ।

रुइत विश्वका चर्चित र सफल डाक्टर बनेका छन् । यस्ता महान् व्यक्तित्व सन्दुक रुइतले उच्च सम्मानस्वरूप सन् २०२३ मा १० लाख अमेरिकी डलर बराबरको विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको इसा अवार्ड प्राप्त गरेका छन् । यसरी अन्धोपन न्यूनीकरण गरी मानव कल्याणमा उनले गरेको योगदान अतुलनीय छ ।

 

९. सन्दुक अध्ययनशील …. निरन्तरता दिइरहे । अनुच्छेदबाट चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

बुँदा टिपोट :-

अध्ययनशील प्रवृत्तिका सन्दुक सिद्धार्थ वनस्थली स्कुलमा भर्ना हुनु,

बहिनीको अकालमा निधन भएको घटनाले रुइत निकै भावुक बन्नु,

बिरामी अवस्थामा बहिनीले रुइतलाई राम्रो पढेर केही गर्ने खुबी तपाईंसँग छ भन्ने गर्नु,

चिकित्सा पढेर केही गर्ने साहस र आत्मबलका साथ रुइतले अध्ययनलाई निरन्तरता दिनु ।

 

रुइत र रुइतेक्टोमी

अध्ययनशील प्रवृत्तिका सन्दुक सिद्धार्थ वनस्थली स्कुलमा भर्ना भए । बहिनीको अकालमा निधन भएको घटनाले रुइत निकै भावुक बने । बिरामी अवस्थामा बहिनीले रुइतलाई राम्रो पढेर केही गर्ने खुबी तपाईंसँग छ भन्ने गर्थिन् । चिकित्सा पढेर केही गर्ने साहस र आत्मबलका साथ रुइतले अध्ययनलाई निरन्तरता दिए ।

अनुच्छेदमा दिइएको शब्द सङ्ख्याः ११४

सारांशमा हुनुपर्ने शब्द सङ्ख्याः ३८

सारांशमा भएको शब्द सङ्ख्याः ४२

१०.सन्दुक रुइत जीवनीको सार पक्ष के हो, लेख्नुहोस् ।

 धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ । जीवनमा जस्तोसुकै अभाव र पीडा परे पनि साहस र आत्मबलका साथ आफ्नो कामलाई निरन्तरता दिइरहनुपर्छ । मनमा कुनै कुरा प्राप्त गर्ने दृढ अठोट गरेको छ र त्यसको प्राप्तिको लागि लगनशील भएर अगाडि बढिएको छ भने अवश्य लक्ष्य चुम्न सकिन्छ । भौतिक सुख सुविधाको लागि विदेश पलायन हुनुहुँदैन, बरु आफ्नै मातृभूमिमा बसेर देश र जनताको भलाइका लागि काम गरिरहनुपर्छ । सन्दुक रुइत आँखाका विश्वप्रसिद्ध डाक्टर हुन् । उनी विश्व विख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमीका सुरुवातकर्ता हुन् । सन्दुक रुइतले यो सफलता सहजै प्राप्त गरेका हैनन् । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षले नै उनलाई यो उचाइसम्म पुयाएको हो ।

 

११. सन्दुक रुइतले अन्तर्राष्ट्रिय स्तरको छवि बनाएर आफ्नो जन्मभूमिको उचाइका लागि गरेका कार्यबाट तपाईंमा के कस्ता भाव उत्पन्न भए, लेख्नुहोस् ।

डा. सन्दुक रुइतलाई विश्वभर दृष्टिका देवता (गड अफ साइट) भनेर चिनिन्छ । डा. रुइतको जीवन अन्वेषण, सङ्घर्ष, साहस र समर्पणले भरिएको छ । जीवनका हरेक प्रहर र उतारचढावहरूमा उनले नवीन ऊर्जाका साथ तय गरेको नागबेली यात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । जसले मानिसको जीवनमा ज्योति भर्न, ऊर्जा थप्न मद्दत गर्छ ।

 

डा. रुइतको सुकर्मबाट लाखौँ मानिसहरूले नयाँ जीवन पाएका छन् । सफल चिकित्सक बन्न रुइतले गरेको सङ्घर्षसहितको जीवनी पढेपछि मलाई सफल हुन ठूलो सहरमै जन्मनुपर्ने रहेनछ भन्ने लाग्यो । ठूलो सहरको नाम चलेको स्कुलमै पढ्नुपर्छ भन्ने पनि रहेनछ । मिहिनेत गरेर पढियो भने जहाँ रहे पनि सफलता चुम्न सकिन्छ भन्ने लाग्यो । मैले अब कक्षा ११ – १२ मा विज्ञान पढ्ने र मेडिकल क्षेत्रमा पढ्ने योजना बनाएकी छु । मैले अब डा. सन्दुक रुइतजस्तै ठूलो डाक्टर बनेर स्वास्थ्य क्षेत्रमा सेवा गर्ने सपना पालेकी छु । मैले त्यही अठोट गरेर एसईई परीक्षाको तयारी गरिरहेकी छु । सन्दुक रुइतले चाहेका भए अस्ट्रेलिया, अमेरिका बसेर सानदार जीवन बिताउन सक्थे तर उनी नेपालमै बसेर देशमै केही गर्ने अठोट लिए । नेपालमा बसेर केही गर्न सकिँदैन भन्नेहरुका लागि असल उदाहरण बने ।

 

१२. तल दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

अ) चलचित्रका दर्शक को हुन सक्छन् ?

