शब्दभण्डार
१. तलका शब्द र अर्थविच जोडा मिलाउनुहोस :
= आफैँ प्रयास गर्नुहोला
२. पढनुहोस् र समावेशक तथा समावेश्य शब्दविचको अन्तर पत्ता लगाउनुहोस् :
= जनावर शब्दभित्र बाघ, घोडो, भालु, गाई, बाखो, खरायो आदि समावेश हुन्छन । त्यस्तै, फलफुल भित्र आँप, अम्बा, स्याउ, सुन्तला अङ्गुर, मेवा आदि समावेश हुन्छन । यसरी जुन शब्दभित्र अन्य शब्द समावेश हुन्छन् त्यस्ता शब्द समावेशक शब्द हुन । माथिका जनावर र फलफूल समावेशक शब्द हुन्। समावेशक शब्दभित्र समावेश हुने शब्दहरू चाहिँ समावेश्य शब्द हुन । माथिका बाघ भालु, गाई, बाखो घोडा, खरायो, आदि जनावरको समावेश्य शब्द हुन भने आँप, अम्बा, स्याउ, सुन्तला, अङगुर मेवालगायत फलफुलको समावेश्य शब्द हुन् ।
3. तलका समामवेशक शब्दसँग चार ओटा समावेश्य शब्द लेख्नुहोस
किताब – गणित, सामाजिक, नेपाली, विज्ञान
अन्न – मकै, जौ, धान, गहुँ,
फूल – मखमली, सयपत्री, गुलाव, चम्पा,
चरा – काग, कोइली, ढुकुर, परेवा,
भाँडावर्तन – कप, कुकर, गिलास, कराई
लुगा – साडी, पेन्ट, कुर्ता, टिसर्ट
गहना – झुम्का, टप, औंठी, तिलहरी
नदी – सप्तकोसी, गण्डकी, खाँडो, बाग्मती,
४. तलका समावेश्य शब्दहरूसँग सम्बन्धित समावेशक शब्द लेख्नुहोस
क – तरकारी
ख- नदी
ग- हिमाल
घ -यातायात
बोध र अभिव्यक्ति
१. माथिको जीवनी कक्षाका सबै जनाले पालैपालो एक एक अनुच्छेद सस्वरवाचन गर्नुहोस् ।
२. दिइएका शब्द शुद्धसँग उच्चारण गरी कापीमा सार्नुहोस :
व्याकुल, सम्हालेर, कुञ्जिनी, शताब्दी, छिन्नलता
, पङ्क्ति, पुख्यौली, साङ्गीतिक, वरिष्ठ, महेन्द्र, हङकङ सङ्घसंस्था
३. अम्बर गुरुङसँग सम्बन्धित तलका विषयवस्तुलाई घटनाक्रमका आधारमा १.२.३ को क्रममा राख्नुहोस :
(१) अम्बर गुरुङको जन्म दार्जिलिङको लिलिङ चिया कमानमा हुनु ।
(६) नेपाल प्रज्ञा प्रतिष्ठानका सङ्गीत प्रमुखका रुपमा काम गर्दागर्दै अवकाश लिनु
( ३ ) ‘म अम्बर हुँ‘ र ‘सम्हालेर राख‘ गीतहरू गाउनु
(६) सयौं थुगा फूलका हामी एउटै माला नेपाली …. राष्ट्रिय गानमा सङ्गीत भर्नु
(२) दार्जिलिङकै टर्नबुल विद्यालयमा प्रारम्भिक शिक्षा पूरा गर्नु
(५) नेपाल प्रज्ञा प्रतिष्ठानमा सङ्गीतज्ञका रुपमा काम गर्न थाल्नु
( ४ ) अगमसिंह गिरीद्वरा रचित नौ लाख तारा उदाए … गीत कलकत्तामा … रेकर्ड गराउनु
४. पाठका आधारमा मौखिक उत्तर दिनुहोस :
क) अम्बर गुरुङको जन्म कहाँ भएको हो ?
:- अम्बर गुरुङको जन्म दार्जिलिङ को मिलिङ चिया कमानमा भएको हो।
ख) अम्बर गुरुको साङ्गीतिक यात्रा कहिलेदेखि सुरु भएको हो ?
:- अम्बर गुरुङको साङ्गीतिक यात्रा वि.स. २०१६ साल देखि सुरु भएको हो ।
ग) नै लाख तारा उदाए…. बोलको गीत कहाँ रेकर्ड गराएका थिए ?
= “नौ लाख तारा उदाए ” नामको गीत कलकतामा रेकर्ड गराएका थिए ।
घ) अम्बर गुरुङले नेपाल प्रज्ञा प्रतिष्ठानमा सङ्गीतिज्ञका रुपमा कहिलेदेखि काम गर्न थाले ?
= अम्बर गुरुङले नेपाल प्रज्ञा प्रतिष्ठानमा वि.स. २०२६ सालदेखि सङ्गीतिज्ञका रुपमा काम गर्न थाले ।
ङ) राष्ट्रकवि माधव घिमिरेको कुन कृतिमा अम्बर गुरुङको साङ्गीतिक जादु प्रस्तुत भएको छ ?
= राष्ट्रकवि माधव घिमिरेको मालती मङ्गले कृतिमा अम्बर गुरुङको साङ्गीतिक जादु प्रस्तुत भएको छ ।
५. पाठका आधारमा छोटो उत्तर दिनुहोस :
क) अम्बर गुरुङको बाल्यकाल कसरी वित्यो ?
= अम्बर गुरुङको बाल्यकाल आफ्ना आमा बुवासंग सामान्य रुपले बित्यो ।
ख) अम्बर गुरुङले कुन कुन सङ्घसंस्थामा आबद्ध भएर कार्य गरे ?
= अम्बर गुरुङले नेपाल प्रज्ञा प्रतिष्ठान भानुभक्त विद्यालय मा आबद्ध भएर कार्य गरे ।
ग) अम्बर गुरुङले कुन कुन गीतमा सङगीत भरेका थिए ?
= अम्बर गुरुङले सयौं थुगा फूलका हामी एउटै माला नेपाली, नै लाख तारा उदाउ, आदि ५०० भन्दा बढी गीतमा संगीत भरेका थिए ।
घ) अम्बर गुरुङले प्राप्त गरेका मानसम्मान र उपाधिहरू के के हुन ?
= अम्बर गुरुङले प्रवल गोखा दक्षिण बाहु चौथे, इन्द्रराज्य लक्षमी पुरस्कार जगदम्वा श्री पुरस्कार छिन्नलता गीती पुरस्कार, उत्तम शन्ति पुरस्कार हङकङ्गमा महा संङगीतकारका रुपमा सम्मान मानार्थ महासेनानी को उपधि लगायत संगीत तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम उपकुलपति पदको उपधि तथा मानसम्मान प्राप्त गरे ।
ङ) अम्बर गुरुङको जीवनीबाट के शिक्षा पाइन्छ ?
= निरन्तरको मेहनतले मान्छेलाई सफलता दिलाउँछ / काम गर्दा खेरि वाधा अडचन पनि आउँछन तर तिनलाई पन्छाएर अधि बढन पर्छ। आफनै देशलाई माया गर्नुपर्छ । रामको जस्तो काम गर्नेलाई जिउँदामा माया, सम्मान मिल्छ र मरेर गएपनि सबैले सम्मान पूर्वक याद गर्नेछन । यही नै अम्बर गुरुङको जीवनीवाट शिक्षा पाइन्छ।