Blog
SEE ग्रेडवृद्धि परीक्षा तालिका
२०८० सालको माध्यमिक शिक्षा परीक्षा पूरक ग्रेडवृद्धिको समयतालिका सम्बन्धी सूचना
प्रकाशित मिति: २०८१-०३-१९
मिति २०८१/०३/१६ को राष्ट्रिय परीक्षा बोर्डको निणर्य अनुसार २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) मा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि देहायबमोजिमको समय तालिका अनुसार पुरक (ग्रेडबृद्धि) परीक्षा सञ्चालन गर्ने/गराउने निणर्य भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा सञ्चालन हुने समयः बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म
द्रष्टव्यः १. परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट धधध।कभभ।नयख।लउ बाट डाउनलोड गरी भर्न सकिनेछ ।
२. कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित हुनेछैन ।
३. परीक्षार्थीले आवेदन फाराम भरी प्रति परीक्षार्थी रु. ५००।- राजश्व खाता नं १४२२३ मा जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट (वेवसाइटबाट डाउनलोड गरेको) सहित संलग्न राखी सम्बन्धित विद्यालयमार्फत मिति २०८१ साउन १६ गतेसम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।
४. २०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएकोले सोही प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुनुपर्नेछ ।
५. परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइहरूबाट हुनेछ ।
६. तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन ।
७. परीक्षाफल रद्द भएका परीक्षार्थीहरु ग्रेडबृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन ।
८. शिक्षा विकास तथा समन्वय इकाइहरुले पुरक (ग्रेडबृद्धि) परीक्षामा सामेल हुन आवेदन फाराम भर्ने परीक्षार्थीहरुको विवरण २०८१ साल साउन १८ गते सम्ममा विद्यालयगतरुपमा विषय समेत खुल्ने गरी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा आइपुग्ने गरी पठाउनुहुन र परीक्षार्थीले बुझाएको आवेदन फाराम ६ महिनासम्म शिक्षा विकास तथा समन्वय इकाइले नै सुरक्षित राख्नुहुन अनुरोध छ ।
९. परीक्षा सम्बन्धी कुनै कुरा स्पष्ट नभएमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको फोन नम्बरहरू ०१-६६३०७३९ र ०१-६६३००७० मा सम्पर्क गर्न सकिनेछ । यो विवरण राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np तथा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को website: www.see.gov.np मा पनि हेर्न सकिनेछ ।