विश्वभरका मानिस चलचित्रका दर्शक हुन सक्छन् ।

 

आ) चलचित्रलाई उद्योग मान्नुको कारण के हो ?

चलचित्रबाट धेरैले रोजगार पाउने, अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने, देशका सम्पदा प्रवर्धनमा पनि सहयोग पुऱ्याउने आदि कारणले चलचित्रलाई उद्योग मानिएको हो ।

 

इ) चलचित्रले के कस्ता विज्ञलाई सहयोग गर्छ ?

चलचित्रले समाजशास्त्री, भाषाशास्त्री, मानवशास्त्री, इतिहासकार, साहित्यकार, राजनीतिज्ञ वा अनेक विषयका विज्ञलाई सहयोग गर्छ ।

 

ई) चलचित्रले देशको अर्थतन्त्रमा पार्ने कुनै दुई सकारात्मक प्रभाव लेख्नुहोस् ।

चलचित्रले रोजगारी सिर्जना हुने र विदेशी मुद्रा आर्जन हुने देशको अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावहरु हुन् ।

 

ख)

अ) यसले रोजगारका अरू अवसर सिर्जना गर्छवाक्यलाई वाच्यमा परिवर्तन गर्नुहोस् ।

यसद्वारा रोजगारका अरू अवसर सिर्जना गरिन्छ  ।

 

आ) अनुच्छेदबाट एउटा कर्तृवाच्य पहिचान गरी त्यसलाई कर्मवाच्यमा परिवर्तन गर्नुहोस् ।

एउटै चलचित्रमा पटकथा लेखक, सम्पादक, कलाकार, प्राविधिक, हल सञ्चालक, मजदुरसमेत गरी सयौंले रोजगार पाउँछन् । एउटै चलचित्रमा पटकथा लेखक, सम्पादक, कलाकार, प्राविधिक, हल सञ्चालक, मजदुरसमेत गरी सयौँद्वारा रोजगार पाइन्छ  ।

 

इ) यो प्रविधि हो, ज्ञानको भण्डा र हो रकुनै पनिराष्ट्र,  र भाषा कोगौरव पनि हो यस वाक्यलाई पदयोग र पदवियोग मिलाई लेख्नुहोस् ।

 

यो प्रविधि हो, ज्ञानको भण्डार हो र कनै पनि राष्ट, जाति र भाषाको गौरव पनि हो ।

 

भाषिक संरचना र वर्णविन्यास

१. तलको अनुच्छेदलाई कर्तृवाच्यमा परिवर्तन गर्नुहोस् :

 मैले पढ्ने वेला पढ़ें। खेल्ने वेला खेलें । अरूलाई घोचपेच गरिनँ । कसैलाई दुर्वचन बोलिनँ । कसैको कुभलो चिताइनँ । कहिलै अल्छी गरिनँ । सधैँ जोसिलो भएँ । सधैँ जाँगर चलाएँ । त्यसैले जीवनमा असफलता भोगिनँ । गरेका काममा धेरै सफलता पाएँ। केही केही काममा असफल पनि भएँ । सफलता र असफलता एउटै सिक्काका दुई पाटा हुन् भन्छु ।

२. कोष्ठकमा दिएको सङ्केतका आधारमा वाच्य परिवर्तन गर्नुहोस् :

 क) एलिनाले उपन्यास लेखिन् । (कर्मवाच्य )

एलिनाद्वारा उपन्यास लेखियो ।

 

ख) अशोक विज्ञान पढ्दै छन् । (कर्मवाच्य)

  अशोकद्वारा विज्ञान पदिँदै छ ।

 

ग) इमानले हामीलाई हँसाए । (भाववाच्य ) 

इमानद्वारा हामी हँसाइयों ।

 

घ) निर्मला राम्ररी नाचिन् । (भाववाच्य)

निर्मलाद्वारा राम्ररी नाचियो ।

 

ङ) अब्दुलद्वारा धेरै पढियो । (कर्तृवाच्य)

अब्दुलले धेरै पढ्यो ।

 

च) सङ्गीताद्वारा गीत गाइयो । (कर्तृवाच्य) 

सङ्गीताले गीत गाई

 

३. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : 

क) यस अनुच्छेदमा प्रयोग भएका कर्तृवाच्यका क्रियापद कापीमा टिप्नुहोस् ।

बस्नुहुन्छ, पढाउनुहुन्छ, पुगे, गर्छन्, गर्छिन्, दिनुहुन्छ, मान्छ ।

 

