You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 6 Nepali Notes
Login
Text lesson

पाठ- १ मातृभूमिको आवाज

शब्दार्थ

 

संस्कार = अवगुण, दोष, कमजोरी आदि हटाई परिष्कार गर्ने काम

 

 परिवेश = चारैतिरको वातावरण

 

बक्खु = मोटो उनी कपडाको लामो कोट जस्तो वस्त्र 

 

घलेक= घले महिलाको आफ्नो पहिचानको पहिरन

 

 गौरा = खास गरी दार्चुला, डडेलधुरातिर कृष्णाष्टमीको आसपास मनाइने प्रसिद्ध चाड 

 

देउडा = पश्चिम नेपालको लोकगीतमा चल्ने गीतको एक चाल

 

रोदी = विशेषतः गुरुब जातिमा प्रचलित प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रम

 

 धाननाच = विशेषतः पूर्वी नेपालका लिम्बू जातिमा प्रचलित एक लोक नृत्य

 

 

 

शब्दभण्डार

 

१. दिइएका पदावली बुझाउने शब्द पाठबाट खोजेर लेख्नुहोस्

 

(क) लक्ष्मीपूजाको भोलिपल्ट बेलुकी भट्याइने गाथा

=  देउसी, भैलो

 

(ख) कुनै पनि काम राम्रोसँग गर्ने सिप

=  कला

 

(ग) शरीर आदिको उपल्लो भाग

=  माथ

 

(घ) शारीरिक वा बौद्धिक शक्ति लगाएर गरिने काम 

=  श्रम

 

(ब) जाति, वर्ग र पेसाका मानिसको परिचायक पहिरन

=  भेष

 

२. उस्तै अर्थ दिने शब्दहरूबिच जोडा मिलाउनुहोस्

सिङ्गो – पूर्ण  

 

मुलुक – देश 

 

सुमन — फुल

 

मिहिनेत -श्रम

 

वक्षस्थल छाती

 

गोडापाउ

 

 

३. उस्तै अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस्

 

राष्ट्र = देश

 

पुष्प = फूल

 

 जिन्दगी = जीवन 

 

धरणी = भूमि

 

शरीर = तन 

 

गीत =गाना 

 

 पोसाक = भेष

 

 

४. वाक्यमा प्रयोग गर्नुहोस् :

सिङ्गो =  देश जोगाउन सत्ता वा राज्यलाई खण्ड खण्ड मा नपारेर सिङगो रुपमा चलाउनु पर्छ ।

 

भेष =  नेपालको भेष- भुसा जोगाइ राख्नु पर्दछ ।

 

संस्कार =  संस्कारद्वारा परिष्कृत भएपछि मानिसको मनोवैज्ञानिक रुपान्तरण हुन्छ ।

 

देउडा,= डेउडा गीतको सुरुवात खस सभ्यतासँगै सुरु भएको अनुमान लगाइन्छ ।

 

 

५. रातो रङ लगाइएका शब्दका ठाउमा उस्तै अर्थ दिने शब्द पाठबाट खोजेर वाक्य पुनर्लेखन गर्नुहोस्

(क) आकाशमा चन्द्रमा उदाएको थियो ।

 

(ख) सूर्यको प्रकाशले आँखा तिर्मिरायो ।

 

(ग) हामीले वातावरण परिवेश राख्नुपर्छ ।

 

 (घ) शुक्लाफाँटको सुन्दर दृश्य देखेर म मक्ख परें ।

 

 

बोध र अभिव्यक्ति

 

२. छुटेका शब्द भरी श्लोक पुनर्लेखन गर्नुहोस्

 

हिमाल मेरो अति उच्च माथ

पहाड छाती र मधेस काख

 म एक मान्छेसरि पूर्ण ठान 

यी अङ्ग मेरा सब हुन् समान

 

 

३. एक वाक्यमा उत्तर भन्नुहोस : 

 

क) के बाँचे देश बाँच्छ ?

=  संस्कार वाँचे देश बाँच्छ

 

ख) देशलाई केले  सिंगार्नुपर्छ भनिएको छ

=  देशलाई श्रमले सिँगार्नुपर्छ भनिएको छ ।

 

ग) पहाड र मधेसलाई के भनिएको छ

=  पहाडलाई छाती र मधेसलाई काख भनिएको छ ।

 

घ) संस्कृतिको सुवास कसरी छर्न भनिएको छ

= सबै मिलेर संस्कृतिको सुवास छर्न भनिएको छ ।

 

 

४. शिक्षकबाट अनुच्छेद सुनेर बान्की मिलाई लेख्नुहोस् :

 

 

=  देश हाम्रो नेपाल, स्वतन्त्र र अखण्ड विविध भाषा धर्म, संस्कृति र भेषभूषा अनेकतामा एकता भएको सुन्दर देश हामी सबै मिलेर गरें, देशको विकास ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).