१. तलका शब्द र अर्थविच जोडा मिलाउनुहोस् :
नयन -आँखा
थैलो- कुनै पनि चिज राख्न बनाएको कपडको झोला
खोल – उगार्नु
काल – समय
अति -ज्यादै
२. उस्तै अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
धेरै= अति / घोर
निद्रा=निद
त्रास =डर
आँखा =नयन
मुलुक= देश
फोहोर= मैलो
साजी= ताजा, आलो
समय= काल
हृदय = मन
विकास – उन्नति
३. दिइएका शब्दको दुई दुईओटा अर्थ लेख्नुहोस् :
काल – समय, मृत्यु
कल- पानी निकाल्ने मोसिन, झगडा
पर्व – उत्सव, समारोह
सार – अर्थ, जस्ताको तस्तै उतार्ने काम
ताल – ठूलोपोखरी, संगीतको सुर
कर – जिद्धी गर्नु, राजस्व
हार – पराजित, महिलाले गालमा लागाउने गहना
तर – दुद्धको छाली, संयोजक
४. जाग, लाग जस्तै अन्य लयात्मक शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
अब, सब
जाग, लाग
भैगो, बितिगैगो
काल ,फाल,
मैलो, थैलो
जागों, लागों
जागौ, लागौ
दाजा, ताजा
बोध र अभिव्यक्ति
१. जाग जाग कविता लय मिलाएर पढनुहोस् र दिइएका शब्दहरू उच्चारण गरी सार्नुहोस् :
उन्नतिविषे, देशबन्धुहरू, थैलो, परित्याग, दाँजो, नीद, बितिगयो, नयन
२. तलको श्लोक पूरा गर्नुहोस् :
देशबन्धुहरू हो उठ जाग ।
लाग उन्नतिविषे अब लाग ॥
धोऊ धोऊ मनको अब मैलो ।
फालिदेऊ डरको अव थैलो ॥
३. पाठका आधारमा उत्तर भन्नुहोस् :
(क) जाग जाग‘ कविताका रचयिता को हुन्
: जाग जाग कविताका रचयिता धरणी धर कोइराला हुन ।
(ख) घोर नीद‘ भनेको के हो ?
= घोर नीद भनेको गहिरो निन्द्रा हो ।
(ग) देश विकास गर्न के परित्याग गर्नुपर्छ ?
= देश विकास गर्न घोर नीद परित्याग गर्नुपर्छ ।
(घ) कविले देशबन्धु‘ भनेर कसलाई भनेका हुन् ?
= कविले देश बन्धु भनेर देशमा बसोबास गर्ने दाजुमाइ लाई भनेका हुन् ।
(ङ) कविले के के धुने र फाल्ने सन्देश दिएका छन् ?
= कविले मनको मैलो धुने र डरको थैलो फालने सन्देश दिएका छन् ।