ख) अनुच्छेदबाट टिपेका क्रियापदलाई कर्मवाच्य वा भाववाच्यमा बदल्नुहोस् ।

 बस्नुहुन्छ :  बसिन्छ

→  पुगे  : पुगियो

→  गर्छिन्  : गरिन्छ

→  मान्छ : मानिन्छ

→  पढाउनुहुन्छ : पढाइन्छ

गर्छन् : गरिन्छ

दिनुहुन्छ:  गरिन्छ

 

 

४. तलको अनुच्छेदमा भएका वर्णविन्यासगत त्रुटि सच्याई पुनर्लेखन गर्नुहोस् :

> अत्यन्त निर्विकार सहज मन लिएर बाबुसाहेब मन्त्रीज्यूको जलपान समारोह स्थलमा पुग्नेबित्तिकै साराका आँखा उनको कोटमा टाँस्सिए । विस्फारित नेत्रले सबै उनीलाई हेरिरहे अनि पछि एउटा दबेको मुस्कान सबैको ओठमा फक्रे पनि कोही बोलेनन् । बाबुसाहेबले पनि यस कुरोको लक्ष्य गरे तर आज उनले क्षोभ, क्रोध इत्यादि जस्ता कुराको कत्ति अनुभूति लिएनन् । आज उनी कुनै यस्तो माथिल्लो मानसिक स्तरमा गएका थिए ।

 

 

 

सिर्जना र परियोजना कार्य
१. दिइएका बुँदाका आधारमा जीवनी तयार पार्नुहोस् :
सर्वजित विश्वकर्मा
यस संसारमा जन्मने सबैको जीवन सार्थक रहँदैन । जसले आफूलाई समाजको भलाइमा समर्पित गर्छन् ती मान्छेको जीवन अर्थपूर्ण हुन्छ। आफूलाई समाजको भलाइमा समर्पित गरी जीवन सार्थक बनाउने यस्तै व्यक्ति हुन्, सर्व विश्वकर्मा । उनको जन्म वि.सं. १९५० साल चैत्र १२ गते, गैरीगाउँ ठाडास्वाँरा बाग्लुङ तथा हालको बाग्लुङ नगरपालिका ७ मा भएको थियो । उनकी माताको नाम लालुमाया र पिताको नाम गोथे सुनार थियो ।

सर्वजित सानै उमेरदेखि शिक्षा र वैदिक शास्त्रको ज्ञान हासिल गर्ने कुरामा जिज्ञासु स्वभावका थिए । उनले वैदिक शास्त्र पढाइदिन अनुरोध गर्दा एक जना पुरोहितले पढ्न र धर्मशास्त्रका कुरा बुझ्न ब्राहृमणको छोरा भएर जन्मनुपर्छ भनेका थिए । यो कुराले उनको पढ्ने र वैदिक शास्त्रको ज्ञान आर्जन गर्ने इच्छालाई अझ सुदृढ पारेको थियो । एकातिर राणा शासनले शिक्षाको अवसरलाई खुम्च्याएको अवस्था र दलितले पढ्नहुँदैन भन्ने विकृत सामाजिक मान्यताले गर्दा उनले पढ्ने अवसर पाउनन् । २० वर्षको उमेरमा वि.सं. १९७० मा कसरी पढ्ने, कसरी ज्ञान आर्जन गर्ने भन्ने सोंचले उनी भारतको बनारस प्रस्थान गरे । पढाइप्रतिको तीव्र रुचि, लगनशीलता, अदम्य साहस, त्याग र जीवनका पीडा बुझेर मानव उपकारी महात्मा धर्मगुरुबाट उनले सहारा पाए । गुरुकै सहयोगबाट उनी शास्त्र अध्ययन गर्न सफल भए । नेपाली समाजको पक्षपाती चलनको इखले भारत पसेका रगरगे (गाउँमा बोलाउने नाम) सुनार शिक्षा आर्जनपछि भारतमा नै भगत सर्वजित विश्वकर्माको नामले प्रख्यात भए ।
अध्ययन पूरा गरेपछि उनी भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी भए । उनी मुक्तिसेनाका सिपाही भएर अग्रेजसँग लडे । यसबेला उनकोको ध्यान मुक्ति आन्दोलनतिर खिचियो । उनले माहात्मा गान्धी, सुभाषचन्द्र बोस र भगतसिंहबारे अध्ययन गर्न थाले । भारतीय जनता आफ्नो राष्ट्रिय स्वाधीनताका लागि जागेका देख्दा उनलाई आफ्नै देशभित्र दासत्व स्वीकार गरी जीवन बिताउन बाध्य आफ्नो जाति र समुदायको मुक्तिको चेतले घचघच्याउन थाल्यो । वेद, उपनिषद, पुराण आदिको गहन अध्ययन गरेपछि मानिसमा विभेद सिर्जना शास्त्रले नभई मानिसले गरेको निष्कर्षमा उनी पुगेका थिए । उनले यही प्रमाण अगि सारेर दलित समाजलाई जगाउने दायित्व आफ्नो भएको कुरा मनन गरे । जन्मना जायते शुद्र संस्कारात् द्विज उच्यतेअर्थात् कोही पनि जन्मँदा शूद्र भएर जन्मने र आचार, संस्कार सुधार गरेपछि ऊ ब्राह्मण बन्न सक्ने शास्त्र प्रमाणलाई लिएर गाउँ गाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्न थाले । राणा शासक जङ्गबहादुरले वि. सं. १९९२ मा मुलुकी ऐन पाँचौँ भागमा ठुलो जात र सानो जात तोकेर भिन्न भिन्न जातले पालना गर्नुपर्ने विभेदपूर्ण धर्मकर्म किटान गरेका थिए । सर्वजित यही बखतमा जातीय भेदभाव र छुवाछुत विरुद्ध आन्दोलनमा उत्रिए । उनले १९९७ सालमा नै नेपालको पहिलो दलित सङ्गठन “विश्व सर्वजन संस्था” को स्थापना गरी सोको संस्थापक भएर काम गरे । वि. सं. २००० सम्ममा बाग्लुङ वरपरका १३ गाउँका दलित समुदायलाई भेला गरी जातीय हकबारे दीक्षित गरिसकेका थिए । मानिसबिच भेदभाव र छुवाछुत प्रथा बनाएका धूर्त पाखण्डीले हो,’ धर्मशास्त्रमा कतै नभएको विभेदकारी प्रथाको विरुद्ध डटेर लड्ने जनमत तयार गर्न सफल भए । उनले सर्वजन सङ्घमार्फत बाबियोको ठुलो र लामो डोरीमा नाला, मान्द्रा, थर्की, चकटी आदि झुन्ड्याई त्यसमा हामी साना जात होइन, विश्व निर्माण गर्ने विश्वकर्मा हौं भन्ने नारा लेखेर सार्वजनिक स्थलमा राख्ने अभियान पनि सञ्चालन गरे । सर्वजितले नयाँ राजनीतिक रूपमा आरनको टुडो भाँच्ने आन्दोलन घोषणा गरे र माग पूरा नभएसम्म हड्ताल सुरु गरे ।

