Class 6 Nepali Notes
- Description
- Curriculum
- Reviews
नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ६ का लागि निर्धारण गरिएको पाठ्यक्रम अन्तर्गत अनिवार्य नेपाली विषयको अभ्यास खण्डको समाधान
पाठ- १ मातृभूमिको आवाज
पाठ – 2 कुमार यवक्रित
पाठ ३ नेपाली संस्कृति
पाठ – 4 छोरालाइ चिठी
पाठ – 5 संगीतकार अम्बर गुरुङ
पाठ – 6 चम्किला अनुहारहरू
पाठ – 7 सम्पत्तिभन्दा स्वास्थ्य ठुलो
पाठ ८ मेरा रहर
पाठ – 9 जाग जाग
पाठ – 10 आशाको दियो
पाठ – 11 सहभागिताका लागि निवेदन
पाठ – 12 थोमस एल्भा एडिसन
पाठ – 13 लाग्दछ मलाई रमाइलो
पाठ – 14 वनभोज
पाठ – 15 पानीको कथा
पाठ – 16 मायाको घर
-
1पाठ- १ मातृभूमिको आवाज365 Days
पाठ- १
मातृभूमिको आवाज
कविता
-
2पाठ - 2 कुमार यवक्रितThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 2
कुमार यवक्रित
-
3पाठ ३ नेपाली संस्कृतिThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ ३
नेपाली संस्कृति
-
4पाठ - 4 छोरालाइ चिठीThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 4
छोरालाइ चिठी
-
5पाठ - 5 संगीतकार अम्बर गुरुङThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 5
संगीतकार अम्बर गुरुङ
-
6पाठ - 6 चम्किला अनुहारहरूThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 6
चम्किला अनुहारहरू
-
7पाठ - 7 सम्पत्तिभन्दा स्वास्थ्य ठुलोThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 7
सम्पत्तिभन्दा स्वास्थ्य ठुलो (वादविवाद )
-
8पाठ ८ मेरा रहरThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ ८
मेरा रहर
-
9पाठ - 9 जाग जागThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 9
जाग जाग
-
10पाठ - 10 आशाको दियोThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 10
आशाको दियो
१. दिइएका अनुकरणात्मक शब्दको मिल्ने क्रियासँग जोडा मिलाउनुहोस् :
भुकभुक =भुक्नु
टपक्क= टिप्नु
सुक्कसुक्क= रुनु
गुनगुन=आवाज निकाल्नु
प्याच्च= भन्नु
ड्याम = पड्किनु
फुङग= उड्नु
टक्क = अडिनु
ग्वाम्लाङ्ग = अँगालो हाल्नु
२. तलका दुक्का र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
गाली खानु =कसैले आफूलाई नराम्रो वचन लागाउनु
मुटु चिरिनु = दुखको गहिरो अनुभूति हुनु ।
मुखमुखै लाग्नु =तुरुन्त जवाफ फर्काउनु
माया मार्नु=त्याग्नु
काखी च्याप्नु = पक्ष लिनु, पक्षपात गर्नु
बढ्ता हुनु = आवश्यकता भन्दा बढी जान्ने हुनु
३. तलका उखान र तिनको आशयबिच जोडा मिलाउनुहोस् :
अघिको तितो पछिको मिठो = पहिले नराम्रो वा दुःख भए पनि पछाडि राम्रो वा सुख हुँदा बेस
खाने मुखलाई जुँघाले छेक्दैन = काम गर्नेलाई कुनै बाधाले रोक्न नसक्नु
