You dont have javascript enabled! Please enable it!
Curriculum
Course: Class 6 Nepali Notes
Login
Text lesson

पाठ – 6 चम्किला अनुहारहरू

१) दिइएका पदावली र अर्थबिच जोडा मिलाउनुहोस् :

 

 हात हालाहाल गर्नु – कुटाकुर गर्न

 

 सत्यानाश हुनु – ठुलो बरबादी हुनु

 

भित्रभित्रै जल्नु – भित्रभित्रै पिल्सिनु

 

चेतावनी दिनु – सचेत गराउनु

 

 

२) दिइएका शब्दको अर्थ पढेर वाक्यमा प्रयोग गर्नुहोस् :

 

जाति – नेपालमा १२५ किसिमका जात जातिहरूको बसोबास छ ।

 

 जाती – मेरी आमा जाती हुनुहुन्छ ।

 

देखि – यहादेखि त्यहाँसम्म पैदल जानुपर्छ ।

 

 देखी – तिमीले देखी देखी नदेखे जस्तो गयौ ।

 

आदि – आज मैले स्याउ, सुन्तला, केरा आदि खाएँ।

 

 दर – सुनचाँदीको दर उच्च रहेको छ ।

 

 दर – तिजको अधिल्लो दिन खाने खानालाई दर भनिन्छ ।

दिन – शनिबारको दिन रमाइलो हुन्छ ।

 

दीन – हामीले दनि दुखीको मदतगर्नुपर्छ।

 

 जुन – तिमीलाई जुन मनपर्छ त्यो राख ।

 

जून – आकासमा राती जून उदाउँछन ।

 

 पट्टि – रामको घर स्कुलको पूर्व पट्टि छ ।

 

पट्टी – चोट लागेपछि मलम पट्टी लगाउनु पर्छ ।

 

 

३) कोष्ठकबाट मिल्दा शब्द छानी खाली ठाउँ भर्नुहोस् :

क) म त विद्यालय ……लागें ।

=  तिर

 

ख) तिमी पूर्व ………जाऊ ।

=  दिशा

 

ग) मानिसका प्रत्येक… मा रगत बग्छ ।

=  नसा

 

घ) मैले आकाशमा ….. देखें ।

=  जून

 

ङ) उनीहरू पछाडि…… खेल्न गए ।

=  पट्टि

 

 

४) उस्तै सुनिने शब्द लेखी बाक्यमा प्रयोग गर्नुहोस्

=  आफैँ प्रयास गर्नुहोला  

 

 

१. चम्किला अनुहारहरू कथा सस्वरबाचन गर्नुहोस्

आफैँ प्रयास गर्नुहोला  

 

३. पाठको पहिलो अनुच्छेद पढी दिइएका प्रश्नको एक वाक्यमा उत्तर दिनुहोस् :

(क) मालाखर्क गाउँ कस्तो थियो ?

= मालाखर्क गाउँ घरहरूको माला जस्तै  सुन्दर थियो ।

 

 (ख) त्यस गाउँमा घरका छाना केले छाएका थिए ?

= त्यस गाँउमा घरका छाना ढुङगाले छाएका थिए

 

(ग) त्यो गाउँको मेलमिलाप कस्तो थियो ?

=  त्यो गाँउको मेलमिलाप गजबको  थियो ।

 

(घ) वल्लोपल्लो घर के कारण दिक्दार मान्थे ?

=  एउटा घरलाई दु:ख पर्दा अर्का घर दिक्दार मान्थे ।

 

(ङ) वालिका र गरिमाबिचको मेल कस्तो थियो ?

=   मालिक र गरिमा बीच एक अर्का बिना बस्नै नसक्ने गरी मेल थियो ।

 

 

४) पाठ पढी कथामा भएका पुरुष र महिला पात्रका बारेमा एक एक वाक्य लेख्नुहोस् ।

 

मालिका – मालिकाको बारीमा मकैका बिरुवा थिए ।

 

कुलानन्द काका – कुलानन्द काकाले घतलाग्दो कुरा गरे ।

 

गरिमा- गरिमा गाई चराउन गएकी थिई ।

 

मलिकाको बुवा – मालिकाको बुवाले गाईलाई छपाए।

 

गरिमार्का आमा- गरिमाकी आमा रिसाइन ।

 

मालिकाको आमा – मालिकाको आमाले ठुलो स्वरमा बोलिन।

 

 

५) पाठको अन्तिम अनुच्छेद पढी दुईओटा प्रश्न बनाउनुहोस् । ती प्रश्न साथीलाई सोध्नुहोस् । साथीले सोधेका प्रश्नको तपाई पनि उत्तर दिनुहोस।

 

१. कसको अनुहारमा मुस्कान थियो ?