सर्वजितले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको आन्दोलनका क्रममा विभिन्न आरोपमा १७ महिनाभन्दा बढी जेल जीवन बिताउनु परेको थियो । शास्त्रीय प्रमाणअनुसार कहीं कतै जातीय विभेद र छुवाछुतलाई स्थान नदिएकाले विभेद गर्न नपाइ जिकिर गर्दै सर्वजितद्वारा शास्त्रार्थका लागि चुनौती प्रस्तुत गरिएको थियो । सरकारले बनारसबाट शास्त्रार्थ गरेको विद्वान झिकाई अध्ययन गर्न लगाउँदा सर्वजितको तर्क बलियो सावित भएको थियो । सर्वजित पक्षले मुद्दा जिते पनि समाजमा छुवाछुत नहटेकाले राजालाई भेटेर “समान हकको लालमोहर लगाउन १३ दिन पैदल हिँडेर प्रतिनिधिमण्डल काठमाडौँ पुगी श्री ३ सरकारलाई ७ हात लामो बिन्तीपत्र चढाएको थियो । प्रधानमन्त्री मोहनशमशेरले सर्वजितको प्रतिनिधिमण्डललाई विश्वकर्माले जनै लाउन पाउने, आइन्दा उनीहरूलाई खड्का क्षेत्री भनिने हुकुम सुनाए र गोलभारा रकम पनि तिर्न नपर्ने गरी लालमोहर लगाइदिए । सर्वजितले विभेद अन्त्य गर्ने शिक्षाको प्रचार गर्नुपर्ने कुरा महसुस गरी गाउँको माझमा पर्ने हिलेपानी भन्ने ठाउँमा प्राथमिक पाठशाला स्थापना गरे । वर्षौंदेखि जातको नाममा अन्यायमा परिएका समुदायको हितमा काम गर्दागर्दै वि.सं. २०१२ चैत्र महिनामा ६२ वर्षको उमेरमा भारतमा उनको देहावसान भएको थियो । उनले गरेका कामको उच्च मूल्याङन गर्दै उनलाई थुप्रै सम्मानले सम्मानित गरिएको छ । उनले स्थापना गरेको विद्यालय हाल विश्वकर्मा माविका नामले सञ्चालन भएको छ । बाग्लुङ र बुटवलमा सर्वजित स्मृति प्रतिष्ठान सञ्चालनमा छ । नेपाल सरकारले उनको तस्बिर अङ्कित हुलाक टिकट मुद्रण गरेको छ । नेपाल सरकार संस्कृति मन्त्रालयबाट सञ्चालन हुने गरी २०७२ देखि वार्षिक ३ लाखको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । भगत सर्वजित शिल्प उत्थान तथा विकास कार्यक्रम बजेट वक्तव्यमा समेत समावेश भएको छ । जातीय मुक्ति आन्दोलनमा उनको योगदान अविस्मरणीय छ ।