ढुङगो खोज्दा देउता मिल्नु = सामान्य वस्तु खोज्दा बहुमूल्य वस्तु प्राप्त गर्नु
साँप पनि मरोस लाठी पनि नभाचियोस् = केही पनि नगुमाईकन काम फत्ते गर्नु
नाच्न नजान्ने आँगन टेढो = आफ्नो ढङ्ग नभईकन अर्कामाथि दोष थोपर्ने
४. तलका दुक्काहरूलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
टाउकामा टेक्नु (मात्तिएर हेप्नु) = दाजुले छोरालाई पुलपुल्याएर टाउकामा टेकिसक्यो ।
तालुमा आलु फल्नु (भाग्य सप्रनु) = रामलाई १० लाखको चिट्ठा परेर तालुमा आलु फल्यो ।
घुँडा टेक्नु (हार खानु ) = फुटबल खेलमा हाम्रो टिमसँग सबैले घुँडा टेके।
बाचा बाँध्नु (प्रतिज्ञा गर्नु) = म तिहारमा आउने छु भनी दाजुसँग वाचा बाँधे ।
लख काट्नु (अड्कल गर्नु) = त्यो सामान दोर्जेले नै लगेको हो भनी सबैले लख काटे।
हातमुख जोर्नु (जीविका चलाउनु) = श्यामको परिवारमा एक जनाको कमाईले हातमुख जोर्न पनि धौ धौ परेको छ ।
कम्मर कस्नु (आँट गर्नु) = म पनि अब आउने परीक्षामा प्रथम हुन भनी कम्मर कसेर पढ्न थालेँ ।
घँटामा घाम लाग्नु (बुद्धि खुल्नु ) = पढ्नु पर्छ भनेर बल्ल भाइको पैंटामा घाम लागेको छ ।
नाक काट्नु (बेइज्जत हुनु) = सानै उमेरमा भागेर विवाह गरेकी उमाले बाबुआमाको नाक काटी ।
बोध र अभिव्यक्ति
१. माथिको कथा निम्नानुसारले पठन गर्नुहोस् :
२. दिइएका घटनाहरूलाई पाठका आधारमा घटनाक्रम मिलाई १, २, ३ . को क्रममा राख्नुहोस् :
· आमा बिरामी भएका कारण विद्यालय जान नसकेकी
· कल्पना भन्ने साथीले चमेलीको समस्या बुझेकी
· चमेलीकी आमा बिरामी भएर इन्तु न चिन्तु भई लडेकी गुरुआमाले सबैलाई सम्झाउने प्रयास गर्नुभएको
· चमेली हरबखत आमाको सेवामा लागेकी
· अन्त्यमा गुरुआमाले धैर्यले काम गर्नुपर्छ भनी चमेलीलाई सम्झाउनुभएको बाटामा पानी बेचेर आमाको औषधी र सामान्य खानाको जोहो गरेकी
· गुरुआमाले सम्झाएपछि चमेलीको मनमा आशाको दियो बलेको
· विद्यालयमा अन्य साथीहरूले चमेलीको खिल्ली उडाएका
३.पाठका आधारमा दिइएका पात्रहरूका बारेमा मौखिक वर्णन गर्नुहोस् :
क.चमेली :
उत्तर - चमेली कथाकी प्रमुख पात्र, विभिन्न समस्यामा परेकी, मिहिनेती, असल स्वभाव भएकी, आशावादी पात्र हुन् ।
ख .आमा :
उत्तर आमा चमेलीलाई पढाएर ठुलो मान्छे बनाउने सपना देखेकी, श्रीमान्को मृत्युपछि अरूको घरमा काम गरेर भए पनि छोरीलाई पालेकी असल अभिभावक हुन् ।
ग.कल्पना :
उत्तर - चमेलीकी साथी, अरूको समस्यालाई आफ्नै समस्या ठान्ने, सहयोगी पात्रका रूपमा कल्पनाको भूमिका रहेको छ ।
घ. सविता गुरुआमा :
उत्तर - असल, उत्प्रेरक, विद्यार्थीलाई हौसला जगाउने, चमेलीको मनमा आशाको दियो बालिदिने पात्रका रूपमा सविता गुरुआमा रहेकी छन्।
६. पाठका आधारमा उत्तर दिनुहोस् :
(क) चमेलीकी आमाको रहर के थियो ?