= गरिमा र मालिकाको आमाको अनुहारमा मुस्कान थियो ।

 

२. पिपलका पातहरूबाट के को झोक्का गयो ?

= पिपलका पातहरूबाट खुशीको झोक्का गायो ।

 

 

६) पाठका आधारमा छोटो उत्तर लेख्नुहोस् :

 

(क) गरिमा र मालिकाका परिवारबिच किन झगडा भयो ?

=  गरिमाको गाईले मलिकाको मकैको बिरुवा खाइदिएकोले दुबै परिवारवीच झगडा भयो ।

 

(ख) गरिमा र मालिका एक्लाएक्लै विद्यालय जानुको मुख्य कारण के हो ?

 =   उनीहरूका आमाले संगै नहिडनु भनेकोले गरिमा र मालिका एक्लाएकलै विद्यालय गएका हुन्।

 

(ग) मालिकाका आमाबुबाले किन पछुतो मानेका होलान् ?

=  गरिमाको आमाबुवासगँ सानो कुरामा झगडा गरेकाले मालिकाका आमाबुवाले पछतो मानेका हुन ।

 

(घ) कुलानन्दले गरिमा र मालिकाका आमाबुबालाई कस्तो अर्ती दिए ?

=   एउटै ठाउँमा भएपछि भाँडा त वज्छ मान्छेको सानो तिनो गल्ती भइहाल्छनि मिलेर बस्नुपर्छ भनेर कुलानन्दले गरिमा र मालिकाका आमाबुवालाई अर्ती दिए ।

 

 

() “केटाकेटी भनेका साँच्चै निर्दोष हुँदा रहेछन् ।” यस भनाइलाई पुष्टि गर्नुहोस् ।

= माथिको हरफ मालिकाको बुवाले भनेका हुन् । गरिमाको गाईले मालिकाको मकै खाइदिएपछि दुवै परिवारमा झगडा भयो, बोलचाल बन्द भयो, आवत जावत बन्द भयो तर पनि गरिमा र मालिकाको सम्बन्ध उस्तै रहयो, उनीहरू लुकेर भएपनि संगै हिँडिरहे। उनहिरुलाई आमाबुवाको झगडाले केही फरक पारेन । त्यसैले हामी भन्न सकछौँ कुनै रिस राग मनमा नाराख्ने केटाकेटी भनेका साँच्चै निर्दोष हुन्छन् ।

 

 

(च) गरिमा र मालिकाका कार्यव्रmमको सूची बनाउनुहोस् ।

=  गरिमा र मालिकाका विद्यालयमा भएका कार्यक्रमको सुची :

१. कविता

 २. हाजिरी जवाफ

३. कथावाचन

४. निबन्ध लेख्न

५. पुस्तक प्रदर्शनी

 

(छ) यस कथाको शीर्षक चम्किला अनुहारहरूराख्नु कत्तिको सान्दर्भिक छ ?

 

= यस कथाको शीषर्क चम्किला अनुहारहरू राख्नु सान्दर्भिक छ किनभने चम्किला अनुहार भन्नाले दाग धबा नभएको, टाढाबाट प्रष्ट देखिने बुझिन्छ र एकातिर मालाखर्क जाँउ ढुङ्गे छाना भएको घरहरूको माला जस्तै सुन्दर, अर्कातिर गरिमा र मालिकाको मित्रता र परिवारिक सम्बन्ध | यो सुन्दर रमाइलो र खुशी झल्किने कथाको चम्किला अनुहारहरू सही छ।

This website uses cookies and asks your personal data to enhance your browsing experience. We are committed to protecting your privacy and ensuring your data is handled in compliance with the General Data Protection Regulation (GDPR).