२. पत्रपत्रिकाबाट भाषा, साहित्य वा गीतसङ्गीतका क्षेत्रमा योगदान दिने व्यक्तिको जीवनीसम्बद्ध विषयवस्तु खोजी गरी कक्षामा सुनाउनुहोस् ।

 भजन शिरोमणि भक्तराज आचार्य

भक्तराज आचार्यको जन्म बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा भएको थियो । उनी नेपालको धनकुटामा जन्मेका थिए र भारतको कालिम्पोङमा हुर्केका थिए । उनले साढे एक वर्षमै बुबा गुमाएका थिए । सोही बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उनी भारतको डुअर्सको चियाबगान पुगेका थिए जहाँ जीवनका ३१ वर्ष बिताएका थिए । बिस्तारै आमाको अवस्था पनि कमजोर हँदै गएपछि कम उमेरमै उनले पारिवारिक दायित्व सम्हाल्नुपरेको थियो । जस्तोसुकै विपत्तिमा पनि सङ्गीतप्रतिको उनको लगाव जारी नै रहयो । भजन शिरोमणिको उपनामले परिचित उनी एक नेपाली गायक र सङ्गीतकार थिए । उनलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ। सन् १९७० को दशकमा दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा उनी नेपाल आएका थिए । सन् १९७३ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायक यात्रा सुरु भएको थियो । उनले ४५० वटा गीत रेकर्ड गरेका थिए भने २५-३० वटा गीत रचना गरेका थिए ।

 

तीसको दशकको सुरुवातसँगै उनको साङ्गीतिक जीवनले मोड लिएको थियो । वि.सं. २०३० सालमा काठमाडौंमा भएको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा उनले गाएको होसियार यसबखत समयको मुखलाई चिन…प्रथम भएको थियो र उनले स्वर्ण पदक प्राप्त गरेका थिए । यस गीतका सङ्गीतकार तथा रचनाकार अम्बर गुरुङले पनि स्वर्ण पदक प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागिरे भएका थिए । त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए । दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए । उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत कोएर, ब्यालेट, कविता गायन र चलचित्रको पार्श्व गायनसमेत गरेका छन् । युगल गीत भने चारवटा मात्रै गाएका छन् ।

वि.सं. २०४६ सालको एक साँझ बौद्धमा साङ्घातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो । त्यसयता लगभग उनको गायनयात्रामा नामा विराम लाग लागेको थियो । उनका दुई सुपुत्र सत्यराज र स्वरूपराज पनि नेपाली सुगम सङ्गीतमा स्थापित गायक छन् ।

 

 

……………थप महत्त्वपूर्ण प्रश्नहरू …………

 

तलका प्रश्नको छोटो उत्तर लेख्नुहोस्:

  • रुइतको बाल्यकाल कस्तो थियो ?

ताप्लेजुङ जिल्लाको सुन्दर गाँउ ओलाङचुङगोलामा मध्यम वर्गीय परिवारमा जन्मिएका रुइतको बाल्यकाल असाध्यै रमाइलो र लोभलाग्दो थियो । आफ्नो घरबाट देखिने सेताम्मे हिमाल र प्रत्येक बिहान डाँडा पाखामा देखिने रातै फुलेका गुराँसका फुलहरु हेरेर मन्त्रमुग्ध हुँदै उनले आफ्नो बाल्यकाल बिताएका थिए।

 

  • सन्दुक रुइतले डाक्टर बन्ने अठोट कसरी पुरा गरे ?

सानैदेखि अध्ययनशील र जिज्ञासु स्वभाव भएका सन्दुक निकै मिहिनेती पनि थिए । उनका बुबाले आफ्नो छोरालाई डाक्टर बनाउने सपना देखेका थिए । सन्दुकले पनि डाक्टर बनेर बुबाको सपनालाई साकार पार्ने अठोट गरे र लगनशील भएर पढ्न थाले । प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि उनले त्रिचन्द्र कलेजबाट आइएस्सी पास गरे त्यसपछि छात्रवृत्ति पाएर एमबिबिएस पढ्न भारत गए । उनले एमबिबिएसको पढाइ पुरा गरेपछि नेपाल फर्केर वीर अस्पतालमा काम गर्न थाले । यसरी सन्दुक रुइतले आफ्नो डाक्टर बन्ने अठोट पुरा गरे ।

 

  • रुइतेक्टोमी के हो र यसमार्फत कसरी आँखाको उपचार गरिन्छ ?