उत्तर - चमेलीकी आमाको रहर चमेलीलाई पढाएर ठुलो मान्छे बनाउने थियो ।
(ख) चमेलीका जीवनमा कस्ता समस्या आइपरेका थिए ?
उत्तर - चमेलीका जीवनमा बुबाको दुर्घटनामा परेर मृत्यु हुनु, अरूको घरमा काम गरेर आफूलाई पाल्ने आमा पनि बिरामी भएर थला पर्नु जस्ता दुःखद समस्या आइपरेका थिए ।
(ग) चमेलीलाई कसले आशाको दियो जगाइदियो ?
उत्तर - चमेलीलाई सविता गुरुआमाले आशाको दियो जगाइदिनुभयो ।
७. भाव विस्तार गर्नुहोस् :
समस्या भए समाधान पनि त निस्किन्छ नि ।
उत्तर: प्रस्तुत वाक्यांश कक्षा ६ पाठ १० आशाको दियो' भन्ने कथाबाट निकालिएको हो । यस कथामा कथाकी पात्र चमेली बाबाको मृत्युपछि एक्लीआमाको साहारमा हुर्किएकी थिइन् । जब तिनै आमा पनि बरामी भएर थला परेपछि चमेली विद्यालय जान सक्दिनन् । त्यही समयमा चमेली साथी कल्पनासँग भेट हुँदा समस्याका कारण विद्यालय जान नसकेको भन्ने सुने पछि कल्पनाले दुःख बाँड्यो भने पो कम हुन्छ । समस्या सँगै समाधान पनि हुन्छ नलुकाई भन भन्ने प्रसङ्गमा व्यक्त गरिएको वाक्य हो ।
मानिस भएपछि विभिन्न समस्या आइपर्छन् । भनिन्छ समस्या मात्रै आउँदैन समाधान पनि सँगै लिएर आएको हुन्छ । समस्या आइपरेपछि मानिस दु:खी हुन्छ । ऊ पीडा महसुस गर्छ। मानसिक तनाव बढ्दै जान्छ । तसर्थ यसलाई कम गर्न हामीले आफ्नो मिल्ने साथीलाई सबै समस्या सुनाउनुपर्छ। मिल्ने साथीलाई समस्या लुकाउनु हुँदैन । हामीले आफ्नो दुःख बाँडेमा मन हलुका हुन्छ । समस्या सुनाएपछि कुनै न कुनै समाधान पनि निस्कन्छ भन्ने आशय माथिको भनाइमा छ । तसर्थ समस्या भए समाधानको उपाय पनि हुन्छ । हामी समस्यासँग डराउनु भन्दा समाधानको उपाय खोज्नुपर्छ । उचित समाधान निस्कने हुँदा हामीले पनि आफ्ना समस्या मिल्ने साथीलाई सुनाउने गर्नुपर्दछ ।
६. माथिको कथा पढी एक अनुच्छेदमा उक्त कथाको सन्देश लेख्नुहोस्।
उत्तरः मानिसले अप्ठ्यारो समयमा धैर्यले काम गर्नुपर्छ । जीवन सङ्घर्षपूर्ण छ । जीवनमा समस्यादेखि भाग्नु हुँदैन । समस्यालाई डटेर समाधान गर्दै जानुपर्छ । हामीले हरेस खानु हुँदैन । हरेक व्यक्तिको जीवनमा आशाको दियो जागी निरन्तर बाल्ने प्रयत्न गरिरहेमा एक दिन न एक दिन सफल बन्न सकिन्छ । हरेक व्यक्तिले हरेक व्यक्तिलाई निराशा होइन आशामुखी बनाउन प्रेरित गर्नुपर्छ भन्ने सन्देश कथाले दिएको छ ।
७. अनुच्छेद पढ्नुहोस् र एकतिहाइमा सार लेख्नुहोस् :
उत्तर:
साहित्यकार मोतीराम भट्ट
मोतीराम भट्टले नेपाली साहित्यमा थुप्रै अजर अमर कृतिहरू लेखेका छन् । उनले नेपाली साहित्यमा समस्यापूर्ति कविता लेख्ने चलन चलाए । प्रेसको स्थापना गरी रामायणको बालकाण्ड छपाए । त्यस्तै नेपाली भाषामा पत्रिकाको प्रकाशन गरे । उनी माध्यमिक कालीन केन्द्रीय प्रतिभा, प्रथम गजलकार, नाटककार, जीवनीकार र कविका साथै अन्वेषक र पत्रकारका रूपमा परिचित छन् ।
अनुच्छेदमा भएका शब्द -१२४
लेख्नुपर्ने शब्द ४२
लेखेका शब्द - ४६
८. तलका बुँदाका आधारमा छोटो कथा लेख्नुहोस् :
उत्तर:
चलाखू माहुते र बुद्धिहीन हात्ती
चितवन राष्ट्रिय निकुञ्ज नजिकैको गाउँमा एउटा माहुते थियो । उसको मुख्य काम चितवन घुम्न आउने पर्यटकलाई हात्तीमा राखेर जङ्गल सफारी गराउनु रहेको थियो । उसँग हात्तीको एउटा सानो छावा पनि थियो । छावा साह्रै चकचके थियो । माहुतेले त्यसका खुट्टामा साङ्लाले बाँधेर खम्बामा अल्झाएर राख्न थाल्यो । छावाले त्यो साङ्लो चुडाउन बल गर्यो तर सकेन । अनेक कोसिस गर्दा पनि सकेन । छावाको खुट्टामा घाउ भयो तर पनि साङ्लो चुडाउन सकेन । छावाले दिनहुँ बल गर्नुसम्म गयो तर असफल भयो । छावा बढ्दै गयो र घरीघरी साङ्लो चुडाउन खोज्यो तर पनि चुडाउन सकेन । ऊ हरेस खाएर पछि पछि त चुडाउने प्रयास गर्नै छोड्यो । यो सबै कुरा बुझेको माहुतेले एउटा सानो डोरीले हात्तीको खुट्टालाई खम्बामा बाँधे जस्तो गरेर हात्तीलाई राख्न थाल्यो । हात्ती त्यसैमा अल्झेर एकै ठाउँमा बस्न थाल्यो । पछिपछि उसले प्रयास गर्न पनि छाड्यो । प्रयास गरिरहेमा सफल हुन सकिन्छ तर हरेस खाएमा असफल भइन्छ भन्ने शिक्षा यस कथाले दिन्छ ।
९. आवश्यकताअनुसार समूह बन्नुहोस् । हरेक समूहले 'आशाको दियो' कथाबाट एकदुई शब्दमा उत्तर आउने दुई दुईओटा प्रश्न बनाउनुहोस् र आफ्नो समूहले बनाएका प्रश्न पालैपालो सुनाउनुहोस् ।
उत्तर: एकदुई शब्दमा उत्तर आउने प्रश्न
(क) कथाकी मुख्य पात्र चमेली के बेच्दै हिँडेकी छे ? पानी
(ख) चमेलीलाई आशाको दियो कसले जगाइदियो ? सविता गुरुआमाले
१०. कल्पना गर्नुहोस् कि तपाईंको नजिकको साथी कुनै कुरामा असफल भयो । त्यस असफलताले |उसलाई गहिरो चोट लाग्यो । यस्तो बेलामा हतासमा भएको उक्त साथीलाई तपाईं कसरी सम्झाउनुहुन्छ? कसरी सान्त्वना दिनुहुन्छ ? हतास भएको उक्त साथीलाई कसरी प्रोत्साहन गर्नुहुन्छ, कक्षामा बताउनुहोस् ।