रुइतेक्टोमी सन्दुक रुइतले पत्ता लगाएको आँखाको उपचार गर्ने सबैभन्दा सस्तो, सरल र भरपर्दो चिकित्सा पद्धति हो । यस प्रविधिको प्रयोग गरी मोतीविन्दुका कारण आँखाको दृष्टिशक्ति गुमाएका बिरामीको आँखाको शल्यक्रिया गरिन्छ र ‘इन्ट्राओकुलर लेन्सबिरामीको आँखामा लगाइन्छ त्यसपछि बिरामीहरु आफ्नै आँखाले संसार देख्छन्।

 

  • सन्दुक रुइत कसरी विश्वका चर्चित डाक्टर बने ?

डाक्टर बनेर बुवाको सपना पुरा गर्ने अठोट गरेका रुइतले बाल्यकालदेखि नै निकै सङ्घर्ष गर्दै आफ्नो पढाइलाई अगाडि बढाए र डाक्टर बन्न सफल भए । उनी आँखाको डाक्टर बनेको समयमा मोतीविन्दुको उपचार निकै जटिल र महङ्गो थियो त्यसैले रुइतले सस्तो, सरल र भरपर्दो तरिकाले उपचार गर्न सकिने रुइतेक्टोमी प्रविधि र इन्ट्राओकुलर लेन्सको आविष्कार गरे । रुइतले पत्ता लगाएको प्रविधि विश्वमै सस्तो, सरल र भरपर्दो प्रविधिको रुपमा स्थापित हुन पुग्यो जसका कारण रुइत विश्वका चर्चित डाक्टर बन्न पुगे।

 

  • सन्दुक रुइतको जीवनीबाट के कस्तो प्रेरणा पाउन सकिन्छ ?

सन्दुक रुइतको जीवनीवाट हामीले दृढ अठोट लिएर लगनशील भई काम गरेमा जीवनमा आइपर्ने जस्तोसुकै अप्ठ्यारो परिस्थितिको पनि सामना गर्न सकिन्छ । वाधा व्यवधानलाई पन्छाउदै अगाडि बढ्न सकेमा नै जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । दुखमा नआत्तिने र सुखमा नमात्तिने व्यक्ति नै उचाइमा पुग्न सक्छ । धैर्य, साहस, दृढ इच्छा शक्ति र सङ्घर्ष गर्न सके स्वदेशमै बसेर नाम र दाम कमाउन सकिन्छ भन्ने प्रेरणा पाउन सकिन्छ।

 

भाव स्प्रष्ट गर्नुहोस्:

  • प्रत्येक जातिको आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुन्छ ।

प्रस्तुत हरफ नेपाली पाठ्यपुस्तकका लेखक डा.सुधा त्रिपाठी, डा. धनप्रसाद सुवेदी र रामप्रसाद ज्ञवालीद्वारा सम्पादित सन्दुक रुइतको जीवनीमा आधारित प्रसङ्ग हो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशिष्टता भएको देशमा प्रत्येक जातिको आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुन्छ र एक जातिले अर्को जातिको परम्परा र रहन सहनको सम्मान गर्नुपर्छ भन्ने प्रसङ्गमा प्रस्तुत हरफ व्यक्त गरिएको हो । नेपाल भौगोलिक विशिष्टता भएको देश मात्र नभएर कला, साहित्य र संस्कृतिका साथै बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशिष्टताले भरिपूर्ण भएको देश हो । यहाँ १२५ जातजाति, १२३ भाषा बोल्ने र १० भन्दा बढी धर्म मान्ने मानिसहरुको बसोबास रहेको छ । नेपालमा बसोबास गर्ने यी सम्पूर्ण जातिको आ-आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान छ । प्रत्येक जातिको परिचयको मूल आधार नै उसको भाषिक, धार्मिक र सांस्कृतिक पक्ष हो । जातीय पहिचान बिना कसैको पनि मौलिक अस्तित्व कायम गर्न सकिंदैन । व्यक्तिको व्यक्तित्व विकासको मूल आधार नै जातीय पहिचान हो । जातिलाई जीवित राख्ने र संस्कृतिको हस्तान्तरण गर्ने माध्यम नै भाषा हो । भाषिक विविधताकै कारण प्रत्येक जातिले आफ्नो मूल संस्कृतिको विकास तथा प्रचार प्रसार गरेका हुन्छन् । भाषा अस्तित्वमा नभएका जाति बिस्तारै लोप हुँदै जाने खतरा बढ्छ । त्यस्तै गरी धर्मले प्रत्येक जातिमा आत्मीय सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँछ । धार्मिक सहिष्णुताबाट नै सहकार्य र सहमतिको यात्रालाई अगाडि बढाउन सकिन्छ । यसरी प्रत्येक जातिको आ आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुने भएकाले एक जातिले अर्को जातिको पहिचानलाई सम्मान गर्दै जातीय सङ्कीर्णताभन्दा माथि उठेर राष्ट्रिय पहिचानलाई सर्वोपरि ठान्नुपर्छ र नेपालको समुन्नतिका लागि एकजुट हुनुपर्छ ।