उत्तर : भनिन्छ नि, असफलता नै सफलताको प्रतिक हो । त्यसैले एक पटक असफल हुँदैमा आत्तिनु हुँदैन, एक दिन अवश्य सफल भइन्छ । वास्तवमा भन्ने हो भने जीवनको सुरुआत नै असफल हुनु हो । साथी असफल हुनु नै जीवन सकिनु होइन । असफलताबाट नै सफलता हात पार्न सकिन्छ । हामीले हरेस खानु हुँदैन । एकदुई पटकको असफलताबाट आत्तिन थाल्यो भने मानिस अगाडि बढ्न सक्दैन । असफल हुँदा दुःख लाग्नु स्वाभाविक हो । हामीले यस अवसरलाई शक्तिमा बदल्न सक्नुपर्छ र पक्कै पनि एक दिन सफल भइन्छ ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढ्नुहोस् र रातो अक्षरका विभक्ति पहिचान गरी लेख्नुहोस् :
उत्तर दिइएको अनुच्छेदमा भएका विभक्तिहरू - मा, को, देखि, ले, बाट, लाई, री
माथिको अनुच्छेदमा कुन विभक्ति सबैभन्दा धेरै पटक प्रयोग भएको छ ? त्यो कति पटक प्रयोग भएको छ ?
उत्तर माथिको अनुच्छेदमा 'ले' विभक्ति सबैभन्दा धेरै पटक प्रयोग भएको छ। त्यो आठ पटक प्रयोग भएको छ ।
एकपल्ट मात्र प्रयोग भएका विभक्ति कुन कुन हुन्, लेख्नुहोस् ।
उत्तर =एकपल्ट मात्र प्रयोग भएका विभक्ति देखि, री हन ।
२. उपयुक्त ठाउँमा ठिक विभक्ति भरी तलका वाक्यहरूको पुनर्लेखन गर्नुहोस्:
क.मैले भाइ भेटेको छैन ।
उत्तर = मैले भाइलाई भेटेको छैन ।
ख.हरि काठमाडौँ देखेको छ ।
उत्तर = हरिले काठमाडौँ देखेको छ ।
ग. राम बुबा र म चिन्नुहुन्छ ।
उत्तर = रामले बुबा र मलाई चिन्नुहुन्छ ।
घ.पर्सि विद्यालय सुरु हुन्छ ।
उत्तर = पर्सिबाट विद्यालय सुरु हुन्छ ।
ङ. पासाङ टेबल किताब राख्यो ।
उत्तर = पासाङले टेबलमा किताब राख्यो ।
च.अञ्जली सुम्निमा साथी ठान्छिन् ।
उत्तर = अञ्जलीले सुम्निमालाई साथी ठान्छिन् ।
छ.केटो कैंची साथी कपाल काट्यो ।
उत्तर = केटोले कैंचीले साथीको कपाल काट्यो ।
ज.हाम्रो घर छेउ ठुलो पसल छ।
उत्तर = हाम्रो घरको छेउमा ठुलो पसल छ ।
झ.काका धरान हिँडेर काँकडभिट्टा आइपुग्नुभयो ।
उत्तर = काका धरानदेखि हिँडेर काँकडभिट्टा आइपुग्नुभयो ।
य.मनोज दिदी म घर बोलाउनुभएको छ ।
उत्तर = मनोजकी दिदीले मलाई घर बोलाउनुभएको छ ।
३.माथिका संवादमा प्रयुक्त सातओटा विभक्ति टिपेर वाक्यमा प्रयोग गर्नुहोस् ।
को = चमेलीको आमा बिरामी हुनुहुन्छ ।
लाई = मलाई घुम्न मन पर्छ ।
ले = दाजुले मलाई मोबाइल ल्याइदिनुभयो ।
मा = तिहारमा भैलो खेलेर रमाइलो गर्नुपर्छ ।
देखि = घरदेखि विद्यालय जान मलाई १५ मिनेट लाग्छ ।
री = मेरी बैनी असल छन्।
बाट = मबाट गल्ती भए क्षमा पाउँ ।
४. अनुच्छेदमा रेखाङ्कन गरिएका शब्द टिप्नुहोस् र कर्ता र कर्म कारक पहिचान गरी तालिका बनाई लेख्नुहोस् :