 

 

  • नेपालको एउटा दुर्गम गाँउमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन ।

प्रस्तुत हरफ नेपाली पाठ्यपुस्तकका लेखक डा. सुधा त्रिपाठी, डा. धनप्रसाद सुवेदी र रामप्रसाद ज्ञवालीद्वारा सम्पादित सन्दुक रुइतको जीवनीमा आधारित प्रसङ्ग हो । सन्दुक रुइत नेपालको एउटा दुर्गम गाँउमा जन्मिएका थिए तापनि आफ्नो लगन, मिहिनेत र सङ्घर्षका कारण अहिले उनी विश्वभर चर्चाको शिखरमा छन् भन्ने प्रसङ्गमा प्रस्तुत हरफ व्यक्त गरिएको हो । प्रतिभाशाली मानिसको क्षमता दुर्गम भूगोलले छेक्न सक्दैन र उसको व्यक्तित्वलाई कमजोर बनाउन सक्दैन भन्ने कुरालाई रुइतले प्रमाणित गरेका छन् । अध्ययनशील र जिज्ञासु स्वभावकै कारणबाट विश्वभर आफ्ना आविष्कार र प्रविधिलाई स्थापित गराउन सफल रुइत सबैका लागि अनुकरणीय बनेका छन् । खाने मुखलाई जुगाँले छेक्दैन भनेझै दृढ इच्छा शक्ति र सङ्घर्षशीलरुइतलाई अघि बढ्न दुर्गम भूगोलले रोक्न सकेन । घरपरिवार र आफन्तबाट धेरै टाढा गएर भएपनि आफ्नो र बुबाको सपना साकार पार्ने अठोट लिएका रुइत एक दाजु र दुई बहिनीको हृदय विदारक निधनको मर्माहत पीडालाई मुटुभित्रै दबाएर साहस र आत्मबलका साथ अध्ययनलाई निरन्तरता दिन सफल भए । प्रवेशिका परीक्षा उत्तीर्ण गरी त्रिचन्द्र कलेजबाट आइएस्सी पुरा गरेका सन्दुकले एमबिबिएस पढ्ने छात्रवृत्ति पाए। त्यहाँबाट एमबिबिएस पास गरेपछि उनी वीर अस्पतालमा जनरल फिजिसियनको रुपमा जागिरे भए । नेपालका विभिन्न क्षेत्रमा सञ्चालन गरिएका आँखा शिविरबाट आँखा रोग विशेषज्ञ बन्ने अठोट गरेका रुइतले मोतीबिन्दुको उपचार गर्ने सस्तो, सरल र भरपर्दो प्रविधिको आविष्कार गरे जुन प्रविधि रुइतेक्टोमीको नामबाट संसारभर परिचित छ । उनले तिलगङ्गा आँखा केन्द्रलाई कर्मथलो बनाएर सेवा प्रदान गर्नुका साथै उनको नेतृत्वमा तिलगङ्गा आँखा केन्द्रले बनाएका करोडौँ करोड आँखाका लेन्स विदेशमा निर्यात भइरहेका छन् । उनको मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै बिबिसी र नेसनल जियोग्राफिक च्यानल जस्ता विश्व प्रसिद्ध समाचार टेलिभिजनले विश्वव्यापी रुपमा प्रचार प्रसार गरिरहेका छन् । यसरी उनले गरेका उल्लेखनीय कामले गर्दा नै नेपालको एउटा दुर्गम गाँउमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन्।

 

सन्दुक रुइतले आँखाको उपचार गर्ने क्रममा के कस्तो योगदान दिएका छन् ? बिश्लेषण गर्नुहोस् ।

सबैका प्रेरणाका स्रोत, नेपाल र नेपालीका ढुकढुकी एवम् आदर्श पात्र सन्दुक रुइत नेपालको मात्र नभएर विश्व चर्चित आँखाका डाक्टर हुन् । उनी वि.सं २०११ भदौ १९ गते नेपालकै दुर्गम ठाउँ ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला भन्ने गाउँमा जन्मिएका हुन् । ग्रामीण भूभागमा उचित उपचार नपाएर आफ्नो जेठो छोरोको मृत्युको कारण कान्छो छोरो सन्दुक रुइतलाई डाक्टर बनाउने सपना बोकेका बुबा सोनामको इच्छालाई आफ्नो आदर्श मान्दै उनले सात वर्षको उमेरमा आमाको काखलाई छोडेर विभिन्न अप्ठ्याराहरुसँग सिँगोरी खेल्दै दार्जिलिङ लगायत विभिन्न स्थान पुगेर आफ्नो अध्ययन पूरा गर्छन् । अधक परिश्रम र दृढ सङ्कल्पका कारण उनी विश्व प्रसिद्ध नेत्र चिकित्सक बन्न सफल हुन्छन् ।

डाक्टर बन्ने अभिष्ट लक्ष्य बनाएका सन्दुकले भारतको लखनउस्थित किङ्ग जर्ज मेडिकल कलेजबाट एम.बि.बिएस पूरा गर्दछन् । नेपालको पुरानो वीर अस्पतालमा जनरल फिजिसियनको रुपमा कार्य गर्दा आँखाका डाक्टर रामचन्द्र पोख्रेल र नवीनचन्द्र राईको सामित्यता प्राप्त गरी उनकै साथ धनगढी आँखा क्याम्प जादा एकै परिवारका पाँच छ जनाले उपचारपछि आँखा देख्न पाएकोमा असिम खुसी भयको देखेर सन्दुकको जीवनमा नयाँ मोड ल्याइदियो । आफ्नो स्वार्थलाई छोडेर परसेवामा खुसी हुने रुइतले आँखाको डाक्टर बन्ने नयाँ योजना बनाए । आठ वर्ष त्रिपुरेश्वर आँखा अस्पतालमा कार्य गरी नेत्र चिकित्सक फ्रेड हुलेजको सल्लाहअनुसार अष्ट्रेलिया गई आँखाको शल्यक्रियाको क्षेत्रमा थप ज्ञान हासिल गर्छन ।

अध्ययन र अनुसन्धानको लामो प्रयासपछि रुइतले आँखाको शुल्यक्रिया सम्बन्धी सहज र सुलभ प्रविधि ‘रुइटेक्मी’ आविष्कार गर्छन् जसले उनलाई विश्वचर्चित बनाउछ । यस प्रविधिबाट सजिलो रुपमा, कम खर्चमा आँखा शल्यक्रिया गर्न सकिन्छ । साथै उनले ‘इन्ट्राओकुलर लेन्स’को पनि आविष्कार गरे । आँखाको शल्यक्रियापछि यस लेन्स विरामीले आँखामा लगाएपछि उनीहरुको आफ्नै आँखाबाट संसार देख्न सक्छन् । यस्तो लेन्स विदेशमा भन्दा नेपालमा सस्तो पर्छ । त्यसैले अहिले विश्वका अधिकांश मुलुकमा यही लेन्सको प्रयोग गर्न थालिएको छ । ‘मानव सेवानै सबैभन्दा ठुलो धर्म हो’ भन्ने मूल मन्त्रको अनुकरण गर्ने सन्दुकले अष्ट्रेलियन फ्रेड हलोज फाउन्डेसन, नेपाली समाजसेवी र साहित्यकारहरुको सहयोगमा वि.सं. २०५१मा तिलगङ्गा आँखा केन्द्रको स्थापना गरी मानव संसाधन तालिम केन्द्रमार्फत सेवा प्रदान गरिरहेका छन् । रुइतले सुरु गरेको नवीन प्रविधि रुइतेक्टोमी मार्फत विगत तीन दशक अवधिमा एक लाख मानिसको आँखाको शाल्यक्रिया भइसकेको छ र विश्वका असीभन्दा धेरै मुलुकले यो प्रविधिलाई प्रयोगमा ल्याएका छन् । उनले भिडियो कान्फरेन्समार्फत विश्वका धेरै नेत्र चिकित्सकहरुलाई यस प्रविधि सम्बन्धी ज्ञान दिइरहेका छन् । रुइतेक्टोमीको आविष्कार हुनुभन्दा पहिले देशको कुल जनसङ्ख्याको 0.८% मानिसमा दृष्टिविहिनताको समस्या अहिले धटेर 0.४%मा झरेको छ । आज उनकै लगनशीलता र सक्रियाले विश्वका लाखौं मानिसले आँखाको ज्योति पाएर सुन्दर संसारमा रमाइरहेका छन् ।

 

विकट गाउँमा जन्मिएर पनि आफ्नो निरन्तर लगनशीलता, साधना र परसेवाको भावनाका कारण आँखाको उपचार सम्बन्धी विश्वचर्चित व्यक्ति बनेका छन् । जस्तोसुकै पीडा र कठिन परिस्थितिसँग सङ्घर्ष गर्दै अगाडि बढ्ने सन्दुकले प्रतिपादन गरेको रुइतेक्टोमी पद्धतिमार्फत विश्वभरका मानिसहरुले सेवा पाइरहेका छन् । इन्ट्रओकुलर लेन्सद्वारा विरामीहरुले आँखा आँखाबाट संसार देख्न पाएका छन् । उनका यी सुकार्यहरुले गर्दा अनेकौं मानसम्मानबाट विभूषित हुने अवसर पनि पाएका छन् । निश्चित लक्ष्यमा अगाडि बढ्ने मान्छे सफल भएरै छोड्छ भन्ने दृष्टान्तका उदाहरण बनेका छन् । उनी अरुको आँखामा ज्योति प्रदान गरेर आज सबैका आँखाका ज्योति बन्न सफल भएका छन् ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).