भाइ खाजा खान्छ । उसले बहिनीलाई बोलाउँदा उनीहरू चउरमा खेल्छन् । बहिनीले उसका साथीहरू पनि बोलाउँछिन् । साथीहरू पनि केही बेर खेल्छन् । साँझ हुन्छ। आमा उनीहरूलाई बोलाउनुहुन्छ । उनीहरू घर
जान्छन् । उनीहरू खाना खान्छन् ।
कर्ता कारक
भाइ, उसले, उनीहरू, बहिनी,
साथीहरू,आमा, उनीहरू
कर्म कारक
खाजा, बहिनीलाई, उनीहरूलाई, खाना
५. तलका वाक्यमा आएका कारक चिनेर खाली ठाउँमा लेख्नुहोस् :
क.गुरुले कथा पढाउनुभयो ।
उत्तर =गुरुः कर्ता कारक, कथा : कर्म कारक
ख.उनीहरू घरमा बस्छन् ।
उत्तर - उनी =कर्ता कारक
ग. काठमाडौँबाट पोखरा जाने बस छुट्यो ।
उत्तर =बस : कर्म कारक
घ. भाइले चम्चाले भात खायो ।
उत्तर= भाइ : कर्ता कारक , भात : कर्म कारक
ङ. उनका घरमा पूजा छ।
उत्तर= उन ; कर्ता , पूजा : कर्म
६. अनुच्छेद पढ्नुहोस् र ग्यँ एवम् ज्ञ प्रयोग भएका शब्दको छुट्टाछुट्टै सूची बनाउनुहोस् :
ग्याँचराजले ज्ञानगुनका धेरै कुरा बुझेको छैन तर ऊ ज्ञानविज्ञानका कुरालाई अवज्ञा गर्दैन । उसले आफ्ना भाइलाई चाहिँ ज्ञानी बनाउने विचार राखेको छ । ऊ भाइको विज्ञतामा मक्ख छ। आफू भने गलामा ग्यॉटिस झुन्ड्याएर ग्याँठवाला जुत्तामा सजिएर बजार जान्छ। आमाको आज्ञाअनुसार बजारबाट ग्याँस लिएर आउँछ ।
'ग्यँ' लागेका शब्द
ग्याँचराज, ग्यॉटिस, ग्याँठवाला, ग्याँस
'ज्ञ' लागेका शब्द
ज्ञानगुन, ज्ञानविज्ञान, अवज्ञा, ज्ञानी, विज्ञता, आज्ञा
-
11पाठ - 11 सहभागिताका लागि निवेदनThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - ११
सहभागिताका लागि निवेदन
-
12पाठ - 12 थोमस एल्भा एडिसनThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 12
थोमस एल्भा एडिसन
-
13पाठ - 13 लाग्दछ मलाई रमाइलोThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 13
लाग्दछ मलाई रमाइलो
-
14पाठ - 14 वनभोजThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 14
वनभोज
-
15पाठ - 15 पानीको कथाThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 15
पानीको कथा
-
16पाठ - 16 मायाको घरThis lesson is locked because you haven't completed the previous one yet. Finish the previous lesson to unlock this one.
पाठ - 16
मायाको घर

Popular Courses
Archive
Working hours
Monday | 6:30 am - 10.00 pm |
Tuesday | 6:30 am - 10.00 pm |
Wednesday | 6:30 am - 10.00 pm |
Thursday | 6:30 am - 10.00 pm |
Friday | 6:30 am - 10.00 pm |
Saturday | 6:30 am - 10.00 pm |
Sunday | 6:30 am - 10.00 pm |